Follow us
बेलायती पर्यटकहरु बद्लिए। के यहाँको व्यवसाय सोहि अनुसार कार्य गर्न तयार छ ?
Data Insight

बेलायत नेपालको लागि सबैभन्दा विश्वासिलो र महत्वपूर्ण पर्यटन बजार हो । बेलायती पर्यटकहरु पटक पटक नेपाल आउने गर्दछन् l ट्रेकिङ गर्छन् l यहाँको संस्कृतिलाई सम्मान गर्छन्, र खर्च पनि गर्छन् । यसर्थ, बेलायती पर्यटकहरुको यात्राको अवस्था के छ, उनीहरु कहिले नेपाल आउने गर्छन भन्ने कुरो बुझ्नु अत्यावश्यक छ l अझ पर्यटनसंग सम्बन्धित जो कोहिको लागि यो महत्वपूर्ण विषय हो ।

महिना फेरिए: माघ-बैशाखमा बढ्दो बेलायती पर्यटक सङ्ख्या

पछिल्ला तीन वर्षको सङ्ख्या हेर्दा, बेलायती पर्यटकहरु माघदेखि वैशाखमा अत्यधिक आउने गरेको देखिन्छ l असोज-पौषमा पर्यटक संख्या अलिक कम हुदै गएको हो कि भन्ने आभास हुन थालेको छ l यो आभास सन् २०२४ र २०२५ को सङ्ख्याले देखाएको हो l यो संगै बेलायती पर्यटकहरूले अब नेपाल भ्रमण गर्न माघ-फाल्गुणलाई पो रोज्न थालेका हुन् कि भन्ने आभास दिएको छ ।

वर्ष
जनवरी-अप्रिल
मे–अगष्ट
सेप्टेम्बर–डिसेम्बर
जम्मा
२०२२
१३,४७५
११,२४०
२०,३७९
४५,०९४
२०२३
१९,३४५
११,२५९
२२,२६१
५२,८६५
२०२४
२०,४७९
११,३४१
२५,७३४
५७,५५४
२०२५
२१,३११
१२,२५१
२५,१२२
५८,६८४
२०२६*
९,५९१ १४,४०५



​स्रोत: नेपाल पर्यटन बोर्ड (२०२२-२०२६)
चुरो कुरो:  भीडभाड हुने कार्तिक–मंसिरमा नै सबै बजेट र शक्ति खर्च नगर्नुहोस् l सन् २०२५ र २०२६ को सङ्ख्यालाई हेर्ने हो भने, बेलायती पर्यटकहरुको आगमन अहिले माघ–वैशाखमा धेरै देखिन थालेको छ l यसर्थ, यता तिर ध्यान दिनुहोस् l विशेष प्याकेज ल्याउनुहोस् । यो समयलाई नेपाल घुम्न आउने उत्कृष्ट समय भनेर प्रचार गर्नुहोस् । कम भीड, राम्रो मौसम, र शान्त अनुभवले पर्यटकहरुलाई खुसी बनाउँछ। यसले व्यवसायलाई पनि शुरुदेखि नै स्थिर रूपमा अघि बढ्न मद्दत गर्दछ ।

माघ-असार पर्यटक विश्लेषण: फाल्गुण देखि बैशाख अति महत्वपुर्ण

बेलायती पर्यटकहरु अंग्रेजी नया बर्ष वा नेपाली माघ महिनामा खासै यहाँ आएको देखिन्न l तर, अर्को महिना याने जेठ देखि भने सङ्ख्या बढ्दै गएको छ l यस्तै, नेपाली नया बर्षको समयमा भने यहाँ धेरै बेलायती पर्यटकहरु आउने गर्छन l सन् २०२५ को बैशाखमा ६७३८ बेलायती पर्यटकहरु यहाँ आएका थिए, जुन सो बर्षको दोस्रो ठुलो संख्या रह्यो l

महिना
२०२२
२०२३
२०२४
२०२५
२०२६*
जनवरी
१,८२४
३,४५८
३,२७६
३,५२१
३,९७३
फेब्रुअरी
२,२१८
४,३४५
४,५७१
५,०५७
५,६१८
मार्च
४,०३३
६,१३३
७,२४१
५,९९५
४,८१४
अप्रिल
५,४००
५,४०९
५,३९१
६,७३८

मे
२,४६१
२,९२७
२,८०२
३,४७३

जुन
२,०००
१,९९१
१,९६९
२,२८४

स्रोत:  नेपाल पर्यटन बोर्ड (२०२२-२०२६)  

यी तीन कार्यहरु मार्फत आफ्नो रणनीति अघि सार्नुहोस्:  
  • फाल्गुण र बैशाखलाई मुख्य सिजन बनाउनुहोस् । यी दुई महिनालाई अब नयाँ, व्यस्त सिजन मानेर विशेष प्याकेज तयार गर्नुहोस् ।
  • चैत्र महिनाका लागि “रिकभरी अफर” ल्याउनुहोस् । पर्यटक घटेको यो महिनामा सांस्कृतिक कार्यक्रम, गाउँ भ्रमण, वा थप अनुभव जस्ता कुरा जोडेर आकर्षक प्याकेज बनाउनुहोस् र प्रचार गर्नुहोस् ।
  • जेठका लागि “लेट स्प्रिङ ट्रेक” परीक्षण गर्नुहोस् । यहाँ वास्तविक वृद्धि देखिएको छ । यो वास्तविक वृद्धिलाई अस्थायी होइन, स्थायी ट्रेन्ड बनाउन विविध परीक्षण गर्नुहोस् ।

श्रावण-पौष पर्यटक विश्लेषण: असोज-कार्तिक मुख्य महिना

श्रावण देखि पौष सम्मको पर्यटक विश्लेषणले एक स्पष्ट संकेत दिएको छ । असोज–कार्तिक नै यहाँहरुको लागि भरपर्दो आधार हो । यस अवधिमा बेलायतीहरु अत्यधिक नेपाल आउने गर्दछन् l यसको विपरित श्रावण-भाद्रमा भने बेलायतीहरुको सङ्ख्या कम हुन्छ l यस्तै अवस्था पौष महिनामा पनि छ l सन् २०२४ को तुलनामा सन् २०२५ मा करिब ३६% बेलायतीहरु पौष महिनामा कम आएका थिए । यसैले यहाँहरुले असोज–कार्तिकलाई मुख्य महिना मानेर, अरु महिनामा बेलायतीहरुलाई नेपाल ल्याउने र सोहि अनुसार व्यापार व्यवसाय बढाउने सोच राख्नुपर्छ ।

महिना
२०२२
२०२३
२०२४
२०२५
२०२६*
जुलाई
३,९५३
३,६३०
३,८०६
३,५४७

अगष्ट
२,८२६
२,७११
२,७६४
२,९४७

सेप्टेम्बर
३,९२७
३,६४०
४,४९३
४,९८१

अक्टोबर
७,४१७
८,२१८
८,०१९
८,७१८

नोभेम्बर
५,१६५
६,१३६
६,६११
७,१८९

डिसेम्बर
३,८७०
४,२६७
६,६११
४,२३४

स्रोत:  Nepal Tourism Board (2022-2026)


व्यवहारिक सुझाब: भै राखेको कुरो चल्न दिनुहोस्, जे चल्दैन त्यसमा नअल्झिनुहोस् l  
  • असोज–कार्तिक-मंगसिरमा पूरा ध्यान दिनुहोस् । यही तपाईंको मुख्य कमाइ हुने सिजन हो। सबै तयारी, प्रचार र सेवा यही समयमा केन्द्रित गर्नुहोस् ।
  • पौष महिनामा धेरै भर नपर्नुहोस् । यसको सट्टा माघ–वैशाखमा प्रचारप्रसार गर्न, लगानी गर्न अत्ति उपयोगी हुन्छ ।
  • असार–श्रावण-भाद्रको शान्त समय सदुपयोग गर्नुहोस् । यो समय व्यवसायको मर्मत, कर्मचारी तालिम, र आउँदो व्यस्त सिजनका लागि नयाँ प्याकेज तयार गर्न प्रयोग गर्नुहोस्।

उही भक्तपुरे भीड: नेपालले गुमाउदै गएको अवसर 

पछिल्ला तीन वर्षमा (२०२१/२२ देखि २०२४/२५ सम्म) भक्तपुर आउने बेलायती पर्यटकहरुको संख्या जम्मा ७% मात्र बढेको छ l सङ्ख्यामा भन्नु पर्दा सन् २०२१/२२ मा भक्तपुर आउने बेलायतीहरुको सङ्ख्या ६,०६६ थियो, जुन २०२४/२५ मा ६,५०२ पुगेको छ । यो भनेको खासै वृद्धि भएको चाही होइन ।

यो सङ्ख्याले भन्छ कि भक्तपुर अहिले अड्किएको छ। धेरै पर्यटकहरू बिहान आएर, फोटो खिचेर, साँझ फर्किन्छन् । उनीहरू रात बस्दैनन्, स्थानीय पसलमा धेरै खर्च गर्दैनन्, र भक्तपुरको गहिरो संस्कृति, खाना र जीवनशैली अनुभव नै गर्दैनन् । जब कि नेपालका अन्य गन्तव्यहरू विस्तारै अगाडि बढ्दै गर्दा, भक्तपुर भने “छिटो हेरेर जाने ठाउँ” मै सीमित भइरहेको छ l यो भनेको भक्तपुर पूर्ण गन्तव्यको रुपमा अझै विकसित भएको छैन ।

भक्तपुर दरबार घुम्न आउने बेलायती पर्यटक सङ्ख्या

स्रोत: नेपाल पर्यटन बोर्ड (२०२२-२०२६)

साँचो कुरो: भक्तपुर डे–ट्रिपर कुर्दै बस्ने हो भने अघि बढ्न सक्दैन । भक्तपुर तब अघि बढ्छ, जब पर्यटकहरु यहाँ घुम्न, केही दिन बस्न र बढी खर्च गर्न लालायित हुन्छन l यसर्थ, यहाँको अवसर भनेको, यहाँ आउने पर्यटक सङ्ख्या बढोस् भन्नु भन्दा पनि आएका मान्छेलाई छिट्टै फर्किन नदिने वातावरण बनाउनेमा हो ।

धेरै आरोही, तर सफल हुनेको सङ्ख्या कम

सन् २०२४ को पर्वतारोहण तथ्याङ्कले चिन्ताजनक अवस्था देखाएको छ । कुल अनुमति लिनेको संख्या १७५ पुगेको छ, तर समग्र सफलता दर घटेको छ। सङ्ख्यामा भन्नु पर्दा, सन् २०२३ मा १२६ पुरुष आरोहीमध्ये ४७ जना र सन् २०२४ मा १४९ मध्ये ५३ जना मात्र चुचुरो पुगेका थिए l यो भनेको करिब ३२-४०% सफलता दर हो । तर महिला आरोहीको अवस्था पुरुष भन्दा कमजोर छ । सन् २०२३ मा २९ मध्ये १२ जना (४१%) र सन् २०२४ मा २६ मध्ये केवल ६ जना (२३%) मात्र चुचुरो पुग्न सकेका थिए । यसले देखाउँछ कि आरोहण गर्ने बेलायती पर्यटक संख्या बढे पनि, महिलाहरुको सफलता दर घटेको छ।

पर्वतारोहणका लागि आएका बेलायती पर्यटकहरुको सङ्ख्या 

स्रोत: नेपाल पर्यटन बोर्ड (२०२२-२०२६)
साँचो कुरो: सुरक्षामा ध्यान दिनुहोस्, विशेष र आवस्यक सहयोग गर्नुहोस् l प्रमाणित नतिजाका आधारमा थप लगानी गर्नुहोस् l महिला सफल हुनु भनेको ग्राहक सन्तुस्ट हुनु मात्र होइन l यो त जीवनभरका लागि हामीहरुले दुत पाउनु सरह हो ।

सन् २०२६ का लागि प्रक्षेपित बेलायती पर्यटक सङ्ख्या 

सन् २०२६ को जनवरी (माघ) महिनामा बेलायतबाट आएका पर्यटक संख्या १२.८% ले बढ्नु भनेको उनीहरुको यात्रा तालिका परिवर्तन हुदै गएको शंकेत दिएको छ l अहिले सम्मको संख्या हेर्दा, सन् २०२६ मा बेलायती पर्यटकहरुको सङ्ख्या निम्नानुसार हुन् सक्ने प्रक्षेपण छ ।

अवस्था
प्रक्षेपित पर्यटक
अहिलेकै अवस्था भयो भने
~७३,५०० ६८,०००
बढी आए भने
~७८,५०० ७५,०००
कम आए भने
~६०,००० ५७,०००

नोट:  ८०% बिश्वास अन्तराल

नेपाली पर्यटनमा सुधार: सिक्नु पर्ने केहि पाठहरु

बेलायतका पर्यटकहरुको यात्रा तालिका विस्तारै फेरिदै छ l भक्तपुरमा खासै उल्लेख्य वृद्धि भएको छैन l पर्वतारोहणमा महिलाको सफलता दर घट्दै गएको छ । यी समस्या मात्र होइनन् । यी त नेपालले आफ्नो पर्यटन प्रणाली अझै २० वर्षअघिको पुरानै ढर्रामा अघि बढाईरहेको छ यसर्थ, नेपालले रणनीति बदल्नुपर्छ l तल केहि सम्भावित रणनीतिहरु राखिएको छ ।

जापानबाट सिकाइ: पर्यटक बढी आउने समयलाई "प्रिमियम" बनाउने कला

जापानमा सुस्त सिजन भन्ने नै हुँदैन। त्यहाँ त फरक–फरक प्रिमियम सिजन हुन्छन्। Japan National Tourism Organization (JNTO) ले हरेक प्राकृतिक घटनाक्रमलाई विश्वव्यापी आकर्षण बनाउँछ । नेपालले पनि यही सोच अपनाउन सक्छ । 
  • जाडो मौसम लाई “प्राइम हिमालय भिस्टा सिजन” भनेर ब्रान्ड गर्नुहोस् l माघ-चैत्रको महिनालाई दोस्रो विकल्प होइन, बरु नेपाल घुम्न आउने सबैभन्दा राम्रो समय भनेर प्रचार गर्नुहोस्। यो बेला आकाश सफा हुन्छ, हिमाल राम्रो देखिन्छ, र पदयात्रा लगायत अन्य पर्यटकीय कार्यमा भीड पनि कम हुन्छ ।
  • चैत्र–वैशाखका लागि "लालिगुराँस र चाडपर्व ट्रेल" तयार गर्नुहोस् l चैत्र–वैशाखमा फुल्ने लालिगुराँसका मुख्य ठाउँ र स्थानीय चाडपर्वलाई नक्सामा देखाउनुहोस् । जापानको सकुरा (चेरी ब्लोसम) म्यापजस्तै गरि सजिलो र आकर्षक म्याप बनाउनुहोस् ।
  • "शोल्डर सिजन प्रिमियम ग्यारेन्टी" सुरु गर्नुहोस् l फागुन–चैत्र जस्तो कम पर्यटक आउने समयमा निःशुल्क सांस्कृतिक कार्यशाला गर्नुहोस् l यो समयमा उडानबाट हिमाल प्रस्ट देखिन्छ भनेर प्रचारप्रसार गर्नुहोस् ।
अत्यधिक भीड व्यवस्थापन र पर्यटकबाट हुने आम्दानी बढाउन डुब्रोभनिकले "Dubrovnik Card" शुरु गर्‍यो। यसको उद्देश्य भीड नियन्त्रण मात्र होइन, पर्यटकलाई धेरै घुम्न, लामो बस्न, र प्रतिदिन बढी खर्च गर्न प्रेरित गर्नु हो। यही सोच भक्तपुरमा पनि लागू गर्न सकिन्छ ।
  • "भक्तपुर इमर्शन पास" सुरु गर्नुहोस् l यो पास ४८ घण्टाको होस् l यसमा प्रवेश शुल्क, गाइडसहितको हेरिटेज वाक, माटोका भाँडा वा बुनाइ कार्यशालामा बस्ने व्यवस्था, र स्थानीय रेस्टुरेन्ट तथा परिवारद्वारा सञ्चालित गेस्टहाउसमा छुटको व्यवस्था गर्ने तिर सोच बनाउनुहोस् l
  • "बिहान-बेलुकाको लागि बिशेष प्याकेज" बनाउनुहोस् l न्यातपोलो मन्दिरबाट सूर्यास्त अवलोकन गर्ने व्यवस्था, स्थानीय कथावाचकसँग बिहानको समयमा पदयात्रा, परम्परागत नेवारी खानेकुरोको अनुभव जस्ता कार्यहरुलाई यो प्याकेजमा राख्ने बारे सोच्नुहोस् ।
  • थिमेटिक ट्रेलहरू तयार गर्नुहोस् l "लिभिङ आर्टिजन ट्रेल", "नेवारी खानाको ट्रेल" जस्ता अवधारणा विकास गरेर भक्तपुरलाई एउटा स्मारक होइन, अनुभवहरु साटासाट गर्न मिल्ने गन्तब्य बनाउने तिर सोच्नुहोस् ।
न्युजिल्यान्डमा साहसिक पर्यटन मुख्य ब्रान्ड हो। साहसिक पर्यटनमा त्यहाँ कडा सुरक्षा र मापदण्डहरु राखिएका छन् l साहसिक कार्य गराउने जो कोहिको पनि नियमित अडिट हुन्छ l यसले गर्दा, Tourism New Zealand ले सुरक्षित, व्यवस्थित, र सबैका लागि पहुँचयोग्य साहसिक गन्तव्यका रूपमा नाम कमाएको छ l
  • "Nepal Safe & Successful Summit" प्रमाणिकरण प्रणाली सुरु गर्नुहोस् l पर्वतारोहण कम्पनीका लागि स्वेच्छिक मापदण्ड बनाउनुहोस् । गाइड–ग्राहक अनुपात तय गर्नुहोस् l लेक वा उचाई लाग्ने समस्या छ कि छैन जाँच गरेर मात्र हिमाल आरोहण गर्ने व्यवस्था मिलाउनुहोस् l प्रमाणित सुरक्षा प्रोटोकल लागु गर्नुहोस् । यस्तो प्रमाणित कम्पनीलाई बेलायतमा विशेष प्रचार गर्नुहोस् ।
  • "महिला हाई–अल्टिच्युड रेडी" कार्यक्रम विकास गर्नुहोस् l अन्तर्राष्ट्रिय फिटनेस विशेषज्ञसँग सहकार्य गरेर, महिला आरोहीका लागि विशेष भर्चुअल तालिम कार्यक्रम तयार गर्नुहोस् । यसमा उच्च उचाइमा शरीरको अनुकूलन (acclimatization) सम्बन्धी शारीरिक पक्षलाई छलफलमा ल्याउनुहोस् ।
यो पनि हेर्नुहोस्:  बेलायती पर्यटकहरुलाई बाँके राष्ट्रिय निकुन्ज लाने बारे सोच्नुहोस्
Click here

DHN Admin 1 अप्रिल, 2026
सेयर गर्नुहोस् 
ट्याग्स
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
११२,००० अमेरिकी पर्यटक : नेपालको पर्यटन उद्योगको लागि नयाँ अवसर र रणनीति
Data Insight