बर्दिया राष्ट्रिय निकुञ्ज नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक हो। यहाँ हरेक वर्ष नेपाली र अन्तर्राष्ट्रिय पर्यटक वन्यजन्तु, पक्षी, र प्राकृतिक सौन्दर्यको अवलोकन गर्न आउँछन्।
हाल बर्दियामा करिब ५० होटलहरू सञ्चालनमा छन्। यदि प्रत्येक होटलमा औसत १४ कोठा छ र प्रति कोठामा औसत २ जना पाहुना बस्छन् भने, कुल आवास क्षमता:
५० होटल × १४ कोठा × २ जना प्रति कोठा = १,४०० पाहुनाहरू प्रति रात
यसले देखाउँछ कि वर्तमान होटल संरचनाले १,४०० पाहुनाको कुल क्षमता मात्र धान्न सक्छ, जुन सम्भावित पर्यटक संख्या भन्दा बढी वा कम पनि हुन सक्छ।
Source: The Kathmandu Post 03/03/2025; AARP Travel Center (n.d)
यस सन्दर्भमा प्रश्न उठ्छ: के होटलहरूको संख्या र क्षमता पर्यटकको वास्तविक मागसँग मेल खान्छ, वा केवल अनुमान र आशावादको आधारमा यी होटेलहरु खोलिएका हुन् त ?
यो ब्लगमा २०२६ का लागि मासिक पर्यटक प्रक्षेपण तीन परिदृश्यमा प्रस्तुत गरिएको छ (अहिलेकै अवस्था रह्यो भने, बढी आए भने र कम आए भने) l साथै, बर्दियामा पर्यटक बस्ने प्रतिशत (५०%, ७०%, ८०%) अनुसार कति होटल आवश्यक पर्न सक्छ भन्ने अनुमान पनि गरिएको छ।
*होटलहरूले केवल पर्यटक बसाइबाट मात्र आम्दानी गर्दैनन् l उनीहरुले अन्य तरिका (जस्तै: कार्यक्रम, सम्मेलन, बैंक्वेट) बाट पनि आम्दानी गर्ने हुँदा, यी पाटाहरुलाई यसमा समावेश गरिएको छैन l

सन् २०२६ का लागि पर्यटक प्रक्षेपण: अप्रिल र अक्टोबर व्यस्त, जुन–अगष्ट सुनसान
तीनवटै परिदृश्यमा अप्रिल महिना सबैभन्दा व्यस्त रहने देखिन्छ, जहाँ अहिलेकै अवस्थामा ४,३९७ पर्यटक आउने प्रक्षेपण छ। यस्तै, अक्टोबर (४,२४१), मार्च (३,७८१) र नोभेम्बर (३,६६२) पनि उच्च पर्यटक आगमन हुने महिना हुन्।
यसको उल्टो, जुन महिनामा मात्र १७८ पर्यटक आउने प्रक्षेपण छ, जुन अप्रिलको तुलनामा ९६% कम हो। जुलाई र अगष्टमा पनि यस्तै अवस्था छ। यसले बर्दियाको पर्यटन चार/पाँच महिनामा मात्र केन्द्रित रहेको देखाउँछ, जबकि बाँकी सात/आठ महिना होटलहरू लगभग खाली रहने अवस्था छ।
महिना | पर्यटक % | अहिलेको अवस्थामा | बढी आए भने | कम आए भने |
|---|---|---|---|---|
जनवरी | ६.२३ | १,७७५ | १,८२५ | १,७३२ |
फेब्रुअरी | १०.८० | ३,०७८ | ३,१६५ | ३,००३ |
मार्च | १३.२७ | ३,७८१ | ३,८८७ | ३,६८८ |
अप्रिल | १५.४३ | ४,३९७ | ४,५२१ | ४,२८९ |
मे | ५.०३ | १,४३५ | १,४७५ | १,३९९ |
जुन | ०.६२ | १७८ | १८३ | १७३ |
जुलाई | १.४८ | ४२२ | ४३४ | ४११ |
अगष्ट | १.४६ | ४१५ | ४२७ | ४०५ |
सेप्टेम्बर | ५.७७ | १,६४४ | १,६९० | १,६०४ |
अक्टोबर | १४.८८ | ४,२४१ | ४,३६० | ४,१३७ |
नोभेम्बर | १२.८५ | ३,६६२ | ३,७६४ | ३,५७२ |
डिसेम्बर | ९.२२ | २,६२७ | २,७०२ | २,५६२ |
जम्मा | १०० | २८,५०० | २९,३०० | २७,८०० |
तिनै परिदृश्यहरुको बारेमा थप जानकारी लिन, यो लिंकमा क्लिक गर्नुहोस् l Bardiya National Park
याद गर्नुहोस्: यस प्रक्षेपणले ठाकुरद्वाराका होटल व्यवसायीहरूलाई दुई रणनीति अपनाउन सुझाव दिन्छ l
-
व्यस्त सिजन (अप्रिल, अक्टोबर–नोभेम्बर, मार्च) मा अग्रिम बुकिङ र मूल्य निर्धारणमा विशेष ध्यान दिनुपर्छ l
अत्यन्तै कम सिजन (जुन–अगस्ट) मा होटल मर्मत, कर्मचारी बिदा, स्थानीय पर्यटक लक्षित प्याकेज र कर्पोरेट कार्यक्रममार्फत व्यवसायलाई सन्तुलित राख्न सकिन्छ।
के ५० होटल आवश्यक छन्? तिनै परिदृश्यहरुको विश्लेषण
सन् २०२६ मा अहिलेकै अवस्थामा पर्यटकहरु आए भने लगभग २८,५०० जति यो ठाउँमा आउन सक्नेछन् l सबैभन्दा व्यस्त महिना अप्रिल हुने छ, जहाँ ४,३९७ पर्यटक आउने देखिन्छ। आवश्यक होटलको सङ्ख्या यी मध्ये कति प्रतिशत पर्यटक ठाकुरद्वारामा बस्छन् भन्ने कुराले निर्धारण गर्दछ।
बढी पर्यटक आएको अवस्थामा (२९,३००) र व्यस्त महिना (अप्रिल) मा यदि ८०% पर्यटकहरु ठाकुरद्वारा बसे भने पनि ९ वटा होटल मात्र आवश्यक पर्ने देखिन्छ। यो हाल सञ्चालनमा रहेको अन्दाजी ५० होटलको १८% मात्र हो।
त्यस्तै, कम पर्यटक आएको अवस्थामा (२७,८००), व्यस्त महिनामा ८०% पर्यटक ठाकुरद्वारामा बसेमा पनि ९ वटा होटल नै आवश्यक पर्छ, जुन हालका होटलको १८% हो।
सन् २०२६ मा आउने पर्यटक सङ्ख्याका लागि चाहिने होटेल सङ्ख्या
चाहिने होटेल सङ्ख्या निकालेको तरिका
अप्रिलमा आउने पर्यटक सङ्ख्या: ४,५२१ (बढी आएको अवस्थामा); दैनिक औसत पर्यटक: ४,५२१ ÷ ३० = १५१
व्यस्त दिनमा कुल पर्यटक (औसत २ रात बसाइ): १५१ × २ = ३०२
आवश्यक कोठा = (३०२ × प्रतिशत) ÷ २ जना प्रति कोठा =१२१ (८०% बसे भने)
आवश्यक होटल: आवश्यक कोठा / १४ कोठा प्रति होटल (औसत) =१२१/१४≈९
नोट: प्रति होटल औसत कोठा सङ्ख्या १४ लिइएको छ। बर्दियामा साना तथा मझौला होटल बढी भएकाले यो सङ्ख्या लिइएको हो।
महत्वपूर्ण स्पस्टिकरण: माथिको विश्लेषणले हालकै अवस्थामा ८०% पर्यटक ठाकुरद्वारा बस्दा पनि ९ वटा होटल मात्र आवश्यक पर्ने देखाउँछ। तर, यसको मतलब बाँकी ४१ वटा होटल पूरै खाली रहन्छन् भन्ने होइन। वास्तविकतामा, पर्यटकहरूले होटलको आकार, स्थान, सेवा गुणस्तर, र प्रतिष्ठाका आधारमा रोजाइ गर्छन्। कतिपय साना तर राम्रा होटल पूरै भरिन सक्छन् भने कतिपय ठूला तर कमजोर सेवा भएका होटल आधा मात्र भरिन सक्छन्। त्यसैले, बजारको यथार्थता सधैं गणितभन्दा जटिल हुन्छ।
पर्यटक आगमन पहिले जस्तो छैन l
कृष्ण प्रसाद भट्टराई: साभार गरिएको स्रोत: The Kathmandu Post 01/01/2026
होटल व्यवसाय विस्तार सन्दर्भमा: नयाँ होटल निर्माण गर्ने सोच बनाउनुभएको छ भने एक पटक दोहोर्याएर सोच्नुहोस्। तीनवटै परिदृश्यमा व्यस्त सिजन (अप्रिल) मा पनि अधिकतम ९ वटा होटल मात्र आवश्यक पर्ने देखिन्छ। अहिलेकै अन्दाजी ५० होटलले आगामी केही वर्षको माग सहजै धान्न सक्छन्।
नयाँ होटल खोल्नु भनेको पहिल्यै नै कम अकुपेन्सी रहेको बजारमा प्रतिस्पर्धा झन् कडा बनाउनु हो। बरु यसको सट्टा, होटलको स्तरोन्नति गर्नुस, गुणस्तरमा सुधार ल्याउनुस, थारू संस्कृतिमा आधारित नयाँ गतिविधिहरू थप्नुस, र पर्यटकको बसाइ अवधि हालको २ रातबाट बढाएर ४-५ रात पुर्याउने रणनीतिमा लगानी गर्नुस l यो बुद्धिमानी हुनेछ।
यी कार्यहरुले पर्यटक सङ्ख्या नबढाईकनै होटलको अकुपेन्सी दर र आम्दानी वृद्धि गर्न मद्दत गर्नेछ।
पर्यटनमा नयाँ सोच: बर्दियाले सिक्न सक्ने केही पाठहरू
नेपाल भ्रमणमा आउने कुल विदेशी पर्यटक मध्ये ०.७८% मात्र बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणमा आउने गर्छन्। यसको अर्थ, नेपाल आउने १०० मध्ये ९९ जना पर्यटक बर्दिया नआइकन फर्किन्छन्। यस्तो अवस्थामा, बर्दिया भ्रमणमा आउने पर्यटकहरूको बसाइ अवधि बढाउनु अत्यन्तै आवश्यक छ।
हरेक संरक्षण क्षेत्र र राष्ट्रिय निकुन्जमा आउने पर्यटकको हिस्साको बारेमा थाहा पाउन, यहाँ क्लिक गर्नुहोस् l Nepal Tourism
यदि हालको २ रातको बसाइलाई बढाएर ४-५ रात पुर्याउन सकियो भने, पर्यटक सङ्ख्या नबढीकनै होटलको अकुपेन्सी दर उल्लेखनीय रूपमा वृद्धि गर्न सकिन्छ। विश्वभरका पर्यटकीय गन्तव्यहरूले पर्यटकको बसाइ अवधि बढाउन विभिन्न रणनीति अपनाएका छन्, जसबाट बर्दियाले पनि धेरै कुरा सिक्न सक्छ।
बर्दियामै एउटा उत्कृष्ट उदाहरण छ - बुर्हान वाइल्डरनेस क्याम्प। संरक्षणविद् मनोज गौतमले वन्यजन्तु करिडोरमा जग्गा किनेर क्यासिनो होटल बनाउने योजना विफल पार्दै यो क्याम्प स्थापना गरेका हुन्। टाइम म्यागजिनले सन् २०२४ को विश्वका ५० उत्कृष्ट स्थलहरूमा सूचीकृत गरेको यो क्याम्पले पर्यटकलाई अद्वितीय अनुभव दिन्छ l
कर्णाली नदीको दुई किनारबीचको प्रायद्वीपमा रहेको यो क्याम्पमा बस्दा पर्यटकहरूले निकुञ्ज नपसीकनै जंगली हात्ती, गैंडा, बाघ र स्वाम्प डियरको अवलोकन गर्न सक्छन् ।
https://time.com/collections/worlds-greatest-places-2024/6992266/burhan-wilderness-camps/
यहाँको सफलताको मुख्य रहस्य के हो भने - क्याम्प पर्यटक आउँदा मात्र तयार पारिन्छ, सोलार एयर कन्डिसन भएको एउटा ट्रीहाउस बाहेक अरु संरचना अस्थायी हुन्छन्। यसले वन्यजन्तुको आहारा क्षेत्रमा अवरोध पुर्याउँदैन।
-
स्थानीय थारू समुदायलाई रोजगारी दिने, जैविक खाना खुवाउने, र मानव-बाघ द्वन्द्व न्यूनीकरणका उपाय सिकाउने गरेको छ ।
-
पर्यटकहरू यहाँ तीन रात बसे बाघ देख्ने सम्भावना प्रबल हुन्छ, र नदेखिए पनि रातभरि गर्जन सुन्न पाइन्छ - यस्तो अभियानले पर्यटकलाई लामो समय बस्न प्रोत्साहित गर्छ । बर्दियाका अन्य होटलहरूले पनि यस्तै 'उच्च-मूल्य, न्यून-प्रभाव' मोडेल अपनाउन सक्छन्।
बर्दियाकै अर्को प्रेरणादायी पाठ हो - सामुदायिक एन्टी-पोचिङ युनिट (CBAPU)। हेमन्त आचार्यको नेतृत्वमा रहेको यो समूहले बफरजोन क्षेत्रमा करिब २,००० स्वयंसेवकहरू मार्फत वन्यजन्तु संरक्षणमा काम गरिरहेको छ।
उनीहरूले क्यामेरा ट्र्याप, स्मार्टफोन र पुरानो कम्प्युटर प्रयोग गरेर वन्यजन्तु र मानव गतिविधि निगरानी गर्छन्। उनीहरूको अध्ययनले देखाएको छ - बाघ, चितुवा, हात्ती र मानिसहरू एउटै बाटो प्रयोग गर्छन्, कहिलेकाँही केही मिनेटको मात्र फरकमा एकअर्कालाई छल्छन् ।
https://www.forbes.com/sites/joesills/2024/07/28/camping-with-tigers-brings-curious-travelers-to-bardiya-in-nepal/
ठाकुरद्वारा होटलहरूले पर्यटकहरुलाई CBAPU सँग जोड्न सक्छन्।
-
पर्यटकहरूलाई एक दिन क्यामेरा ट्र्याप जाँच्न, वन्यजन्तुको पाइलाबाट प्रजाति पहिचान गर्न, वा स्थानीय समुदायलाई द्वन्द न्यूनीकरणका उपाय सिकाउने गतिविधिमा सहभागी गराउन सकिन्छ।
केन्याको मसाई मारा राष्ट्रिय रिजर्भले पर्यटकको बसाइ अवधि बढाउन सफल उदाहरण प्रस्तुत गरेको छ। यहाँ वन्यजन्तु अवलोकन मात्र नभएर मसाई समुदायको संस्कृति, गाँउ भ्रमण, हस्तकला कार्यशाला, र परम्परागत नाचगानलाई पर्यटकीय प्याकेजमा समावेश गरिएको छ।
पर्यटकहरूले मसाई योद्धाहरूसँग भाला चलाउने सीप सिक्न, स्थानीय बजारमा घुम्न, र रात्रिकालीन क्याम्प फायरमा कथा सुन्न पाउँछन्। यसले एक दिनको भ्रमणलाई ३-४ दिनको अनुभवमा बदलेको छ।
Similarly, Costa Rica has developed a highly successful eco-tourism model. Tourists do not visit only for wildlife; they also:
Source: https://samsonsafaris.com/experience/maasai-cultural-tour/
कर्णाली नदीमा डल्फिन अवलोकन र बोटिङ: बर्दियाको करिडोर क्षेत्र र दौलतपुर घाटमा डल्फिन अवलोकन पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
कृष्णसार संरक्षण क्षेत्र: ठाकुरबाबा नगरपालिकामा रहेको कृष्णसार संरक्षण क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिन्छ ।
पंक्षी अवलोकन: बर्दियामा ५१३ प्रजातिका बसाइँसराइ गर्ने पन्छीहरू पाइन्छन् , जसलाई पन्छी अवलोकन टावर निर्माण गरेर पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन सकिन्छ।
रात्रिकालीन जंगल सफारी: चितवनमा जस्तै बर्दियामा पनि रात्रिकालीन सफारी सञ्चालनको सम्भावना छ।