Follow us
नेपालमा अष्ट्रेलियाली पर्यटक: प्रवृत्ति, अवसर र रणनीति २०२६
Data Insight

अष्ट्रेलियन पर्यटकः नयाँ आर्थिक अवसर

नेपालका लागि अष्ट्रेलियन पर्यटकहरू अब केवल "विदेशी आगन्तुक" मात्र रहेनन् l उनीहरू त धेरै खर्च गर्ने, लामो समय बस्ने, र साहसिक अनुभवको खोजीमा रहने महत्वपूर्ण पर्यटन बजारको रूपमा विकसित हुँदैछन्। विशेषगरी ट्रेकिङ, हिमाल अवलोकन, प्रकृतिमा आधारित यात्रा, र सांस्कृतिक अनुभवप्रति उनीहरूको आकर्षण निरन्तर बढ्दै गइरहेको छ।

हालका वर्षहरूमा उनीहरूको यात्रा प्रवृत्ति, नेपालमा बसाइको स्वरूप, र साहसिक गन्तव्यहरूप्रति बढ्दो चासोले नेपालको पर्यटन क्षेत्रका लागि नयाँ अवसर र नयाँ चुनौती दुवैलाई संकेत गर्दछ।

यो ब्लगले नेपाल भ्रमण गर्ने अष्ट्रेलियन पर्यटकहरूको यात्रा प्रवृत्ति, २०२६ को सम्भावित प्रक्षेपण, र अष्ट्रेलियन पर्यटन बजारसम्बन्धी अन्य सान्दर्भिक जानकारीहरूको चर्चा गर्दछ।

अष्ट्रेलियन पर्यटन: निरन्तर वृद्धि र २०२६ का सकारात्मक संकेत

सन् २०२२ देखि २०२५ सम्म नेपालमा अष्ट्रेलियन पर्यटक आगमन लगातार बढिरहेको देखिन्छ।

  • २०२२: २६,८९४
  • २०२३: ३८,७९९
  • २०२४: ४३,९८०
  • २०२५: ४९,३५७

हरेक वर्षको सङ्ख्या हेर्दा, सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अझै पनि अष्ट्रेलियन पर्यटकहरुको मुख्य पर्यटन सिजन बनेको छ। तर जनवरी–अप्रिल अवधिमा पनि उनीहरुको तीव्र वृद्धि देखिन थालेको छ।

वर्ष
जनवरी-अप्रिल
मे-अगष्ट
सेप्टेम्बर-डिसेम्बर
जम्मा
२०२२
६,४६३
५,४५८
 १४,९७३
 २६,८९४
२०२३
१३,८७३
६,२७२
 १८,६५४
 ३८,७९९
२०२४
 १४,८५२
७,४४७
 २१,६८१
 ४३,९८०
२०२५
 १७,५८५
८,३९८
 २३,३७४
 ४९,३५७
२०२६*
१६,५५५



स्रोत:  Nepal Tourism Board (2022-2026)

👉 अष्ट्रेलियन बजार अब नेपालका लागि “High-Value Tourism Market” का रूपमा उदाउँदैछ। त्यसैले नेपालले अब केवल “पर्यटक संख्या” बढाउने होइन, “प्रति पर्यटक आम्दानी” बढाउने रणनीति अपनाउनुपर्छ।

विशेषगरी, यस्ता खाले प्याकेजहरू विकास गर्नु आवश्यक देखिन्छ:
  • ट्रेकिङ
  • वेलनेस पर्यटन
  • लामो बसाइ कार्यक्रम
  • साहसिक खेल
  • प्रिमियम सांस्कृतिक अनुभव

पहिलो ६ महिना: पूर्व-सिजनमै तीव्र वृद्धि

सन् २०२२–२०२६ बीच जनवरीदेखि जुनसम्मको तथ्यांकले अष्ट्रेलियन बजार तीव्र विस्तारमा रहेको देखाउँछ।

  • जनवरी २०२२ -- १,२३१ पर्यटक; जनवरी २०२६ -- ४,९५७ ।
  • फेब्रुअरी, मार्च, र अप्रिल महिनामा पनि निरन्तर वृद्धि । अप्रिल २०२६ - ५,३२७ आगमन ।
  • जनवरीमा भएको तीव्र वृद्धिले “New Year Holiday Market” लाई पनि अवसरको रूपमा देखाएको छ।
महिना
२०२२
२०२३
२०२४
२०२५
२०२६
जनवरी
१,२१३
३,४४१
३,४२१
४,३०१
४,९५७
फेब्रुअरी
१,०५३
२,९६९
२,९७६
३,७३७
१,४२६
मार्च
१,४५०
३,६३५
४,३४५
४,२२८
४,८४५
अप्रिल
२,७४७
३,८२८
४,११०
५,३१९
५,३२७
मे
१,६१८
२,१८४
२,१९४
२,६७९

जुन
१,४८२
१,६३९
१,५८९
१,८३१

स्रोत:  Nepal Tourism Board (2022-2026)

👉 पहिले “अफ-सिजन” मानिने समयमै माग बढ्नु नेपालको पर्यटन अर्थतन्त्रका लागि सकारात्मक संकेत हो।

जुलाई–डिसेम्बर: स्पष्ट मौसमी प्रभाव

जुलाई र अगस्ट महिनामा तुलनात्मक रूपमा कम अष्ट्रेलियन पर्यटकहरु नेपाल आउने गर्छन्। तर सेप्टेम्बरदेखि भने उनीहरु यहाँ आउने सङ्ख्या बढ्न थाल्छ।

  • विशेषगरी ट्रेकिङ सिजन, प्रस्ट सँग हिमाल अवलोकन गर्न सकिने अवस्था, रमाइलो मौसम र यो समयमा नेपाली चाडपर्व पर्ने हुँदा सेप्टेम्बर र त्यसपछिका अवधिहरु आकर्षक बनेका हुन् ।
महिना
२०२२
२०२३
२०२४
२०२५
२०२६
जुलाई
१,१४८
१,१०२
१,९०१
१,६६५

अगष्ट
१,२१०
१,३४७
१,७६३
२,२२३

सेप्टेम्बर
४,३७०
३,६८५
५,०३८
६,८२४

अक्टोबर
३,९४६
६,०७५
६,९२९
६,१७७

नोभेम्बर
३,३७५
५,०६०
४,८२९
५,३९३

डिसेम्बर
३,२८२
३,८३४
४,८८५
४,९८०

स्रोत:  Nepal Tourism Board (2022-2025)

👉जुलाई–अगस्टलाई “Advance Booking Season” को रूपमा र सेप्टेम्बर–नोभेम्बरको अवधिलाई “Core Australian Market Season” का रूपमा प्रयोग गर्न सकिन्छ।

यो अवधिमा, निम्नलिखित उच्च मूल्यका प्याकेजहरू विकास गर्ने बारे सोच्न सकिन्छ:
  • प्रिमियम ट्रेकिङ
  • हेलिकप्टर टुर
  • लक्जरी एडभेन्चर
  • वेलनेस रिट्रिट
  • फोटो पर्यटन

भक्तपुर: सांस्कृतिक पर्यटनमा बढ्दो आकर्षण

सन् २०२१/२२ मा भक्तपुर भ्रमण गर्ने अष्ट्रेलियन पर्यटक संख्या ३,९३० थियो। सन् २०२४/२५ मा यो संख्या ४,९६८ पुगेको छ।

  • यसले देखाउँछ कि अष्ट्रेलियन पर्यटकहरू केवल हिमाल होइन, सांस्कृतिक अनुभवतर्फ पनि आकर्षित भइरहेका छन्।

👉 भक्तपुरलाई “Heritage-Immersive Destination” का रूपमा ब्रान्ड गर्न सकिन्छ।

भक्तपुर घुम्न आउने अष्ट्रेलियाली पर्यटक सङ्ख्या

स्रोत:  Nepal Tourism Board (2022-2026)

विशेषगरी, यी र यस्ता प्रभावकारी विकल्पबारे सोच्ने कि:
  • नेवारी खानेकुरोको अनुभव
  • हेरिटेज सन्ध्याकालीन पदयात्रा
  • हस्तकला कार्यशालाहरु
  • फोटोग्राफी टुर्स

अष्ट्रेलियन महिला पर्वतारोही: बढ्दो सहभागिता​

  • सन् २०२३ मा: पुरुष: ६१; महिला: १७
  • सन् २०२४ मा: पुरुष: ५५; महिला: २४

👉 महिला सहभागिता मात्र होइन, सफल आरोहण दर पनि बढेको देखिन्छ।

अस्ट्रेलियाली पर्वतारोहीहरूको लैङ्गिक वितरण

स्रोत:  Nepal Tourism Board (2022-2026)

👉 नेपालले अब: विशेष कार्यक्रम विकास गर्न तिर पो लाग्ने हो कि l यसो गर्दा अष्ट्रेलियन बजारमा “सुरक्षा + समाबेशीता + सशक्तिकरण” को संदेशले निकै प्रभावकारी मार्केटिङ भूमिका खेल्न सक्छ ।

सम्भावित कार्यक्रमहरुमा:
  • महिला नेतृत्वसहितको पर्वतारोहण
  • महिला सम्मिलित साहसिक प्याकेजहरु
  • सुरक्षित ट्रेकिंग कार्यक्रमहरु
  • महिला गाइड संजालहरु

सन् २०२६ का लागि सम्भावित प्रक्षेपण

विगतको संख्या र मौसमी ढाँचाका आधारमा सन् २०२६ मा अष्ट्रेलियन पर्यटक आगमन अझै बढ्ने अनुमान गरिएको छ।

अवस्थाहरु
प्रक्षेपित पर्यटक
अहिलेको अवस्थामा
~ ५४,७००
बढी आए भने
~५९,९००
कम आए भने
~ ४९,४००

नोट:  ८०% विश्वास अन्तराल l

👉 वृद्धि जारी रहने सम्भावना छ, तर अब बजार “स्थिर र व्यवस्थित विस्तार” को चरणमा प्रवेश गर्दैछ। 

ध्यान दिनुपर्ने:
  • डिजिटल मार्केटिङ ​
  • गुणस्तरीय सेवा
  • प्रिमियम अनुभव
  • सुरक्षित साहसिक पर्यटन
  • दोहोरिने पर्यटक (repeat visitors)

नेपालमा अष्ट्रेलियन पर्यटनका मुख्य निष्कर्ष

  • अष्ट्रेलियन पर्यटन निरन्तर विस्तार भइरहेको छ, र २०२६ मा नयाँ रेकर्ड बन्ने सम्भावना देखिएको छ।
  • सेप्टेम्बर–नोभेम्बर अझै मुख्य सिजन रहे पनि जनवरी–अप्रिल अवधिमा पनि आगमन तीव्र रूपमा बढिरहेको छ।
  • साहसिक पर्यटन, ट्रेकिङ, र प्रकृतिमा आधारित अनुभव अष्ट्रेलियन बजारका प्रमुख आकर्षण बनेका छन्।
  • भक्तपुरजस्ता सांस्कृतिक गन्तव्यहरूमा पनि अष्ट्रेलियन पर्यटकहरूको रुचि बढ्दै गएको छ।
  • पर्यटनको लाभ केही सीमित गन्तव्यमा केन्द्रित भइरहेका कारण नयाँ क्षेत्र र स्थानीय व्यवसायलाई पर्यटनसँग जोड्ने आवश्यकता बढेको छ।

अष्ट्रेलियन पर्यटन र व्यवसायिक अवसरहरू

तथ्यांकले एउटा कुरा स्पष्ट देखाउँछ - अष्ट्रेलियन पर्यटकहरूको संख्या मात्र बढिरहेको छैन, उनीहरूको यात्रा ढाँचाले नेपालका लागि नयाँ आर्थिक अवसर सिर्जना गरिरहेको छ।

  • ट्रेकिङ सिजनमा उच्च उपस्थिति, साहसिक पर्यटनप्रति आकर्षण, सांस्कृतिक गन्तव्यहरूमा बढ्दो रुचि, र प्रिमियम यात्रा अनुभवको माग।

👉 यी प्रवृत्तिहरूले स्थानीय उत्पादन, आतिथ्य, र प्रकृतिमा आधारित व्यवसायहरूका लागि नयाँ बजार उपलब्ध गराइरहेका छन्। यी सब पर्यटन प्रवृत्तिहरूलाई हेर्दा तलका व्यवसायहरूलाई अष्ट्रेलियन पर्यटनसँग प्रत्यक्ष रूपमा जोड्न सकिन्छ।

केराको धुलो: ट्रेकिङ पर्यटनसँग जोडिएको ऊर्जा व्यवसाय

लामो दूरीको पदयात्रा गर्ने पर्यटकहरूलाई हलुका, सजिलै बोक्न सकिने, र ऊर्जा दिने खाद्य पदार्थ आवश्यक पर्छ।

  • अवसरहरू: पदमार्गका चियापसल, हिमाली खाद्य प्रणाली, पर्यटक होटल, र साहसिक यात्राका खाद्य सामग्री।

👉 केराको धुलो व्यवसाय: नेपालमा कृषिबाट आम्दानी बढाउने नयाँ अवसर।

गाईको गोबरबाट धूप: सांस्कृतिक पर्यटनको उत्पादन

भक्तपुर, बौद्धनाथ, स्वयम्भू, र अन्य मठमन्दिर क्षेत्रमा आउने पर्यटकहरू सांस्कृतिक तथा आध्यात्मिक सामग्रीतर्फ आकर्षित हुन्छन्।

  • अवसरहरू:  स्मरणिका (souvenir) पसल, योग तथा ध्यान केन्द्र, सांस्कृतिक बजार, र पर्यटक होटल।

👉  फोहोरबाट धन: नेपाली गाईको गोबरको धूप कसरी हरियो सुन बन्दैछ।

दुना टपरी: पर्यावरणमैत्री पर्यटन अनुभव

प्रकृतिमैत्री पर्यटन बढ्दै जाँदा प्लास्टिकको विकल्प खोज्ने प्रवृत्ति पनि बढिरहेको छ।

  • अवसरहरू: जंगल रिसोर्ट, स्थानीय भोजनालय, चियाघर, र पर्यटक केन्द्रित रेष्टुरेन्ट।

👉  दुना टपरी: बजार, लगानी र निर्यात सम्भावना।

सिस्नोको धुलो: हिमाली स्वास्थ्य उत्पादन

प्राकृतिक र स्थानीय खाद्य पदार्थप्रति आकर्षण बढ्दै जाँदा सिस्नोलाई स्वास्थ्य-उन्मुख उत्पादनको रूपमा विकास गर्न सकिन्छ।

  • अवसरहरू: जडीबुटी चिया, स्वास्थ्य भोजन, हिमाली क्याफे, र पदयात्राका लागि भोजन।

👉  सिस्नोको धुलो व्यवसाय: झारबाट स्वास्थ्य र आम्दानीसम्म।

नेपाली अचार: घर फर्कँदा लैजाने स्थानीय स्वाद

नेपालमा लामो समय बस्ने पर्यटकहरू स्थानीय खानासँग बढी परिचित हुने भएकाले प्याक गरिएको नेपाली अचारको सम्भावना बढ्न सक्छ।

  • अवसरहरू: विमानस्थल पसल, स्मरणिका (souvenir) बजार, पर्यटक क्षेत्र, र निर्यातमुखी खाद्य पसल।

👉  नेपाली अचार: स्थानीय स्वादबाट अन्तर्राष्ट्रिय बजारसम्म।


👉 अष्ट्रेलियन पर्यटन अब केवल पर्यटक संख्या मात्र रहेन । सही रणनीति अपनाउन सके पर्यटनले स्थानीय उत्पादन, कृषि, र ग्रामीण उद्योगलाई समेत नयाँ आम्दानी दिन सक्छ।

DHN Admin 1 अप्रिल, 2026
सेयर गर्नुहोस् 
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
नेपाल पर्यटन प्रतिवेदन २०२६: बदलिंदो सिजन र नयाँ अवसरहरू
Data Insight