Follow us
बर्दियामा पर्यटन: तथ्यांक र भविष्य
Data Insight

बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठुलो जङ्गली क्षेत्र हो, जहाँ हरेक मौसममा प्रकृति प्रेमी र वन्यजन्तु उत्साहीहरूको भीड लाग्छ। दैनिक सयौं पर्यटकहरु बाघ, गैंडा, र अन्य खाले जङ्गली अनुभव लिन यहाँ आउँछन्।

यो ब्लगले तपाईंलाई निकुञ्जको सुन्दरता होइन, यहाँ आउने पर्यटक संख्यालाई यहाँको व्यवसायसँग कसरी जोड्ने सकिन्छ भने देखाउँछ। 

यहाँ आउने कुल पर्यटकहरुको संख्या

सन् २०२१ देखि सन् २०२३ सम्म यहाँ आउने पर्यटक संख्या दोब्बरले वृद्धि भएको थियो l यो वृद्धि संगै बर्दिया पर्यटकमाझ बोलीचालीको बिषय बन्यो l तर, पछिल्लो संख्याले यो राष्ट्रिय निकुञ्जमा पर्यटक सङ्ख्या घट्न पो थालेको हो कि भन्ने आभास दिएको छ l

वर्ष
नेपाली
सार्क
विदेशी
जम्मा
२०२१
११,२६१
४१५
७०१
१२,३७७
२०२२
१४,३२५
१,०९५
४,५४१
१९,९६१
२०२३
१८,१८६
१,३६८
६,५४३
२६,०९७
जनवरी-जुन, २०२४
९,२४१
७८१
३,८३०
१३,८५२
जुलाई-डिसेम्बर, २०२५
७,०९६
४४९
३,०३१
१०,५७६

स्रोत:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81);  The Kathmandu Post (2026) 

यहाँ आउने कुल नेपाली पर्यटकहरुको संख्या

नेपाली आगन्तुकहरू यहाँको व्यवसायको स्थिर जग हुन्। यिनीहरुको संख्या हरेक वर्ष बढ्दै छ l तर, यिनीहरु समानरुपले १२ महिना नै यात्रा गर्दैनन् l केहि निश्चित महिनामा मात्र गर्ने गर्छन l यो बुझेर व्यापार गर्दा बेश हुन्छ l

मासिक नेपाली पर्यटक संख्या, २०२३

स्रोत:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)

यहाँ आउने कुल विदेशी पर्यटकहरुको संख्या

विदेशी र सार्क पर्यटकहरू यहाँको लागि उच्च नाफाको सबैभन्दा ठूलो अवसर हुन्। उनीहरूले स्थानीय आगन्तुकहरू भन्दा प्रति दिन ३ देखि ५ गुणा बढी खर्च गर्छन्। 

मासिक विदेशी पर्यटक संख्या, २०२३

स्रोत: Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)

मासिक आउने कुल पर्यटक सङ्ख्याको अवस्था

हरेक महिना उही रुपमा आम्दानी गर्ने सम्भावना कम हुन्छ l विशेष गरि, पानी पर्ने महिनामा यो कुरो सम्भव हुन्न l असार-श्रावणमा त्यहाँ आउने पर्यटक भनेको औषत २५० जति मात्र हो l  

मासिक कुल पर्यटक संख्या, २०२३

स्रोत: Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)

प्रक्षेपित पर्यटक, २०२६

अहिलेको अवस्था रहेमा यो राष्ट्रिय निकुञ्जमा सन् २०२६ मा करिब २८,५०० जति पर्यटकहरु आउन सक्ने छन् l यसर्थ, यो र तल प्रस्तुत अन्य अंकलाई ख्याल गरेर आफ्नो योजना लगायत अन्य कार्यहरु गर्नुपर्छ l

  • यी तथ्याङ्कहरूलाई योजनाको आधार (benchmark) को रूपमा मात्र लिनुहोस्। नीतिगत परिवर्तन, विश्व अर्थतन्त्र, वा स्थानीय घटनाका कारण पर्यटन द्रुत रूपमा उतारचढाव हुन सक्छ।
अवस्था
प्रक्षेपित पर्यटक
यहि अवस्था रह्यो भने
~ २८,५००
बढी आए भने
~ २९,३००
कम आए भने
~ २७,८००

नोट:  ८०% बिश्वास अन्तराल

तथ्याङ्कले पर्यटक संख्या देखाएको छ; अब यो ब्लगले त्यो संख्यालाई आम्दानीमा कसरी बदल्ने भन्ने सिकाउँछ।

केही फरक गर्नुहोस्। आफ्नै उत्पादन बनाउनुहोस् वा अरू कसैलाई आपूर्तिको लागि खोज्नुहोस्। यसले तपाईंलाई चर्चामा ल्याउनेछ।

माथि उल्लेखित प्रत्येक अवसर सानोबाट सुरु गरी समयसँगै विस्तार गर्न सकिन्छ। यस्तै अन्य सम्भावनाहरुको जानकरी लिन तलको ब्लगसूची हेर्नुहोस् l

DHN Admin 24 जनवरी, 2026
सेयर गर्नुहोस् 
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
रारा राष्ट्रिय निकुञ्ज: २०२५ मा आएको पर्यटनमा वृद्धि र भविष्य
Data Insight