896
अपि नम्पा संरक्षण क्षेत्र: पर्यटक डाटा, वृद्धि रणनीति र स्थिरता | २०२४ को मार्गनिर्देशन
Data Insights

अपि नम्पा संरक्षण क्षेत्र नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लामा अवस्थित छ । यो क्षेत्रले यहाँको सम्पूर्ण हिमाली इको-प्रणालीलाई सुरक्षित राखेको छ l यहाँ पवित्र अपि हिमाल, घना जंगल र हिमचितुवा तथा रातो पाण्डाजस्ता दुर्लभ वन्यजन्तुहरु पाइन्छन् । यहाँको मौलिक आदिवासी संस्कृति पनि यो क्षेत्रको अर्को पहिचान हो ।

पर्यटक आगमन: बढ्दो आस

सन् २०२१ देखि २०२४ सम्म अपि नम्पामा पर्यटकहरु क्रमशः बढ्दै गएका छन् । नेपाली पर्यटकहरुको संख्या निकै कम छ l यस्तै अवस्था सार्क पर्यटकहरुको पनि छ । अन्य विदेशी पर्यटकहरु भने लगातार बढ्दै गएका छन् । सन् २०२१ मा यहाँ आउने कुल पर्यटक संख्या ९ थियो, भने सन् २०२३ मा यो संख्या २९ पुगेको छ । यो वृद्धि प्रायः विदेशी पर्यटकहरुकै कारणले हो । यसले अपि नम्पा शान्त, कम भीड भएको साहसिक गन्तव्यका रूपमा विश्व बजारमा बिस्तारै चिनिन थालेको संकेत गर्छ ।

वर्ष
नेपाली
सार्क
विदेशी
जम्मा
२०२१
२०२२१६१९
२०२३२४२९
२०२४*

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१); * छ महिनाको मात्र उपलब्ध भएको l

मुख्य कुरो:  अपि नम्पा मुलतः विदेशी पदयात्रीहरुका लागि लक्षित गन्तव्य बनेको छ । नेपाली र सार्क पर्यटक नबढ्नु भनेको कतै प्रचार र पहुँचमा कमी भएको हो कि भन्ने जानकारी दिन्छ l यसर्थ, अपि नम्पाले दुई खाले बाटो लिन सक्छ – एक, विदेशी पर्यटकहरुको प्रमुख गन्तब्य बन्ने वा दुइ, नेपाली र सार्कलाई पनि लक्षित गरेर वातावरणीय-मैत्री व्यवसायिक केन्द्रको रुपमा अघि सार्ने l यो निर्णय पश्चात व्यवसायहरुले आफ्नो रणनीति बनाउनुपर्छ l

नेपाली पर्यटक - लगभग छैन भन्दा नि हुन्छ 

सन् २०२१ देखि २०२३ सम्म अपि नम्पामा थोरै मात्र नेपाली पर्यटकहरु पुगेका छन् l त्यहाँ पुग्ने भनेको बैसाख–जेठ र असोजको महिनामा हो l संख्यामा हेर्ने हो भने, त्यहाँ पुग्ने नेपालीहरु भनेको ४/५ जना मात्र हुन् l यसले अपि नम्पामा नेपाली पर्यटकहरु न्यून र अत्यन्तै मौसमी रहेको देखाउँदछ ।

मासिक नेपाली पर्यटक संख्या, २०२३

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)

मुख्य निष्कर्ष:  यहाँ आउने पर्यटकको संख्याले अपि नम्पा विशेषगरि मनोरञ्जनभन्दा निश्चित उद्देश्य लिएर आउने गन्तब्यस्थल हो भन्ने संदेश दिएको छ l केहि भ्रमण अध्ययन वा सरकारी कार्यका लागि भएको भए पनि यसले नेपाली पर्यटकहरुका लागि लक्षित मौसमी प्याकेज बनाउने अवसर दिएको छ l यसो गर्दा, नेपाली पर्यटकहरुले स्थानीय अर्थतन्त्र र संरक्षणमा सहयोग पुर्‍याउन सक्छ ।

विदेशी पर्यटकहरुको आगमनमा केहि सुधार

सुदुरपस्चिममा नेपाल-भारत सिमा भएता पनि सन् २०२१ देखि २०२४ सम्म यहाँ सार्क पर्यटकहरुको उपस्थिति शून्य नै रह्यो l तर, अन्य देशका पर्यटकहरु भने आएका छन् l सन् २०२१ मा विदेशी पर्यटकहरुको संख्या ६ थियो भने सन् २०२३ सम्ममा यो संख्या २४ पुगेको छ l यी पर्यटकहरु मुख्यतया चैत्र–बैशाख र असोज–मंसिरमा बढी आउँछन् । श्रावण–भदौमा भने प्रायः कोही आउँदैनन् । यसले अपि नम्पा राम्रो मौसम हुँदा घुम्न आउने वन्य क्षेत्र हो भन्ने संदेश दिएको छ l

मासिक विदेशी पर्यटक संख्या, २०२३

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)

बजार विविधिकरण: प्रचारप्रसार नपुगेर नै सार्क पर्यटक यहाँ नआएको हुन सक्छ । तर, विदेशी पर्यटकहरुको बढ्दो रुचिले अपि नम्पाको अन्तर्राष्ट्रिय पहिचान बलियो बन्दै गएको देखाउँछ । यस लोकप्रियतासँगै अपि नम्पामा वातावरणमैत्री व्यवसायको बारेमा सोची राख्दा बेश हुन्छ l 

कुल पर्यटक आगमनमा वृद्धि – व्यापार व्यवसायको लागि भरपर्दो आश

सन् २०२१ मा पर्यटक आगमन बैशाख र मंगसिरमा मात्र सीमित थियो । तर, २०२३ सम्म आइपुग्दा आठ वटा महिनामा पर्यटकहरु आएका छन् । मुख्य चाप चैत्र-बैशाख र असोज–मंसिरमा देखिन्छ । श्रावण–भदौ भने प्रायः खाली नै रहन्छ ।

मासिक कुल पर्यटक संख्या, २०२३ 

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)

व्यवसायका लागि मुख्य कुरा: अपि नम्पा अब कम परिचित क्षेत्रबाट पदयात्राको लागि उपर्युक्त गन्तव्यतर्फ अघि बढ्दै छ । बैसाख-जेठ र असोज-कार्तिकमा पर्यटकहरु आउन थालेका छन् l तर, वर्षायाम र जाडोमा भने यो ठाउँमा पर्यटकहरु पुग्दैनन l त्यसैले, पछिका दिनमा हरेक महिना पर्यटक तान्ने योजना बनाउनु भन्दा, ब्यस्त मौसममा राम्रो व्यवस्थापन गर्नु सहि रणनीति हुन सक्छ l

अपि नम्पाका लागि केहि रणनीतिक उपायहरु

अपि नम्पामा आउने पर्यटक संख्यालाई हेरेर केहि दीगो रणनीतिहरु बनाउन सकिन्छ l अहिलेको प्राथमिकता भनेको यहाँ आउने सीमित पर्यटकलाई भरपर्दो आगमनमा रूपान्तरण गर्नु नै हो l यसका लागि फरक रणनीति बनाएर पर्यटकहरुको आवश्यकताअनुसार विविध प्याकेज र सेवा दिन थाल्नुपर्छ l

  • वन्यजन्तु निरीक्षण ट्रेक प्याकेज: नेपाली र सार्क पर्यटकहरुलाई लक्षित गरेर यस्तो खाले ट्रेक प्याकेज ल्याउनुहोस् l सडक पुग्ने ठाउँबाट ३–४ दिनको लागि यस्तो प्याकेजमार्फत गाइडसहितको सुविधा दिनुहोस् l स्थानीय सांस्कृतिक अनुभव दिने वा क्यम्पिंग गर्न सकिने व्यवस्थाको बारेमा पनि सोच्नुहोस् l
  • विदेशी पर्यटकहरुका लागि विशेष प्याकेज: विदेशी पर्यटकहरुका लागि छुट्टै प्याकेज बनाउनुहोस् l यो प्याकेजमा स्थानीय गाइड, भरिया, होमस्टे र परमिटको सहज व्यवस्थापनलाई ध्यानमा राख्नुहोस् l
  • कम ब्यस्त समयको विशेष प्रचार: अनुभवी पदयात्रीहरुलाई कम पर्यटक आउने समयमा यो क्षेत्रमा निम्तो गर्नुहोस् l शान्त वातावरण, फोटोग्राफी अवसर र यस ठाउँको गहिरो सांस्कृतिक अनुभवलाई अगाडि ल्याउनुहोस् ।
  • भरपर्दो साझेदारी: यातायात व्यवसायीसंग साझेदारी गर्नुहोस् l धनगढी वा डडेल्धुराबाट यस क्षेत्रसम्म सजिलै संग पर्यटकहरु आउने व्यवस्थाका लागि यो साझेदारी महत्वपुर्ण हुन्छ l अझ भन्नु पर्दा, सहज पहुँच बिना यहाँको व्यवसाय अघि बढ्न नै सक्दैन l
  • सांस्कृतिक पर्यटनमा जोड: नेपाली पर्यटक आउने समयलाई ध्यानमा राखेर संस्कृतिक पर्यटनमा बिशेष जोड दिनुहोस् । दशैं–तिहारमा प्रवासी नेपाली र स्वदेशी यात्रुलाई लक्षित गरी प्रकृति र स्थानीय चाडपर्व जोडिएका प्याकेज ल्याउनुहोस् ।
  • ठूलो रिसोर्ट: छोटो पर्यटकीय सिजन र काठमाडौँबाट टाढा भएको हुँदा यो क्षेत्रमा अहिलेको समयमा ठूलो रिसोर्ट त्यति फलदायी नहुन सक्छ l वर्षभर चलाउनुपर्ने यस्ता खाले रिसोर्ट सीमित केहि महिनामा आउने पर्यटकले धान्न गाह्रो हुन्छ ।
  • “ग्ल्याम्पिङ” मा आधारित लक्जरी क्याम्प: विदेशी पर्यटकहरुको संख्या कम भएको हुँदा, यस्तो खाले लक्जरी क्याम्पले अहिले नै त्यति राम्रो प्रतिफल नदिन सक्छ l पछि पर्यटक बढ्दै गएपछि भने यस बारे रणनीति बनाउन सकिन्छ l
  • छुट्टै महँगो रेस्टुरेन्ट: पर्यटकहरु प्रायः जहाँ बस्छन, त्यहि खाने र सुत्ने गर्छन l यसर्थ, छुट्टै महँगो रेस्टुरेन्ट खोलेर बाटो हिड्ने पदयात्रीहरुमार्फत आम्दानी गर्छु भनेर भन्दा गाह्रो पर्न सक्छ l
  • ठूलो बुटिक पसल: पदयात्रीहरु हलुका भएर हिड्ने गर्छन l यसर्थ, ठूलो, बुटिक वा सजावटी सरसामान बेच्ने पसल उनीहरूको आवश्यकतासँग मेल नखान सक्छ ।
  • नेपाली पर्यटकलाई बेवास्ता गर्ने व्यवसाय: विदेशी पदयात्री महत्वपूर्ण भए पनि नेपाली र सार्क पर्यटकहरुलाई पनि जोड्ने गरि रणनीति तयार गर्नुपर्छ l
  • पूर्वाधार विस्तार: अहिलेको अवस्थामा ठुला ठुला पूर्वाधार विस्तार गर्नुपुर्व पटक पटक सोच्नुपर्छ l पर्यटक संख्या थोरै छ l विस्तार नै गर्ने हो भने पनि वातावरणमैत्री पूर्वाधारको बारेमा सोच्नुपर्छ l
  • होटेल बुकिंगको महँगो व्यवस्थापन: विदेशी पर्यटकहरुको संख्या उल्लेख्य नभएको हुँदा अहिले नै होटेल बुकिंगको महँगो व्यवस्थापन पक्षमा जोड नगर्दा उपर्युक्त देखिन्छ l अहिले नै यसो गर्नु भनेको नाफालाई कटाएर निश्चित रकम होटेल बुकिंगको महँगो व्यवस्थापनमा खर्च गर्नु हो l
  • जटिल र खाद्यसामग्रीमा आयातको भर: यहाँ आउने पर्यटकलाई स्थानीय परिकार वा नजिकैको बजारबाट ल्याउन सकिने खाद्यसामग्रीहरुमा जोड गर्नुहोस् l केहि संख्यामा आउने पर्यटकहरुलाई लक्षित गरेर आयातमा भर पर्नुपर्ने अवस्थाबाट टाढा रहनु धेरै बेश हुन्छ l
  • लचिलो व्यवसाय: पर्यटक संख्या केहि निश्चित महिनामा मात्र हुने हुदा, कर्मचारी देखि अन्य सबै व्यवस्थापनहरुलाई लचिलो बनाउनुहोस् l यसो गर्न सकिएन भने आम्दानी घट्ने सम्भावना प्रबल हुन्छ l

२०२६ का लागि सम्भावित परिदृश्यहरु

सन् २०२१ देखि २०२४ सम्मको पर्यटक संख्यालाई आधार मानेर २०२६ का लागि अपि नम्पा संरक्षण क्षेत्रमा आउन सक्ने अनुमानित पर्यटक संख्या तल प्रस्तुत गरिएको छ ।

अवस्था 
प्रक्षेपित पर्यटक 
अहिलेको अवस्थामा  ~ ३०
धेरै आए भने ~ ४०
कम आए भने  ~ २२

नोट: ८०% को बिश्वास अन्तराल

महत्वपूर्ण जानकारी: यी संख्यालाई आफ्नो योजना बनाउने आधारको रुपमा प्रयोग गर्नुहोस्, तर यो संख्यामा पूर्ण रुपमा भर नपर्नुहोस l विविधि अर्थ-, भूगोल- नीति र स्थानीय घटनाक्रमले यो संख्या तलमाथि पर्न सक्छ l 

अपि नम्पामा सफलताको सूत्र

  • यसको सुन्दरता जोगाउनुहोस्: अपि नम्पा शुद्ध हिमाली वन्य क्षेत्र हो । यसर्थ, संरक्षण र स्थानीय संस्कृतिलाई यहाँ जहिले पनि प्राथमिकतामा राख्नुहोस् । कम असर पर्ने पदयात्रा र “Leave No Trace” अभ्यास कडाइका साथ लागू गर्नुहोस् ।
  • पर्यटक बढी आउने समयमा छुट्टै रणनीति बनाउनुहोस्: बैशाख–जेठ र असोज–कात्तिकमा बिशेष रणनीति बनाउनुहोस् । अन्य समय भने मर्मत, गाइड तालिम र स्थानीय स्रोतसाधनको आपूर्ति बलियो बनाउने तिर लाग्नुहोस् ।
  • संख्यामा होइन, गुणस्तरमा प्रतिस्पर्धा गर्नुहोस्: यहाँ आउने पर्यटक थोरै छन् तर बिशेष खाले हुन् l यसर्थ, सस्तो सेवा भन्दा पनि गुणस्तर सेवामा बढी जोड दिनुहोस् l दक्ष गाइड सेवा दिनुहोस् l
  • नाफाबाट बिस्तारै अघि बढ्नुहोस्: ऋण होइन, नाफालाई पुनःलगानी गर्नुहोस् । सोलार बत्ती, समुह भएर बस्न सक्ने ठाउँ, वा सफा खानेपानीको व्यवस्थाले पनि धेरै राम्रो नतिजा दिन्छ l
  • पदयात्रीका लागि भरपर्दो प्रवेशद्वार बन्नुहोस्: धनगढी वा डडेल्धुराबाट यातायातको सुविधा, अनुमति पत्रको व्यवस्था वा स्थानीय होमस्टे/क्याम्प व्यवस्थापनसहितको भरोसायोग्य सेवा दिनुहोस् ।
  • नेपाली पर्यटकलाई समेट्नुहोस्: विदेशी पदयात्री मुख्य हुन्, तर दशैं–तिहारमा विशेष “चाडपर्व यात्रा” प्याकेज बनाएर नेपालीहरुलाई यहाँ ल्याउने व्यवस्था गर्नुहोस् ।
DHN Admin 1 फेब्रुअरी, 2026
सेयर गर्नुहोस् 
ट्याग्स
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
गौरीशंकर संरक्षण क्षेत्र: तथ्याङ्क, विश्लेषण र व्यवसाय अवसर
Data Insights