896
गौरीशंकर संरक्षण क्षेत्र: तथ्याङ्क, विश्लेषण र व्यवसाय अवसर
Data Insights

गौरीशंकर संरक्षण क्षेत्र नेपालको मध्य-उत्तर भागमा अवस्थित छ । यो संरक्षण क्षेत्रले दोलखा र रामेछाप जिल्लाको भू-भाग समेटेको छ भने यसको उत्तरी सीमाना तिब्बतसँग जोडिएको छ । काठमाडौँबाट यसको दूरी लगभग १३० किलोमिटर उत्तर-पूर्वमा रहेको छ ।​

महामारीपछि बदलिएको गौरीशंकर संरक्षण क्षेत्रको पर्यटन

गौरीशंकर संरक्षण क्षेत्रमा पर्यटकहरु नियमति रुपमा बढ्दै छन् । सन् २०२३ मा कुल ३,६२९ पर्यटकहरु यहाँ आएका थिए, जुन महामारीकालको तुलनामा उल्लेख्य वृद्धि हो। सबैभन्दा महत्त्वपूर्ण कुरो त यहाँ आउने नेपाली पर्यटकहरुको संख्या बढ्दै जानु हो । सन् २०२३ मा यहाँ आउने नेपाली पर्यटकहरूको संख्या २,०६२ थियो l सन् २०२४ को ६ महिनामा यो संख्या १,०७० पुगीसकेको छ l विदेशी पर्यटकहरुको संख्यामा निरन्तर वृद्धि हुँदै गएको हालको अवस्थामा, नेपाली पर्यटकहरुको वृद्धिले यो क्षेत्रको पर्यटनको सम्भावनालाई नया आयाम दिएको छ ।

वर्ष
नेपाली
सार्क
विदेशी
जम्मा
२०२१२४२६
२०२२३३७७४८०७
२०२३२,०६२९७१,४७०३,६२९
२०२४*१,०७०२६८१७१,९१३

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१); * छ महिनाको मात्र उपलब्ध भएको l

चुरो कुरो:  आन्तरिक पर्यटनलाई लक्षित गरेर आफ्नो रणनीति बनाउनुहोस् l होटल, रिसोर्ट, रेस्टुराँ तथा पर्यटन व्यवसायीहरूले आफ्ना सेवा र उत्पादनहरू सोहि अनुसार तयार गर्नुहोस् l हरेक जानकारीहरुलाई नेपाली भाषामा स्पष्ट साथ राख्नुहोस् l मेनु, साइनबोर्ड तथा अन्य सामग्रीहरु सजिलै उपलब्ध गराउनुहोस् l बिदा तथा छुट्टीका समयमा परिवारसहित यात्रा गर्ने समूहहरूका लागि छोटो अवधिका, किफायती तथा सुरक्षित पदयात्रा कार्यक्रमहरू विकास गर्नुहोस् ।

गौरीशंकरमा नेपाली पर्यटकहरुको बढ्दो यात्रा

दुई वर्षसम्म नेपाली पर्यटकहरु नभएको अवस्थामा, सन् २०२३ देखि नेपालीहरु यहाँ आउन थालेका छन् । यस्तै अवस्था २०२४ मा पनि छ, तर निश्चित महिनामा मात्र । अझ भन्नु पर्दा, धेरैजसो भ्रमणहरू असोज-कार्तिकमा हुन्छन, त्यसपछि मंगसिर र जेठ । यी महिनाहरू ८०% नेपाली पर्यटकहरु यहाँ आउने गर्छन । अंक सहित भन्दा, सबै भन्दा धेरै ५८५ नेपाली पर्यटकहरु कार्तिक २०२३ मा त्यहाँ पुगेका थिए, त्यसपछि असोज (५०८) र मंगसिर (२७६) रहेको छ । पौष-माघ, फल्गुन र चैत्रमा खासै नेपालीहरु त्यहाँ जादैनन् ।

मासिक नेपाली पर्यटक संख्या, २०२३

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)

चुरो कुरो:  कुन महिनामा कति पर्यटकहरु आउदछन् भन्ने बुझेर आफ्नो रणनीति बनाउनुहोस् । व्यवसायीहरूले मार्केटिङ, कर्मचारी व्यवस्थापन र स्थानीय स्रोतसाधनको आपूर्तिलाई नेपाली पर्यटकहरु आउने बैसाख-जेठ र असोज-मंगसिरमा समस्या नपर्ने गरि अघि बढ्नुहोस् । यसको विपरीत, जाडोका महिनाहरूमा गतिविधि निकै कम हुने हुँदा यो समयमा सांस्कृतिक कार्यक्रम, प्रकृतिसंगको सामिप्यता जोडेर अफ–सिजन प्याकेजहरू तयार गर्नुहोस् ।

विदेशीहरुको संख्या बढे पनि अझै न्यून 

विदेशी पर्यटकहरु यहाँ दुइ सिजनमा प्रायः आउने गर्छन l पहिलो, फाल्गुण-बैशाख र अर्को असोज-मंगसिर l सन् २०२३ मा यी ५ महिनामा ८७% भन्दा बढी पर्यटकहरु यो संरक्षण क्षेत्र घुम्न आएका थिए l महिना अनुसार हेर्ने हो भने, सबै भन्दा बढी कार्तिकमा ३३२ जना पर्यटकहरु यहाँ आएका थिए l असार-श्रावणमा भने यहाँ आउने विदेशी पर्यटकहरुको संख्या घट्छ l यस्ता अवस्था सार्क पर्यटकहरुको पनि छ l यी देशका पर्यटकहरुको संख्या एकदमै न्युन छ l अहिलेसम्म कुनै पनि महिना १० जना भन्दा बढी सार्क देशका पर्यटकहरु यहाँ आएका छैनन् l 

मासिक विदेशी पर्यटक संख्या, २०२३

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)

बजार विविधिकरण: विदेशी पर्यटकहरुका लागि चाहिने गाइड, लज र यातायात सुविधालाई चैत्र-जेठ र असोज-मंगसिरमा चुस्तदुरुस्त रुपमा राख्नुहोस् l जाडोको समयमा विदेशी पर्यटकहरु कम आउने हुँदा, यो समयमा व्यवसायीहरुले विशेष प्याकेजको व्यवस्था गर्नुपर्छ l सांस्कृतिक कार्यक्रम, पदयात्रा वा स्थानीय समुदायसंग नजिक हुने क्रियाकलापलाई बिशेष प्याकेजमा समाबेश गरेर अघि बढ्नुहोस् l  

निरन्तर बढीरहेको पर्यटक सङ्ख्या 

सन् २०२१ मा जम्मा २६ जना पर्यटकहरुले यो ठाउँ भ्रमण गरेकोमा, सन् २०२३ मा यो सङ्ख्या बढेर ३,६२९ पुगेको छ l यसले कोभिड महामारीपश्चातको अवस्थामा सुधार आएको पनि जानकारी दिएको छ l तर, यति हुदा हुदै पनि पर्यटकहरु आउने निश्चित महिना छ l करिब ९०% पर्यटकहरु सन् २०२३ मा चैत्र-जेठ र असोज-मंगसिरमा यहाँ आएका थिए l त्यस मद्धे कार्तिक र असोज महिनामा आउने पर्यटक संख्या १,०२३ र ८११ थियो l यी २ सङ्ख्या भनेको वर्षभरिको ५०% हो l यस अलावा, जाडो महिनामा केहि पर्यटक देखिए पनि सङ्ख्या नगण्य रहेको छ l 

मासिक कुल पर्यटक संख्या, २०२३ 

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)

यहाँको व्यवसायको लागि मुख्य कुरो:   पर्यटकहरु आउने महिना हेरेर यहाँहरुले दुइ खाले रणनीति बनाउनुपर्छ l पहिलो, धेरै पर्यटक आउने समयमा गाइड, लज, व्यवस्थापन वा अन्य केहि सुविधाहरुलाई चुस्तदुरुस्त राख्नुपर्छ l दोस्रो, कम पर्यटक आउने समयलाई अवसरमा परिवर्तन गर्न सोहि अनुसारको रणनीति तयार गर्नुपर्छ l जाडो महिनामा फोटोग्राफी कार्यशाला वा आध्यात्मिक रिट्रीट वा अन्य केहि कार्यक्रमहरु मार्फत नेपाली र विदेशी पर्यटकहरु तान्नु पर्छ l  

यहाँ व्यवसाय गर्नेहरुका लागि केहि अवसरहरू

गौरीशंकर संरक्षण क्षेत्रको पर्यटक आगमन तथ्याङ्कको आधारमा, क्षेत्रको वृद्धि र दिगो विकासका लागि केहि रणनीतिक विकल्पहरू यस प्रकार छन्।

  • गौरीशंकर प्रवेशद्वार पदयात्रा प्याकेज: नेपाली पर्यटकहरू बढीरहेको समयमा सडकको मुख्य भागबाट हिड्न सजिलो हुने गरि २-३ दिनको पदयात्रा प्याकेज बारे सोच्नुहोस् । रमणीय दृश्यहरू हेर्न मिल्ने, सांस्कृतिक सम्भ्यताहरु बुझ्न सकिने र आरामदायी चियाघरहरुको व्यवस्था पनि संगै गर्नुहोस् ।
  • "भिड र शान्त" कार्यक्रम: मुख्य भीडभाड हुने महिनाहरुको ठीक अघि र पछि नेपाली र विदेशी पर्यटकहरुलाई लक्षित गरेर "भिड र शान्त" कार्यक्रम ल्याउनुहोस् । सो बेलाको लागि पदयात्रा सफा र सहज बनाउनुहोस् । यस अलावा बस्ने कोठाहरुको सहज उपलब्धता, र प्राकृतिक दृश्यहरूको अवलोकनका साथै लालीगुराँस ढपक्क फुलेको दृश्यहरु देखाउनुहोस् ।
  • नेपाली पर्यटकहरुलाई लक्षित सेवा: नेपाली पर्यटकहरुलाई आवस्यक सेवा दिनुहोस् । लजहरूमा सकभर नेपाली भाषामा मेनु राख्नुहोस् । चाहिएको जानकारीहरु सजिलै संग नेपालीमा उपलब्ध गराउनुहोस् । तालिम प्राप्त गाइडहरुमार्फत स्थानीय इतिहास र किंवदन्तीहरू सुनाउनुहोस् । राष्ट्रिय गौरव र चासो निर्माण गर्न नेपालमा प्रचलित सामाजिक सञ्जालहरुलाई प्रभावकारी रुपमा प्रयोग गर्नुहोस् ।
  • भरपर्दो "ट्रेलहेड ट्रान्सपोर्ट" को व्यवस्था: यातायात व्यवसायीसंग सहकार्य गरेर आवतजावतमा सहजता ल्याउनुहोस् । काठमाडौंबाट राउन्ड-ट्रिप यातायात, संरक्षण क्षेत्र परमिटको व्यवस्था, लज बुकिङ गर्ने सुविधा पनि यसमा जोड्नुहोस् ।
  • विदेशीहरुको लागि प्रिमियम सेवा:  विदेशी पर्यटकहरुलाई लक्षित गरेर सुरक्षित र भरपर्दो प्रिमियम सेवा ल्याउनुहोस् l यसमा, बस्ने खाने सुविधा, अनुभवी अंग्रेजी बोल्न सक्ने गाइड, भरियाको सुविधा जोड्नुहोस् l यसो गर्दा विदेशीहरुलाई यहाँ आएर के गर्ने, कसो गर्ने भन्ने समस्या हुदैन l 
  • ठूलो होटेल निर्माण: यहाँको पर्यटकीय सिजन एकदम छोटो छ । यसर्थ, ठूलो होटेल बनाउँदा ऋण, कर्मचारी खर्च र मर्मतसम्भारजस्ता स्थायी खर्च धेरै हुन् जान्छन, जुन यहाले ६–७ महिनामै उठाउन सक्नुपर्छ l
  • लक्जरी क्याम्प: गौरीशंकरमा “ग्ल्याम्पिङ” को माग सानो छ l पूर्ण रुपमा परीक्षण पनि भैसकेको छैन l यहाँ आउने धेरै विदेशी पदयात्रीले प्राकृतिक अनुभव खोज्ने हुन् l अत्यधिक विलासिता होइन। यसर्थ, लक्जरी क्याम्पको खर्च निकै धेरै हुन जान्छ l
  • छुट्टै रेस्टुरेन्टको व्यवस्था:  पर्यटकहरुले अक्सर आफु बस्ने ठाउँमा नै खाने र बस्ने व्यवस्था गरेका हुन्छन । यसर्थ, पैदल यात्रीहरूको आवतजावतमा भर पर्ने छुट्टै खाले रेस्टुरेन्टहरुलाई आवस्यक आम्दानी गर्न गाह्रो पर्न सक्छ l यसैले, यो पाटोमा अलिक ध्यान दिनुपर्छ ।
  • ठुलो गिफ्ट पसल:  ट्रेकर्सहरु हल्का रुपमा यात्रा गर्छन l यसर्थ, महँगो गिफ्ट पसलहरु खोल्दा ध्यान दिनुपर्छ l ट्रेकर्सहरुको रहर किनमेल भन्दा पनि बढी प्राकृतिक अनुभवसंग जोडिएको हुन्छ l 
  • विदेशीमा मात्र निर्भर व्यवसाय:   विदेशी पर्यटकहरु महत्वपूर्ण भए पनि, यो संरक्षण क्षेत्रको लागि नेपाली पर्यटकहरु सबै भन्दा महत्वपूर्ण ग्राहकहरु हुन् l यसर्थ, विदेशीलाई जति महत्व दिन्छौ, त्यो भन्दा १० गुणा महत्व नेपालीलाई दिनुपर्छ l 
  • वर्षभरि ठूलो कर्मचारी टोली राख्नु: वर्षभरि आउने पर्यटकहरुमध्ये ८५% पर्यटकहरु सात महिना भित्र आउँछन्। व्यवसायमा ठुलो कर्मचारी टोली बनाउँदा बाँकी पाँच महिनामा त्यो टोलीलाई पाल्नु पर्दा नाफा घट्छ ।
  • खाद्य सामग्री र खानाको व्यवस्था: बाहिरबाट मगाइने र छिट्टै बिग्रिने सामग्रीमा भर नपर्नुहोस्। यो क्षेत्र टाढा भएकाले आपूर्ति ढिलो र महँगो पर्छ। स्थानीय दाल–भात, मौसमी तरकारी र गाउँमै पाइने अन्न प्रयोग गरेर सरल तर पोषिलो खाना दिनु नै सुरक्षित र दीगो विकल्प हो।
  • संवेदनशील क्षेत्रमा टुर विस्तार: अत्यन्त दुर्गम, उच्च हिमाली वा वातावरणीय रूपमा संवेदनशील क्षेत्रमा नयाँ लज वा नियमित ट्रेल खोल्ने लोभ नगर्नुहोस्। खर्च धेरै हुन्छ, माग सानो हुन्छ र संरक्षण जोखिम उच्च हुन्छ। बरु अहिलेका सहज र सुरक्षित ट्रेलमै राम्रो अनुभव कसरी दिने त्यो बारेमा सोच्नुहोस् ।
  • मुख्य बजारका लागि मार्केटिङ:  नेपाली पर्यटकहरु ल्याउन महँगा अन्तर्राष्ट्रिय अनलाइन एजेन्सी (OTA) मा निर्भर नहुनुहोस्। धेरैजसो नेपाली पर्यटकहरु सिधै वा चिनजानमार्फत बुकिङ गर्छन्। सामाजिक सञ्जाल (Facebook, TikTok) मा नेपाली भाषाका ग्रुपमा बरु पोस्ट गर्नुहोस् l काठमाडौँका ट्राभल क्लबसँग सहकार्य गर्नुहोस् र प्रचारप्रसारलाई प्राथमिकता दिनुहोस् ।
  • ऋण लिएर ठूलो व्यवसाय विस्तार गर्नु: ठूलो बैंक ऋण लिएर नयाँ संरचना वा व्यवसाय विस्तार गर्नु जोखिमपूर्ण हुन्छ । बिश्वो पर्यटन, राजनीति वा अन्य घटनाक्रमले पर्यटन घट्न सक्छ । खराब सिजनमा हरेक महिना तिर्नु पर्ने किस्ताले व्यवसाय डुब्न पनि सक्छ।

भविस्यमा आउन सक्ने पर्यटक सङ्ख्या

गौरीशंकर क्षेत्रमा आएका पर्यटकहरुको संख्याले नेपालीहरुको सङ्ख्या अझै बढ्दै जाने अवस्था देखाएको छ । यसर्थ, प्रभावकारी योजना बनाउन व्यवसायीहरुले यी र यस्ता खाले अनेक सङ्ख्याहरुको जानकारी राख्नुपर्छ । 

अवस्था 
प्रक्षेपित पर्यटक 
अहिलेको अवस्थामा  ~ ६,०००
धेरै आए भने ~ ७,५००
कम आए भने  ~ ५,२००

नोट: ८०% को बिश्वास अन्तराल

महत्वपूर्ण जानकारी: यी संख्यालाई आफ्नो योजना बनाउने आधारको रुपमा प्रयोग गर्नुहोस्, तर यो संख्यामा पूर्ण रुपमा भर नपर्नुहोस l विविधि अर्थ-, भूगोल- नीति र स्थानीय घटनाक्रमले यो संख्या तलमाथि पर्न सक्छ l

गौरीशंकरमा सफलताको सूत्र

  • गौरीशंकर हिमालको तालमेल बुझेर काम गर्नुहोस्:  चैत–जेठ र असोज–मंसिरका ब्यस्त समयमा पूरा ध्यान दिनुहोस्। पौष–माघ र असार–साउनजस्ता शान्त महिनामा लज मर्मत, सरसफाइ, कर्मचारी तालिम र स्थानीय आपूर्तिकर्तासँग सम्बन्ध बलियो बनाउने काम गर्नुहोस् ।
  • नेपाली पर्यटकलाई आधार बनाउनुहोस्, सबैका लागि सुधार गर्दै जानुहोस्: यो ठाउँको मुख्य पर्यटक नेपाली पदयात्रीहरु हुन्। राम्रो आतिथ्य, भरपर्दो टि–हाउस सेवा र उचित मूल्य दिएर उनीहरूलाई फेरि–फेरि आउने बनाउनुहोस्। त्यसपछि आएको नाफाबाट केही राम्रा कोठा, सोलार चार्जिङ, वा गाउँ घुम्ने सांस्कृतिक प्याकेजहरु बनाउदै लानुहोस् ।
  • पहाड र बाटोको ज्ञानलाई अगाडि राख्नुहोस्:  गाइडलाई हिमाली बाटो, प्रकृति र स्थानीय संस्कृतिको राम्रो ज्ञान हुने गरी तालिम दिनुहोस्। वसन्तमा “लालीगुराँस वाक” वा “हिमनदी दृश्य फोटो यात्रा” जस्ता विशेष अनुभव दिनुहोस् l यस्ता अनुभवहरु अविस्मरणीय हुन्छन ।
  • ऋण होइन, नाफाबाट अघि बढ्नुहोस्: मौसमी बजारमा मात्र भर पर्दा ऋणको जोखिम बढ्छ । यसर्थ, कमाइलाई बिस्तारै पुनःलगानी गर्नुहोस् l एक वर्ष भान्सा सुधार, अर्को वर्ष तातोपानी जडान जस्ता काम गर्दै अघि बढ्नुहोस् । 
  • यात्राको मुख्य जोड बन्नुहोस्: काठमाडौँबाट ट्रेलहेड पुग्नु धेरैको लागि चुनौती हो। भरपर्दो ४x४ यातायात, परमिटको व्यवस्था र यात्रा अघि सल्लाह दिने विश्वासिलो साझेदार बन्नुहोस्। ढोकादेखि ट्रेलसम्मको झन्झटमुक्त सेवा नै तपाईंको पहिचान बन्छ ।
  • पवित्र र शान्त अनुभव बेच्नुहोस्: यहाँको विशेषता शिखर मात्र होइन। भीडभाडरहित पुराना बाटो, पवित्र भूगोलसँगको सम्बन्ध र शान्त हिमालको अनुभव नै तपाईंको असली शक्ति हो। यही अनुभूति प्रचार गर्नुहोस्। 
DHN Admin 31 जनवरी, 2026
सेयर गर्नुहोस् 
ट्याग्स
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
बाँके राष्ट्रिय निकुञ्ज: नेपालको शान्त जङ्गली पर्यावरण
Data Insights