904
फोहोरबाट फेसनसम्म: केराको फाइबरले कसरी बदल्दै छ नेपालको ग्रामीण अर्थतन्त्र
Data Insight

सुदूरपश्चिमको टिकापुर मात्र होइन, देशका विभिन्न भागमा केराको फोहोरलाई आयआर्जन र दिगो उत्पादनसँग जोड्ने पहल तीव्र बन्दै गएको छ। कैलालीका किसानहरूले विगतमा व्यवस्थापन गर्न कठिन मानिने केराको बोक्रालाई अहिले रेशा उत्पादनमार्फत कपडा, टोपी र हस्तकलामा रूपान्तरण गरिरहेका छन्। यस्तै अभ्यास झापा, चितवन र नवलपरासी जस्ता तराईका जिल्लाहरूमा पनि विस्तार भइरहेको छ, जहाँ महिला समूह र सहकारीमार्फत स्थानीय रोजगारी सिर्जना गरिएको छ।

यस्तै अभ्यास झापा, चितवन र नवलपरासी जस्ता तराईका जिल्लाहरूमा पनि विस्तार भइरहेको छ, जहाँ महिला समूह र सहकारीमार्फत स्थानीय रोजगारी सिर्जना गरिएको छ। राजधानी काठमाडौँमा रहेका उद्यमीहरू तथा नेपाल हस्तकला संघसँग आबद्ध व्यवसायीहरूले प्राकृतिक रेशाबाट बनेका सामग्री विदेशसम्म निर्यात गर्न थालेपछि यो अभियानले अन्तर्राष्ट्रिय बजारसमेत पाउन थालेको छ।

जर्मनी, संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाजस्ता मुलुकमा प्राकृतिक फाइबरको माग बढ्दै जाँदा, केराको फोहोर व्यवस्थापन अब केवल वातावरणीय समाधान मात्र नभई ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने सम्भावनाको रूपमा पनि स्थापित हुँदैछ।

स्वास्थ्य र वातावरणप्रतिको सचेतनताले बढायो माग

पहिले फालिने केराको ठुटो आज दिगो अर्थतन्त्रको हिस्सा बन्न थालेको छ। रासायनिक फाइबरका विकल्प खोज्ने उपभोक्ताहरू प्राकृतिक र बायोडिग्रेडेबल सामग्रीतर्फ आकर्षित भइरहेका छन्। केराको रेसाबाट बनेका कपडा र हस्तकला सामग्री प्राकृतिक भएकाले छालामैत्री र वातावरणमैत्री विकल्पका रूपमा हेरिन थालेका छन्।

उत्पादन गर्ने समूहहरूका अनुसार माग आपूर्तिभन्दा बढी भइरहेको छ। कतिपय स्थानमा उत्पादन भएको कच्चा कपडा प्रतिमिटर रु. 300 मा काठमाडौं बजारमा बिक्री भइरहेको छ, तर अझ आधुनिक मेसिन र सीप भएमा उत्पादन विस्तार गर्न सकिने सम्भावना देखिन्छ।

तल उल्लेखित दरहरू विभिन्न उद्यमी र सहकारीमार्फत प्राप्त सूचनाअनुसार अनुमानित बजार मूल्य हुन्:

उत्पादन
मूल्य दर
केराको रेशा (कच्चा)
रु. १५० प्रति केजी
केराको कपडा
रु. ३००-३५० प्रति मिटर
हस्तकला सामग्री
रु. ५०-१००० प्रति वस्तु

Source:  The Annapurna Express 22/09/2025; The Rising Nepal 21/09/2025The Rising Nepal 16/07/2024; The Rising Nepal 21/01/2025; Artha Nepal 06/02/2025

केही उद्यमीहरूले फाइबर निकाल्ने मेसिनमार्फत दैनिक 20 केजीसम्म रेसा उत्पादन गरी प्रतिकिलो रु. 150 मा बिक्री गरिरहेका छन्। यस्तै, आधा केजी रेसाबाट करिब 25 सिट कागज उत्पादन हुने उदाहरण पनि देखिएको छ। यसले देखाउँछ कि एउटै कच्चा पदार्थबाट कपडा, कागज र हस्तकला जस्ता बहुआयामिक उत्पादन सम्भव छन्।

मुख्य संदेशहरु: 
  • फोहोरबाट आम्दानी: पहिले फालिने केराका बोक्राहरु अहिले किसानका लागि अतिरिक्त आम्दानीको स्रोत बन्न थालेको छ। कतिपय स्थानमा किसानले फाल्नुपर्ने अवशेष अब उद्यमीलाई उपलब्ध गराइरहेका छन्।
  • बढ्दो बजार माग: देशभित्र मात्र होइन, विदेशमा पनि प्राकृतिक फाइबर उत्पादनको माग बढ्दै गएको छ। निर्यात सम्भावनाले यस क्षेत्रलाई थप व्यावसायिक बनाउने संकेत दिएको छ।
  • दिगो र वातावरणमैत्री विकल्प: केराको रेसा प्राकृतिक र जैविक रूपमा विघटनशील भएकाले प्लास्टिक तथा सिंथेटिक फाइबरको विकल्पका रूपमा हेरिएको छ। यसले कृषि फोहोर व्यवस्थापनसँगै वातावरण संरक्षणमा पनि योगदान पुर्‍याइरहेको छ।

केराको रेशा र अन्य उत्पादनहरुको विश्लेषण – जिल्ला तहमा

पछिल्लो समय स्वास्थ्य र वातावरणप्रति बढ्दो सचेतनासँगै केराको रेसाबाट बनेका उत्पादनहरूको माग आन्तरिक र बाह्य बजारमा उल्लेखनीय रूपमा बढेको छ। केराको बोक्रा, जुन पहिले फोहरको रूपमा फालिन्थ्यो, अहिले प्राकृतिक रेसाको मुख्य स्रोत बनेको छ। काठमाडौंका तारा होटल तथा रेस्टुरेन्टहरूमा केराको रेसाबाट बनेका हस्तकला सामग्रीदेखि लिएर विदेश निर्यात हुने कपडासम्मले यस क्षेत्रको सम्भावना देखाएको छ .

एक केजी केरा रेसा उत्पादन गर्न करिब २०-२२ केजी (मोरङमा) कच्चा पदार्थ (केराको बोक्रा) आवश्यक पर्दछ। यसको मूल्य निःशुल्कदेखि रु. ४० प्रति केजीसम्म पर्न सक्छ। उत्पादन लागत (मेसिन, श्रम, ढुवानी) प्रति केजी रु. २,००० सम्म पुग्न सक्छ, जसलाई रु. २,२००-३,००० मा बिक्री गरी प्रति केजी रु. २००-१,००० सम्म खुद मुनाफा कमाउन सकिन्छl

मोरङमा, दैनिक २० केजी उत्पादनको लागि सञ्चालन लागत रु. २,००० रहेको छ। यो भनेको उत्पादन लागत रु. १०० प्रति केजी हो l यसलाई रु. १५० प्रति केजीमा बिक्री गरेर रु. ५० प्रति केजी नाफा कमाउन सकिन्छ।

नेपाली बजारमा केराको रेसाको मूल्य प्रति केजी रु. १५० देखि रु. २५० सम्म रहेको छ। यसबाट बनेको कपडा (धागोमा मिसाएर) प्रति मिटर रु. ३००-३५० मा बिक्री हुन्छ भने हस्तकला सामग्री (टोपी, झोला) रु. ५० देखि १,००० सम्ममा बिक्री हुन्छ। ब्रान्डेड र विदेश निर्यात हुने उत्पादनको मूल्य अझै बढी हुन सक्छl

ठाउँ
प्रति केजी कच्चा पदार्थ आवश्यक
कच्चा मूल्य (रु.)
उत्पादन लागत (रु./केजी)
बिक्री मूल्य (रु./केजी वा मिटर)​
खुद नाफा (प्रति केजी)
मोरङ
२० केजी/दैनिक उत्पादन (अनुमान)
निःशुल्क - रु. ४०
१००
१५० 
५०  
टिकापुर
१० ठुटा = १ केजी रेसा
निःशुल्क​
~२००–२५० (कपडा अनुमान)
रु. ३००-३५० प्रति मिटर
१००–१५० / मिटर
मकवानपुर
१ बोट = ०.५ केजी रेसा (२५ पाना)
-
पूँजीगत खर्च (प्रारम्भिक रु. ८,००,०००)
पहिलो महिना बिक्री रु. ५०,०००
मध्यम-खाले प्रतिफल

Source:  The Annapurna Express 22/09/2025The Rising Nepal 21/09/2025;  The Rising Nepal 16/07/2024The Rising Nepal 21/01/2025Artha Nepal 06/02/2025

मोरङ र टिकापुरमा, ब्रान्डिङ, यान्त्रीकरण र उत्पादन विविधीकरण (कपडा, हस्तकला, कागज) मा ध्यान दिएर उच्च नाफा कमाउने सम्भावना छ।

मकवानपुरमा, केरा रेसाबाट कागज उत्पादन गरेर स्थानीय बजार र संस्थागत खरिदमा ध्यान दिने हो भने मध्यम खाले नाफा कमाउन सकिन्छ।

कच्चा पदार्थको मात्रा, लागत र प्रशोधनमा लाग्ने समय (७२ घण्टाभित्र) ले यसको उत्पादन र मूल्यमा निर्णायक भूमिका खेल्छ। ढिलो प्रशोधन गर्दा रेसाको गुणस्तर घट्न जान्छl

निर्यातको ठूलो सम्भावना:  टिकापुरको उद्योगले रेसालाई जर्मनी, अमेरिका र अष्ट्रेलियासम्म निर्यात गरिरहेकी छन्, जसले अन्तर्राष्ट्रिय बजारमा नेपाली केरा रेसाको माग उच्च रहेको देखाउँछ।

केराको रेसा उद्योग: झापा, मोरङ र सुनसरीको सम्भावना

झापा, मोरङ र सुनसरी—पूर्वी नेपालको केरा उत्पादनको प्रमुख केन्द्र हुन्l  यी तीन जिल्लामा मात्र २१,६५३ मेट्रिक टन केरा फल वार्षिक उत्पादन हुन्छ, जसबाट करिब ८६,६१२ मेट्रिक टन जैविक फोहोर (ठुटा, पात, बोक्रा) निस्कन्छ। यो फोहोर व्यवस्थापनको चुनौती मात्र नभएर रु. १८ करोड ४ लाख भन्दा बढीको कच्चा रेसा उत्पादनको सम्भावना बोकेको छ।

Source:  Ministry of Agriculture and Livestock Development (2025); ICAR (2022)

झापामा हुनेहरुका लागि:  झापा एक्लैले १०,६५० मेट्रिक टन केरा उत्पादन गर्छ l यस मानेमा यहाँहरु संग प्रशस्त कच्चा पदार्थ छ l यहाँहरु भारतीय बोर्डर नजिक पनि हुनुहुन्छl सिलिगुरी र कोलकाता बजार यहाँहरुको ठाउँबाट नजिक छl प्रतिकेजी रु. ५० को दरले वार्षिक रु. २.५६ करोड सम्म नाफा कमाउन सक्नुहुन्छ।
  • यहाँहरु संग सबैभन्दा धेरै कच्चा पदार्थ छ — ठूलो सोच्नुहोस्, ठूलो लगानी गर्नुहोस्।
मोरङमा बस्नेहरुका लागि:  यहाँहरुको उत्पादन (३,६६६ टन) अरूभन्दा कम भए पनि, यहाँहरुसंग सबैभन्दा बलियो पूर्वाधार छ। विराटनगर विमानस्थल, कोशी राजमार्ग र औद्योगिक करिडोर यहाँहरुकै क्षेत्रमा छ।  यहाँहरुसंग पूर्वाधार छ — उत्पादनलाई ब्रान्डमा रूपान्तरण गर्नुहोस्।
  • कच्चा रेसा बेच्नुभन्दा पनि त्यसबाट कपडा, टोपी, झोला बनाउनुहोस्। यहाँहरुकै जिल्लाको मोडेल (२० केजी/दिन, रु. ५० नाफा/केजी) ले यो सम्भव रहेको देखाइसकेको छ।
सुनसरीमा बस्नेहरुका लागि:  यहाँहरु रणनीतिक स्थानमा हुनुहुन्छ। इटहरी पूर्वी नेपालकै प्रमुख व्यापारिक केन्द्र हो। यहाँ उपभोक्ता, पर्यटक र पहाडी जिल्लामा जाने यात्रुहरूको ठूलो चहलपहल छ। हस्तकला उत्पादनमा जोड दिनुहोस्। टोपी, झोला, पर्स, ग्राहक सामाग्री — यी सबै इटहरी बजारमा सजिलै बिक्री हुन्छन्।
  • यहाँहरु बजारको मुटुमा हुनुहुन्छ — उत्पादनलाई उपभोक्तासम्म पुर्याउने रणनीति बनाउनुहोस्।

यो बुझ्न आवश्यक छ कि केरा रेसाको सम्भावना यही तीन जिल्लामा सीमित छैन। यो रणनीति नेपालभरका हरेक केरा खेती हुने जिल्लामा लागू गर्न सकिन्छ। सुदूरपश्चिमको कैलाली (टिकापुर) का केरा फार्महरू हुन् वा स्याङ्जाका पहाडी बगैंचाहरू हुन् वा चितवन र नवलपरासीका ठूला प्लान्टेशनहरू— सबै केरा उत्पादन क्षेत्रमा एउटै कच्चा पदार्थ उपलब्ध हुन्छ: केराको बोक्रा।

गाठी कुरो: 

  • केराको बोक्रा सबैतिर छ: हरेक केरा खेतीले ठुटो उत्पादन गर्छ, जुन हाल कम उपयोग भइरहेको छ।

  • प्रविधि पहुँचयोग्य छ: रेसा निकाल्न आवश्यक मेसिनरी देशभर क्रमशः उपलब्ध हुँदै गएको छ।

  • बजार बढ्दो छ: प्राकृतिक र वातावरणमैत्री रेसाको माग राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रवृत्ति हो।

केराको रेसा उद्योग:  सम्भावना र सम्भावित जोखिमहरु

नेपालमा केरा रेसा उद्योग हरित र मूल्यवर्धित व्यवसायका रूपमा अघि बढ्उदै छ l तर पनि यसको दीर्घकालीन सफलतामा केही जोखिमहरू छन्। समग्र रूपमा हेर्दा, कच्चा पदार्थ आपूर्ति र बजार स्थिरता नै यसको महत्वपूर्ण पाटो हो।

  • कच्चा पदार्थको कम आपूर्ति: केरा खेती मौसमी र मौसम-निर्भर हुने भएकाले केराका बोक्राहरुको निरन्तर उपलब्धता नहुन सक्छ। रोग, प्राकृतिक विपद् वा खेती क्षेत्र घट्दा उत्पादन शृङ्खला अवरुद्ध हुन सक्छ।
  • बजार तथा मूल्य जोखिम:  कच्चा रेसाको मूल्य समयसँगै घटबढ हुन सक्छ। आपूर्ति बढी भए बजार घट्न सक्छ, र वैकल्पिक प्राकृतिक फाइबरसँग प्रतिस्पर्धा बढ्दा मागमा दबाब पर्न सक्छ।
  • प्राविधिक तथा गुणस्तर जोखिम:  मेसिनको दक्षता कम हुनु, फाइबरको गुणस्तर असमान हुनु वा मानक अपनाउन सकिएन भने उत्पादनले बजार नपाउन सक्छ। गुणस्तर कायम राख्न नसके बजार गुम्ने जोखिम हुन्छ।
  • वित्तीय तथा नगद प्रवाह जोखिम: प्रारम्भिक लगानी धेरै लाग्न सक्छ र यस्तो अवस्थामा नगद प्रवाह अस्थिर हुँदा सञ्चालनमा दबाब पर्न सक्छ। ऋणमा निर्भरता बढी भए ब्याजदर परिवर्तनले नाफामा असर पार्न सक्छ।
  • सञ्चालन तथा व्यवस्थापकीय जोखिम: आपूर्ति शृङ्खला व्यवस्थापन कमजोर भए उत्पादन र बजार जोड्न कठिन हुन्छ। समूह वा सहकारी मोडेलमा समन्वय अभाव हुँदा कार्यक्षमता घट्न सक्छ।

अन्तिम निष्कर्ष: के केराबाट रेशा बनाउने व्यवसायमा भविष्य छ ?

नेपालमा केरा रेसा उद्योगको भविष्य उज्ज्वल, दिगो र बहुआयामिक छ। यो केवल कृषि फोहोर व्यवस्थापनको माध्यम मात्र नभई ग्रामीण अर्थतन्त्र, महिला सशक्तीकरण र निर्यात प्रवर्द्धनको महत्वपूर्ण माध्यम बन्दै गएको छ। अझ भन्नु पर्दा, केरा रेसाका उत्पादनहरूको बजार वर्तमानमा मात्र होइन, भविष्यमा अझै फराकिलो हुँदै जानेछ।

एउटै कम्पनीको माग अनुसार आपूर्ति गर्न सकिरहेका छैनौं l

धागोको बजार माग अनुसार आपूर्ति गर्न सकेका छैनौं।

केरा रेसा उद्योग नेपालका लागि एउटा त्रि-आयामिक समाधान होl

  • आर्थिक आयाम: किसानको आम्दानी बढाउने, गाउँमै रोजगारी सिर्जना गर्ने, विदेशी मुद्रा आर्जन गर्ने।
  • सामाजिक आयाम: महिला सशक्तीकरण, ग्रामीण उद्यमशीलता, विदेश पलायन रोक्ने।
  • वातावरणीय आयाम: कृषि फोहरको व्यवस्थापन, रासायनिक मलको विकल्प (मेसिनको अवशेषलाई मलको रूपमा प्रयोग), प्लास्टिक र सिंथेटिक उत्पादनको विकल्प।

नेपालमा केरा रेसा उद्योग अझै शैशवावस्थामा छ। तर टिकापुरका महिला सहकारीहरू, मोरङका उद्यमीहरू, मकवानपुरका प्रयोगकर्ताहरू, र काठमाडौंका निर्यातकर्ताहरूले देखाएको बाटो — यही बाटो हो यस उद्योगको भविष्यको।

DHN Admin 3 मार्च, 2026
सेयर गर्नुहोस् 
ट्याग्स
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
बयर खेती: नेपालमा कम लगानी, उच्च प्रतिफलको कृषि व्यवसाय
Data Insight