ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र आरक्ष हो जहाँ नियमित शिकार गर्न अनुमति छ। पश्चिमी नेपालमा अवस्थित, यसमा २,८५० देखि ५,५०० मिटर अग्ला पहाडहरू छन्। यहाँ दुर्गम जंगली निलो भेडा र हिउँ चितुवा जस्ता वन्यजन्तुहरू पाउने गर्दछ l यहाँ पर्यटकहरुले साहसिक कार्य, पदयात्रा र नियन्त्रित शिकार गर्ने सक्छन l

नेपाली लगायत सबै खाले पर्यटकहरु बढ्दै छन्
सन् २०२५ मा यहाँ २३,६९२ पर्यटकहरु आए l यो भनेको २०२३ को तुलनामा लगभग दोब्बर र २०२१ को तुलनामा पनि उल्लेख्य बढी हो l सन् २०२२ मा केहि संख्या घटे पनि, यहाँ हरेक वर्ष पर्यटक बढ्दै गएका छन् l व्यापार व्यवसायको लागि यो सुखद संदेश हो l
वर्ष | नेपाली | सार्क | विदेशी | जम्मा |
| २०२१ | ९,१५६ | २ | ५० | ९,२०८ |
| २०२२ | ६,४७६ | ० | ५४ | ६,५३० |
| २०२३ | १२,६५७ | ७ | ८७ | १२,७५१ |
| २०२४* | ८,२२६ | २ | ६२ | ८,२९० |
| २०२५ | २३,४६७ | १२ | २१३ | २३,६९२ |
स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१); onlinekhabar (2025); * छ महिनाको मात्र उपलब्ध भएको l
चुरो कुरो: नेपाली पर्यटकहरु यो आरक्षमा सबै भन्दा धेरै आउने गर्दछन् l सन् २०२५ मा आएका सबै पर्यटकहरु मद्धे ९९% नेपालीहरु थिए l विदेशी पर्यटकहरुको संख्या अहिले पनि कम नै छ, तर यो संख्या पनि बढ्दै छ l सन् २०२४ को तुलनामा विदेशीको संख्या दोब्बर बढेको छ, सार्कको तेब्बर बढेको छ l यति बढ्दा पनि, यो संख्या १% भन्दा कम हो l यस मानेमा, यो क्षेत्रमा विदेशी पर्यटक बढाउने सम्भावना प्रचुर छ l
केहि महिना उल्लेख्य पर्यटक, जाडो महिनामा एकदम कम
ढोरपाटनमा १२ महिना नै पर्यटक जादैनन् l यहाँ आउने पर्यटकको एउटा निश्चित ढांचा छ l बैशाख, असोज-कार्तिकमा धेरै पर्यटकहरु यहाँ आउने गर्दछन् l सन् २०२३ मा आएका पर्यटकहरुमद्धे ५,४८५ पर्यटकहरु तिनै ३ महिनामा ढोरपाटन पुगेका हुन् l यो भनेको लगभग आधा जसो पर्यटकहरु हुन् l यो समय ट्रेकिंग र धर्मकर्मको लागि उपर्युक्त समय पनि हो l
मासिक नेपाली पर्यटक संख्या, २०२३
स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)
चुरो कुरो: यहाँ व्यवसाय चलाउने जो कोहीको लागि यो ढाँचा धेरै महत्त्वपूर्ण छ। यहाले बैशाख-जेठ र असोज-मंगसिरको बीचमा कमाउने हो l जाडोको समयमा एकदम कम पर्यटक आउने गर्दछन् l सफल व्यवसायीले यी सबै कुरोहरु ख्याल गरेर मात्र अघि बढ्नुपर्छ l
यहाँको व्यवसायले छोटो समयलाई ध्यानमा राखेर आफ्नो योजनाहरु बनाउनुपर्छ l
सानो तर महत्वपूर्ण बजार: विदेशी पर्यटकहरु
विदेशी पर्यटक संख्यामा कम छन् तर महत्त्वपूर्ण छन्। सन् २०२३ मा यो आरक्षमा केवल ९४ विदेशी पर्यटकहरु आए l आउने पर्यटकहरुमा शिकारी, साहसिक पदयात्री र अनुसन्धानकर्ताहरू छन् l यिनले अरु पर्यटक भन्दा बढी खर्च गर्छन l यसर्थ, यिनीहरु प्रिमियम पर्यटकहरु हुन् l
तर, यी पर्यटकहरु आउने समय निश्चित छ l नेपाली पर्यटक जस्तै यिनीहरु पनि दशैं-तिहारको समयमा यो आरक्षमा आउने गर्दछन् l
मासिक विदेशी पर्यटक संख्या, २०२३
स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)
ध्यान दिनुपर्ने: विदेशी पर्यटकहरु कम छन्, तर तिनीहरु महत्वपूर्ण हुन् l यिनीहरु प्रायः दशैं तिहार तिर बढी आउने गर्दछन् l नेपाली र विदेशी पर्यटकहरु आउने समय उस्तै उस्तै भएकोले, यी सबैलाई उही गाइड, होटेल र सेवाहरु आवस्यक पर्दछ l
यो अवस्था हुनु भनेको राम्रो पनि हो l यहाँको व्यवसायसंग विशेष सीप, परमिट वा विदेशीको लागि चाहिने अत्यावश्यक सरसामानहरु छन् भने यहाँले प्रिमियम सेवा दिनुहोस् l
मौषमी वास्तविकता: केहि महिना धेरै अनि जाडो महिनामा एकदम कम
ढोरपाटनमा पर्यटकहरु आउने निश्चित समयावधि छ l सन् २०२३ मा बिशेष गरि बैशाख-जेठ र असोज-मंगसिर महिनामा धेरै भन्दा धेरै पर्यटकहरु यो आरक्षमा आएका थिए l जाडो महिना (पौष-माघ) मा ११०५ र ८२ पर्यटकहरु मात्र यो क्षेत्रमा आए l यो भनेको, ५/६ महिनामा यहाँले बर्षभरि पुग्ने आम्दानी गर्न सक्नुपर्छ l
मासिक कुल पर्यटक संख्या, २०२३
स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)
गाठी कुरो: वर्षभरि समान रूपमा सञ्चालन हुने परम्परागत व्यवसाय मोडेल यहाँ सम्भव हुदैन l खर्च र आम्दानी मिलाउन व्यस्त सिजनमा मात्र व्यवसाय गर्नु राम्रो रणनीति हो। जाडो महिना कम पर्यटक आउने हुँदा अन्य आयका स्रोत खोज्न, आफ्नो टोली सानो राख्न, र कम खर्चिलो गतिविधिहरू गर्न जान्नुपर्छ l मुख्य कुरो, सीमित महिनामा धेरै कमाउने उपाय खोज्नु हो र जाडो महिनामा सो कमाइले थेग्नु हो वा अन्य विकल्प खोज्ने हो l
पर्यटक संख्याको आधारमा रणनीतिक सुझावहरु
बिगतको ४ वर्षको डेटाले ढोरपाटनमा पर्यटक वृद्धि हुने सम्भावना देखाएको छ l पर्यटकहरु मुख्यतय दुइ सिजनमा त्यहाँ बढी आउने गर्छन l यहि समयलाई लक्षित गरेर आफ्नो व्यवसायमार्फत सम्भावना खोज्नुहोस् l तल केहि सम्भावनाका क्षेत्र लगायत अलिक ख्याल गर्नुपर्ने क्षेत्रहरुको बारेमा जानकारी दिईएको छ l
होटेल तथा लज: मुख्य सिजनमा खोल्न मिल्ने गरि होटेल तथा लजको सम्भावना खोज्नुस l तर, सानो, चिटिक्क र पर्यटकहरुले तिर्न सक्ने खाले होटेलको अवधारणा ल्याउनुस l लक्जरी होटेल तिर नजानुहोस् l सफा र सुरक्षित बसाईमा ध्यान दिनुहोस् l
नेपालीका लागि बिशेष प्याकेज: धेरै नेपालीहरु परिवार वा समुहमा आउने गर्छन l यसर्थ, विशेष प्याकेज सहित खाना, बस्न र स्थानीय गाइडको सेवा दिनुहोस् l सामाजिक संजाल मार्फत प्रचारप्रसार गर्नुहोस् l
ट्रेकिंग र टुर सेवा: यहाँ आउने प्रायः पर्यटकहरुले ट्रेकिंग र प्रकृतिसंगको सामिप्यता खोज्ने हुन् l यसर्थ, एउटा सानो संस्था खोल्दा बेश हुन्छ l यातायात र आधारभूत सेवाहरु दिन थाल्नुस l स्थानीयहरुलाई गाइडको रुपमा अघि सार्नुस l
चाडपर्व र बिदाको समय: आफ्नो व्यवसायिक रणनीतिलाई नेपाली चाडपर्व र बिदाको बेलामा अघि सार्नुहोस् l यस्तो बेलामा बिशेष प्याकेजको व्यवस्था गर्नुहोस् l
विदेशी पर्यटकको लागि प्रिमियम सेवा: विदेशी पर्यटकको संख्या कम भएपनि, यो समूहले खर्च धेरै गर्छन l यहाँले राम्रो सेवा दिन सक्नुभयो भने, यिनले प्रिमियम सेवा पनि लिन्छन l यसर्थ, सिकार गर्ने व्यवस्था, फोटोग्राफी, र क्यम्पिंगको व्यवस्था गर्नुस l यी कार्यले नाफा दिन्छ l
विदेशी पर्यटकलाई लक्षित गरेर बिशेष सुविधाहरु: सिकार गर्न र फोटोग्राफीले आम्दानी राम्रो हुन्छ l तर विदेशी पर्यटकको संख्या थोरै भएकोले यसैमा मात्र आफ्नो व्यवसाय निर्भर हुने व्यवस्था नगर्दा बेश हुन्छ l पहिले, स्थानीय पर्यटकहरुसंग राम्रो सम्बन्ध बनाउदा बेश हुन्छ l
ठुलो लागत सहितको होटेल: ठुलो होटेल खोल्नु अघि ध्यान दिनु पर्छ l यसको सट्टा एउटा सानो चियाघर वा भान्छासहितको होटेलको बारेमा सोच्नुस l तर त्यो होटेलले ग्राहकले भनेको जस्तो खानेकुरा र मौषम अनुसार चल्ने हुनुपर्छ l
पर्यटक आउने समयमा निर्माण र पुनर्निर्माण: पर्यटकको वृद्धिलाई देखेर निर्माण थाल्नु स्वाभाविक नै हो l तर यस्तो बेला सरसामान देखि ज्यालादारी पनि बढी हुने हुदा, समस्या पर्न सक्छ l यसर्थ, सम्भव भएसम्म यस्ता निर्माण र पुनर्निर्माणलाई पर्यटक संख्या कम भएको बेलामा गर्दा बेश हुन्छ l
एकै खाले पर्यटकमा भर पर्नु: चाहे विदेशी होस् वा नेपाली होस्, एकै खाले पर्यटकमा मात्र भर पर्नु राम्रो होइन l केहि कारणबस ति पर्यटकहरु आउन छोडे, समस्या हुन्छ l
ब्यस्त पर्यटक देखेर ठुलो स्तरोन्नति: ठुला र लक्जरी होटेल खोल्नु अहिले नै घातक हुनसक्छ l
बर्षभरि एकै खाले मूल्य निर्धारण: व्यवसायको लागि यो सबै भन्दा घातक हो l माग धेरै हुँदा र थोरै हुँदा मूल्य पनि सोहि अनुसार निर्धारण गर्न जान्नुहोस् l
पर्यटक संख्या हेरेर आफ्नो व्यवसायको योजना बनाउनहोस्
विगत चार वर्षको अंकले चितवन आउने पर्यटकको संख्यामा वृद्धि भएको देखाऊदछ l सफल व्यवसायले सम्भावना र जोखिम दुवै हेरेर योजना बनाउनुपर्छ l चार वर्षको अंक अनुसार २०२६ मा यति जति पर्यटक त्यहाँ आउन सक्दछन् भनेर हामीले अनुमान गरेका छौ l
अवस्था | प्रक्षेपित पर्यटक |
| अहिलेको अवस्थामा | ~ ३६,७०० |
| धेरै आए भने | ~ ५३,१०० |
| कम आए भने |
~ २०,१०० |
नोट: ८०% को बिश्वास अन्तराल
महत्वपुर्ण जानकारी: यी संख्यालाई आफ्नो योजना बनाउने आधारको रुपमा प्रयोग गर्नुहोस्, तर यो संख्यामा पूर्ण रुपमा भर नपर्नुहोस l विविधि अर्थ-, भूगोल- नीति र स्थानीय घटनाक्रमले यो संख्या तलमाथि पर्न सक्छ l
ढोरपाटनमा सफलताको शुत्र
नेपाली पर्यटकलाई पहिलो प्राथमिकता दिनुहोस्: यहाँको व्यवसायको मुख्य लक्ष्य विदेशी होइन, नेपालका आगन्तुकहरू हुनुपर्छ। बैशाख-जेठ तथा असोज-मंगसिरमा पर्यटकको चाप बढी हुने भएकाले यही समयलाई केन्द्रमा राखेर यहाले आफ्नो योजना तयार गर्नुपर्छ।
जाडोमा खर्च कम र लचिलो बन्न सिक्नुहोस्: जाडो महिनामा यहाले आफ्नो व्यवसायलाई बन्द गर्न वा सानो बनाएर संचालन गर्न सक्नुपर्छ। उच्च मासिक भाडा दर र ठूलो कर्मचारी संख्या राख्ने तिर जानुहुदैन l यसो भएमा, पर्यटक नहुँदा पनि यहाँलाई कम समस्या हुन्छ l
बोनसको रुपमा प्रिमियम सेवा पनि राख्नुहोस् : विदेशी पर्यटकलाई लक्षित गरी निर्देशित सिकार वा वन्यजन्तु फोटोग्राफी टुरजस्ता विशेष सेवा दिनुहोस् l तर यसैमा मात्र आफ्नो आम्दानीको भर नगर्नुहोस् l पर्यटक धेरै आउने समयमा यी कार्यहरुलाई आफ्नो अतिरिक्त सम्भावनाको रुपमा बुझेर अघि बढ्नुहोस् l