Follow us
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज: तथ्याङ्क, प्रवृत्ति र व्यवसायिक अवसर
Data Insights

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज: सम्भावना भएको तर लुकेको बजार

काठमाडौँबाट करिब ६५० किलोमिटर टाढा, सुदूरपश्चिम नेपालमा अवस्थित यो निकुञ्ज, देशकै सबैभन्दा कम पर्यटक पुग्ने तर एकदमै सम्भावनायुक्त पर्यटन गन्तव्यहरूमध्ये एक हो।​​​

यो निकुञ्ज आफ्नो विशाल खुला घाँसे मैदानका लागि प्रसिद्ध छ - जुन नेपालको सबैभन्दा ठूलो हरिणहरुको बथान, साथै बाघ, हात्ती र सयौँ प्रजातिका चराहरूको घर हो। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले कञ्चनपुर जिल्लाका ८ वटा स्थानीय तहहरू समेट्दछ, जसमा भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, वेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका, र मधुवन नगरपालिका पर्दछन्।

यो निकुञ्ज प्रवेश गर्न निम्नानुसारको प्रवेश शुल्क तिनुपर्दछ:

  • विदेशी नागरिक: रु. १,५००
  • सार्क राष्ट्रका नागरिक: रु. ७५०
  • नेपाली नागरिक: रु. १००
  • १० वर्ष मुनिका वालवालिका:  निशुल्क

स्रोत:  Nepal Tourism Board

शुक्लाफाँटा पर्यटन वृद्धि: पर्यटक प्रवृत्ति र बजारको वास्तविकता

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पर्यटनमा स्थिर सुधार देखाइरहेको छ, तर अन्य निकुञ्जहरुको तुलनामा यसको वृद्धि सामान्य रहेको छ र आन्तरिक पर्यटकहरूमा अत्यधिक निर्भर छ। 

  • आन्तरिक (नेपाली) पर्यटकहरूको सङ्ख्या अत्यधिक छ l
  • सार्क र विदेशी पर्यटकहरूको संख्या बढ्दो छ, तर अझै निकै सानो छ।
  • अन्तर्राष्ट्रिय पर्यटन अझै विकसित हुन सकेको छैन र अत्यधिक मौसमी छ।
Year
Nepali
SAARC
Foreign
Total
२०२१
२,९४३
२,९६०
२०२२
२,९८७
१६२
८७
३,२३६
२०२३
४,३११
१३९
१११
४,५६१
२०२४
१,६१८
८६
१३१
१,८३५
२०२५ (जनवरी-मार्च र अक्टोबर-डिसेम्बर)
-
-
-
२,५००
२०२६ (जनवरी-मार्च)
-
-
-
१,३७६

स्रोत:  Department of National Parks and Wildlife Conservation (2077/78; 2078/79; 2079/80, 2080/81); The Himalayan 1/5/2025; Nepal News 30/4/2026

मुख्य बुझाई: शुक्लाफाँटा हाल विश्वव्यापी पर्यटन गन्तव्य होइन — यो अझै पनि आन्तरिक पर्यटकद्वारा संचालित बजार हो l तर यहाँ ठुलो अन्तर्राष्ट्रिय सम्भावना रहेको छ।

नेपाली पर्यटकहरूको मौसमी यात्रा: शुक्लाफाँटामा नियमित मागको ढाँचा

शुक्लाफाँटामा पर्यटन अधिकांशतः नेपाली आगन्तुकहरूद्वारा संचालित छ - र उनीहरूको यात्रा मौसमी छ। विशेष गरि नेपाली पर्यटकहरु यहाँ पुग्ने भनेको: 

  • फेब्रुअरी देखि अप्रिल महिना
  • अक्टोबर देखि डिसेम्बर महिना

👉 जुन देखि सेप्टेम्बर (वर्षायाम) महिनामा भने निकै कम नेपाली पर्यटकहरु मात्र यहाँ आउने गर्दछन् l

नेपाली पर्यटकको मासिक आगमन, २०२३

स्रोत:  Department of National Parks and Wildlife Conservation (2080/81)

मुख्य कुरो: आन्तरिक पर्यटन केवल बढ्दो मात्र छैन - यो नियमित पनि छ। तर नेपाली पर्यटकहरु केही महिनाहरूमा मात्र केन्द्रित छ l

विदेशी पर्यटक: न्यून संख्या, मौसमी माग, र वृद्धि सम्भावना

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अन्तर्राष्ट्रिय पर्यटन बढ्दै छ — तर नेपालका प्रमुख वन्यजन्तु गन्तव्यहरूको तुलनामा यो अझै सानो, अत्यधिक मौसमी र संरचनात्मक रूपमा कमजोर छ।

  • २०२१ पछि क्रमिक सुधार भए पनि, विदेशी तथा सार्क आगन्तुकहरूको संख्या अझै पनि अत्यन्तै सीमित छ।
  • विदेशी र नेपाली पर्यटकहरु यहाँ आउने महिनाहरु लगभग उही नै हुन् (फेब्रुअरी–अप्रिल, अक्टोबर–डिसेम्बर) l
  • वर्षायामका महिनाहरू (जुन–सेप्टेम्बर) मा अन्तर्राष्ट्रिय आगमन लगभग शून्य हुन्छ l
विदेशी पर्यटकको मासिक आगमन, २०२३

स्रोत:  Department of National Parks and Wildlife Conservation (2080/81)

व्यवसायको लागि यसको अर्थ के हो?
  • आफ्नो आर्थिक स्रोतको रूपमा विदेशी पर्यटकहरूमा भर नपर्नुहोस् (अहिलेको लागि) l
  • आन्तरिक पर्यटकलाई प्राथमिकतामा राख्नुहोस् l​
  • अन्तर्राष्ट्रिय आगन्तुकहरूको लागि उच्च-मूल्य, विशिष्ट सेवाहरू क्रमशः विकास गर्नुहोस्: क) चरा अवलोकन भ्रमणहरू, ख) वन्यजन्तु फोटोग्राफी अनुभवहरू, ग) सानो समूहको सफारी प्याकेजहरू l

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कुल पर्यटकहरूको मासिक वितरण

शुक्लाफाँटामा मासिक पर्यटक आवागमन असमान छ, जहाँ केही महिनाहरूमा धेरै पर्यटकहरु आउने गर्छन भने केहि महिना एकदमै न्यून गतिविधि हुन्छ।

  • धेरै पर्यटकहरु आउने महिनाहरू (फेब्रुअरी–अप्रिल, अक्टोबर–नोभेम्बर) l
  • एकदम कम पर्यटक हुने महिनाहरु (जुन–सेप्टेम्बर) l
  • वर्षको अधिकांश समय पूर्वाधारको कम प्रयोग l
  • मौसमी मागका कारण व्यवसायहरू अनियमित नगद प्रवाहमा पर्ने गर्छन l

    👉
    शुक्लाफाँटामा वर्षको अधिकांश समय सुनसान रहन्छ, तर केहि महिना भने नेपाली पर्यटकहरुको आवागमनले गतिविधिहरु बढ्न थाल्छन l​​

कुल पर्यटकको मासिक आगमन, २०२३

स्रोत:  Department of National Parks and Wildlife Conservation (2080/81)

व्यवसायिक यथार्थता
  • धेरै पर्यटकहरु आउने समयमा आम्दानी बढाउनुहोस्।
  • मौसमी माग अनुसार कर्मचारी व्यवस्थापन र सञ्चालन समायोजन गर्नुहोस्।
  • पर्यटकहरु कम आउने महिनाहरूमा अफर वा राष्ट्रिय कार्यक्रमहरू ल्याउनुहोस्।
  • आम्दानी वृद्धि गर्न बसाइ + सफारी + यातायातको प्याकेज बारे सोच्नुहोस्l 

शुक्लाफाँटा: अनुसन्धान र चलचित्रको लुकेको सम्भावना

शुक्लाफाँटा केवल घाँसे मैदान र जनावरको बासस्थान मात्र होइन। यहाँको फैलिएको घाँसे क्षेत्र, दुर्लभ वन्यजन्तु, र जैविक विविधताले यसलाई अनुसन्धान र चलचित्र बनाउनका लागि एक विशेष ठाउँ बनाइदिएको छ।


अनुसन्धान

फिल्म छायांकन

स्रोत:  Nepal Tourism Board, 2024

अनुसन्धानका कामहरू बढ्दै गए पनि चलचित्र उद्योगको उपस्थिति अझै निकै कम छ। यहाँ विकास गर्न सकिने सेवाहरू:

  • वन्यजन्तु अनुसन्धान र घाँसे मैदान अध्ययन सहायता
  • प्रकृति वृत्तचित्र छायाङ्कन सहायता
  • चरा हेर्ने र पारिस्थितिकीय व्याख्या सेवा
  • क्यामेरा लुकाउने ठाउँ (camera hide) र वन्यजन्तु अवलोकन सुविधा
  • संरक्षण कथाकथन कार्यशाला (conservation storytelling workshop)
  • इको-डकुमेन्ट्री र सफारी प्याकेज

👉 शुक्लाफाँटाको बल हिमाल होइन - यसको शक्ति यहाँको खुला घाँसे मैदान, दुर्लभ जनावर, र शान्त तराईको पारिस्थितिकीय प्रणालीमा छ।

सन् २०२६ को लागि प्रक्षेपित पर्यटक

हालको पर्यटक सङ्ख्याको आधारमा, यहाँ तीन यथार्थपरक परिदृश्यहरू राखिएका छन् l

अवस्था
प्रक्षेपित पर्यटक
यथार्थपरक अवस्था
~ ५,३७०
आशावादी अवस्था
~ ६,४१०
सावधानीपूर्ण अवस्था
~ ४,३३०

नोट: यी प्रक्षेपणहरू अनुमानित ८०% विश्वास अन्तरालमा आधारित छन्।

महत्वपूर्ण सूचना: यी तथ्यांकलाई पक्का नतिजा नभई योजना बनाउनका लागि आधार मात्र मान्नुपर्छ । नीति परिवर्तन, विश्व अर्थतन्त्र वा स्थानीय घटनाक्रमका कारण पर्यटन छिट्टै बदलिन सक्छ ।

शुक्लाफाँटा विजयी सूत्र: घाँसे मैदान संरक्षणदेखि उत्पादनमुखी आम्दानीसम्म

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक सङ्ख्याको वृद्धिले पर्यावरणमैत्री उत्पादनहरू, दिगो प्याकेजिङ, र प्रकृतिबाट प्रेरित उपभोग्य वस्तुहरूको लागि निरन्तर तथा मौसमी माग सिर्जना गरेको छ। नेपालको सबैभन्दा ठूलो घाँसे मैदानको रूपमा, शुक्लाफाँटाले एक सुनौलो अवसर प्रदान गरेको छ: वन्यजन्तुको रक्षाले नै यहाँको स्थानीय अर्थतन्त्रलाई पनि सशक्त हुदै जाने हो l

दुना टपरी: प्लास्टिकक विकल्पको रुपमा प्राकृतिक समाधान

दुना टपरी केवल एउटा अवसर मात्र होइन - यो त भैरहेको सम्भावनालाई अझ विस्तार गर्दै जाने हो l शुक्लाफाँटाको मध्यवर्ती क्षेत्रका स्थानीय परिवारहरू दुना टपरी उत्पादनबाट मासिक रु. ३०,००० सम्म आम्दानी गर्दैछन्, जसको आपूर्ति महेन्द्रनगरदेखि काठमाडौंसम्मको बजारमा हुँदैछ।

लप्सी क्यान्डी: विदेशी आगन्तुकका लागि स्थानीय स्वाद, उत्कृष्ट आकर्षण

नेपाली प्रामाणिक स्वाद खोज्ने अन्तर्राष्ट्रिय दर्शकको सङ्ख्या बढ्दै गएको छ।

सिस्नो: घाँसे मैदानको झारदेखि पदयात्रीको आवश्यक सामग्रीसम्म

दुर्लभ हरिणलाई आश्रय दिने घाँसे मैदानहरूमा जंगली सिस्नो प्रशस्त पाइन्छ l सिस्नो स्वास्थ्यको रुपमा पनि लाभदायक छ र पदयात्रीहरूले पहिल्यै उपभोग पनि गर्दै आएका छन्।

चुकन्दर पाउडर: वन्यजन्तु उत्साहीका लागि उच्च-ऊर्जा पोषण

पदयात्री र सफारीमा जानेहरूलाई प्राकृतिक ऊर्जा चाहिन्छ। चुकन्दर पाउडरको अक्सिजन वृद्धि गर्ने गुणले यसलाइ घाँसे मैदानको लामो यात्राको लागि उपयुक्त बनाउँछ।

केरा पाउडर: बिहानको सफारीको लागि तुरुन्त ऊर्जा

बिहानैको जीप सफारीमा खाजाको लागि समय हुँदैन। केरा पाउडरले तुरुन्त, हलुका पोषण प्रदान गर्दछ जुन पदयात्री र गाइडहरूले सेकेण्डमै तयार गर्न सक्छन्।


अन्तिम निष्कर्ष

शुक्लाफाँटाको अवसर केवल वन्यजन्तु अवलोकनमा मात्र छैन - यो पर्यटकले घर लैजाने चीजहरूमा छ।

रणनीति सरल छ:

  • निकुञ्जको आवश्यकतासँग मेल खाने उत्पादनबाट सुरु गर्ने (पर्यावरणमैत्री, हलुका, स्थानीय) l
  • निकुञ्जको प्रवेश बिन्दु, होमस्टे र मध्यवर्ती क्षेत्रका समुदायहरूमा बिक्री गर्ने l
  • तत्काल मात्रामा विस्तार गर्न विद्यमान स्थानीय उत्पादनको प्रयोग गर्ने l

👉 शुक्लाफाँटा केवल घाँसे मैदानको आश्रयस्थल मात्र होइन - यो संरक्षण-सम्बद्ध, उत्पादनमुखी ग्रामीण उद्यमको लागि नेपालको प्रयोगशाला हो।

माथि उल्लेखित प्रत्येक अवसर सानोबाट सुरु गरी समयसँगै विस्तार गर्न सकिन्छ। यस्तै अन्य सम्भावनाहरुको जानकरी लिन तलको ब्लगसूची हेर्नुहोस् l

DHN Admin 31 जनवरी, 2026
सेयर गर्नुहोस् 
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
लाङटाङ राष्ट्रिय निकुञ्ज: पर्यटन प्रवृत्ति र व्यावसायिक अवसरहरू