904
बर्दियामा पर्यटन: तथ्यांक र भविष्य
Data Insight

बर्दिया राष्ट्रिय निकुञ्ज नेपालकै सबैभन्दा ठूलो संरक्षित क्षेत्र हो। यो क्षेत्र प्राकृतिक रूपमा सुन्दर छ । यहाँ सालका घना जंगलहरु छन्। नदी स्वच्छ रुपमा बग्ने गर्दछ। जैविक विविधता छ। यो बाघ अवलोकनका लागि प्रसिद्ध छ l वन्य अनुभव लिन सकिन्छ l यो क्षेत्रको राम्रो पक्ष भनेको, अहिले सम्म पनि बर्दिया राष्ट्रिय निकुन्ज अत्यधिक व्यवसायीकरणबाट टाढा छ। शान्त वातावरण खोज्ने पर्यटकका लागि यो ठाउँ उपयुक्त छ। वन्यजन्तु अवलोकन यहाँको मुख्य आकर्षण हो। निकुञ्ज पश्चिम नेपालमा अवस्थित छ। अन्तर्राष्ट्रिय स्तरमा पनि यसको चर्चा बढ्दो छ।

बर्दियामा पर्यटक वृद्धिको अवस्था 

यहाँको पर्यटन वृद्धिलाई दुइ ढंगबाट हेरौ l सन् २०२१ देखि, यहाँ आउने पर्यटक संख्या दोब्बर वृद्धि भएको छ l यसले बर्दिया कति प्रचलित हुदै छ भन्ने अनुभूति पनि दिन्छ l 

  • नेपाली पर्यटकहरु:  यो संख्या सन् २०२१ मा ११,२६१ थियो l सन् २०२३ मा यो संख्या १८,००० भन्दा माथि पुगेको छ l नेपाली पर्यटकहरु यहाँहरुको बजारको लागि स्थिर र भरपर्दो माध्यम बनेका छन् l
  • विदेशी पर्यटकहरु:  यो संख्या पनि उल्लेख्य रुपमा बढेको छ l सन् २०२१ मा जम्मा १,११६ थियो भने २०२३ मा यो संख्या ७,९०० भन्दा माथि पुगेको छ l यो वृद्धिले थप सम्भावना देखाएको छ l 
वर्ष 
नेपाली 
सार्क 
अन्य विदेशी 
जम्मा 
२०२१ 
११,२६१४१५
७०१
१२,३७७
२०२२
१४,३२५
१,०९५
४,५४१
१९,९६१
२०२३ 
१८,१८६
१,३६८
६,५४३
२६,०९७
२०२४* ९,२४१
७८१
३,८३०
१३,८५२
२०२५**७,०९६४४९३,०३११०,५७६

Source:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81);  **The Kathmandu Post (2026) * - Only 6 months available
चुरो कुरो: एक नेपाली पर्यटकले दिनमा करिब ५० डलर खर्च गर्न सक्छ । विदेशी पर्यटकले भने दिनमा १५०–२५० डलरसम्म खर्च गर्छ। यसमा सफारी, लज, गाइड र अनुमति शुल्क पर्छ। २०२१ को तुलनामा २०२४ मा ६,४८२ विदेशी पर्यटक थपिए। यसर्थ, नेपाली पर्यटक संगै यी विदेशी पर्यटकलाई पनि ध्यानमा राखेर सेवा सुविधा विस्तार गर्नुपर्छ l

विश्वसनीय आम्दानीको आधार: आन्तरिक पर्यटन बजार

नेपाली आगन्तुकहरू यहाँको व्यवसायको स्थिर जग हुन्। यिनीहरुको संख्या हरेक वर्ष बढ्दै छ l तर, यिनीहरु समानरुपले १२ महिना नै यात्रा गर्दैनन् l केहि निश्चित महिनामा मात्र गर्ने गर्छन l यो बुझेर व्यापार गर्दा बेश हुन्छ l

  • फाल्गुन-वैशाख: यो समयमा नेपाली पर्यटकहरु बर्दिया राष्ट्रिय निकुञ्जमा धेरै आउने गर्छन l शायद बिद्यालयको छुट्टि समयले हुन सक्छ  l 
  • असोज-मंगसिर: दशैँ, तिहारको समय पारेर पनि नेपालीहरु बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन् l  

मासिक नेपाली पर्यटक संख्या, २०२३

Source:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)

फाल्गुन--बैशाख र दशैँ-तिहारको समयलाई विशेष ध्यानमा राख्नुस l यो समय नेपाली पर्यटकहरु अत्यधिक रुपमा बर्दिया घुम्न आउदछन् l  यसर्थ, पछिको दिनमा नेपाली पर्यटक कति आउदै छन् भनेर संख्या हेर्दै, सोहि अनुसार कर्मचारी लगायत अन्य व्यवस्थापनका कार्यहरु गर्नुहोस् l 

गर्न सकिने कार्यहरु:

१. फाल्गुन ,बैशाख, असोज, कार्तिक:  यो समयमा नाफा बढाउन सक्नुपर्छ l 

  • गर्नुपर्ने :  नियमित मूल्य भन्दा २० देखि ३० प्रतिशत मूल्य बढाउदा खासै समस्या नहोला l  
  • गर्नुपर्ने : यस्तो समयमा पर्यटकहरु २-३ दिन नै बस्न सक्ने कार्यक्रम ल्याउनुस l 
  • किन? यो समयमा पर्यटक त्यहाँ धेरै आउदछन् l अझ प्रिमियम सेवा खोज्ने पनि हुन्छन l यसर्थ, यो समयमा फरक फरक मूल्यमा सेवा विक्री गर्दा राम्रो हुन्छ l 
२.  श्रावण देखि भाद्र:  यो समयमा सेवाग्राही तान्नुपर्छ l 
  • गर्नुपर्ने : यो समयमा "मनसुन छुट प्याकेज" मार्फत नेपाली परिवार र साहसिक समूहहरुलाई तान्ने कोशिश गर्नुस l 
  • गर्नुपर्ने : यो समयमा पर्यटक कम हुने हुँदा २० देखि ३० प्रतिशत छुटको व्यवस्था गर्नुस l .
  • किन? मनसुनको समयमा पर्यटक कम हुन्छन l यसर्थ, छुट सेवा मार्फत सेवाग्राही ल्याउने व्यवस्था गर्नुपर्छ l यो भयो भने कर्मचारी पाल्न र कम पर्यटक हुँदा पनि आम्दानी गर्न सजिलो हुन्छ l 
३. शान्त महिना (असार):  अर्को वर्षको तयारी गर्न थाल्नुहोस् l 
  • गर्नुपर्ने : यो समयमा पर्यटक कम हुने हुँदा व्यवसायमा गर्नुपर्ने सुधारका कार्यहरुलाई अघि बढाउनुस l 
  • गर्नुपर्ने : सेवाग्राहीसंग गर्नु पर्ने व्यवहारको बारेमा आफ्नो कर्मचारीलाई तालिम दिनुस l सकिन्छ भने कामचलाउ अंग्रेजी बोल्न सक्ने पनि बनाउनुस l 
  • गर्नुपर्ने : अर्को बर्षको मार्केटिंग योजना बनाउनुस l अनलाइन अपडेट गर्नुपर्ने कुरोहरु पनि गर्नुस l 
  • किन? यो समयमा १०० भन्दा कम मात्र नेपालीहरु आउने हुँदा, उनीहरुलाई सेवा दिने काम संगै आउने ब्यस्त समयमा के गर्ने भन्ने योजनाको खाका तयार गर्नुस l 

उच्च आम्दानी वर्ग: विदेशी र सार्क पर्यटक

विदेशी र सार्क पर्यटकहरू यहाँको लागि उच्च नाफाको सबैभन्दा ठूलो अवसर हुन्। उनीहरूले स्थानीय आगन्तुकहरू भन्दा प्रति दिन ३ देखि ५ गुणा बढी खर्च गर्छन्। अन्तर्राष्ट्रिय पाहुनाहरूको लागि तपाईंको कार्य क्यालेन्डर यस्तो हुनुपर्छ l

१. असोज-कार्तिक
  • विदेशीहरुलाई सेवा दिएर आम्दानी गर्ने सबै भन्दा राम्रो महिना l 
  • कार्य: यो समयमा अंग्रेजी बोल्न सक्ने गाइडको व्यवस्था गर्नुस l प्रिमियम "बाघ सफारी" कार्यक्रम ल्याउनुस l सकभर छुटको व्यवस्था नगर्नुस l 
२. बैशाख-जेठ
  • मौसम राम्रो हुने हुँदा पर्यटक आकर्षित हुने गर्छन l 
  • कार्य:  "वन्यजन्तु टुर" को प्याकेज ल्याउनुस l  
३. असार-भाद्र
  • यो समयमा विदेशी पर्यटक घट्ने गर्छ l 
  • कार्य: "साहसिक र फोटोग्राफी" छुट प्याकेज ल्याउनुस l यसले थोरै भए पनि पर्यटक तान्न सहयोग गर्छ l 
मासिक विदेशी पर्यटक संख्या, २०२३

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)

मुख्य रणनीति:  चैत्र-बैशाख, र भाद्र-असोजमा आउने पर्यटकहरुलाई  यहाँहरुले के कस्तो सेवा दिनुहुन्छ भन्ने कुरोले यहाँको वार्षिक प्रगति मापन हुन्छ l यसर्थ, ति समयमा आफ्नो दक्ष कर्मचारी, मार्केटिंग तरिका र सेवा सुविधालाई चुस्तदुरुस्त राख्नुहोस् l 

पर्यटक संख्या हेरर आफ्नो योजना बनाउनुहोस् l 

हरेक महिना उही रुपमा आम्दानी गर्ने सम्भावना कम हुन्छ l विशेष गरि, पानी पर्ने महिनामा यो कुरो सम्भव हुन्न l असार-श्रावणमा त्यहाँ आउने पर्यटक भनेको औशत २५० जति मात्र हो l  

मासिक कुल पर्यटक संख्या, २०२३

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)

मुख्य बुझाई:  कहाँ लगानी लगाउने भन्ने कुरोको लागि पर्यटक संख्या हेर्नुहोस् l पर्यटक संख्या बढी हुदा कमाउनु भएको बचतले जाडो महिना धान्नु पर्छ l यसर्थ, पर्यटक आउने समयमा मनग्गे कमाउने र कम आउने समयमा व्यवसायलाई चुस्तदुरुस्त राख्न मर्मत, तालिम र योजनाको कार्य गर्नुहोस l 

व्यवसायलाई कता तिर फोकस गर्ने त ? 

बर्दियाले सुनौलो अवसर दिएको छ l धेरै खर्च गर्न सक्ने पर्यटकहरु यो क्षेत्रमा आउदै छन्, तर निश्चित समयमा मात्र l यो समस्या भने होइन - यो त सफलताको एउटा कडी मात्र हो l ब्यस्त र कम ब्यस्त समयमा गर्ने विविधि योजना र कार्यले नै सफल र असफल व्यवसायको परिचय दिन्छ l 

तल प्रस्तुत गरिएका क्षेत्रहरुले यसो गर्दा हुन्छ कि, वा यस्तो नगर्दा पो हुन्छ कि भन्ने कुरोको जानकारी दिन्छ l  

  • सामुदायिक होमस्टे र ईको-लज: स्थानीय सामग्री प्रयोग गरेर आफ्नो व्यवसायलाई उत्कृस्ट बनाउनुहोस् l थारु संस्कृति, स्थानीय परिकारलाई बिशेष जोड दिनुहोस् l स्थानीय अनुभव खोज्ने पर्यटकहरुलाई बिशेष लक्षित गर्नुहोस् l 
  • वन्यजन्तु सफारी: बाघलाई कहाँ र कहिले देख्न सकिन्छ भन्ने बिषयको जानकार हुनुस l पंक्षीको बारेमा पनि जानकार हुनुस l यो जानकारीले यहाँलाई थप आम्दानी दिन्छ l 
  • फोटोग्राफी टुर: जानकार गाइड, क्यामरा र सवारी साधन, रमणीय ठाउँ l यी तिनकुरो लाई संगै राखेर पर्यटकलाई प्रिमियम सेवा दिनुस l 
  • साहसिक क्याम्पिङ टुर: बफर क्षेत्रमा २-३ दिनको क्यम्पिंग ट्रीप आयोजना गर्नुहोस् l पंक्षी अवलोकन, वन्यजन्तु tracking र नदि किनारको अनुभवका लागि टेन्ट र गाइड सुविधाको व्यवस्था गर्नुस l 
  • पंक्षी अवलोकन टुर: अन्तर्राष्ट्रिय पंक्षी विज्ञहरुसँग अनलाइनमा सम्पर्क गर्नुहोस्। चरा पहिचानमा दक्ष हुनुहोस्। दुर्लभ स्थानीय प्रजातिहरूको अवलोकनको ग्यारेन्टी गर्दै, चरा प्रेमीहरूको लागि विशेष भ्रमणहरू प्रस्ताव गर्नुहोस्।
  • ठुला ठुला होटेल तथा रिसोर्टहरु:  ठुला होटल निर्माण गर्नु अत्यन्तै जोखिमपूर्ण देखिन्छ । पौष-फाल्गुणसम्म पर्यटक एकदम कम हुन्छन् l यस्तो अवस्थामा यहालाई ठूलो लागत तिर्न गाह्रो हुन  सक्छ । तर, यी होटेलहरुलाई सभा, सम्मेलन वा अन्य कार्य मार्फत चलायमान बनाउछु भन्ने सोच हो भने अर्को कुरो l
  • नेपाली पर्यटकलाई बेवास्ता: विदेशी पर्यटकलाई मात्र लक्षित गर्नु घातक हुनसक्छ l विदेशमा केहि समस्या आयो भने (आर्थिक मन्दी वा अन्य), यहाँलाई समस्या पर्छ l यहाँको व्यवसायले नेपाली र विदेशी पर्यटकको मिश्रण बनाउनुपर्छ l 
  • असम्बन्धित सुविधाहरु: सकभर स्विमिंग पुल वा खेलकुदको कोठाहरु जस्ता असम्बन्धित सुविधाहरुमा  लगानी कम गर्नुस l बर्दियामा पर्यटकहरु प्रकृति र वन्यजन्तुका लागि आउने हुन् l यहाको लगानी बरु वन्यजन्तुको अवलोकनलाई ध्यानमा राखेर दक्ष गाइड, सुलभ सफारी यातायात तिर केन्द्रित गर्दा बेश हुन्छ l  
  • जाडोमा मात्र गर्ने व्यवसाय:  जाडोको मौसम पारेर व्यवसाय शुरु गर्दा नराम्रो अनुभव लिन सक्नुहुन्छ l यसर्थ, यता तिर सोच्नुपर्छ l
  • थप लगानी: ब्यस्त केहि महिनाको पर्यटक संख्यालाई हेरेर व्यवसायमा थप लगानी गर्नु घातक हुनसक्छ l यो बारेमा पटक पटक सोच्नु पर्छ l 
पटक पटक सोच्नु पर्ने क्षेत्रहरु 
  • ठुलो संख्यामा पर्यटक: एकैचोटि सयौं मानिसहरूलाई ल्याउने प्रयास नगर्नुहोस्। बर्दिया एउटा प्राकृतिक रुपले सुन्दर ठाउँ हो । पार्कमा सीमित पर्यटकको व्यवस्था गरेको छ l पर्यटकले शान्त ठाउँ खोजेर यहाँ आएका हुन् l भिडमा बस्नको लागि होइन l यसर्थ, यो मोडेलले काम नगर्न सक्छ l  
  • लक्ष्य बिनाको सुविधा: सुविधासम्पन्न होटेल खोल्नु नै पर्याप्त होइन l पर्यटकहरु वन्यजानु र प्राकृतिक सुन्दरता हेर्न आउने हुन्, होटेलका कोठा होइनन l एउटा साधारण होटेल जहाँ राम्रो गाइडको सुविधा छ, त्यो ठाउँलाई पर्यटकले भब्य होटेल भन्दा बढी रुचाउन सक्छ l यसर्थ, सुविधा भन्दा पनि पर्यटकलाई जानकारी र सहज पहुँच दिने बाटो खोज्नुस l 
  • एकै किसिमको पर्यटकमा भर: नेपाली वा कुनै एक देशको विदेशी पर्यटक मात्रमा भर परेर व्यवसाय नगर्नुस l यो गर्ने नहुने कार्य हुनेछ l  
  • शहरको जस्तो होटेलहरु:  काठमाडौँमा देखिएको जस्तो होटेल यहाँ नबनाउनुस l यहाँ आउने पर्यटकले प्रकृतिको सामिप्यता खोजेका हुन्, यसर्थ, साधारण तर चिटिक्क र सफा भएको होटेल निर्माण गर्नुस l स्थानीय सामग्रीहरु प्रयोग गरेर होटेल निर्माण गर्नुस l यो बढी फलदायी हुन्छ l 

२०२६ बजार पूर्वानुमान: आत्मविश्वासका साथ व्यवसाय विस्तार

विगतको पर्यटक संख्यालाई हेर्ने हो भने, बर्दियामा २०२६ मा पर्यटकहरु थपिने छन् l अहिलेको अवस्था रहेमा २०२६ मा करिब २८,५०० जति पर्यटकहरु यो पार्कमा आउने छन् l यसर्थ, यो अंकलाई ख्याल गरेर आफ्नो योजना लगायत अन्य कार्यहरु गर्नुहोस् l 

अवस्था
प्रक्षेपित पर्यटक 
अहिलेको अवस्थामा ~ २८,५००
धेरै आए भने ~ २९,३००
कम आए भने ~ २७,८००

नोट:  ८०% बिश्वास अन्तराल

महत्वपूर्ण जानकारी: यी संख्यालाई आफ्नो योजना बनाउने आधारको रुपमा प्रयोग गर्नुहोस्, तर यो संख्यामा पूर्ण रुपमा भर नपर्नुहोस l विविधि अर्थ-, भूगोल- नीति र स्थानीय घटनाक्रमले यो संख्या तलमाथि पर्न सक्छ l  

बर्दियामा सफलताको शुत्र

नेपाली पर्यटकलाई बिशेष ध्यान: नेपाली पर्यटकहरु बर्दिया राष्ट्रिय निकुन्जको लागि आधार हुन् l यिनीहरुले यहाँलाई बर्ष भरि टिकाई राख्न सहयोग गरेका छन् l यसर्थ, यिनलाई ध्यानमा राखेर योजना बनाउनुहोस् l 

विदेशी पर्यटकमार्फत आम्दानी वृद्धि गर्ने उपाय: विदेशी र सार्क पर्यटकहरुले यहाँको आम्दानी वृद्धि गर्न सहयोग पुर्याउदछन् l यसर्थ, यी समूहहरुलाई अब्बल सेवा, मार्केटिंग र अंग्रेजी-बोल्न सक्ने गाइडमार्फत आकर्षित गर्नुहोस् l 

पर्यटक नआउने समयमा पनि योजना बनाउनुहोस्: यहाँको सफलता पर्यटक आउने महिनामा कति आम्दानी भयो भन्ने कुरोले मात्र होइन, पर्यटक नआउने समयमा कस्ता कार्यक्रम ल्याउनु भयो र पर्यटक तान्न सक्नुभयो भन्ने कुरोले दिने हो l 

DHN Admin 24 जनवरी, 2026
सेयर गर्नुहोस् 
ट्याग्स
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
रारा राष्ट्रिय निकुञ्ज: २०२४ मा आएको पर्यटनमा वृद्धि र भविष्य
Data Insight