Follow us
बाँके राष्ट्रिय निकुञ्ज: नेपालको शान्त जङ्गली पर्यावरण
Data Insights

बाँके राष्ट्रिय निकुञ्ज: नेपालको शान्त वन्यजन्तु गन्तव्य र व्यवसायिक सम्भावना

बाँके राष्ट्रिय निकुञ्ज नेपालको लुम्बिनी प्रदेशमा अवस्थित छ। यो मुख्य रूपमा बाँके जिल्लाभित्र पर्दछ र राप्तीसोनारी गाउँपालिका तथा आसपासका क्षेत्रहरूसँग प्रत्यक्ष रूपमा जोडिएको छ। यो निकुञ्ज बाघ, हात्ती, चितुवा, नीलगाई, घडियाल तथा सयौं प्रजातिका चराचुरुङ्गीहरूको महत्वपूर्ण बासस्थान हो।

बाँके राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्जसँग जैविक रूपमा जोडिएको छ र तराई आर्क ल्याण्डस्केपको महत्वपूर्ण हिस्सा मानिन्छ।

यहाँ आउने हरेक पर्यटकले निम्नानुसारको दस्तुर तिर्नुपर्छ:

  • नेपाली पर्यटक: रु १००
  • सार्क पर्यटक:  रु ७५०
  • अन्य विदेशी पर्यटक: रु १,५००
  • १० वर्ष मुनिका वालवालिका:  नि:शुल्क

स्रोत: नेपाल पर्यटन बोर्ड

👉 कम भीडभाड, शान्त वातावरण र प्राकृतिक वन्यजन्तु अनुभव खोज्ने पर्यटकका लागि बाँके राष्ट्रिय निकुञ्ज एउटा फरक विकल्पका रूपमा विकसित हुदै छ।

बाँके राष्ट्रिय निकुञ्ज: क्रमिक वृद्धि, ठूलो सम्भावना

बाँके राष्ट्रिय निकुञ्जमा अहिले पर्यटक संख्या सानो छ, तर पछिल्ला वर्षहरूमा उत्साहजनक वृद्धि देखिएको छ।

  • उपलब्ध तथ्याङ्कअनुसार २०२१ मा २३७ पर्यटक आएका थिए भने २०२४–२५ को १० महिनामा करिब ४३० पर्यटक यहाँ आइसकेका छन् । 
वर्ष
नेपाली
सार्क
विदेशी
जम्मा
२०२१
२३४
२३७
२०२२
२९७
३०४
२०२३
३०३
१३
३१७
२०२४ (जनवरी -जुन)
२५५
२६१
२०२४ (जुन) - २०२५ (मार्च)
-
२१
-
४३०

स्रोत:  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८२०७८/७९२०७९/८०२०८०/८१); Everest Times ११/२/२०८२

👉 बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक संख्या अझै सीमित छ, तर वृद्धि देखिएको छ। यद्यपि, यो वृद्धि सानो आधार (small base) बाट भएको हो भन्ने कुरा व्यवसायिक योजना बनाउँदा ध्यान दिनुपर्छ।

नेपाली पर्यटक: पर्यटन बजारको आधार

बाँके राष्ट्रिय निकुञ्जमा आउने अधिकांश पर्यटक नेपाली नै हुन्। हालसम्मको तथ्याङ्कले देखाउँछ कि यो गन्तव्यको मुख्य बजार घरेलु पर्यटन नै हो।

  • यसले एउटा महत्वपूर्ण संकेत दिन्छ। बाँकेको पर्यटन बजार अन्तर्राष्ट्रिय प्रचारमा भन्दा बढी नेपाली पर्यटकको यात्रा निर्णय, सार्वजनिक बिदा, विद्यालय बिदा, चाडपर्व तथा आन्तरिक भ्रमण संस्कृतिसँग जोडिएको छ।
नेपाली पर्यटकको मासिक आगमन, २०२३

स्रोत:  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०८०/८१)

👉 पारिवारिक भ्रमण, छोटो बसाइ, विद्यालय भ्रमण, युवा समूह तथा आन्तरिक पर्यटनलाई लक्षित सेवा बाँके राष्ट्रिय निकुञ्जका लागि बढी सान्दर्भिक देखिन्छन्।

सार्क तथा विदेशी पर्यटक: सानो तर सम्भावित बजार

बाँकेमा विदेशी तथा सार्क पर्यटकको संख्या अझै न्यून छ। तथापि, उपलब्ध तथ्याङ्कले केही अन्तर्राष्ट्रिय रुचि रहेको संकेत दिन्छ।

  • सार्क तथा विदेशी पर्यटकको उपस्थिति छिटफुट रूपमा रहेको देखिन्छ। यसले बाँके अझै स्थापित अन्तर्राष्ट्रिय पर्यटन सर्किटको मुख्य भाग बनि सकेको छैन भन्ने कुरोको संकेत गर्छ।
विदेशी पर्यटकको मासिक आगमन, २०२३

स्रोत:  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०८०/८१)

👉 अहिलेको अवस्थामा विदेशी बजारलाई ठूलो आम्दानीको स्रोत मान्नुभन्दा दीर्घकालीन सम्भावनाका रूपमा हेर्नु उपयुक्त हुन्छ।

पर्यटक आगमनको मौसमी स्वरूप

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन वर्षभरि समान हुँदैन। केही महिनामा आगमन बढ्छ भने केही महिनामा उल्लेखनीय रूपमा घट्छ।

  • यसको प्रत्यक्ष प्रभाव होटल, यातायात, गाइड सेवा, खानपान तथा अन्य पर्यटन व्यवसायमा पर्छ।

कुल पर्यटकको मासिक आगमन, २०२३

स्रोत:  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०८०/८१)

👉 बाँकेको पर्यटन बजार सानो मात्र होइन, मौसमी पनि छ। त्यसैले व्यवसायहरूले वार्षिक पर्यटक संख्या मात्र हेरेर लगानी निर्णय गर्नु पर्याप्त हुँदैन।

अनुसन्धान र फिल्म निर्माण: बाँकेको लुकेको अवसर

बाँके राष्ट्रिय निकुञ्ज केवल वन्यजन्तु अवलोकनका लागि मात्र होइन, अनुसन्धान तथा दृश्य सामग्री निर्माणका लागि पनि प्रयोग भइरहेको छ। 

  • यी संख्याहरु स्थापित अन्य गन्तव्यहरूको तुलनामा साना हुन्। तर बाँकेको सन्दर्भमा यसले एउटा महत्वपूर्ण संकेत दिन्छ—बाँके राष्ट्रिय निकुञ्ज केवल घुम्न आउने पर्यटकका लागि मात्र होइन, यो त अध्ययन, अनुसन्धान तथा दस्तावेजीकरणका लागि पनि उपयोग भइरहेको छ।

अनुसन्धान

फिल्म छायांकन

स्रोत: नेपाल पर्यटन बोर्ड (२०२४)

👉 अनुसन्धानकर्ता, विद्यार्थी, संरक्षणकर्मी तथा फिल्म निर्माण टोलीहरूको आवश्यकता सामान्य पर्यटकभन्दा फरक हुन्छ। उनीहरूलाई आवास, स्थानीय समन्वय, फिल्ड सहयोग, यातायात, वन्यजन्तु सम्बन्धी जानकारी, उपकरण व्यवस्थापन तथा लामो अवधिको बसाइ जस्ता सेवाहरू आवश्यक पर्न सक्छन्।

👉 बाँकेको अवसर केवल पर्यटक संख्या बढाउनुमा मात्र छैन; यसलाई अनुसन्धान, संरक्षण शिक्षा तथा वन्यजन्तु दस्तावेजीकरणको केन्द्रका रूपमा स्थापित गर्न सकियो भने सानो बजारबाट पनि अतिरिक्त आर्थिक गतिविधि सिर्जना हुन सक्छ।

बाँके पर्यटन पूर्वानुमान: २०२६

पछिल्ला वर्षहरूको प्रवृत्ति हेर्दा २०२६ मा पनि बाँके राष्ट्रिय निकुञ्जमा मध्यम वृद्धि जारी रहन सक्छ।

अवस्था
प्रक्षेपित पर्यटक
यथार्थपरक अवस्था
~ ५००
आशावादी अवस्था
~ ५५०
सावधानीपूर्ण अवस्था
~ ४५०

नोट:  ८०% बिश्वास अन्तराल।

👉बाँकेको पर्यटन बजार अझै प्रारम्भिक चरणमा भएकाले साना परिवर्तनले पनि प्रतिशत वृद्धिदर ठूलो देखिन सक्छ। त्यसैले अत्यधिक आशावादी अनुमानमा आधारित लगानी योजना जोखिमपूर्ण हुन सक्छ।


बाँकेको व्यवसायिक अवसर: पर्यटनभन्दा बाहिर पनि आम्दानीका सम्भावना

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक संख्या अझै सीमित छ। त्यसैले यहाँ सफल हुन चाहने व्यवसायले केवल पर्यटनमा मात्र निर्भर भएर बस्दैन।

यहाँ त कृषि, स्थानीय उत्पादन र सानो तर स्थिर पर्यटन बजारलाई जोड्न सकिने व्यवसायहरूलाई संगसंगै अघि बढाउनुपर्दछ।

DHN Admin 31 जनवरी, 2026
सेयर गर्नुहोस् 
ट्याग्स
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज: तथ्याङ्क, प्रवृत्ति र व्यवसायिक अवसर
Data Insights