896
लाङटाङ राष्ट्रिय निकुञ्ज पर्यटन अवस्था २०८२: तथ्याङ्क, प्रवृत्ति र व्यवसायिक पूर्वानुमान
Data Insights

सजिलै पुग्न सकिने साहसिक पदयात्रा खोज्दै हुनुहुन्छ? लाङटाङ राष्ट्रिय निकुञ्जमा यहाँलाई स्वागत छ। यो नेपालको पहिलो पर्वतीय निकुञ्ज हो। यहाँ आउन काठमाडौँबाट १ दिन लाग्छ l यहाँ जंगल, हरियाली मैदान र विशाल हिमनदीहरूको किनारै किनार हिडाईको आनन्द लिन सकिन्छ l भूकम्प र महामारीपछि यो राष्ट्रिय निकुन्जमा पर्यटकहरु बढ्न थालेका छन् l पहिले नेपाली पर्यटकहरु मात्र यहाँ आउदथे भने अहिले विदेशी पर्यटकहरु पनि आउन थालेका छन् l

यात्रा सुरु गर्नुअघि यहाँहरुले अनुमति पत्र (पर्मिट) लिनुपर्छ l यो भनेको लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश शुल्क हो। यसपश्चात, स्याब्रुबेसीबाट ट्रेक शुरु हुन्छ। त्यहाँबाट लामा होटल र लाङटाङ गाउँ हुँदै क्यान्जिन गुम्पा पुग्नुहुन्छ l क्यान्जिन गुम्पा भ्रमणका लागि एउटा राम्रो आधारस्थल हो। यहाँबाट क्यान्जिन री र छेर्को री वा लाङसिसा खर्क र याला पिक बेस क्याम्पमा ट्रेक गर्न सकिन्छ l यी यात्राहरू आनन्ददायी त छन् नै, साथै यसले स्थानीय समुदायलाई सहयोग पनि पुग्छ।

यो ठाउँ शुरुवाती ट्रेकरहरूका लागि एकदमै अनुकूल छ। उचाई बिस्तारै बढ्दै जान्छ, जसले गर्दा तपाईंको शरीरलाई अभ्यस्त हुन पर्याप्त समय मिल्छ। यसैले नयाँ ट्रेकरहरूका लागि यो एउटा सुरक्षित र आनन्ददायी विकल्प हो।
 

सन् २०२१ पछि आएको पर्यटक वृद्धि

लाङटाङमा अहिले पर्यटकको चहलपहल छ । सन् २०२१ मा यहाँ करिब १३,७८० पर्यटकहरु थिए भने, सन् २०२३ मा यो संख्या बढेर ३१,०५५ पुगेको छ l तीन वर्षमै पर्यटक संख्या दुई गुणले बढेको छ l यहाँ अत्यधिक नेपाली पर्यटकहरु पुग्छन l अहिले विदेशी पदयात्रीहरू पनि आउन थालेका छन् l पर्यटनको अवस्था फेरिँदै छ ।

हरेक वर्ष यहाँ कति पर्यटक आए, यो तालिकामा प्रस्तुत गरिएको छ l  ​ 

वर्ष
नेपाली
सार्क
विदेशी
जम्मा
२०२११२,८५११०९८२०१३,७८०
२०२२१७,८६४३८५६,२३२२४,४८१
२०२३२३,४१०३११७,३३४३१,०५५
२०२४*७,११८२५२४,४०६११,७७६

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१); * छ महिनाको मात्र उपलब्ध भएको l 

मुख्य कुरो:   यहाँका ग्राहकहरु दुइ खाले छन् l​ 
  • पहिलो, नेपाली पर्यटक — यी खाले पर्यटकहरु वर्षभरि आउने हुन् l जम्मा पर्यटकको करिब ७२% यिनै हुन् l
  • दोस्रो, विदेशी पर्यटक — यी खाले पर्यटकहरु कम छन्, तर हरेक वर्ष बढ्ने क्रममा छन् l
दुवै खाले पर्यटकको वृद्धि उल्लेख्य देखिदै छ l यसर्थ, दुवैलाई ध्यानमा राखेर आफ्नो व्यवसायिक योजना बनाउनुहोस् । 
 

नेपाली पर्यटकहरुबारे बुझौ 

नेपाली पर्यटकहरु यहाँको सबैभन्दा भरपर्दा ग्राहक हुन्। यहाँ आउने दस मध्ये सात पर्यटक त नेपाली नै हुने हुन् l विदेशी पर्यटकको अवस्था जे जस्तो भए पनि, यहाँको व्यवसायलाई स्थिर बजार दिने भनेको नेपाली पर्यटकले नै हो l तर, नेपाली पर्यटकहरु वर्षभरि समान रूपले आउँदैनन् । यिनीहरु विशेष गारेर बिदा र चाडपर्वको बेलामा यहाँ आउने गर्दछन् l 

दशैँ-तिहार र नेपाली नयाँ वर्षमा यहाँ नेपालीहरुको ठूलो चहलपहल हुन्छ l यी समयमा विशेष छुट वा समूहमा आउनेलाई छुटै प्याकेजको व्यवस्था गरेर धेरै भन्दा धेरै नेपाली पर्यटकहरुलाई यहाँले आफ्नो व्यवसायमा आकर्षित गर्न सक्नुहुन्छ l

मासिक नेपाली पर्यटक संख्या, २०२३

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)

चुरो कुरो:  ग्राहक कुर्ने मात्र होइन, बिदा र चाडपर्व आउनु अघि नै नेपाली पर्यटकलाई लक्षित गरेर प्रचारप्रसार गर्नुहोस् l उनीहरूका लागि सरल र आकर्षक अफरहरू तयार गर्नुहोस् ।

थप अवसर: विदेशी पर्यटक

विदेशी पर्यटकहरू छोटो तर व्यस्त दुई सिजममा मात्र यहाँ आउँछन् । उनीहरु अक्सरअसोज–कार्तिक र चैत्र-बैशाखमा प्रायः यहाँ आउने गर्छन् । अझ असोज र कार्तिकमा सबै भन्दा धेरै आउने गर्दछन् l जाडो र मनसुनको समयमा विदेशी पर्यटकहरु निकै कम हुन्छन्। यसको अर्थ, यहाँले विदेशीहरु मार्फत आम्दानी गर्ने सम्भावना केहि महिनाको लागि मात्र सीमित छ l

मासिक विदेशी पर्यटक संख्या, २०२३

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)

Market Differentiation: Offer upgraded, higher-margin services. This includes private rooms, hot showers, western food, good coffee, and reliable charging. This is where your largest profits will come from.  

वास्तविक यथार्थ: आम्दानी केही महिनामै केन्द्रित

यहाँको आम्दानी वर्षभरि समान रूपमा फैलिदैन l यो त, दुई छोटो तर व्यस्त सिजनमा केन्द्रित छ । सन् २०२४ को तथ्यांकले यो ढाँचा प्रस्ट देखाएको छ l

  • भाद्र-कार्तिक: १७,००० भन्दा बढी पर्यटक ।
  • चैत्र–जेठ: थप ८,४०० भन्दा बढी पर्यटक । 
यसको अर्थ, यहाँ आउने पर्यटकमध्ये ८०% भन्दा बढी पर्यटकहरु यी छ महिनामा आउँछन्। बाँकी छ महिना, मंसिर–फाल्गुण र असार–भदौमा आउने हुन् l कतिपय महिनामा त ५०० भन्दा पनि कम पर्यटकहरु हुन्छ l

मासिक कुल पर्यटक संख्या, २०२३ 

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)

यहाँको व्यवसायका लागि मुख्य निष्कर्ष:  वर्षभरि नै ठूलो खर्चसहित पूर्ण रूपमा व्यवसाय चलाउने प्रयास गर्दा आर्थिक दबाब पर्न सक्छ। यहाँको रणनीति यहाँ देखिएको “भीड र शान्त” को चक्रअनुसार परिवर्तन हुनुपर्छ l यसैले, ब्यस्त समयमा कर्मचारी, खाद्य सामग्री र प्रचारप्रसारमा ध्यान दिनुहोस् l कम पर्यटक आउने समयमा भने मर्मतसम्भार, र जति पर्यटक आएका छन् तिनलाई आकर्षित गर्न विशेष प्याकेजहरुल अफरहरू तयार गर्नुहोस् ।  

आफ्ना ग्राहकलाई बुझ्नुहोस् 

यहाँका दुई खाले ग्राहकहरु छन् l दुवै एक–अर्काभन्दा फरक छन् । राम्रो आम्दानी गर्न दुवैका लागि फरक फरक योजना बनाउनुस l​

प्रकार
दैनिक खर्च 
आउने समय
समूह आकार
बुकिंग तरिका 
नेपाली 
$२०-४०
वर्षभरि (चाडपर्वमा बढी)
ठुलो समूह
सिधै वा स्थानीय एजेन्सी
विदेशी
$४०-८०+
असोज-कार्तिक
साना समूह/एक्ला-एक्लै
काठमाडौंका एजेन्सीहरु
सार्क
$३०-५०
कार्तिक
सानो समूह
मिश्रित माध्यम
सफल रणनीति: कुनै एक खाले पर्यटकलाई मात्र नछान्नुहोस् । नेपाली पर्यटकबाट स्थिर आम्दानी बनाई राख्नुहोस् l विदेशी पदयात्रीबाट नाफा कमाउने रणनीति बनाउनुहोस् l

सफल व्यवसायका लागि केहि अवसरहरू

तथ्यांकले देखाउँछ कि लाङटाङ अहिले व्यस्त छ l अझै व्यस्त हुदै जानेछ l अधिकांश पर्यटकहरु दुई छोटो सिजनमा यहाँ आउने गर्दछन् l सफल व्यवसायीहरूले यही ढाँचालाई आफु अनुकुल बनाएर फाइदा लिन्छन l

  • क्यान्जिन गोम्पामा प्रिमियम सुविधा विस्तार: कोठामा जोडिएको बाथरुम, सफा कोठा, र भरपर्दो सोलार सहितको सुविधा विस्तार गर्नुहोस्। कफी र बेकरी सामान पाइने सानो, भोजन कक्ष बनाउनुहोस्। यस्ता सानो सुधारहरुले पनि राम्रो नाफा दिन्छ l 
  • एकदिने पदयात्राको कार्यक्रम: क्यान्जिनबाट लाङसिसा खर्क हुँदै याला पिक बेस क्याम्पमा पदयात्राको कार्यक्रम राख्नुहोस् l सो समयमा फोटोग्राफी/पक्षी अवलोकनका कार्यक्रम पनि राख्नुस l
  • स्याब्रुबेसीमा पर्यटकहरुलाई चाहिने उपकरणहरुको उपलब्धता:  ट्रेकिङ पोल, स्लीपिङ ब्याग, डाउन ज्याकेटजस्ता उपकरणहरु भाडा राख्नुहोस l साधारण मर्मत सेवा पनि उपलब्ध गराउनुहोस् ।
  • चाडपर्व विशेष प्याकेज: नेपाली पर्यटकहरुलाई लक्षित गरेर यातायात, खाना र बसोबास समेटिएको “चाडपर्व प्याकेज” ल्याउनुहोस् l ठूला बिदा अघि स्थानीय फेसबुक पेजहरु मार्फत यी प्याकेजको प्रचारप्रसार गर्नुहोस् ।
  • भरपर्दो यातायात सेवा: भरपर्दा जिप/बस सञ्चालकसँग साझेदारी गर्नुहोस्। विशेषगरी अनलाइन बुकिङ गर्ने विदेशी पर्यटकका लागि “ट्रेक र यातायात” प्याकेज ल्याउनुहोस् l
  • ठूलो होटेल निर्माण:  यहाँको पर्यटकीय सिजन एकदम छोटो छ । यसर्थ, ठूलो होटेल बनाउँदा ऋण, कर्मचारी खर्च र मर्मतसम्भारजस्ता स्थायी खर्च धेरै हुन् जान्छन, जुन यहाले ६–७ महिनामै उठाउन सक्नुपर्छ l
  • लक्जरी क्याम्प:  लाङटाङमा “ग्ल्याम्पिङ” को माग सानो छ l पूर्ण रुपमा परीक्षण पनि भैसकेको छैन l यहाँ आउने धेरै विदेशी पदयात्रीले प्राकृतिक अनुभव खोज्ने हुन् l अत्यधिक विलासिता होइन। यसर्थ, लक्जरी क्याम्पको खर्च निकै धेरै हुन जान्छ l
  • मध्य पदमार्गमा छुट्टै रेस्टुरेन्ट:  धेरैजसो पर्यटकहरु एकै टी–हाउसमा खाने र बस्ने गर्छन् । यसर्थ, छुट्टै रेस्टुरेन्टले केही घण्टा मात्रै हिड्ने पदमार्गीलाई सेवा दिने हो l प्रायः यस्तो खाले व्यवसाय दिगो हुदैन l
  • भब्य हस्तकला पसल:  पदयात्रीहरु हलुका रुपमा हिँड्छन् l यसर्थ, ठूलो उपहार र हस्तकला किनेर राख्ने स्थान पनि उनीहरुसंग हुदैन l धेरै स्टक राख्नुपर्ने ठूलो पसललाई कतिपय अवस्थामा आफ्ना सामानहरु बिक्रीवितरण गर्न गाह्रो पर्न सक्छ ।
  • सार्क पर्यटकमै मात्र निर्भरता:  सार्कका पर्यटक संख्या बढी रहेको भए पनि यो अझै सानो छ l प्रायः सार्क पर्यटकहरु मंगसिरमा मात्र आउने हुन् l यसैले, यो समूहमा मात्र निर्भर हुनु जोखिमपूर्ण छ l
  • वर्षभरि ठूलो कर्मचारी टोली राख्नु:  वर्षभरि आउने पर्यटकहरुमध्ये ८५% पर्यटकहरु सात महिना भित्र आउँछन्। व्यवसायमा ठुलो कर्मचारी टोली बनाउँदा बाँकी पाँच महिनामा त्यो टोलीलाई पाल्नु पर्दा नाफा घट्छ ।
  • छिट्टै बिग्रिने आयातित खानासहितको विशेष मेनु:  खाद्य आपूर्ति प्रायः छोटो समयको लागि मात्र हुन्छ l यसर्थ, महँगो चिज, मासु वा विदेशी फलफूलहरु कम पर्यटक आउने समयमा बिक्री हुनुअघि नै सडेर जान सक्छ l यसले यहाँलाई घाटा पुर्‍याउँछ ।
  • टाढा र मानिसहरु कम हिडडुल गर्ने ठाउँमा आफ्नो व्यवसाय विस्तार गर्नु: मुख्य पदमार्गबाट टाढा रहेर नयाँ लज/होटेल वा अन्य सेवा सुरु गर्नु अघि पटक पटक सोच्नुहोस् l त्यहाँ पर्यटक कम पुग्छन् l निर्माण तथा आपूर्तिको खर्चले यहाँलाई पिरोल्न सक्छ l 
  • घरेलु पर्यटकका लागि अनलाइन एजेन्सीमा अत्यधिक निर्भरता:  धेरैजसो नेपाली पर्यटक सिधै वा चिनजानमार्फत बुकिङ गर्छन्। यसर्थ, नेपाली पर्यटकहरुका लागि भनेर अनलाइन एजेन्सीमा १५–२५% कमिसन तिर्नुअघि पटक पटक सोच्दा बेश हुन्छ l
  • ऋण लिएर ठूलो व्यवसाय विस्तार गर्नु: ठूलो बैंक ऋण लिएर नयाँ संरचना वा व्यवसाय विस्तार गर्नु जोखिमपूर्ण हुन्छ । बिश्वो पर्यटन, राजनीति वा अन्य घटनाक्रमले पर्यटन घट्न सक्छ । खराब सिजनमा हरेक महिना तिर्नु पर्ने किस्ताले व्यवसाय डुब्न पनि सक्छ।

तथ्यांकका आधारमा आफ्नो व्यवसायिक योजना बनाउनुहोस्

पछिल्ला चार वर्षका तथ्यांकले बलियो वृद्धिको सम्भावना देखाएको छ l सफल व्यवसायीहरूले अवसर र जोखिम दुवैलाई ध्यानमा राखेर योजना बनाउनुपर्छ l सन् २०२१ देखि २०२४ सम्मको वृद्धिले यी तीन व्यवहारिक परिदृश्यहरु देखाएको छ l

अवस्था 
प्रक्षेपित पर्यटक 
अहिलेको अवस्थामा  ~ ५३,५१६
धेरै आए भने ~ ६३,३८९
कम आए भने  ~ ४३,६४३

नोट: ८०% को बिश्वास अन्तराल

महत्वपूर्ण जानकारी:  यी संख्यालाई आफ्नो योजना बनाउने आधारको रुपमा प्रयोग गर्नुहोस्, तर यो संख्यामा पूर्ण रुपमा भर नपर्नुहोस l विविधि अर्थ-, भूगोल- नीति र स्थानीय घटनाक्रमले यो संख्या तलमाथि पर्न सक्छ l  

लाङटाङमा सफलताको सूत्र

  • दुवै खाले पर्यटकहरुलाई सेवा दिनुहोस्: नेपाली पर्यटकहरुलाई उचित मूल्य र भरपर्दो सेवा दिनुहोस्। विदेशी पर्यटकहरुबाट भने राम्रो कोठा, तातो पानी र नेपाली कफी जस्ता सुविधाबाट अझ बढी नाफा कमाउनुहोस् ।
  • सिजनअनुसार चल्नुहोस्: फागुन–जेठ र असोज–कार्तिकमा पूरा तयारीसाथ काम गर्नुहोस् । अन्य महिनामा मर्मतसम्भार, तालिम, र ब्यस्त महिनामा बेच्न मिल्ने स्थानीय सर-सामान बनाउनुहोस् ।
  • विश्वास कमाउनुहोस्: इमानदार बन्नुहोस् । पाहुनालाई सधै सहयोग गर्नुहोस् । विश्वास नै तपाईंको सबैभन्दा राम्रो प्रचारप्रसार हो ।
  • बिस्तारै बढ्नुहोस्: ठूला ऋण लिएर अहिले नै सेवासुविधा विस्तार नगर्नुहोस् l आफ्नै नाफाबाट सुधार गर्दै जानुहोस् l पहिलो वर्ष राम्रो र सफा कोठा, अर्को वर्ष बाथरुम सहितको कोठा l यो सहि र सुरक्षित तरिका हो ।
  • व्यक्तिगत सम्बन्ध जोड्नुहोस्:   मुस्कान, पर्यटकसंग आफ्नो कथा साटासाट, वा पर्यटकको नाम लिएर बोल्नु - यी सेवाहरु महँगो कोठाभन्दा पनि मुल्यवान हुन् । यो सेवाले गर्दा पर्यटकहरुले यहाँलाई जहिले पनि सम्झने छन् l
DHN Admin 30 जनवरी, 2026
सेयर गर्नुहोस् 
ट्याग्स
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
मकालु बरुणको पर्यटक चक्र: डाटा, मौसमी अवस्था र यात्रु/व्यवसायको लागि योजना
Data Insights