896
नेपालमा चिनियाँ पर्यटक : तथ्यांक, प्रवृत्ति र २०२६ को सम्भावना
Data Insight

यहाँहरू काठमाडौँको न्युरोड वा ठमेल बजारमा हिँड्दा नेपाली परम्परागत संगीतसँगै अन्य धुनहरु पनि बेलाबेलामा सुन्न सक्नुहुन्छ। त्यो धुन चिनिया म्यान्डरिन हो। विगत केही वर्ष यता चिनियाँ पर्यटकहरूको लागि नेपाल प्रमुख गन्तव्य बनेको छ । यी पर्यटकहरु हिमाल हेर्न, पुराना मन्दिर तथा गुम्बाहरु घुम्न र साहसिक कार्यहरु गर्न नेपाल आउने गर्छन l चिनिया पर्यटकहरुको यो लहरले स्थानीय पसल, होटेल, गाइड, लगायत अन्य सरोकारवालाहरुले गर्ने व्यवसायको स्वरूप नै परिवर्तन हुदै छ l

नेपालमा चिनिया पर्यटक:  वृद्धिबाट स्थिरतातिर

कोभिड महामारीपश्चात सन् २०२२ मा नेपाल आउने चिनिया पर्यटकहरूको सङ्ख्या जम्माजम्मी ९,५९९ थियो। सन् २०२३ मा सो सङ्ख्या ६ गुणाले बढेर ६०,८७८ पुग्यो। सन् २०२४ मा सबैभन्दा धेरै १०१,८७९ चिनिया पर्यटकहरु नेपाल आए भने सन् २०२५ मा ६ प्रतिशतले घटेर ९५,४८० पुग्यो l यसले नेपालमा चिनिया पर्यटकहरूको सङ्ख्या अब वृद्धिबाट स्थिरतातर्फ गएको संकेत गर्छ। सन् २०२६ को जनवरी महिनामा ९,१०१ चिनिया पर्यटकहरु नेपाल आए l यो राम्रो शुरुवात हो l

वर्ष
जनवरी-अप्रिल
मे-अगष्ट
सेप्टेम्बर-डिसेम्बर
जम्मा
२०२२
१,३१०
३,७२४
४,५६५
९,५९९
२०२३
११,१०७
१९,७३०
३०,०४१
६०,८७८
२०२४
३८,२९०
२९,३०८
३४,२८१
१०१,८७९
२०२५
३६,९५४
२९,९८३
२८,५४३
९५,४८०
२०२६*
९,१०१



Source:  Nepal Tourism Board (2022-2026)

मुख्य कुरो: विगत चार वर्षको पर्यटक सङ्ख्या हेर्दा अब पहिले जस्तो ह्वात्तै चिनिया पर्यटकहरु नेपाल आउने सम्भावना कम देखिन्छ l यो भनेको स्थिर अवस्था हो । व्यवसायहरूको अबको लक्ष्य भनेको नयाँ पर्यटक तान्ने भन्दा पनि आएका पर्यटकहरुलाई नेपालमा धेरै दिन कसरी अड्याउने भन्ने कुरो खोज्ने हो l यसैले नेपाल आएर फर्केका चिनिया पर्यटकहरुलाई फेरि यहाँ ल्याउने रणनीति बनाउनुहोस् l सङ्ख्या भन्दा गुणस्तर सेवा दिने तिर सोच्नुहोस् l अब चिनिया पर्यटक बजार परिपक्क र प्रतिस्पर्धात्मक भैसक्यो l

जनवरी २०२६:  चिनिया पर्यटकहरुको बदलिदो यात्रा तालिका

सन् २०२२ मा नेपाल आउने चिनिया पर्यटकहरूको सङ्ख्या जम्माजम्मी ४५० थियो। सन् २०२३ मा उल्लेख्य सुधार आएता पनि ह्वात्तै पर्यटक सङ्ख्या भने सन् २०२४ मा बढ्यो l सन् २०२४ को मार्च महिनामा मात्रै लगभग १२,०९३ चिनिया पर्यटकहरु नेपाल आए l सन् २०२४ को तुलनामा सन् २०२५ मा केही पर्यटक संख्या घटेता पनि सन् २०२६ को जनवरी महिनाले नया उत्साह ल्यायो l यो महिना ९,१०१ चिनिया पर्यटकहरू नेपाल आए जुन जनवरी महिनाको सबैभन्दा ठूलो संख्या हो। यसले संकेत गर्छ कि सम्भवत: चिनियाँ नयाँ वर्ष वा जाडोसँग सम्बन्धित केही घटनाक्रमले चिनिया पर्यटकहरूको यात्रा तालिका फेरबदल हुँदैछ।

महिना
२०२२
२०२३
२०२४
२०२५
२०२६*
जनवरी
३२०
१,४३५
७,२६७
८,१९१
९,१०१
फेब्रुअरी
२०६
२,२६६
९,१८०
८,२८३

मार्च
४३४
२,६३५
१२,०९३
११,४४३

अप्रिल
३५०
४,७७१
९,७५०
९,०३७

मे
३९१
४,६६७
८,३८१
८,८२४

जुन
४५०
४,३४३
७,४९४
६,७३६

Source:  Nepal Tourism Board (2022-2026)

गाठी कुरो: धेरै वर्षसम्म चिनिया पर्यटकहरु मार्च महिनामा यात्रा गर्थे। तर सन् २०२६ को जनवरी महिनामा देखिएको सङ्ख्याले अब उनीहरूको यात्रा तालिका फेरबदल हुन लागेको संकेत गरेको छ। यसकारण व्यवसायीहरुले फेब्रुअरी वा मार्च भनेर कुर्नुभन्दा शुरुवाती महिनाबाटै आफ्ना रणनीतिहरु बनाउन थाल्नुपर्छ l मार्केटिङ पनि सोहीअनुसार गर्नुपर्छ। कर्मचारी राख्ने लगायत अन्य कार्यहरू पनि सोही तरिकाबाट गर्न थाल्नुपर्छ।

नेपाली दशैँ-तिहार ताका घट्दै गएको चिनिया पर्यटकहरु

सन् २०२२ र २०२३ मा चिनिया पर्यटकहरू वर्षको अन्तिम महिनाहरूमा बढी हिड्थे । जस्तै सन् २०२३ को सेप्टेम्बर महिनामा सबैभन्दा बढी ८,१६९ चिनिया पर्यटकहरु नेपाल आए l सन् २०२४ मा ९,४५८ चिनिया पर्यटकहरु नोभेम्बरमा नेपाल घुम्न आए l तर सन् २०२५ को सेप्टेम्बर महिनामा भने पर्यटकहरूको संख्यामा ३५% गिरावट आएर जम्माजम्मी ५,२३७ पुग्यो l यी सबै सङ्ख्याहरुले भन्दै छ कि चिनिया पर्यटकहरु जो वर्षको अन्तिमतिर यात्रा गर्थे उनीहरु अब बिस्तारै वर्षको सुरुवाततिर यात्रा गर्न थालेका छन्। वा यात्रा नगरी घरमै बसेका छन् l

महिना
२०२२
२०२३
२०२४
२०२५
२०२६*
जुलाई
१,५९५
५,६९५
६,८१९
६,८९०

अगष्ट
१,२८८
५,०२५
६,६१४
७,५३३

सेप्टेम्बर
१,३३२
८,१६९
८,०४२
५,२३७

अक्टोबर
९४६
६,८८०
७,७५०
६,७५५

नोभेम्बर
१,०३८
७,६२१
९,४५८
७,८७१

डिसेम्बर
१,२४९
७,३७१
९,०३१
८,६८०

Source:  Nepal Tourism Board (2022-2026)

ख्याल गर्नुहोस्:  सन् २०२५ को सेप्टेम्बरदेखि नोभेम्बरमा आएको गिरावटले एउटा संकेत दिएको छ। व्यवसायहरू जो दशैँ, तिहार र खुला आकाश भएको मौका कुरिरहनुभएको छ उहाँहरुले फरक रणनीति अपनाउनुपर्ने देखिन्छ l बरु मनसुनमा गर्न सकिने गतिविधिहरुलाई अघि सार्ने बारे सोच्नुहोस् । याद राख्नुहोस् चिनिया बजार परिवर्तन हुँदैछ र सबै कुरो दशैँ ताका राख्नु र गर्नु जोखिमपूर्ण हुन सक्छ।​

पौराणिक इतिहासमा घट्दो चिनिया रुची

सन् २०२१/२२ र २०२४/२०२५ को अङ्क हेर्ने हो भने भक्तपुर आउने चिनिया पर्यटकहरूको सङ्ख्या ४०,४०१ बाट घटेर ३६,१३५ मा पुगेको छ। यो भनेको १०.५%ले गिरावट हो। बुझ्नुपर्ने कुरो त के हो भने चिनिया पर्यटकहरूको आगमन हरेक वर्ष बढी रहंदा भक्तपुरमा भने चिनिया पर्यटकहरु घटेका छन् l यसले भन्दैछ कि चिनिया पर्यटकहरुले कि त भक्तपुरलाई वास्ता गर्न छोडेका छन् वा पोखरा लगायत अन्य ठाउँहरुमा आफ्नो यात्रा केन्द्रित गरेका छन् l

भक्तपुरमा चिनिया पर्यटकहरु

Source:  Nepal Tourism Board (2022-2026)

व्यवहारिक कुरो: भक्तपुरले नयाँ ब्राण्ड खोजेको छ। यहाँ किन भ्रमण गर्ने भन्ने जानकारी चाहेको छ । चिनिया पर्यटकहरूको बढ्दो आगमनले प्रस्ट संकेत दिएको छ - कुल पर्यटक बढ्दा भक्तपुरमा यो सङ्ख्या नबढ्न पनि सक्छ l यसैले, काठमाडौँबाट लौ न त यसो भक्तपुर पुगेर आउ भन्ने भाष्य तयार भयो भने यसले भक्तपुरका व्यवसायहरुलाई खासै फाइदा पुग्दैन l भक्तपुरलाई यसो घुम्ने ठाउँभन्दा यो त जानुपर्ने गन्तव्य हो भन्ने बनाउनुपर्छ l यसका लागि पर्यटकहरुलाई नयाँ अनुभव दिनुहोस् l पौराणिक महत्वका ठाउँहरुमा बेलुकी पख पदयात्रा गराउनुहोस् l नेवारी खानेकुरो पकाउन सिकाउने १-२ दिनको कक्षा राख्नुहोस् वा अन्य स्थानीय अनुभवहरु लिने क्रियाकलापहरुको बारेमा सोच्नुहोस् l
 

लुम्बिनीको पवित्र उछाल: चिनिया पर्यटकहरुको नया गन्तब्य

​सन् २०२३ र २०२४ मा लुम्बिनी आउने चिनिया पर्यटकहरूको सङ्ख्या ६,११३ बाट १३,०१२ पुगेको छ। यो भनेको ११२%ले वृद्धि हो। चिनिया पर्यटकहरुका लागि लुम्बिनी विशेष ठाउँ हो। भगवान बुद्धको जन्मस्थान भएको र चिनिया संस्कृतिमा बुद्ध धर्मले ठूलो महत्व राखेकोले पनि यो सङ्ख्या बढेको हो । यो वृद्धि सँगै नेपाल त ट्रेकिङको लागि मात्र हो भन्ने भाष्य परिवर्तन भएको छ।

लुम्बिनीमा चिनिया पर्यटकहरु

Source:  Nepal Tourism Board (2022-2026)

तथ्य: चिनिया पर्यटकहरूको वृद्धिसँगै यी पर्यटकहरूको आवश्यकता के हो भन्ने कुरो बुझेर व्यवसायीहरु अगाडि बढ्नुपर्छ। बरु चिनिया भाषा बोल्न र बुझ्न सक्ने गाइडहरूको व्यवस्था गर्नुहोस्। चिनिया शाकाहारी खानेकुराको प्रबन्ध मिलाउनुहोस्। चिनिया भाषामा संकेतहरु राख्नुहोस् । चिनिया दर्शनार्थीहरुले गर्ने कार्यहरुलाई प्राथमिकता दिनुहोस् l सकिन्छ भने चिनिया ट्राभल एजेन्सीहरुसंग सहकार्य गरेर “होली सर्किट” को व्यवस्था गर्नुहोस् l यसो गर्न सकिए चिनिया पर्यटकहरूको प्रमुख गन्तव्य लुम्बिनी बन्छ। तर यसका लागि व्यवसायहरूले उनीहरूको चलन र आवश्यकतालाई बुझ्नुपर्छ l

नेपालमा चिनियाँ पर्वतारोही: के भन्छ त संख्याले?

सन् २००३ मा २०५ चिनिया पर्यटकहरूले हिमाल आरोहण गरे। तर यो सङ्ख्या २०२४ मा १७१ मा झर्यो। पुरुष आरोहीहरूमध्ये २०२३ मा ९९ जनाले सफल आरोहण गरेl यो सङ्ख्या सन् २०२४ मा ८५ मा झर्यो l महिला आरोहीहरुमध्ये २०२३ र २०२४ मा क्रमशः ३५ र ३७ जनाले सफल आरोहण गरे l यी सङ्ख्याहरूले पुरुष आरोहीहरूको घट्दो सफलता दर र महिला आरोहीहरूको भने उस्तै सफलता दर देखाउँदछ।

हिमाल आरोहणमा चिनिया पर्यटकहरु

Source:  Nepal Tourism Board (2022-2026)

फरक सोच्नुहोस्:  पुरुषहरूको घट्दो सफलता दरले कि त उनीहरुले सहि जानकारी नपाएर गाह्रो खाले हिमाल आरोहण गर्दैछन् वा अन्य केही कारणले समस्या झेल्दैछन्। यस्तो अवस्थामा व्यवसायहरूले उच्च स्तरको ट्रेकिङ एजेन्सी, गाइड, हिमाल आरोहण गर्न चाहिने उपकरणहरू उपलब्ध गराएर आफ्नो व्यवसाय सञ्चालन गर्नुहोस् । हिमाल आरोहण अघि विशेष तालिम वा राम्रा सुविधाजन्य उपकरणहरु वा उचाइमा पुग्दा हुने समस्याहरुलाई न्यूनीकरण गर्न विशेष रणनीतिहरु ल्याउनुहोस् l यो सँगसँगै महिला आरोहीहरूको उत्साहजनक सफलता दरलाई अघि सारेर महिला लक्षित मार्केटिङका अवधारणा र महिलाहरु मात्र सहभागी आरोहीहरूको समूह बनाएर अघि बढ्ने बारे सोच्नुहोस् l

नेपालमा चिनिया पर्यटक:  सन् २०२६ मा आउन सक्ने संख्या

विगतको सङ्ख्या हेरेर सन् २०२६ मा कति चिनिया पर्यटकहरु नेपाल आउन सक्नेछन् त भन्ने जानकारी तल तालिकामा राखिएको छ। यसमा ८०% विश्वास अन्तराल प्रयोग गरिएको छ। यो अन्तराल अनुसार कम पर्यटक आए भने १०६,०००; धेरै आए भने १३०,००० र ठिक्क आए भने ११८,००० चिनिया पर्यटकहरु नेपाल आउन सक्ने छन् l

अवस्थाहरु
प्रक्षेपित पर्यटक
अहिलेको अवस्थामा
~११८,०००
बढी आए भने
~१३०,०००
कम आए भने
~१०६,०००

नोट:  ८०% बिश्वास अन्तराल

नेपालको पर्यटन: सिक्नुपर्ने तिन विश्वव्यापी पाठहरु

सन् २०२२ मा नेपाल आउने चिनिया पर्यटकहरू जम्माजम्मी ९,५९९ थिए l सन् २०२४ मा यो सङ्ख्या १०,१०० पुग्यो। सन् २०२६ को पहिलो महिनामा ९,१०१ चिनिया पर्यटकहरु नेपाल आए l यही अवस्था रह्यो भने यो वर्ष १०६,००० र १३०,००० को बीच सङ्ख्यामा चिनिया पर्यटकहरु नेपाल आउनेछन् l यसले नेपालमा चिनिया पर्यटकहरूको आगमन तालिका फेरिदै छ भन्ने जानकारी दिएको छ l सहि रणनीति लिने हो भने यो सङ्ख्यामार्फत हरेक व्यवसायीले फाइदा लिन सक्छ l

दक्षिण कोरियाले पर्यटकहरू कहिले आउँछन् भनेर कुर्दैन l उसले त आफ्नो संस्कृतिलाई प्रयोग गरेर चिनिया पर्यटकहरुलाई आफ्नो देश ल्याउँछ। उदाहरणको लागि Korea Tourism Organization ले Airbnb संग सहकार्य गरेर संगीतमार्फत सियोल, बुसान र जेजुमा चिनिया पर्यटकहरु ल्याउन अभियान नै थाल्यो l यस्तै गरेर Jeollanam-do Province मा चिनिया र कोरियन आर्टिस्टहरूलाई प्रयोग गरेर भिडियो बनायो र चिनको राष्ट्रिय दिवसलाई लक्षित गरेर सो भिडियोमा स्थानीय परिकार, संस्कृति र अन्य जानकारीहरुको प्रचारप्रसार गर्यो l(https://english.visitkorea.or.kr/svc/main/index.do 
  • चिनियाँ आर्टिस्टहरूसँग सहकार्य गरेर शेर्पा गाइड, यहाँका खानेकुरा, र चाडपर्वहरूको बारेमा भिडियो बनाएर प्रचारप्रसार गर्नुहोस् ।
  • एउटा ह्यासट्याग #NepalHimalayaDiaries बनाएर चिनिया पर्यटकहरुलाई ऊनीहौर नेपाली कथाको महत्वपूर्ण भाग हुन् भनेर प्रस्तुत गर्नुहोस् ।
  • चिनियाँहरू यात्रा गर्ने समयमा Xiaohongshu (RED) and Weibo बाट नेपालसंग सम्बन्धित भिडियोहरू प्रचारप्रसार गर्नुहोस् ।
  • चिनियाँ संगीतमा नेपालको सांस्कृतिक कथा जोडेर भिडियो बनाउनुहोस् र प्रचार गर्नुहोस् ।
कोरिया टुरिजम अर्गनाइजेसनले सन् २०२५ मा एउटा अभियान चलायो। यसमा उसले एउटा गाइडबुक पनि तयार गर्यो। यसमा दक्षिण कोरियामा जानैपर्ने १० उत्कृष्ट ठाउँहरू भनेर जानकारी दियो l फुलेका फूलहरु हेर्न यो यो ठाउँहरु, र स्थानीय चाडपर्वहरूको अनुभव लिन यो यो ठाउँहरू जानुस भनेर भन्यो l यातायातमा यस्तो र उस्तो गर्नुस् भनेर भन्यो । यी सबै कार्यहरू गर्दा विभिन्न एयरलाइन्स र ट्राभल एजेन्सीसँग सरकारले सहकार्य गर्यो l 
 (https://english.visitkorea.or.kr/svc/main/index.do)
  • Nepal Bloom & Vista Calendar बनाएर जनवरीदेखि अप्रिल महिनाको तालिका सार्वजनिक गर्नुहोस्।
  • सिजनलाई रिब्रान्ड गरेर प्रचार गर्नुहोस्। सो प्रचारमा खुला आकाश, लटरम्म फुलेका लालीगुराँस र खाली ट्रेलहरु देखाउनुहोस्।
  • हरेक दिन नगरकोट, सारंगकोट वा पुनहिलबाट हिमालहरूको प्रत्यक्ष लाइभ देखाउने वातावरण सिर्जना गर्नुहोस् l
  • बादल नलाग्दाको हिमालयका फोटाहरू र जाडो महिनाको हिउँ लगायत अन्य फोटोहरू सामाजिक सञ्जालमा हाल्नुहोस्।
  • स्थानीय चाडपर्व र यातायातसँग सम्बन्धित विवरणहरू सार्वजनिक गर्नुहोस्। 
थाईल्याण्डले विज्ञापन मात्र होइन मनोरञ्जनका विविध क्रियाकलापहरु गर्छ। त्यहाँ रहेको Tourism Authority of Thailand ले Tencent, WeTV, र Sichuan TV संग सहकार्य गरेर चिनिया कलाकारहरुसहितको कार्यक्रम नै संचालन गर्छ l “Tasteful Thailand” जस्ता कार्यक्रमहरूमार्फत थाई खानेकुरा र पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी दिन्छ l Chu Yi नामक प्रभावशाली नेतालाई ल्याएर विज्ञापनमार्फत थाइल्याण्डले जेन वाई र जेन जी पर्यटकहरुलाई आफ्नो देशमा आकर्षित गरेको छ lhttps://www.tatnews.org)  
  • चिनियाँ कलाकारले हिमालयको यात्रा गरेको भिडियो छ भने चिनियाँ टेलिभिजन वा अन्य माध्यमहरूमा देखाउन लगाउनुहोस्।​
  • चिनिया कलाकारहरूले नेपालको स्थानीय खानेकुरो खाइराखेको वा नेपाली भाषा सिकिराखेको वा गाउँका चाडपर्वहरू मनाइराखेको भिडियो छ भने त्यो प्रचार गर्नुहोस्।
  • कलाकारहरुको भिडियो खिच्दा “Behind The Scene” का गतिविधिहरुलाई पनि प्रचार गर्नुहोस् ।
  • खेती गरिराखेको दृश्य होस् वा गुम्बाका दृश्य होस् वा होमस्टेका अनुभवहरू होस्। तिनलाई समेटेर भिडियो बनाउनुहोस् र प्रचार गर्नुहोस्।
  • पर्यटकहरुले अरुलाई भन्न सक्ने कथा दिनुहोस्। यो कथा अन्य गाइडबुक भन्दा उत्कृष्ट बनोस l

DHN Admin 15 फेब्रुअरी, 2026
सेयर गर्नुहोस् 
ट्याग्स
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
पर्सा राष्ट्रिय निकुञ्ज: डाटा, विश्लेषण र नेपालको शान्त वन्यजन्तु गन्तव्यको भविष्य
Data Insights