896
नेपालमा सखरखण्ड व्यवसाय: कम लगानी, धेरै प्रतिफल
Data Insight

नेपालमा उत्पादन सम्भावना भएको पोषणयुक्त बाली हो - सखरखण्ड । यो मुख्यतः तराई र मध्यपहाडी क्षेत्रमा खेती गरिन्छ र कम लगानीमा पनि उत्पादन गर्न सकिन्छ। परम्परागत रूपमा मौसमी खाद्यका रूपमा प्रयोग हुँदै आएको सखरखण्ड अहिले बजारमा देखिएको माग, मूल्य परिवर्तन र प्रशोधन सम्भावनाका कारण व्यावसायिक बालीका रूपमा अघि बढ्दै छ।

संयुक्त राज्य अमेरिकाले यसलाई फास्ट फूडको रूप दिएको छl जापानले आफ्नो संस्कृतिकै हिस्सा बनाएको छl अफ्रिकाले कुपोषण निवारणको हतियार बनाएको छ। यस्तोमा नेपाल पनि पछाडि रहनु हुँदैन। यस ब्लगमा हामी सखरखण्ड खेतीको अवस्था, लागत, मूल्य, आयात–निर्यात, र विश्वका राम्रा अभ्यासहरूबारे चर्चा गर्नेछौं।

सखरखण्डको नेपालभर बजार सम्भावना

नेपालमा सखरखण्डको माग उच्च छ। तर, वार्षिक १.२ मिलियन केजी भन्दा बढी सखरखण्ड आयात भइरहेको हालको अवस्थाले भन्छ कि नेपालमा यसको बजार ठुलो छ l लगानीको अवसर प्रचुर छ।

वार्षिक आयात १.२ मिलियन केजीले देखाउँछ कि नेपालमा सखरखण्डको व्यापार, प्रसोधन, लगायत अन्य कार्यमा ठूलो आर्थिक अवसर छ। चिप्स, स्टार्च, प्याकेजिङ, र ब्रान्डिङजस्ता गतिविधिहरुले किसान र लगानीकर्ताका लागि दीर्घकालीन आय सिर्जना गर्न सक्छ।

आयात गरिएको सखरखण्ड (केजीमा)

Source:  Ministry of Agriculture and Livestock Development (2024, 2025)
मुख्य संदेशहरु:  
  • ठूलो र बढ्दो बजार: वार्षिक १.२ मिलियन केजी भन्दा बढी सखरखण्ड आयात हुने भएकाले, नेपालमा सखरखण्डको बजार केवल ठूलो मात्र होइन, बल लगाउने हो भए घरेलु उत्पादकहरूले यो बजार सजिलै संग लिन सक्छ।
  • आयात बिस्थापित गर्ने अवसर: सखरखण्डको बारेमा राम्रोसंग बुझेर सोहि अनुसार रणनीति बनाउने हो भने नेपालले सखरखण्ड आयात विस्थापित गर्न सक्छ l बाँके जस्तो उच्च उत्पादन क्षेत्रहरू (२.६ क्विन्टल/कठ्ठा) मा ध्यान केन्द्रित गरेर, नेपालले आयातमा निर्भरता घटाउन र त्यस रकमलाई स्थानीय अर्थतन्त्रमै राख्न सक्छ।
  • किसान र लगानीकर्ता दुवैका लागि राम्रो अवसर: खरखण्डको छोटो खेती अवधि र उच्च ROI—झापामा २१६% देखि बाँकेमा ४४५% भन्दा बढी—ले साना किसान र ठूलो लगानीकर्ताका लागि छिटो र लाभदायक प्रतिफल दिन्छ l

सखरखण्ड उत्पादन विश्लेषण – जिल्ला तहमा

दाङ, बाँके, र झापामा गरिएको सखरखण्ड खेतीमा उत्पादन, लागत, र प्रतिक्विन्टल आम्दानीमा स्पष्ट भिन्नता देखिन्छ।दाङ (देउखुरी)मा २० कठ्ठामा करिब ३५ क्विन्टल उत्पादन भएको छ, जसको औसत उत्पादन दर १.७५ क्विन्टल/कठ्ठा छ। बाँके (राप्ती बगर)मा २५ कठ्ठामा ६५+ क्विन्टल उत्पादन भएको छ, प्रति कठ्ठा २.६ क्विन्टल, जुन तुलनात्मक रूपमा उच्च छ। झापा (कचनकवल)मा ८ कठ्ठामा १३–१६ क्विन्टल उत्पादन भए पनि, क्षेत्रीय जोखिम र हात्तीको दबाबका कारण उत्पादन स्थिर छैन।

प्रतिक्षेत्र आम्दानी (प्रतिक्विन्टल) हेर्दा, बाँके र झापामा करिब ४,३७५–४,६१५ रुपैयाँ/क्विन्टल छ, जबकि दाङमा ४,२८५ रुपैयाँ/क्विन्टल छ। यसले देखाउँछ कि कम लगानीमा पनि सखरखण्ड खेतीले छोटो अवधिमा राम्रो प्रतिफल दिन सक्छ, तर जोखिम र बजार पहुँच अनुसार फरक–फरक निर्णय लिनुपर्ने हुन्छ।

ठाउँ
खेती गरिएको क्षेत्र (कट्ठामा)
उत्पादन (प्रति कट्ठा कुइन्टलमा)
अन्दाजी लगानी (रु मा)
औसत मूल्य * (रु प्रति केजी)
अनुमानित आम्दानी (रु)
बाँके​
२५
~ २.६
५५,०००
६०
~ ३००,०००+
दाङ
२०
~ १.७५
४०,०००
४०-४९
~ १५०,०००+
झापा
~ १.६- २.०
१८,०००
४५-४८
७०,०००

Source:  Gorkhapatra 23/09/2082; Gorkhapatra 17/09/2082; The Kathmandu Post 31/12/2025
*यो भनेको कृषकले सखरखण्ड बेच्दा पाउने बजार मूल्य हो l

व्यवसायिक अन्तर्दृष्टि: बाँके क्षेत्रको उच्च उत्पादन दर र प्रतिक्विन्टल आम्दानीले यहाँ सखरखण्डको सम्भावना छ भन्ने कुरो देखाएको छ। झापामा हात्तीको समस्या र अस्थिर उत्पादनका कारण किसानहरूले बीमा, सुरक्षा उपाय, वा सहकारी मोडेल अपनाएर जोखिम व्यवस्थापन गर्न आवश्यक छ। साथै, दाङ र बाँकेका किसानहरूले स्थिर स्थानीय थोक बजार र सिजनल मागको फाइदा उठाउदै बिक्री सुनिश्चित गर्नुपर्छ।  अन्ततः, उच्च उत्पादन भएका क्षेत्रहरूमा प्रसोधन उद्योग—जस्तै चिप्स र स्टार्च—स्थापना गरेर मूल्य श्रृंखला मजबुत पार्न सकिन्छ र किसान तथा लगानीकर्ताका लागि दीर्घकालीन अवसर सिर्जना गर्न सकिन्छ।

सखरखण्ड खेती: कम लगानी, उच्च प्रतिफल

सखरखण्ड खेतीमा सबैभन्दा आकर्षक पक्ष भनेको यसको उच्च ROI (Return on Investment) हो। कम लगानी, थोरै उत्पादन अवधि, र अपेक्षाकृत स्थिर बजार मूल्यले किसानलाई छोटो समयमै ठूलो प्रतिफल दिने सम्भावना राख्दछ। तथ्यांक अनुसार, सखरखण्डको औसत उत्पादन दर १.६–२.६ क्विन्टल/कठ्ठा र प्रति क्विन्टल आम्दानी ४,२८५–५,३८५ रुपैयाँसम्म पुग्ने देखिन्छ। यसबाट स्पष्ट हुन्छ कि सखरखण्ड खेतीले छोटो अवधिमा २–४ गुणासम्म प्रतिफल दिन सक्छ।

ठाउँ
खेती गरिएको क्षेत्र (कट्ठामा)
उत्पादन (कुइन्टलमा)​
प्रति कुइन्टल 
मूल्य 
कुल आम्दानी (रु मा)
अन्दाजी लगानी (रु मा)
लगानीको प्रतिफल (%)
बाँके​
२५
६५
४,६१५
३,००,०००+
५५,०००
४४५+
दाङ
२०
३५
४,४२०
१५४,७००
४०,०००
२८७
झापा
१३-१६
४,३७५ - ५,३८५
५६,८७५ -
८६,१६०
१८,०००
२१६-३७९
  • ROI (%) = (कुल आम्दानी − कुल लगानी) / कुल लगानी × १००
    ROI = (५६,८७५ − १८,०००) / (१८,०००) × १०० ≈ २१६%
  • यसको माने, किसानले १८,००० रुपैयाँ लगानी गरेर २१६% प्रतिफल पाउने छन्, अर्थात् छोटो समयमै ३ गुणा बढी फाइदा।
याद राख्नुपर्ने:  सखरखण्ड खेतीमा उच्च ROI रहेकोले कम लगानीमा पनि छोटो अवधिमा आकर्षक प्रतिफल प्राप्त गर्न सकिन्छ। यसका साथै, साना र ठूला किसान दुवैका लागि उपयुक्त हुने सखरखण्ड खेतीको मोडेल तयार गरेर अघि बढ्न सकिन्छ l साना किसानहरूले कम जोखिम मोडेल अपनाउन सक्छन् भने ठूला किसानहरू क्लस्टर खेती र प्रसोधन उद्योगमा जोडिन सक्छन्।
ROI डेटा प्रयोग गरेर चिप्स, स्टार्च, प्याकेजिङ उद्योग वा निर्यात मोडेलमा लगानी बढाउन सकिन्छ, जसले मूल्य श्रृंखलालाई बलियो बनाउछ र दीर्घकालीन आय सुनिश्चित गर्छ। अन्ततः, ROI स्थिर राख्न बजार मूल्य, मौसम, र वन्यजन्तु जोखिमको उपयुक्त व्यवस्थापन आवश्यक छ।

सखरखण्डको बजार उपलब्धता र माग

सखरखण्ड खेतीले उच्च ROI मात्र होइन, बजार पनि प्रशस्त पाएको छ। किसानहरूले उत्पादनलाई आफ्नो ठाउँमा वा अन्त लगेर सजिलै बिक्री गर्न सक्ने अवस्था छ। पर्व र मौसमी खपतले मूल्यलाई आकर्षक राख्छ।

ठाउँ
औसत विक्री मूल्य (रु/किलो)
मुख्य मागका कारण
देउखुरी (दाङ)
४०-४९
पर्व (माघे सङ्क्रान्ति), स्थानीय खपत
बाँके (राप्ती बगर)
६०
स्वादिलो उत्पादन, व्यापारीको प्रत्यक्ष खरीद
झापा (कचनकवल)
४५-४८
पूर्वी तराई परम्परागत खपत, स्थिर थोक बजार
नोट गर्नुपर्ने:  सखरखण्ड खेती कम लगानी र उच्च ROI भएको भए पनि यसमा केही जोखिमहरू भने छन्l वन्यजन्तु आक्रमण, मौसम/प्राकृतिक चुनौती, र बजार अस्थिरतासँग यो खेतीको मुख्य जोखिमहरु हुन्l पूर्वी तराई (झापा) मा हात्तीले किसानको उत्पादन ध्वस्त पार्ने समस्या देखिन्छ भने, मध्य र पश्चिम तराईमा बाढी, कटान, र सिजन अनुसार मूल्य भिन्नता जोखिमको रूपमा देखा पर्छ। 
बाँके र दाङमा प्राकृतिक जोखिम कम भए पनि बगर क्षेत्रको कटान र बाढीले उत्पादनमा असर पुर्‍याउन सक्छ। बजार अस्थिरता कम जोखिम भए पनि मूल्यमा भिन्नता किसानका लागि चुनौती हुन सक्छ।

सखरखण्ड विविधीकरण: नेपालले सिक्न सक्ने पाठहरु

नेपालमा सखरखण्डलाई परम्परागत रूपमा उमालेर वा पोलेर खाने गरिन्छ। तर विश्वका अन्य देशहरूमा सखरखण्डलाई उच्च मूल्यको प्रशोधित उत्पादन (Value-added product) मा परिणत गरेर किसानको आम्दानी बढाउने, पोषण सुरक्षा सुनिश्चित गर्ने, र रोजगारी सिर्जना गर्ने अभियान चलिरहेको छ। अमेरिकाले यसलाई फास्ट-फूडको रूप दिएको छ। जापानले आफ्नो सांस्कृतिक पहिचानसँग जोडेको छ। अफ्रिकाले यसलाई कुपोषण निवारणको हतियार बनाएको छ।

यही सन्दर्भमा, नेपालले पनि सखरखण्डलाई केवल पर्वको मात्र नभई व्यवसायिक विविधीकरणको बाली बनाउन सक्छ। यहाँ तीन वैश्विक उदाहरण र नेपालले तिनबाट कसरी सिक्न सक्छ भन्ने विषय प्रस्तुत गरिएको छ।

मोजाम्बिक, युगान्डा, केन्यामा सखरखण्डलाई भिटामिन ए को कमी कम गर्ने अभियानको मुख्य हतियार बनाइएको छ। यसका लागि अन्तर्राष्ट्रिय आलु केन्द्र (CIP) र हार्भेस्टप्लस (HarvestPlus) को सहकार्यमा सुन्तले रङको सखरखण्ड (Orange-Fleshed Sweet Potato - OFSP) को प्रवर्द्धन गरियो। यो जातमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ।
स्थानीय महिला समूहलाई यसको बिरुवा उत्पादन, खेती, र यसबाट बेबी फूड (शिशु आहार) बनाउने तालिम दिइयो। यसले बालबालिकामा कुपोषण घटाउन मद्दत गर्यो र महिलाहरूको आम्दानीको स्रोत पनि बन्यो।
(Source:  https://cipotato.org/cip_projects/orange-fleshed-sweetpotato-puree-bakery-applications-east-africa/)
नेपालका पहाडी र तराईका दुर्गम क्षेत्रमा बालबालिका र सुत्केरी महिलामा कुपोषणको समस्या छ। नेपाल कृषि अनुसन्धान परिषद् (NARC) ले सुन्तले रङको सखरखण्डका जातहरू विकास गरिसकेको छ। यसलाई आधार बनाएर:

  • स्थानीय स्वास्थ्य चौकी र विद्यालयमा पोषिलो खाजा (पकौडा, हलुवा, भुजिया) को रूपमा वितरण गर्न सकिन्छ।
  • "पोषण प्याकेज" बनाएर बजारमा लैजान सकिन्छ।

  • महिला कृषक समूहलाई यसको प्रशोधन र बिक्रीको तालिम दिएर आर्थिक सशक्तीकरण गर्न सकिन्छ।
जापानमा सखरखण्ड (जसलाई सात्सुमाइमो भनिन्छ) जाडोमा मात्र होइन, वर्षभरि खाइन्छ। त्यहाँका सडकमा पसलेहरुले पोलेको सखरखण्डलाई "याकी-इमो" नाम दिएर बेचीराखेका हुन्छन l यसलाई मिठाई (डाइगाकु इमो, स्वीट पोटेटो केक) देखि उच्च गुणस्तरको मदिरा (शोचु) सम्म बनाएर बेच्ने गर्छन l 
Source:  (https://tradecouncil.org/japanese-sweet-potatoes/)
जापानीहरूले यसको महत्वलाई स्वास्थ्यसंग जोडेर यसलाई "स्वस्थकर फास्ट-फूड" को रूपमा ब्रान्ड गरेका छन्। कागोसिमा प्रान्त त सखरखण्डको लागि नै प्रसिद्ध छ र उनीहरुले त्यो ठाउँलाई सखरखण्ड पर्यटन (Sweet Potato Tourism) को रुपमा विकास गरेका छन् l 
नेपालमा पनि माघे संक्रान्तिमा सखरखण्डको बिशेष महत्त्व छ। यसैलाई आधार बनाएर:
  • काठमाडौं, पोखरा, विराटनगर, नेपालगन्ज जस्ता सहरहरूमा जापानी "याकी-इमो" शैलीमा "सखरखण्ड हट स्पट" खोल्न सकिन्छ, जहाँ राम्रो प्याकेजिङमा साथ पोलेको/भुटेको सखरखण्ड बेच्न सकिन्छ ।
  • माघे संक्रान्तिलाई भव्य रूपमा "स्वीट पोटेटो फेस्टिभल" को रूपमा मनाएर यसलाई पर्यटकीय आकर्षण बनाउन सकिन्छ।
  • स्थानीय स्तरमै सखरखण्डका परिकार (हलुवा, पकौडा, मिठाई) को परिक्षण र ब्रान्डिङ गर्न सकिन्छ।
अमेरिकामा सखरखण्डलाई फ्रेन्च फ्राइजको स्वस्थ विकल्प को रूपमा ब्रान्ड गरिएको छ।रेस्टुरेन्टहरूमा "स्वीट पोटेटो फ्राइज" महँगो मूल्यमा बिक्छ। उत्तरी क्यारोलाइना, जो अमेरिकाकै प्रमुख सखरखण्ड उत्पादक राज्य हो, त्यहाँ यसका चिप्स, फ्राइज, पाउडर, प्यूरी र बेबी फूड समेत ठूलो मात्रामा उत्पादन हुन्छ। यसले किसानलाई मात्र होइन, प्रशोधन उद्योग र रेस्टुरेन्ट व्यवसायीलाई पनि जोडेको छ। 
(https://ncsweetpotatoes.com/wp-content/uploads/2023/03/FromFarmtoFork.LessonPlan.FINAL_.pdf
"ह्याम्प सी" जस्ता कम्पनीहरूले सखरखण्डका विभिन्न प्रशोधित उत्पादन बनाएर विश्व बजारमा पुर्याइरहेका छन्।
  • दाङ, बाँके र झापा जस्ता उच्च उत्पादन हुने जिल्लामा साना तथा मझौला स्तरको प्रशोधन उद्योग स्थापना गरेर सखरखण्ड चिप्स, फ्राइज, र पाउडर उत्पादन गर्न सकिन्छ। यसले लामो समय भण्डारणको समस्या पनि समाधान हुन्छ।
  • यी चिप्स र फ्राइजलाई काठमाडौं, पोखराका पर्यटकीय रेस्टुरेन्ट र क्याफेहरूमा "लोकल सुपरफूड" र "स्वस्थकर फास्ट-फूड" को रूपमा बजारीकरण गर्न सकिन्छ।
  • हाल नेपालमा आयात हुने विदेशी चिप्स र फ्रेन्च फ्राइजको ठूलो बजार छ। यसलाई प्रतिस्थापन गर्न "मेड इन नेपाल" सखरखण्ड चिप्स र फ्राइज ल्याउन सकिन्छ।
नेपालमा, सखरखण्डको ठुलो सम्भावना भनेको यसलाई पर्यटनमा लगेर जोड्नु हो l भक्तपुरका कुम्हालेहरुले कसरी आफ्नो परम्परागत पेशालाई पर्यटकीय गन्तब्य बनाउन सकिन्छ भनेर प्रमाणित गरिसकेका छन् l यहि तरिका सखरखण्ड खेतीसंग पनि जोड्न सकिन्छ l 
दाङ, बाँके र झापा जस्ता ठाउँहरूमा "कृषि पर्यटन" (Agri-tourism) को विकास गर्न सकिन्छ। पर्यटकलाई सखरखण्डको बारीमा लगेर:
  • खेतीको अनुभव:  उनीहरूलाई आफैं सखरखण्ड खन्न दिने l उनीहरुका लागि यो नौलो अनुभव होl
  • चाख्ने अनुभव:  त्यही ताजा सखरखण्डलाई परम्परागत नेपाली चुलो वा आधुनिक ओभनमा पोलेर/भुटेर खुवाउनेl
  • पकाउन सिकाउने कक्षाकोठा: कार्यशालामार्फत स्थानीय महिला समूहलाई परिचालन गरेर सखरखण्डका चिप्स, पकौडा र हलुवा बनाउने तरिका सिकाउने।
  • सुभिनायर: अन्त्यमा, उनीहरूले आफैं बनाएको चिप्स वा पकौडा "आफैंले बनाएको नेपाली स्वाद" को रूपमा प्याक गरेर दिने।
यसले पर्यटकको बसाइ लम्ब्याउने, स्थानीय उत्पादनको मूल्य बढाउने, र रोजगारी सिर्जना गर्ने गर्दछ।केहि समय मात्र बस्न आएको पर्यटक, यी सबै कार्य पछि केहि घण्टा वा आधा दिन बस्ने सम्भावना थपिन्छ l उसले स्थानीय सामग्री किन्ने सम्भावना बढ्छl चाख्न खोज्छ र स्थानीय संस्कृतिको अनुभव लिन रहर गर्छl

अन्तिम निष्कर्ष: के सखरखण्ड व्यवसायमा भविष्य छ ?

छोटो उत्तर: हो, सखरखण्ड व्यवसायमा ठूलो भविष्य छ। तर, त्यो भविष्य केवल परम्परागत खेतीमा मात्र सीमित छैन। यो भविष्य प्रशोधन, विविधीकरण, ब्रान्डिङ, र पर्यटनसँग जोडिएको छ।
यस ब्लगमा हामीले देख्यौं कि दाङ र बाँकेमा सखरखण्ड खेती फष्टाइरहेको छ भने झापामा हात्तीको त्रासले यो संकटमा छ। तर, तीनवटै क्षेत्रमा एउटा समान अवसर छ—विविधीकरण।
काँचो बेच्ने होइन, मूल्य थप्ने होl
अहिलेसम्म नेपाली किसानले सखरखण्डलाई काँचै बेचेर सीमित आम्दानी लिइरहेका छन्। तर, विश्व बजारले सिकाएको पाठ के हो भने—सखरखण्डको वास्तविक कमाई यसको प्रशोधनमा छ।
  • अमेरिका:  सखरखण्डलाई फ्रेन्च फ्राइज र चिप्स बनाएर ५–१० गुणा बढी मूल्यमा बेच्न सकिन्छ।
  • जापान: यसलाई सडक स्तरको खाजादेखि उच्च गुणस्तरको मदिरासम्म बनाएर सांस्कृतिक पहिचानसँग जोड्न सकिन्छ।
  • अफ्रीका:  यसलाई कुपोषण विरुद्धको हतियार बनाएर अन्तर्राष्ट्रिय साझेदारी र लगानी भित्र्याउन सकिन्छ।
नेपालले यी सबै पाठ आत्मसात गर्न सक्छ। दाङ र बाँकेका किसानले आफ्नो उच्च उत्पादनलाई चिप्स उद्योगसँग जोड्न सक्छन्। झापाका किसानले हात्तीको जोखिम कम गर्न बीमा र सहकारी मोडेलमा जान सक्छन्, र उत्पादनलाई प्रशोधन गरेर जोखिम कम गर्न सक्छन्।

DHN Admin 19 फेब्रुअरी, 2026
सेयर गर्नुहोस् 
ट्याग्स
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
बयर खेती: नेपालमा कम लगानी, उच्च प्रतिफलको कृषि व्यवसाय
Data Insight