Follow us
रारा राष्ट्रिय निकुञ्ज: २०२५ मा आएको पर्यटनमा वृद्धि र भविष्य
Data Insight

रारा राष्ट्रिय निकुञ्ज सुदूर पश्चिम नेपालमा अवस्थित छ, जहाँ देशको सबैभन्दा ठुलो ताल छ। यहाँ वार्षिक करिब १०,००० देखि २०,००० पर्यटक आउँछन्। यी पर्यटकहरू लामो यात्रा, बास, गाइड र खाद्य सामग्रीमा राम्रो खर्च गर्छन्।

यो ब्लगले राराको दुर्गमतालाई कसरी व्यापारिक अवसरमा बदल्न सकिन्छ भनेर देखाउँछ।

यहाँ आउने कुल पर्यटकहरुको संख्या

रारा राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको संख्या प्रत्येक वर्ष बढ्दो क्रममा छ। सन् २०२१ मा यहाँ ११,४६८ आगन्तुक आएका थिए। सन् २०२३ सम्म आइपुग्दा यो संख्या बढेर १४,६०० पुगेको थियो। त्यसपछि सन् २०२४ मा यो संख्या घटेर १०,५५० मा पुगे पनि सन् २०२५ मा फेरि बढेर १६,५८९ पुगेको छ। यस वृद्धिले राराको लोकप्रियता विभिन्न प्रकारका पर्यटकहरूबीच बढ्दै गएको देखाउँछ।

वर्ष
नेपाली
सार्क
विदेशी
जम्मा
२०२१
११,४०१
६२
११,४६८
२०२२
९,६२३
२६
११७
९,७६६
२०२३
१४,३०९
४२
२४९
१४,६००
२०२४
१०,४२७
३१
९२
१०,५५०
२०२५
१६,३०९
५३
२२७
१६,५८९
स्रोत:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81); The Rising Nepal 01/07/2025

यहाँ आउने कुल नेपाली पर्यटकहरुको संख्या

राराको पर्यटन बिशेष गरी नेपालीहरुले थेगेको छ। सन् २०२१ मा ११,४०१ नेपाली पर्यटकहरु रारा पुगेका थिए भने २०२३ मा यो संख्या १४,३०९ पुग्यो, जुन कुल पर्यटकको ९८.०% हो। यसले रारामा व्यवसायका लागि नेपाली पर्यटक नै आयको मुख्य स्रोत हो । पौष-माघको महिनामा भने थोरै नेपालीहरु त्यहाँ पुग्ने गरेका छन् l

मासिक नेपाली पर्यटक सङ्ख्या, २०२३

स्रोत:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)

यहाँ आउने कुल विदेशी पर्यटकहरुको संख्या

रारा राष्ट्रिय निकुञ्ज आउने विदेशी पर्यटकहरुको सङ्ख्या थोरै छ, तर बढ्ने क्रममा छ l यस मानेमा, थोरै भए पनि यी पर्यटकहरु मुल्यवान हुन् l सन् २०२१ देखि आजको समयसम्म आइपुग्दा धेरै हदसम्म वृद्धि भएको छ l यस्तै अवस्था सार्क पर्यटकहरुको पनि छ l

मासिक विदेशी पर्यटक सङ्ख्या, २०२३

स्रोत:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)

मासिक आउने कुल पर्यटक सङ्ख्याको अवस्था

रारा राष्ट्रिय निकुञ्जमा 'कम सिजन' भन्ने कुरै हुँदैन । यहाँ त 'सक्रिय' र 'निष्क्रिय' अवस्था मात्र हुन्छ। यहाँ कहिले पुरै भिड हुन्छ, कहिले खाली हुन्छ । सम्भवतः नेपालभर यस्तो अवस्था हुने रारा राष्ट्रिय निकुन्ज एक हो । सन् २०२३ मा, बैशाख, जेठ, आश्विन र कार्तिक गरी चार महिनामा ९,४९५ पर्यटकहरू आए - जुन पूरै वर्षको ६५% हो। यो उच्च माग पछि पर्यटक लगभग शून्य हुन्छ। 

मासिक कुल पर्यटक सङ्ख्या, २०२३

स्रोत:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)

प्रक्षेपित पर्यटक, २०२६

विगत चार वर्षको अंक हेरौ l यसले भन्छ, रारामा २०२६ मा पर्यटक बढ्ने सम्भावना उत्तिकै छ l अंकलाई हेर्ने हो भने, २०२४ को तुलनामा यहाँ थप पर्यटक आउने सम्भावना उत्तिकै छ l 

  • यी तथ्याङ्कहरूलाई योजनाको आधार (benchmark) को रूपमा मात्र लिनुहोस्। नीतिगत परिवर्तन, विश्व अर्थतन्त्र, वा स्थानीय घटनाका कारण पर्यटन द्रुत रूपमा उतारचढाव हुन सक्छ।
अवस्था
प्रक्षेपित पर्यटक
यहि अवस्था रह्यो भने
~२४,५००
बढी आए भने
~२६,३००
कम आए भने
~२२,८००

नोट:  ८०% बिश्वास अन्तराल

यी सबै मानिसहरू तपाईंको आम्दानीका स्रोत हुन्। अर्को चरण भनेको यी मानिसहरूलाई आम्दानीमा बदल्नको लागि रणनीतिक रुपमा कसरी अघि बढ्ने भन्ने हो।

केही फरक गर्नुहोस्। राराका जङ्गल, खेत र परम्पराबाट आफ्नै उत्पादन बनाउनुहोस्, वा आपूर्तिको लागि अरू कसैलाई खोज्नुहोस्। यसले तपाईंलाई अग्रस्थानमा राख्नेछ।

माथि उल्लेखित प्रत्येक अवसर सानोबाट सुरु गरी समयसँगै विस्तार गर्न सकिन्छ। यस्तै अन्य सम्भावनाहरुको जानकरी लिन तलको ब्लगसूची हेर्नुहोस् l

DHN Admin 24 जनवरी, 2026
सेयर गर्नुहोस् 
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
बेलायती पर्यटकहरु बद्लिए। के यहाँको व्यवसाय सोहि अनुसार कार्य गर्न तयार छ ?
Data Insight