धेरै वर्षसम्म उपल्लो मुस्ताङ हिमालयको "अन्तिम निषेधित राज्य" को रूपमा स्थापित रह्यो। तर, यो अवस्था हाम्रा नीति नियमले गर्दा भएको भने होइन l यो ठाउँ पुग्न हरेक विदेशी पर्यटकहरूले $५०० पर्मिट फी तिर्नुपर्थ्यो। यसले गर्दा धनीमानीले मात्रै यो ठाउँ जान सक्थे। यसको असर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा स्थानीय बासिन्दाहरुले बेहोर्नु पर्यो ।
सन् २०२५ मा मुस्ताङ आउने पर्यटक संख्याले यो कथालाई अझ प्रष्ट पार्दछ l सो वर्ष मुस्ताङ जिल्लामा कुल १६१,१२२ विदेशी पर्यटकहरु आए, तर उपल्लो मुस्ताङ जाने पर्यटकहरूको सङ्ख्या जम्माजम्मी ३८७२ रह्यो l यो भनेको मुस्ताङ आउने ९७.६% पर्यटकहरु माथिल्लो भेग जाँदै गएनन् l यसले संकेत गर्यो कि पर्यटनको यो नमुनाले काम गरेको छैन l
सन् २०२५ को नोभेम्बर महिनामा संघीय सरकारले नीतिगत सुधार गर्यो l स्थानीय व्यापारी र पर्यटनसँग सम्बन्धित सबै सरोकारवालाहरुले $५०० को पर्मिट फीलाई $५० मा घटाउन अनुरोध गरे। सरकारले पनि सोही अनुसार निर्णय गर्यो। अब प्रस्न रह्यो - यो घटाई संगै बढ्न सक्ने पर्यटकको सङ्ख्यालाई त्यहाँको व्यापार व्यवसायले थेग्न सक्छ त ?
Source: Lokmat Times (2025).

पर्यटकमा उतारचढाउ: के भन्छ त संख्याले?
सन् २०२२ मा उपल्लो मुस्ताङ आउने पर्यटक सङ्ख्या ३,३८७ थियो। यो सङ्ख्या २०२३ मा १,१९८ मा झर्यो। यो भनेको अघिल्लो सालको तुलनामा ६५%ले घटेको हो। सन् २०२४ मा भने ३६९%ले बढेर पर्यटक संख्या ५,६१४ पुग्यो। तर यो वृद्धि फेरि २०२५ मा आएर ३१%ले झर्यो र यहाँ पुग्ने पर्यटक संख्या ३,८७२ मा सीमित भयो।
कहिले धेरै त कहिले थोरै पर्यटक हुने यो अवस्थाले एउटा भत्केको पद्धतिको संकेत दियो l निरन्तर हुनुपर्ने वृद्धि खासै देखिँदैन थियो। कहिले एकदमै धेरै कहिले एकदम कम पर्यटक हुँदा स्थानीय व्यवसायीहरुलाई योजना बनाउन, लगानी गर्न र अन्य नवीन कार्य गर्न समस्या पुगेको थियो ।
सन् २०२५ को नोभेम्बर महिनामा संघीय सरकारले ५०० डलरको पर्मिट फीलाई ५० डलरमा झारिदियो l यसले पक्कै पनि धेरै भन्दा धेरै पर्यटकहरु उपल्लो मुस्तांग पुग्ने आशा गरिएको छ l
माथिल्लो मुस्ताङ आउने पर्यटक सङ्ख्या
Source: Ministry of Culture, Tourism & Civil Aviation (2022-2024); TourismMail (2026)
चुरो कुरो: $५०० पर्मिट फी हुँदा व्यवसायीहरू अनिश्चित पर्यटक संख्याको आधारमा व्यापार-व्यवसाय गर्थे। पर्मिट फी घटेको अहिलेको अवस्थामा भने अब पर्यटक संख्या निश्चित र स्थिर हुने आश गरिएको छ। तर यसका लागि समय र मेहेनत दुवै लाग्छ । नीतिगत सुधारपश्चात व्यवसायीहरुले अब विभिन्न ट्रेकिङ एजेन्सीहरुसँग सम्बन्ध विस्तार गर्नुपर्छ l पर्यटक कम आउने समयमा आम्दानी गर्ने नयाँ विकल्पहरु खोज्नुपर्छ l सँगसँगै अब बढ्न सक्ने पर्यटक संख्यालाई ध्यानमा राखेर आफ्ना रणनीतिहरू बनाउनुपर्छ।
उपल्लो मुस्ताङमा समय तालिका महत्वपुर्ण छ
तीन वर्षको पर्यटक सङ्ख्याले मार्च, अप्रिल र मे महिनामा अत्यधिक पर्यटकहरु उपल्लो मुस्ताङ आउने देखाएको छ। अझ अप्रिल महिनामा त धेरै पर्यटकहरु यहाँ आउने गर्छन् l सन् २०२४ मा लगभग १,२५९ पर्यटकहरु यहाँ आएका थिए l यो भनेको सन् २०२३ को पुरापुर पर्यटक सङ्ख्या हो l यस्तै, मे बाट जुन पुग्दा पर्यटक सङ्ख्या उल्लेख्य घट्छ l
महिना | २०२२ | २०२३ | २०२४ | २०२५ | २०२६ |
जनवरी | ० | ७ | ११ | ||
फेब्रुअरी | १२ | १० | ६९ | ||
मार्च | १४१ | ६६ | ५०१ | ||
अप्रिल | ३७८ | १५४ | १,२५९ | ||
मे | ६८७ | २०५ | ५२० | ||
जुन | ११९ | ५९ | २४३ |
Source: Ministry of Culture, Tourism & Civil Aviation (2022-2024)
बुझी राखौ: वर्षको सुरुवाती छ महिनामा यहाँ आउने पर्यटकहरूको सङ्ख्यालाई हेर्दा मार्च, अप्रिल, र मे महिनामा यहाँ अत्यधिक पर्यटकहरू आउने गर्छन । यसर्थ यो समयमा यहाँहरुले मार्केटिङ र पहुँचका हरेक उपायहरु अबलम्बन गर्नुहोस् l विभिन्न ठाउँमा भएका ट्रेकिङ एजेन्सीहरूसँग समन्वय गर्नुहोस् l पहिले आउने पर्यटकहरूलाई केही छुटको व्यवस्था गर्नुहोस्। पर्यटकहरू कम हुने जनवरी र फेब्रुअरीमा भने नयाँ सिजनको लागि योजना बनाउनुहोस्। सम्बन्ध विस्तार गर्न थाल्नुहोस्। पूर्वाधारमा पनि सुधार ल्याउनुहोस्।
दशैं ताकाको समय: मुस्ताङको बढ्दो आकर्षण
सन् २०२२ देखि २०२४ सम्मको सङ्ख्या हेर्ने हो भने विदेशी पर्यटकहरू अक्सर दशैँ र तिहारको महिनामा यहाँ आउने गरेका छन् l अझ भन्ने हो भने अक्टोबर महिना त सबैभन्दा धेरै पर्यटक आउने महिना हो। सन् २०२४ मा यहाँ १,१६६ विदेशी पर्यटकहरु यो महिनामा आएका थिए। नोभेम्बर महिनामा सङ्ख्या उल्लेख्य घट्छ। डिसेम्बरमा त लगभग शान्त जस्तै हुन्छ। यसले भन्छ कि मुस्ताङ मौसमी गन्तव्य हो। केही महिना पर्यटकहरु आउने र अन्य महिनाहरूमा थोरै मात्र पर्यटकहरु हुने ठाउँ हो ।
महिना | २०२२ | २०२३ | २०२४ | २०२५ | २०२६ |
जुलाई | २२४ | ६७ | २८५ | ||
अगष्ट | २६५ | ९४ | ४०६ | ||
सेप्टेम्बर | ६७६ | १३८ | ६१२ | ||
अक्टोबर | ६६१ | २८६ | ११६६ | ||
नोभेम्बर | २०८ | १०१ | ४७९ | ||
डिसेम्बर | १६ | ११ | ६३ |
Source: Ministry of Culture, Tourism & Civil Aviation (2022-2024)
गाठी कुरो: जुलाईदेखि डिसेम्बरसम्मको अङ्क हेर्दा अक्टोबर महिना सबैभन्दा बढी पर्यटक आउने समय हो। यसैले यो महिनालाई लक्षित गरेर आफ्ना योजनाहरु बनाउनुहोस्। आफ्नो व्यवसायको लागि चाहिने कर्मचारी, खाद्यवस्तु, र सहकार्यलाई यो महिनाको वरिपरि उच्च प्राथमिकतामा राख्नुहोस्। जुलाई र अगस्ट महिनामा पर्यटकहरू कम हुने हुँदा यो समयलाई मर्मत सम्भार, तालिम, र अन्य कार्यमा प्रयोग गर्नुहोस्। अफ सिजनमा यहाँले गर्नुभएको सुधारले आउने वर्ष यहाँलाई प्रतिफल दिने हो।
ट्रेकिंगभन्दा पर हिमाल आरोहणले देखाएको सम्भावना
सन् २०२५ को डिसेम्बर महिनामा सेभेन समिट ट्रेक्सले छउमा I/II (Chhuama I/II) मा सफल रूपले आरोहण गरेको छ। यो आरोहणसँगै जाडो महिनामा पनि हिमाल आरोहण सम्भव छ भन्ने कुरो देखाएको छ। यो संगै, यस क्षेत्रमा भएका दर्जनौं हिमालहरू अब आरोहणका लागि कुरेर बसेका छन्। कुनै समय यी हिमालहरुमा आरोहण गर्न सकिँदैन थियो, तर अब यी सब खुला छन् l
हिमाल | उचाई | पहिलो आरोहण | आरोहण समूह | पर्यटनमा असर |
छउमा I | ६,३६६ मिटर | डिसेम्बर २१, २०२५ | सेभेन समिट ट्रेक्स | उच्च |
छउमा II | ६,३२५ मिटर | डिसेम्बर २१, २०२५ | सेभेन समिट ट्रेक्स | उच्च |
अरु हिमालहरु | ६०००-६५०० मिटर | सम्भावना बोकेको | भविष्यमा हुन सक्ने | मध्यम |
Source: The Himalayan (2025)
चुरो कुरो: स्थानीय व्यवसायहरूको लागि अब नयाँ आम्दानीका स्रोत थपिएको छ । परम्परागत ट्रेक भन्दा फरक हिमाल आरोहणको सम्भावना खुलेको छ। अब प्रश्न पर्यटकहरु जाडो महिनामा यहाँ आउँछन् कि आउँदैनन् भन्ने रहेन l अबको प्रश्न भनेको पर्यटकहरु यहाँ आउँदा सही पूर्वाधार, परमिट सेवा र अन्य सुविधाहरु सहित उनीहरुलाई हामी सेवा दिन तयार छौ कि छैनौ भन्ने हो l
$५०० भर्सेस $५०: कसको पल्ला भारी
धेरै वर्षसम्म स्थानीय सरोकारवालाहरूले सरकारी निकायलाई पर्मिट फीको बारेमा सोचिदिन अनुरोध गर्यो। ती सरोकारवालाहरूको बुझाई एउटै थियो: परमिट फी धेरै भएर उपल्लो मुस्ताङमा पर्यटकहरु आएनन् l
हामीले संघीय सरकारलाई पर्मिट फीको बारेमा सोचिदिन धेरै पटक अनुरोध गर्यो l
लोपसाङ छोम्पेल बिष्ट: अध्यक्ष - लो घेकर दामोदरकुण्ड गाउँपालिका
परमिट फी $५०० हुँदा सन् २०२६ मा जम्माजम्मी ४७१२ पर्यटकहरु आउने प्रक्षेपण छ। यसले सरकारी राजस्वमा $२.३६ मिलियन र समग्र अर्थतन्त्रमा $६.६१ मिलियन असर पार्ने देखिन्छ l परमिट फी $५० डलर हुँदा मुस्ताङ आउने पर्यटकहरूमध्ये १५% उपल्लो मुस्ताङ पुग्ने अनुमान गरिएको छ। यो भनेको २५,००० भन्दा बढी पर्यटक संख्या हो।
परमिट फीको फेरबदलले सरकारी राजस्व भने $१.१ मिलियन घट्नेछ । तर पर्यटकहरू त्यहाँ पुग्दा स्थानीय अर्थतन्त्रमा चलायमान हुन्छ l होटेल व्यवसाय, गाइड लगायतले अर्थतन्त्रमा थप $२०.६ मिलियन थप्छ । यो भनेको समग्र अर्थतन्त्र $२६ मिलियनको हाराहारीमा पुग्ने हो l $५०० परमिट हुँदाको अवस्था भन्दा भन्दा $२० मिलियन थप हुनु हो l
मेट्रिक | $५०० पर्मिट | $५०० पर्मिट | खुद परिवर्तन |
प्रक्षेपित पर्यटक - २०२६ | ४,७१२ | २५,१६८ | +२०,४५६(+४३४%) |
सरकारी राजस्व | $२.३६ मिलियन | $१.२५ मिलियन | -$१.११ मिलियन (-४७.०%) |
स्थानीय अर्थतन्त्रमा हुने अन्दाजी आम्दानी | ~$४.२५ मिलियन | $२४.८१ मिलियन | +$२०.५६ मिलियन (+४८४%) |
अर्थतन्त्रमा पार्ने असर | ~$६.६१ मिलियन | ~$२६.०६ मिलियन | +$१९.४५ मिलियन (+२९४%) |
साचो कुरो: नीतिगत सुधारपछि अबको प्रश्न उपल्लो मुस्ताङमा पर्यटकहरू आउँछन् कि आउँदैनन् भन्ने रहेन l अबको प्रश्न भनेको आएका पर्यटकहरुलाई यो क्षेत्रले सही रुपमा सेवासत्कार गर्न सक्छ कि सक्दैन भन्ने कुरो हो l आउन सक्ने करिब २५,००० पर्यटकहरुलाई हरेक होटल, गाइड, र टुर सञ्चालक तयार हुनुपर्छ।
सन् २०२६ का लागि परिदृश्यहरु: के हुन सक्छन त ?
नीति परिवर्तनअघि, २०२६ को अवस्था कमजोर देखिन्थ्यो। $५०० डलर परमिट फी हुँदा, बढीमा ६,५९७, ठिकैको अवस्थामा ४,७१२, र कम आए भने २,८२७ पर्यटकहरु उपल्लो मुस्ताङ आउने प्रक्षेपण थियो। परिवर्तन बिना यहाँ आउने पर्यटकहरूको उतारचढाव निश्चित थियो।
तर अब $५० परमिट फीले नयाँ सम्भावना अघि सारेको छ।
अवस्था | प्रक्षेपित पर्यटक |
अहिलेको अवस्थामा | २५,१६८ |
बढी आए भने | 29,000 |
कम आए भने | 18,500 |
नोट: ८०% को बिश्वास अन्तराल
Important Note: Treat these figures as a planning benchmark, not a promise. Tourism can shift quickly due to policies, the global economy, or local events.
नेपालको पर्यटन: सिक्नुपर्ने तिन विश्वव्यापी पाठहरु
नीतिगत सुधारपश्चात अब थप पर्यटकहरु आउने निश्चित छ l यसैले, उपल्लो मुस्ताङमा अब नया युग शुरु भएको छ l अब प्रश्न पर्यटकहरु आउदछन् कि आउदैन भन्ने होइन, अब त यहाँका स्थानीय व्यवसायीहरु आएका पर्यटकहरुलाई स्वागत गर्न सक्ने अवस्थामा हुन्छन कि हुदैनन् भन्ने हो l मुस्ताङले बिश्वोभरका पाठहरुबाट के के सिक्न सक्छन त भन्ने जानकारी तल प्रस्तुत गरिएको छ l
तान्जानियाबाट सिक्नुहोस्: फी घट्दा संगसंगै पूर्वाधारहरुमा पनि उल्लेख्य सुधार ल्याउनुपर्छ l
जब तान्जानियाले मे २०२५ मा पर्यटनसंग सम्बन्धित फीहरु घटायो – पाँच तारे होटेलको लाइसेन्स $२,५०० बाट $१,५०० र टुर गाइड फी $५० बाट $१३, उसले यो सुधार संगै पूर्वाधारहरुमा पनि व्यापक लगानी गर्यो l नेपाल पनि यहि अवस्थामा छ, र नेपालले पनि यी कुराहरु गर्न सक्छ l
Source: Atta, 2025
नीतिगत सुधारपश्चात पर्यटकहरु बढ्ने निश्चित छन् l यसर्थ, थपिन सक्ने यी पर्यटकहरु आउनु भन्दा पहिले नै आफ्नो होटेल, शौचालय लगायत अन्य पूर्वाधारहरुमा सुधार ल्याउनुहोस् l
कर्मचारीको तालिममा लगानी गर्नुहोस् l तालिम प्राप्त गाइड र अनुभवी कर्मचारीले पर्यटकहरुलाई जीवन्त अनुभव प्रदान गर्ने हुदाँ, यता तिर सोच्नुहोस् l
पूर्वाधारको लागि स्थानीय सरकारसंग सहकार्य राख्नुहोस् l फोहोर व्यवस्थापन, ट्रेल व्यवस्थापन र खानेपानीको उचित व्यवस्थालाई पर्यटकहरु आउनु अघि नै मिलाउनुहोस् l
इटालीबाट सिक्नुहोस्: थप पर्यटक संगै नीतिनियमहरु पनि बन्नुपर्छ, नत्र जे बिशेष थियो, त्यो हराउछ l
कुनै समय इटालीको भेनिसले पनि अन्य पर्यटक गन्तव्यहरू जस्तै समस्या भोगेको थियो। कम गुणस्तरका पसलहरुले स्थानीय व्यवसायीहरुलाई हट्न बाध्य बनायो। त्यहाँका बासिन्दाहरु सहर छोडेर हिँड्न थाले l यो सबै बुझेर इटाली सरकारले जंक खानेकुरो निषेधित क्षेत्र घोषणा गर्यो l सो नियमलाई सन् २०२५ को मेमा पूर्ण कार्यान्वयनमा ल्यायो। सो नियमपश्चात पर्यटकहरूले जथाभाबी खानेकुरो लान, लुगा धोएर बाहिर सुकाउन र धेरै पर्यटकहरु हुने ठाउँमा जथाभाबी पसलहरु राख्न बर्जित गर्यो । बरु बेकरी र स्थानीय परिकारहरुलाई आधारस्तम्भ बनायो l
Source: la nuova, 2025
अन्य व्यवसायीहरूसँग सहकार्य गरेर गुणस्तरको मापदण्ड तय गर्नुहोस्। कस्ता किसिमका पसल र सेवा सुविधाहरू यो ठाउँको लागि आवश्यक हो तय गर्नुहोस्।
चुस्त नीति नियमका लागि पहल गर्नुहोस्। समस्या हुनु अघि यस्ता नीति नियमहरु हुनु अत्यावश्यक छ। स्थानीय सरकारसँग सहकार्य गरेर यो ठाउँको विशेष सम्पदाहरुलाई जोगाउने बाटो खोज्नुहोस्।
यहाँको व्यवसायले गुणस्तर मार्फत चिनिने बाटो खोज्नुहोस्। स्थानीय अनुभव र पर्यटकहरूले खोज्ने सेवा सत्कारलाई सबैभन्दा अगाडि राख्नुहोस्।
बिश्वो अनुभवबाट सिक्नुहोस्: साना तथा मझौला व्यवसायहरुले पनि सहयोग पाउन सक्छन l
बिश्वोभर, साना तथा मझौला व्यवसायहरूले पर्यटन क्षेत्रको मोटामोटी ८०% हिस्सा ओगटेका छन्। तर यी व्यवसायहरुले डिजिटल माध्यम, पुँजी, र अन्तर्राष्ट्रिय बजारमा पहुँच नपाउँदा समस्या झेल्नु परेको छ l यही बुझेर वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलले सन् २०२५ को मार्च महिनामा “टुगेदर इन ट्राभल” कार्यक्रम सुरु गर्यो। यो कार्यक्रमलाई हिल्टन, माइक्रोसफ्ट र एमएससी क्रुजहरुले सहयोग पनि गरे l दक्षिण कोरियाले यस्तै कार्यक्रम लागू गर्यो l हरेक व्यवसायलाई $१४०,००० सम्म सहयोग गर्ने बाटो खोल्यो l साना तथा मझौला व्यवसायहरूलाई दक्ष व्यवसायहरूसँग अन्तरक्रिया गरायो । कृत्रिम बुद्धिमत्ता र अन्य सीपहरू सिकायो। नवीन कार्य गर्न सक्ने र ती कार्यहरूलाई पछिका दिनमा बढाउँदै लान सकिने व्यवसायहरुलाई प्राथमिकतामा राखेर सहयोग गर्यो l
Source: World Travel and Tourism Council, 2025
नेपालमा के कस्ता सहयोगका कार्यक्रमहरू सञ्चालन छन् खोज्नुहोस्। यसका लागि नेपाल पर्यटन बोर्ड, टानको कार्यालय, र स्थानीय व्यवसायी सङ्घहरूसँग सहकार्य गरेर तालिम अनुदान वा डिजिटल माध्यमहरूमा सरसहयोगको अवस्था के छ जानकारी लिनुहोस् l
हालको समयमा अनलाइन सुविधा अत्यावश्यक छ। यो सुविधा मार्फत विदेशी पर्यटकहरूमाझ पुग्नुहोस्। एउटा वेबसाइट बनाउनुहोस्। सामाजिक सञ्जालमा जोडिनुहोस्। बुकिङ प्ल्याटफर्महरूमा आबद्ध हुनुहोस्।
अन्य स्थानीय व्यवसायहरूसँग सहकार्य गरेर ठूला सहयोगहरु लिन सक्ने वातावरण सिर्जना गर्नुहोस्। सानो आवाजभन्दा संयुक्त आवाज लिएर सरकारी वा अन्य सहयोग लिन जाँदा बढी प्रभावकारी हुन्छ।