896
कञ्चनजङ्घामा बढ्दो पर्यटक: तथ्याङ्क, रुझान र २०२६ को लागि व्यवसायिक रणनीति
Data Insight

पूर्वी नेपालमा पर्ने कञ्चनजङ्घा संरक्षण क्षेत्र नेपालको तेश्रो अग्लो हिमाल भएको क्षेत्रले गर्दा पनि प्रसिद्ध छ l यो १,२०० मिटरदेखि ८,५८५ मिटरसम्मको उचाईमा फैलिएको छ l यस क्षेत्रमा हिउँ चितुवा, रातो पाण्डा र थुप्रै प्रजातिका पंक्षीहरु पाइन्छन् l पदयात्रा गर्नेको लागि पनि यो ठाउँ रमणीय छ l प्रकृतिको सामिप्यतासंग पदयात्रीहरुले दुर्गम हिमालका दृश्य र वन्यजन्तुहरुको अवलोकन गर्न सक्छन l पर्यटक संख्या बढ्दै गएको भए पनि अन्य क्षेत्रहरु भन्दा यहाँ धेरै कम पर्यटकहरु मात्र पुग्ने गरेका छन् l

सन् २०२१ पछिको पर्यटनको अवस्था 

सन् २०२१ देखि यो क्षेत्रमा पर्यटक बढ्दो छ l सो सालमा यहाँ जम्मा १७१ पर्यटकहरु आएका थिए भने, सन् २०२५ मा यो संख्या बढेर १,३४४ पुगेको छ l यो वृद्धि भएको संख्या भने मुलतः विदेशी पर्यटकहरुले गर्दा हो l नेपाली र सार्क पर्यटकहरु बढेता पनि यिनीहरुको वृद्धि बिदेशीहरुको तुलनामा कम नै छ l

वर्ष
नेपाली
सार्क
विदेशी
जम्मा
२०२१७१९५१७१
२०२२२५५१०५३८
२०२३३१३०८४१९०२
२०२४*१०२१४०४४३५
२०२५४०५८१,२४६१,३४४

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१); The Rising Nepal (2025); * छ महिनाको मात्र उपलब्ध भएको l

चुरो कुरो:वृद्धि भएको पर्यटक संख्याले यहाँ व्यापार व्यवसायको सम्भावना देखाएको छ l विदेशी पर्यटकको वृद्धिले यहाँ होटेल, लज, गाइड र यातायात सेवाको अवसर देखाएको छ l सावधानी तरिकाले विदेशी पर्यटकहारलाई गुणस्तरीय सेवा दिने तिर व्यवसायीहरु लाग्नुपर्छ l यसो गरिएमा, यो वृद्धिले स्थानीय अर्थतंत्रलाई बलियो बनाउने अवस्था देखिएको छ l

नेपाली पर्यटक थोरै;  यात्राको अनिश्चित ढांचा 

यस संरक्षण क्षेत्रमा विदेशी पर्यटकहरु बढ्दै गएता पनि, नेपाली पर्यटकहरुको संख्या कम र अस्थिर छ l अरु निकुन्ज र संरक्षण क्षेत्रको तुलनामा, यस संरक्षण क्षेत्रले नेपाली पर्यटकहरु खासै तान्न सकेको छैन l

नेपाली पर्यटकहरुको संख्या २०२१ को असोजमा ६० सम्म पुगेको थियो भने, सन् २०२३ को वर्षभर त्यहाँ पुग्ने नेपालीको संख्या ३१ मात्र रह्यो  l यसअर्थमा, यहाँ आउने नेपाली पर्यटकहरु अस्थिर प्रकृतिका छन् l छरिएका छन् l कुनै निश्चित महिना बनाएर आउने तालिका पनि खासै छैन l हरेक वर्ष फरक फरक महिनामा नेपालीहरु यहाँ आउने गर्दछन् l 

मासिक नेपाली पर्यटक, २०२३

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)

बुझ्नु पर्ने कुरो:नेपाली पर्यटकहरुको निश्चित यात्रा तालिका छैन l उनीहरूको यात्रा केहि विशेष परिस्थिति वा चाडपर्व भयो भने हुने हो l यो नहुँदा यहाँको अर्थतंत्र चितवन वा अन्य क्षेत्रको जस्तो चलायमान हुने सम्भावना कम छ l जति पर्यटक आएका छन् वा जति व्यापार व्यवसाय चलेको छ, त्यो सब विदेशी पर्यटकहरुले गर्दा मात्र हो जस्तो देखिन्छ l यसर्थ, यहाँ अहिलेको अवस्थामा व्यापार व्यवसाय गर्नु चुनौतीपूर्ण देखिन्छ l

मोटामोटी ६ महिने सिजन

कञ्चनजङ्घाको पर्यटन दुई छोटो समयहरूमा सीमित छ l चैत्र-बैशाख र असोज-मंगसिर l लगभग सबै विदेशी पर्यटकहरु यिनै महिनाको हाराहारी बनाएर आउने हुन् l   

  • फाल्गुण-बैशाख:  यी महिनामा विदेशी पर्यटकहरु यो क्षेत्रमा अत्यधिक आउने गर्छन l सन् २०२४ मा यी तिन महिनामा मात्र ३६८ पर्यटकहरु आए l   
  • चाडपर्व नजिक:  अर्को सिजन भनेको दशैं-तिहारको नजिक हो l  

सार्क पर्यटकहरुको बेग्लै ढांचा छ l उनीहरु प्रायः मंगसिरमा पढी आउने गर्छन l तर बैशाख पनि उनीहरुको लागि हिड्ने महिना हो l 

मासिक विदेशी पर्यटक, २०२३

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)

बजार विविधिकरण: कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्यटकहरु २ सिजनमा आउने हुनाले सोहि समयलाई आधार मानेर हरेक व्यवसायीले आफ्नो रणनीति बनाउनुपर्छ l विदेशी पर्यटक संख्या बढी भएकोले यहि २ सिजनमा बजार विविधिकरण पनि गर्नुपर्छ l  

ब्यस्त र खाली समय:  यस संरक्षण क्षेत्रको वास्तविक कथा 

माषिक पर्यटक संख्याले यो संरक्षण क्षेत्रमा कहिले खाली हुन्छ र कहिले भरि हुन्छ भन्ने जानकारी दिन्छ l सन् २०२४ मा लगभग ९०% पर्यटकहरु छ महिना भित्र यहाँ आए l बाँकि समय लगभग सबै खाली हो l 

  • मुख्य समय:  कार्तिक (४३८ पर्यटकहरु) र असोज (१४५ पर्यटकहरु) l  
  • कम पर्यटक आउने समय:  विशेष गरि जाडोको महिना l 

यो वास्तविकताले भन्छ, कञ्चनजङ्घाको व्यवसायले बर्ष भरि टिक्न चाही गाह्रो छ l 

मासिक कुल पर्यटक, २०२३



स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)

गाठी कुरो: कञ्चनजङ्घा संरक्षण क्षेत्रमा हुने मौषमी विविधताले एक निश्चित खाले पर्यटकहरुलाई मात्र आकर्षित गर्छ l यस्तो पर्यटकहरुमा विदेशी ट्रेकर्स, पदयात्री र वन्यजन्तु विश्लेषकहरु हुन्छन l यी समूहले भिडभाड कम र प्राकृतिक सामिप्यता बढी खोज्ने हुन्छन l यसर्थ, यहाँको व्यवसायले यी कुराहरुलाई ख्यालमा राखेर बजार विविधिकरण गर्दै अघि बढ्दै जानुपर्छ l

यहाँको व्यवसायिक योजना

पर्यटकहरुको संख्याले एउटा कुरो निश्चित छ l यहाँ हुल भन्दा पनि लक्षित पर्यटकहरु आउने हुन् l विस्तारै पर्यटक संख्या पनि बढ्दै छ l यसर्थ, यहाँको व्यवसायिक योजनाले यी कुराहरुलाई ख्यालमा राख्नुपर्छ l यी योजनाहरुले के मा ध्यान दिनुपर्छ भन्ने जानकारी यहाँ प्रस्तुत गरिएको छ l 

  • विशेषिकृत ट्रेक सेवा:   उच्च हिमाली क्षेत्रमा पर्यटकलाई साथ दिन सक्ने, वन्यजन्तु अवलोकन र फोटोग्राफीमा दक्ष गार्डहरु तयार गर्नुहोस् l 
  • मौषमी होटेल र लजहरु:  ब्यस्त महिनाको लागि प्रमुख होटेलहरुमा आरामदायी कोठा, स्याटेलाइट फोनको सुविधा, सोलार चार्जको व्यवस्था र खानेकुरोमा विविधता ल्याउनुहोस् l 
  • आवस्यक सहयोगी सेवाहरु:  खानेकुरो र इन्धनको आपूर्तिलाई विश्वसनीय बनाउने बाटो खोज्नुहोस् l 
  • विशेष प्याकेजको व्यवस्था:  सार्क पर्यटकलाई लक्षित गरेर विशेष ट्रेक प्याकेज ल्याउनुहोस् l 
  • वर्षभरि चल्ने होटेल व्यवसाय:  यस क्षेत्रमा वर्षभरि एकनासले पर्यटक नआउने हुनाले यस्तो खाले होटेल संचालन गर्नुपूर्व ध्यान दिनुपर्छ l 
  • अति उच्चस्तरीय लग्जरी आवास:  स्पा वा अन्य लक्जरी सुविधाहरु खोल्नु अघि सोच्नुहोस् l यहाँ पर्यटक प्रकृतिसंग नजिक हुन आएका हुन्, बिलाशिता खोज्न होइन l 
  • दुर्गम क्षेत्रमा ठुलो स्तरको पूर्वाधार:  मूल सडकभन्दा पर सुविधासम्पन्न व्यवसाय गर्नु त्यति राम्रो होइन l यस्तो ठाउँमा यातायात र आपूर्ति लागत नै महँगो हुन्छ l 
  • पोर्टर/यातायातको सुविधा बिनाको लगानी:  यातायातको प्रस्ट खाका बिना लज वा पसल खोल्नुअघि ध्यान दिनुहोस् l 
  • बैशाख महिनामा निर्भरता:  वैशाखमा देखिएको पर्यटन वृद्धिमा मात्र सबै कुरो निर्भर नगर्नुहोस् l अन्य महिनामा पनि आम्दानी गर्न सक्ने आधार भएन भने निक्कै गाह्रो हुने सम्भावना हुन्छ l 
  • विदेशी पर्यटकलाई बेवास्ता:  हरेक वस्तुहरु स्थानीय स्वाद अनुसार मात्र नबनाउनुहोस् l यहाँको व्यवसायले विदेशी पर्यटकहरुलाई बिशेष धयान दिनुपर्छ l 

सन् २०२६ मा कति हुन्छन त ? यो हेरेर आफ्नो योजना बनाउनुहोस्

विगत चार वर्षले पर्यटक वृद्धिको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रचुर सम्भावना देखाएको छ l तल देखाईएको अवस्था हेरेर आफ्नो कार्यतालिका बनाउनुहोस् l 

अवस्था
प्रक्षेप्ति पर्यटक
अहिलेको अवस्थामा~१,७६०
बढी आए भने ~२,७६०
कम आए भने~१,१२५

नोट: ८०% को बिश्वास अन्तराल

महत्वपुर्ण जानकारी:  यी संख्यालाई आफ्नो योजना बनाउने आधारको रुपमा प्रयोग गर्नुहोस्, तर यो संख्यामा पूर्ण रुपमा भर नपर्नुहोस l विविधि अर्थ-, भूगोल- नीति र स्थानीय घटनाक्रमले यो संख्या तलमाथि पर्न सक्छ l

कञ्चनजङ्घाको सफलताको शुत्र

  • छ महिनाको व्यवसायिक योजना: पर्यटक आउने छ महिनाको अवधिमा यहाँले आफ्नो सबै शक्ति लगाउनुपर्ने हुन्छ l
  • विदेशी पर्यटकलाई लक्षित: हरेक कुरो गर्दा विदेशी पर्यटकलाई सोच्नुहोस् l चाहे त्यो खानेकुरोको मेनु होस् वा अनलाइन पेज बनाउदा होस् l
  • ब्यस्त समयमा फरक मूल्य: ब्यस्त महिनामा फरक मूल्य राख्ने बानी गर्नुहोस् l
  • आपूर्ति व्यवस्था बलियो बनाउनुहोस्: यहाँको व्यवसायलाई आवस्यक पर्ने खाद्य, तेल/ग्यास र अन्य सामग्रीहरुको आपूर्ति व्यवस्था दरिलो बनाउनुहोस् l
  • सुरक्षासंग सम्झौता नगर्नुहोस्: स्याटलाईट फोन जस्ता सञ्चार सेवाहरू उपलब्ध गराउनुहोस् l आपतकालीन योजना बनाई राख्नुहोस् । यो नै तपाईंको सबैभन्दा महत्त्वपूर्ण सेवा हुनेछ।
DHN Admin 22 जनवरी, 2026
सेयर गर्नुहोस् 
ट्याग्स
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
अन्नपूर्णको नयाँ ट्रेकिङ्ग अर्थतन्त्र: तथ्याङ्क, मौसमी रणनीति
Data Insights