Follow us
बेलायती पर्यटकहरु बद्लिए। के यहाँको व्यवसाय सोहि अनुसार कार्य गर्न तयार छ ?
Data Insight

नेपालमा बेलायती पर्यटकहरूको बदलिँदो भूमिका

नेपालमा आउने सबै विदेशी पर्यटकमध्ये बेलायती पर्यटकलाई सबैभन्दा स्थिर, खर्च गर्न सक्ने, र पुनः फर्केर आउने समूह मानिन्छ। उनीहरू केवल घुम्न मात्र आउँदैनन् - हिमाल चढ्छन्, ट्रेकिङ गर्छन्, संस्कृतिमा रुचि देखाउँछन्, र लामो समय बस्छन् ।

तर अहिले बेलायती पर्यटन बजार विस्तारै बदलिँदै छ। पहिलेजस्तो असोज–मंसिरको मौसममा केन्द्रित नभई, अहिले उनीहरु जनवरीदेखि अप्रिल महिनामा पनि नेपाल आउन थालेका छन् । यसले नेपालका होटल, ट्रेकिङ कम्पनी, गाइड, र स्थानीय व्यवसायका लागि नयाँ अवसर सिर्जना गरिरहेको छ।

बेलायती पर्यटन: पुनरुत्थानबाट स्थिर वृद्धितर्फ

कोभिडपछि बेलायती पर्यटनले क्रमिक सुधार देखाएको छ।

  • २०२२: पुनरुत्थान चरण (४५,०९४ पर्यटक)।
  • २०२३: बलियो वृद्धि (५२,८६५ पर्यटक)।
  • २०२४: निरन्तर विस्तार (५७,५५४ पर्यटक)।
  • २०२५: स्थिर वृद्धि (५८,६८४ पर्यटक)।
  • २०२६ (जनवरी–अप्रिल): बलियो सुरुवात।

बेलायती पर्यटन अब केवल दशैं-तिहार ताकाको बजार रहेन। अब त बेलायती पर्यटकहरुको रोजाई जनवरी–अप्रिलको समय पनि हुन थालीसक्यो ।

वर्ष
जनवरी-अप्रिल
मे–अगष्ट
सेप्टेम्बर–डिसेम्बर
जम्मा
२०२२
१३,४७५
११,२४०
२०,३७९
४५,०९४
२०२३
१९,३४५
११,२५९
२२,२६१
५२,८६५
२०२४
२०,४७९
११,३४१
२५,७३४
५७,५५४
२०२५
२१,३११
१२,२५१
२५,१२२
५८,६८४
२०२६
१९,२९१



स्रोत: Nepal Tourism Board (2022-2026)  

👉 अब व्यवसायहरूले:

  • जाडो महिनामा आउने पर्यटनमा ध्यान दिनुपर्ने देखिन्छ।
  • भीड कम हुने मौसमलाई प्रीमियम अनुभवका रूपमा बेच्नुपर्ने छ।
  • र दोहोर्याएर आउने पर्यटकहरुलाई लक्षित सेवा विस्तार गर्नुपर्ने देखिन्छ।

वर्षको पहिलो भाग: जनवरी–अप्रिल, अब नयाँ अवसर

अघिल्ला वर्षहरूमा मार्च मुख्य पर्यटन महिना मानिन्थ्यो। तर अहिले स्थिति बदलिँदै छ।

  • फेब्रुअरी र अप्रिलमा तीव्र वृद्धि देखिएको छ।
  • जनवरी २०२६ ले नयाँ रेकर्ड बनाएको छ।
  • मार्च २०२५ मा गिरावट देखियो।
  • मे महिनामा पनि विस्तारै सुधार भइरहेको छ।
महिना
२०२२
२०२३
२०२४
२०२५
२०२६
जनवरी
१,८२४
३,४५८
३,२७६
३,५२१
३,९७३
फेब्रुअरी
२,२१८
४,३४५
४,५७१
५,०५७
५,६१८
मार्च
४,०३३
६,१३३
७,२४१
५,९९५
४,८१४
अप्रिल
५,४००
५,४०९
५,३९१
६,७३८
४,८८६
मे
२,४६१
२,९२७
२,८०२
३,४७३

जुन
२,०००
१,९९१
१,९६९
२,२८४

स्रोत:  Nepal Tourism Board (2022-2026)  

सङ्ख्याले भन्दै छ बेलायती पर्यटकहरू अहिले कम भीड भएको समय खोजिरहेका छन्, स्पष्ट हिमाल दृश्य भएको मौसम रोजिरहेका छन्, र शान्त र आरामदायी ट्रेकिङ अनुभव चाहिरहेका छन्।

त्यसैले अब पर्यटन व्यवसायले:
  • जनवरीदेखि नै मार्केटिंग सुरु गर्नुपर्ने सोच राख्नु पर्छ।
  • फेब्रुअरी र अप्रिललाई पिक सिजन जस्तै व्यवस्थापन गर्नुपर्ने हुन्छ।
  • र मार्च कमजोर हुँदा बिशेष प्याकेजहरु ल्याउनुपर्ने देखिन्छ।

वर्षको दोस्रो भाग: दशैँ-तिहार ताका अझै बलियो

असोज–कात्तिक अझै पनि बेलायती पर्यटनको मुख्य समय हो। तर यो अवस्था पनि अब बिस्तारै परिवर्तन हुदै छ।

  • अक्टोबर र नोभेम्बर अझै बलिया छन्।
  • जुलाई–अगस्ट कमजोर नै छन्।
  • डिसेम्बर २०२५ मा उल्लेखनीय गिरावट आयो।

पहिलेजस्तो दशैँ ताकाको समय बेलायती पर्यटकहरु प्रशस्त हुन्छन् भन्ने अवस्था अब कमजोर हुँदै गएको छ।

महिना
२०२२
२०२३
२०२४
२०२५
२०२६
जुलाई
३,९५३
३,६३०
३,८०६
३,५४७

अगष्ट
२,८२६
२,७११
२,७६४
२,९४७

सेप्टेम्बर
३,९२७
३,६४०
४,४९३
४,९८१

अक्टोबर
७,४१७
८,२१८
८,०१९
८,७१८

नोभेम्बर
५,१६५
६,१३६
६,६११
७,१८९

डिसेम्बर
३,८७०
४,२६७
६,६११
४,२३४

स्रोत:  Nepal Tourism Board (2022-2025)

👉 त्यसैले, पर्यटन व्यवसायहरु केवल दशैं-तिहार पर्यटनमा निर्भर नहुने र शान्त महिनाहरुका लागि नयाँ प्याकेज बनाउने बारे सोच्नुपर्छ।

भक्तपुर: पर्यटक बढे, तर बसाइँ बढेन

नेपालमा समग्र पर्यटन बढ्दै गर्दा पनि भक्तपुरमा भने भएको वृद्धि निकै थोरै र सीमित छ। यसले संकेत गर्दै छ कि:

  • धेरैजसो बेलायती पर्यटक एकै दिनको ट्रिप गरेर मात्रै फर्किन्छन्।
  • स्थानीय बजारमा खर्च कम हुँदै गइरहेको छ।
  • संस्कृतिसँग जोडिएको अनुभव अझै पनि पूर्ण रूपमा आर्थिक सम्वृद्धि संग जोडिएको छैन।

👉 यसले भन्दै छ कि भक्तपुरलाई 'घुमेर फर्किने गन्तव्य' मात्र नभई 'बसेर महसुस गर्ने ठाउँ' का रूपमा विकास गर्नुपर्छ।

भक्तपुर दरबार घुम्न आउने बेलायती पर्यटक सङ्ख्या

स्रोत:  Nepal Tourism Board (2022-2025)

सम्भावित अवसरहरू:
  • हेरिटेज सन्ध्याकालीन पदयात्रा 
  • नेवारी खाना पकाउने अनुभव
  • माटोका भाँडा बनाउने कार्यशाला
  • कला–शिल्पमा रमाउने होमस्टे​
  • सांस्कृतिक फोटोग्राफी यात्रा

पर्वतारोहण: संख्या बढ्दै, सफलता घट्दै

सन् २०२४ मा बेलायती आरोहीहरूले लिने पर्वतारोहण अनुमतिको संख्यामा वृद्धि भयो। तर शिखर चढ्ने सफलता दर भने घट्न थालेको छ। विशेषगरी महिला आरोहीहरूको सफलता दर उल्लेखनीय रूपमा घटेको छ। यसले के देखाउँछ भने:

  • अहिलेको पर्वतारोहणको माग झन् चुनौतीपूर्ण बन्दै गइरहेको छ।
  • सुरक्षा र तयारीले झन् ठूलो महत्व पाउन थालेको छ।
  • विशेषगरी विशेषज्ञ सहायता र सहयोगी सेवाको माग बढ्दैछ।

👉 अब अवसर केवल अनुमति बेच्ने मात्रै होइन।

पर्वतारोहणका लागि आएका बेलायती पर्यटकहरुको सङ्ख्या 

स्रोत: Nepal Tourism Board (2022-2024)
बरु निम्न क्षेत्रहरूमा नयाँ बजार खुलिरहेको छ:
  • एक्लिमाटाइजेसन प्याकेज (उचाइमा शरीर अभ्यस्त बनाउने प्याकेज)
  • उच्च उचाइको लागि विशेष तयारी
  • महिला–केन्द्रित ट्रेकिङ समूह​
  • प्रिमियम सुरक्षा सेवा

सन् २०२६ का लागि बेलायती पर्यटन प्रक्षेपण

हालको प्रवृत्ति हेर्दा, सन् २०२६ मा बेलायती पर्यटकको आगमन मध्यम गतिमा बढ्ने सम्भावना देखिन्छ।

अवस्था
प्रक्षेपित पर्यटक
यथार्थपरक अवस्था
~ ६८,०००
आशावादी अवस्था
७५,०००
सावधानीपूर्ण अवस्था
५७,०००

नोट: ८०% बिश्वास अन्तराल।

👉 बेलायती पर्यटकहरुको आगमन संख्यामा वृद्धि संगसंगै संरचना नै फेरिँदै छ।

बेलायती पर्यटनका मुख्य निष्कर्ष

बेलायतीहरु नेपाल आउने महिनाहरु परिवर्तन हुदैछन्: 

  • जनवरी–अप्रिल अहिले सबैभन्दा महत्वपूर्ण महिना बन्दै गएको छ।
  • वर्षको सुरुवाती महिनाहरूमा पर्यटन सबैभन्दा ठूलो अवसर बनेको छ।
  • जाडोका महिनाहरुमा पर्यटन अब व्यवसाय विस्तारको मुख्य क्षेत्र बन्न सक्छ।
  • केवल दशैं-तिहारका महिनाहरूमा निर्भर रहनु जोखिमपूर्ण देखिएको छ।
  • अक्टोबर–नोभेम्बर अझै बलिया भए पनि, भविष्यमा अन्य महिनाहरूमा पनि पर्यटन फैलाउनु आवश्यक देखिन्छ।
  • अनुभव-आधारित पर्यटन बढ्दै गएको छ।

👉 अन्तमा, बेलायती पर्यटकहरुले अहिले संस्कृति, वेलनेस, प्रिमियम ट्रेकिङ र लामो बसाइको अनुभवसहितको यात्रा खोजीरहेका छन्।


बेलायती पर्यटन र व्यवसायिक अवसरहरू

पर्यटकको संख्या बुझ्नु एउटा कुरा हो। ती पर्यटकलाई स्थानीय आम्दानीमा रूपान्तरण गर्नु अर्कै कुरा हो। बेलायती पर्यटकहरूको खर्च गर्ने बानी र यात्रा गर्ने तरिका हेर्दा, यहाँ पाँचवटा सम्भावित व्यवसायिक अवसरहरू देखिन्छन्।

चुकन्दर जुस: बेलायती पर्यटकका लागि प्राकृतिक हिमाली एनर्जी ड्रिंक

बेलायती पर्यटक ट्रेकिङ, वेलनेस र स्वस्थ खानेकुरा खोज्छन्।​

केराको पाउडर: बेलायती ट्रेकरका लागि हलुका एनर्जी फूड

बेलायती ट्रेकरहरू हलुका, स्वस्थ र उच्च ऊर्जा दिने खाना चाहन्छन्।

गोबरको धूप: बेलायती पर्यटकका लागि सांस्कृतिक वेलनेस उत्पादन

बेलायती पर्यटक मठ, ध्यान केन्द्र र सम्पदा क्षेत्रमा पनि आकर्षित भएका छन्।

नेपाली अचार: बेलायती पर्यटकका लागि प्रिमियम फूड सुभेनिर

बेलायती पर्यटक सानो प्याकेटमा स्थानीय प्रामाणिक स्वाद मन पराउँछन्।

दुनाको टपरी: बेलायती पर्यटकका लागि प्लास्टिक–मुक्त पर्यटन अनुभव

बेलायती पर्यटक दिगो पर्यटन र प्लास्टिक–मुक्त वातावरणप्रति संवेदनशील छन्।


👉 अन्तमा, बेलायती पर्यटनको भविष्य केवल "अझ धेरै पर्यटक ल्याउने" मा छैन। वास्तविक अवसर त्यहाँ छ जहाँ नेपालले आफ्नै स्थानीय उत्पादन, संस्कृति, कृषि, र अनुभवलाई उच्च मूल्यमा बेच्न सक्छ।

DHN Admin 1 अप्रिल, 2026
सेयर गर्नुहोस् 
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
११२,००० अमेरिकी पर्यटक : नेपालको पर्यटन उद्योगको लागि नयाँ अवसर र रणनीति
Data Insight