अन्नपूर्ण संरक्षण क्षेत्र (ACA) नेपालकै सबैभन्दा ठूलो र पहिलो संरक्षण क्षेत्र हो l यसको क्षेत्रफल ७,६२९ वर्ग किमी छ र यो पाँच जिल्लामा फैलिएको छ । यहाँ २१ वटा आधिकारिक ट्रेकिङ रुट, १,२०० किमीभन्दा बढी ट्रेल, र थोरङ–ला पास (५,४१६ मि) रहेको छ। छोटो हाइकदेखि लामो क्लासिक ट्रेकसम्म सबैका लागि उपयुक्त ACA मा समुदायले विशेष भूमिका खेलेको छ l ACAP Permit र TIMS Card अनिवार्य छन् l नार–फु जस्ता प्रतिबन्धित उपत्यकामा विशेष अनुमति तथा लाइसेन्स प्राप्त गाइड लानु पर्छ l यो देशको पहिलो संरक्षण क्षेत्र पनि हो। यो विश्वका सबैभन्दा लोकप्रिय ट्रेकिङ गन्तव्यहरूमध्ये एक हो।यहाँ घोरेपानी पुनहिल जस्ता छोटो हाइकहरू पनि छन् l यो प्रतिबन्धित क्षेत्र होइन, तर बिदेशी पर्यटक का लागि ACAP Permit अनिवार्य छ।
हरेक वर्ष, विश्वभरबाट ठूलो संख्यामा ट्रेकरहरू यहाँ आउने गर्दछन् । यसर्थ, यो क्षेत्रले सशक्त पर्यटन अर्थतन्त्र निर्माण गरेको छ। मुख्य मार्गहरूमा अहिले चिया घर र लजहरू व्यापक छन्।

महामारीपश्चातको पर्यटन वृद्धि
अन्नपूर्ण क्षेत्रमा पर्यटक बढ्दै गएको छ। पर्यटकको संख्या २०२१ मा ४,७५४ बाट बढेर २०२५ मा २,९९,८३१ पुगेको छ। अर्थात्, पाँच वर्षमा लगभग ६,०००% को वृद्धि भएको छ। नेपालको पर्यटन क्षेत्रमा यो उल्लेख्य वृद्धि हो l
*नेपाली पर्यटकको संख्या राख्ने चलन नभएकोले हो कि यो संख्या अपूर्ण जस्तो देखिन्छ l
वर्ष | नेपाली* | सार्क | विदेशी | जम्मा |
| २०२१ | १६ | २,७६० | १,९७८ | ४,७५४ |
| २०२२ | ४८ | २४,९५९ | ४७,६५८ | ७२,६६५ |
| २०२३ | ७६ | ६४,३२१ | ४०,४९९ | १०४,८९६ |
| २०२४* | ० | ८४,२०६ | ४८,४१३ | १३२,६१९ |
| 2025** | ० | १७७,६२८ | १२२,२०३ | २९९,८३१ |
स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१);onlinekhabar (2026) * छ महिनाको मात्र उपलब्ध भएको l
चुरो कुरो: पर्यटकको आउने समय एकदमै अस्थिर खाले छ। तर, विदेशी पर्यटकहरूको आगमन २०२३ देखि निरन्तर बढ्दैछ l
२०२३ देखि सार्क पर्यटकहरूको संख्या राखिन थाल्यो l यसले देखायो कि सार्क पर्यटकहरू त यो क्षेत्रको प्रमुख बजार रहेछन l सार्क पर्यटकहरू अहिले कुल पर्यटकको लगभग ६०% छन् l यस अर्थमा, सार्क पर्यटन अब यो क्षेत्रको लागि प्राथमिक बजार हो।
घरेलु पर्यटन धेरै कम छ, शायद नेपालीको रेकर्ड राख्ने गरिदैन। तर, सार्क र अन्य देशबाट आएका पर्यटकको संख्याले भन्छ कि अन्नपूर्ण संरक्षण क्षेत्र एक अन्तर्राष्ट्रिय गन्तव्य हो। माग अत्यधिक मौसमी छ र नयाँ नीतिहरूसँग ती मागहरु परिवर्तन हुन सक्छन l यसर्थ, तथ्यांक हेरेर निर्णय गर्दै जादा बेश हुन्छ l
मौसमी विश्लेषणः भीड ६ महिनामा केन्द्रित छ
सार्क पर्यटकहरु यहाँहरुको मुख्य पाहुना हुन् l डेटाले भन्छ, उनीहरुको यहाँ आउने समय निश्चित छ, केहि महिनामा सीमित छ l
माषिक विदेशी पर्यटक संख्या, २०२४
स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)
सन् २०२३ को पूर्ण तथ्याङ्कलाई आधार मान्ने हो भने, यहाँ आउने पर्यटकहरु निश्चित महिनामा आउने गर्दछन् l
गाठी कुरो: लगभग ५ महिनामा नै ३ लाख पर्यटकहरू केन्द्रित हुने भएकोले, दबाव अत्यधिक छ। सफल हुन तपाईंले विविध खाले रणनीति लिनु पर्दछ l
एकदमै धेरै पर्यटक आउने महिनाहरू (आम्दानीको मुख्य समय): चैत्र-जेठ । यी तीन महिनामा वर्षको ८०% भन्दा बढी पर्यटक आउँछन्। यो नै तपाईंको आम्दानी गर्ने मुख्य समय हो l
मझौलो समय: फाल्गुन-असार । यी महिनाहरू पनि व्यस्त हुन्छन्, तर शीर्ष महिनाहरूभन्दा अलि कम पर्यटक आउने गर्छन l
कठिन समय: जाडो (श्रावण - माघ) l यो समय मर्मतसम्भार, प्रशिक्षण, वा अन्य रणनीतिको लागि प्रयोग गर्नुहोस l
यहाँहरुको कार्ययोजना: तथ्याङ्कबाट दैनिक निर्णयसम्म
यहाँ पाँच ठोस रणनीतिहरू छन् जसले तपाईंको व्यवसायलाई अझ लचिलो बनाउन मद्दत गर्दछ:
सार्क पर्यटकका लागि बिशेष रणनीति तयार गर्नुस:
सार्क पर्यटकका लागि लक्षित गरेर साकाहारी परिकारमा बिशेष जोड दिनुहोस् l
पर्यटकको लागि खानाको समयलाई लचिलो बनाउनुहोस् l
परिवार बस्न मिल्ने कोठा र बिशेष प्याकेज ल्याउनुहोस्, यातायात र गाइडको सुविधा जोड्नुहोस् l
धेरै पर्यटक आउने समयमा भिन्न रणनीति ल्याउनुहोस्
राम्रा कोठाको फरक मूल्य तोक्नुहोस् l
बुकिंग गर्न सक्ने व्यवस्था मिलाउनुहोस् l
यो समयमा पर्यटक पनि हतारमा हुने भएकोले खानेकुरोमा थालीको व्यवस्थालाई ध्यान दिनुहोस् l
ठिकै पर्यटक आउने समयमा यस्ता खाले रणनीति ल्याउनुहोस्
खुला आकाशको अवधारणा ल्याएर फोटोग्राफरहरुलाई आकर्षित गर्नुहोस् l
एक्ला एक्लै आउने वा सानो समूहमा आउने पर्यटकहरुलाई विशेष छुट दिनुहोस् l
गाइडहरुसंग सहकार्य गरेर "हुल-मुक्त" ट्रेक अनुभवको कार्यक्रम ल्याउनुहोस् l
आफ्नो कम्फोर्ट जोन बनाउनुहोस्
निजी कोठा र तातो पानीको सुविधासहितको लक्जरी ट्रेकहरु संचालन गर्नुहोस् l
योग र ब्यायामका सुविधाहरु देखाउनुहोस् l
शैक्षिक भ्रमणको बाटो बनाउनुहोस् l
पक्षी अवलोकन वा सांस्कृतिक भ्रमणहरू गराउनुहोस् l
अनलाइनमा देखिने वातावरण बनाउनुहोस्
आफ्नो व्यवसायलाई गुगल म्याप र TripAdvisor मा समावेश गर्नुहोस् l
पर्यटकसंग बसाई कस्तो भयो भनेर रिभ्यु लेख्न लगाउनुहोस् l
बोल्ने मात्र होइन, देखाउने काम पनि गर्नुहोस् l फेसबुक वा इन्स्टाग्राममा हरेक दिन एउटा फोटो हाल्नुहोस् l होटेलको सफा कोठा, राम्रो दृश्य, वा आफ्नो कर्मचारीले काम गरिरहेको जस्ता फोटोहरु हाल्ने गर्नुहोस् l
लोकप्रिय मार्गहरूमा सुविधा विस्तार: घोरेपानी, छोम्रोङ र तडापानीमा मध्यम श्रेणीका लजहरू सुधार्ने। सार्क परिवार र समूहहरूले यस्तो खाले ठाउँहरु खोज्ने गर्छन l
सार्कका पर्यटकहरुका लागि सेवाहरू: शाकाहारी मेनु, समूह प्याकेजहरू, र परिवार-अनुकूल सुविधाहरू सिर्जना गर्नुहोस् l
डिजिटल उपस्थिति र बुकिङ: साधारण वेबसाइट, अनलाइन बुकिङ, र सक्रिय सामाजिक मिडियामा लगानी गर्नुहोस् l
प्रचारप्रसार: कम पर्यटक आउने महिनाको लागि विशेष फोटोग्राफी, स्वास्थ्य, वा सांस्कृतिक प्याकेजहरू डिजाइन गर्नुहोस् l
विशेष सुविधा: फोटोग्राफी, पक्षी अवलोकन, वा सांस्कृतिक भ्रमणका लागि विशेषज्ञ सेवाहरू प्रदान गर्नुहोस् l
व्यस्त क्षेत्रहरूमा नयाँ चियाघरहरू: झिनु डाँडा वा उल्लेरी जस्ता मार्गहरूमा अर्को बजेट लज थप्नु जोखिमपूर्ण छ।
कुनै नया विशेषता विनाको लक्जरी आवासहरू: योग, स्पा, विशेष पहुँचजस्ता नया विशेषताहरु नराखी लक्जरी आवासहरु खोल्दा जोखिम हुनसक्छ l
योजनाविना वर्षभरि संचालन गर्ने प्रयास: असार-भाद्र महिनामा कुनै विशेष रणनीति बिना पूर्ण रूपमा आफ्ना होटेलहरु खोल्नु आर्थिक नोक्सानी तिर जानु हो l
एकै देशका पर्यटकमा निर्भरता: यो पूर्ण रुपमा गलत हुनसक्छ l
टाढा, कम यातायात भएका क्षेत्रहरूमा व्यवसाय विस्तार: मुख्य ट्रेकिङ मार्गहरूबाट टाढा गई ठूलो लगानी गर्नु जोखिम हुनसक्छ l
कम बजेटको प्रतिस्पर्धा: कम मूल्य निर्धारण गर्दा पाहुनाहरू आउन सक्छन्, तर नाफा घट्छ र आम्दानी गर्न गाह्रो हुन्छ l
मनसुन-सिजनमा मात्र सञ्चालन: पानी पर्ने समयमा मात्र व्यवसाय चलाउनु जोखिमपूर्ण हुन्छ ।
अनलाइन सुविधालाई बेवास्ता: अनलाइन समीक्षामा ध्यान दिनुभएन भने नयाँ ग्राहकहरूले तपाईंलाई विश्वास गर्ने छैनन् ।
अन्नपुर्ण संरक्षण क्षेत्रको नियमहरूको पालन: आधिकारिक नियमहरू पालना नगर्दा जरिवाना वा तपाईंको व्यवसाय बन्द हुन् सक्छ l
"मी-टू" व्यवसाय मोडेलहरू: यदि तपाईको लज वा सेवाले अरु भन्दा फरक केहि दिन सकेन भने, यहाँलाई गाह्रो पर्न सक्छ l
तथ्यांक हेरेर आफ्नो योजना बनाउनुहोस्
विगत चार वर्षको तथ्यांकले भन्छ - पर्यटक वृद्धि हुदै छ l विशेष गरेर सार्क क्षेत्रबाट l यो संख्या हेरर आफ्नो योजना बनाउनुहोस् l
सन् २०२३ को माषिक र २०२५ को जम्मामा संख्यालाई आधार बनाएर बढीमा कति, घटीमा कति र यहि अवस्था रहे कति पर्यटक आउन सक्छन भन्ने जानकारी तलको तालिकामा प्रस्तुत गरिएको छ l
अवस्था | प्रक्षेपित पर्यटक |
| अहिलेको अवस्थामा | ~ ३२०,००० |
| धेरै आए भने | ~ ३५०,००० |
| कम आए भने |
~ २५०,००० |
महत्वपूर्ण जानकारी: यी संख्यालाई आफ्नो योजना बनाउने आधारको रुपमा प्रयोग गर्नुहोस्, तर यो संख्यामा पूर्ण रुपमा भर नपर्नुहोस l विविधि अर्थ-, भूगोल- नीति र स्थानीय घटनाक्रमले यो संख्या तलमाथि पर्न सक्छ l
अन्नपूर्णमा सफलताको शुत्र
आफ्नो बाटो निश्चित गर्नुहोस् l के तपाई उल्लेरीको राम्रो होटेल व्यवसायी हो ? के घोरेपानीमा तपाईको सुविधासम्पन्न होटेल छ ? के तपाईले मनांगमा दक्ष फोटोग्राफी सेवा दिन सक्नुहुन्छ ? निर्णय गर्नुहोस् l हरेक कुरोमा यहाँ नै दक्ष हुन सक्नुहुन्न l यसैले यहाको दक्षता यो हो भन्ने जानकारी पर्यटकलाई दिनुहोस् l
सहि ठाउँमा लगानी गर्नुहोस् l ठाउँले धेरै ठुलो भूमिका खेलेको हुन्छ l दुई घण्टा हिडेर पुग्नु पर्ने होटेलले दुख पाउन सक्छ l यसर्थ, सहि लगानीको लागि ठाउँले धेरै असर गर्छ l थकित पर्यटक बस्ने सहि ठाउँ खोजेर लगानी गर्नुस l सुविधासम्पन्न होटेल बनाउने हो भने त्यो ठाउँबाट राम्रो दृश्यावलोकन गर्न सक्ने हुनुपर्छ l
अनलाइन गतिविधि बढाउनुहोस् l अहिलेको जमातको लागि मोबाइल नै सब थोक हो l गुगल म्याप अनि राम्रा फोटो र होटेलको रिभ्युले एकदम राम्रो संदेश दिन्छ l फेसबुक पेजमार्फत बिज्ञापन गर्नुहोस् l राम्रो चिज देखाउनुहोस् l
सार्क पर्यटकसंग घुलमिल गर्नुहोस l यो यहाँको लागि सबैभन्दा राम्रो अवसर हो l सार्क पर्यटकको रोजाई अनुसार खानेकुरो, होटेलको रुम, र बिशेष प्याकेजहरु बनाउनुहोस् l साकाहारी भोजन, परिवार संग बस्न मिल्ने कोठाहरु र जुन समयमा आउदा पनि होटेलमा बस्न सक्ने व्यवस्था मिलाउनुहोस् l
धेरै पर्यटक आउने समयमा रणनीति बनाउनुहोस l यहाँको सफलता चैत्र-जेठमा धेरै हदसम्म भर पर्छ l यो समयमा आफ्नो रणनीति बनाउनुहोस् l