896
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज: तथ्याङ्क, प्रवृत्ति र व्यवसायिक अवसर
Data Insights

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालको सुदूरपश्चिममा अवस्थित एक सुन्दर निकुञ्ज हो । यो काठमाडौँबाट करिब ६५० किलोमिटर टाढा पर्छ । यात्रा लामो छ, तर रमाईलो छ । यो निकुञ्ज विशाल र खुला घाँसे मैदानका लागि प्रसिद्ध छ । यसर्थ, यहाँ नेपालकै सबैभन्दा ठूलो बाह्रसिंगेको बथान देख्न सकिन्छ । भाग्यले साथ दिए बाघ पनि देखिन सक्छ । पंक्षी अवलोकन गर्नेहरुका लागि पनि यो स्थान उपयुक्त छ l यस मानेमा शुक्लाफाँटा प्रकृतिसँग शान्त र विशेष अनुभव लिने स्थान हो ।

शुक्लाफाँटामा पर्यटक संख्या बढ्दो, तर विदेशी उपस्थिति न्यून

सन् २०२१ देखि २०२३ सम्मको सङ्ख्याले शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पर्यटक सङ्ख्या बढेको देखाउँदछ। यी दुई सालको बीचमा पर्यटक संख्या २,९६० बाट बढेर ४,५६१ पुगेको छ। यो वृद्धिमा नेपाली पर्यटकहरूको सङ्ख्या उल्लेख्य रहेको छ। संख्यामा भन्नुपर्दा यो समयमा नेपालीहरूको संख्या एक हजारभन्दा बढीले थपिएको छ। सन् २०२१ मा लगभग सून्य जस्तै भएको विदेशी र सार्क पर्यटकहरुको संख्या पनि बिस्तारै बढ्दैछ l तर अझै यी संख्याहरु कम नै छन् l सन् २०२३ को कुल पर्यटक सङ्ख्यामा विदेशी र सार्क पर्यटकहरुको हिस्स छ प्रतिशत मात्रै रह्यो तर वृद्धि सकारात्मक छ l

वर्ष
नेपाली
सार्क
विदेशी
जम्मा
२०२१२,९४३२,९६०
२०२२२,९८७१६२८७३,२३६
२०२३४,३१११३९१११४,५६१
२०२४*१,६१८८६७११,७७५

Source:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81); * - Only 6 months available

मुख्य कुरो:  शुक्लाफाँटा अझै विश्वले कम चिनेको गन्तव्य हो । यो कारणले गर्दा पनि यहाँ अवसर प्रशस्त छ l वन्यजन्तुमा रुचि राख्ने र भीडभाडरहित, वास्तविक प्राकृतिक अनुभव खोज्ने पर्यटक यहाँ आकर्षित हुन्छन् । विशाल घाँसे मैदान, दुर्लभ वन्यजन्तु र शान्त वातावरण नै शुक्लाफाँटाका मुख्य आकर्षण हुन् ।

विशेष प्रयास गरेर भए पनि विदेशी पर्यटकहरुमाझ भने पुग्नै पर्छ l अन्यथा, यहाँ आउने पर्यटकहरु नेपालीमै सीमित हुन्छन् । यसले संरक्षणका लागि दीगो पर्यटन आम्दानीको अवसर गुम्न सक्छ । साथै, शुक्लाफाँटाको सुन्दरता विश्वभरले देख्न सक्ने छैनन् l

नेपाली पर्यटकका लागि बैशाख र असोज प्रमुख महिना

शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा आउने नेपाली पर्यटकहरूको सङ्ख्या बलियो र स्थिर प्रकृतिको छ। सन् २०२३ मा यहाँ आएका नेपाली पर्यटकहरु विशेषगरी फाल्गुणदेखि बैशाख र असोजदेखि कार्तिकमा आएका थिए। यस्तै, साउनदेखि असोज महिनामा भने यहाँ धेरै कम नेपालीहरु आउने गर्छन l

मासिक नेपाली पर्यटक संख्या, २०२३

Source:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)

मुख्य निस्कर्ष:  नेपाली पर्यटकहरुको संख्या बढ्दै छ, र यिनीहरु यो महिनामा आउन सक्छन भन्ने केहि हद सम्म अनुमान पनि गर्न सकिन्छ l अझ भन्नु पर्दा, नेपालीहरु शुक्लाफाँटा मुख्यतया बैसाख-जेठ र असोज-मंगसिरमा आउने गर्छन l यसर्थ, व्यवसायले यहि अनुसार आफ्नो योजना बनाउनुपर्छ l ब्यस्त समयमा आम्दानी गर्ने बाटो खोल्नुपर्छ l साथै, कम पर्यटक आउने समयमा नया रणनीति ल्याउनुपर्छ l दीगो वृद्धि खोज्ने जो कोहिले हरेक महिनाका लागि फरक फरक रणनीति बनाउनु हो l 

विदेशी पर्यटकहरुको अस्थिर वृद्धि

यहाँ आउने विदेशी र सार्क पर्यटकहरूको सङ्ख्या हरेक वर्ष बढ्दैछ। सन् २०२१ मा यो सङ्ख्या १७ थियो l सन् २०२२ मा २४९ र सन् २०२३ मा यो सङ्ख्या २५० पुग्यो । यी संख्याहरु साना भएपनि हरेक वर्ष केही न केही रुपमा बढ्दैछ। विदेशी र सार्क पर्यटकहरु पनि नेपालीहरुले भ्रमण गर्ने महिनाहरु जस्तै: कार्तिक देखि पौष र फाल्गुण देखि बैशाखमा यहाँ आउने गर्छन् l

मासिक विदेशी पर्यटक संख्या, २०२३

Source:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)

बजार विविधिकरण: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विदेशी पर्यटकहरूको आगमन धेरै कम छ। अहिलेसम्मको रेकर्ड अनुसार कुनै एक महिनामा पनि विदेशी पर्यटकहरुको संख्या ५० भन्दा माथि गएको छैन । असोज-कार्तिकको समयमा अलिक पर्यटक देखिने हुन् भने जाडोको समयमा खासै पर्यटकहरु हुदैनन् l यसबाहेक, २०२३ देखि मुख्यतया भारतबाट पर्यटकहरू आउने क्रम बढेको छ l तर, अन्य विदेशी पर्यटकहरूको आगमन अनियमित छ ।

कुल पर्यटक आगमन मौसमी छ, ब्यस्त र कम ब्यस्त समय स्पष्ट छन्

शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा आउने हरेक खाले पर्यटकहरूको सङ्ख्यालाई हेर्ने हो भने यसले बलियो र स्थिर आधार देखाउँदछ। हरेक वर्ष यहाँ आउने पर्यटकहरु मूलतः वैशाख, असोज, र कार्तिक महिनालाई लक्षित गरेर आउने गर्छन् l अझ भन्नु पर्दा यी सबै खाले पर्यटकहरूले नेपाली नयाँ वर्ष र दशैं तिहार जस्ता चाडपर्वहरूलाई लक्षित गरेर यहाँ आउने गरेका छन् l यो निकुञ्जमा असारदेखि भाद्र महिनामा भने पर्यटक संख्याहरू घट्ने गरेको छ। यसले शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा कुनै महिना धेरै पर्यटकहरु र कुनै महिना थोरै पर्यटकहरु हुने अवस्था देखाएको छ l

मासिक कुल पर्यटक संख्या, २०२३ 

Source:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)

व्यवसायका लागि मुख्य कुरो: शुक्लाफाँटाको वार्षिक पर्यटन चक्र दुई भागमा बाँडिएको छ l एक, पर्यटक अत्यधिक आउने समय र दोस्रो, कम पर्यटक आउने समय । यी दुवै चरणलाई फरक तरिकाले व्यवस्थापन गर्नु जरुरी छ । वर्षभर एउटै रणनीति लागू गर्न खोज्नु भन्दा, हरेक समयको लागि छुट्टाछुट्टै योजना बनाउनु नै सफलताको आधार हो । यहि अनुसार सफल व्यवसायीले आफ्नो सञ्चालन, प्रचार–प्रसार र अन्य गतिविधिहरु गर्नुपर्छ l

सफल व्यवसायका केही सम्भावित क्षेत्रहरु

शुक्लाफाँटामा पर्यटक आगमन केहि निश्चित महिनामा मात्र हुन्छ l यहि बुझाइलाई योजनाको रुपमा अघि सारेर वर्षभरि अवसर सिर्जना गर्न सकिन्छ । यिनै अवसरका लागि गर्न सकिने र पटक पटक सोच्नुपर्ने केहि उपायहरु तल प्रस्तुत गरिएको छ ।

  • घाँसे मैदान क्याम्प अनुभव: निकुञ्जको छेउमा टेन्ट वा बस्ने अन्य कुनै व्यवस्थालाई सुधारेर सानो तर गुणस्तरीय “प्रिमियम सफारी क्याम्प” बनाउनुहोस् । आरामदायी कोठा, वन्यजन्तु हेर्न मिल्ने निजी बरन्डा र साँझका लागि भरपर्दो बत्तीको व्यवस्था गर्नुहोस् ।
  • विशेष वन्यजन्तु र पंक्षी अवलोकन: सामान्य जिप सफारीलाई छोड्नुहोस् l विहानको “बाह्रसिंगा अवलोकन”, अनुभवी गाइडसँग “बाघ खोजी”, वा पंक्षी बसाइँसराइको समयमा विशेषज्ञसहितको पंक्षी अवलोकन प्याकेजहरु ल्याउनुहोस्
  • साइकल र नेचर लज प्याकेज: निकुञ्जको गेट नजिकको लजसँग सहकार्य गरेर साइकल भाडा, प्याक लन्च र नक्सासहितको निश्चित मूल्यसहितको प्याकेज अफर दिनुहोस् । यसले शान्त वातावरणमा घाँसे मैदानको फरक अनुभूति दिन्छ ।
  • नेपाली पर्यटकका लागि विशेष प्याकेज: पौष–माघ–फागुनमा नेपाली परिवार र समूहका लागि आकर्षक छुटीको प्याकेज तयार गर्नुहोस् ।
  • यातायात र बसाइसहितको एकै प्याकेज: धनगढी वा महेन्द्रनगरका भरपर्दा सवारी चालकसँग साझेदारी गरेर “सफारी प्याकेज” दिनुहोस् । यसमा आउनेजाने यातायात, निकुञ्ज प्रवेश व्यवस्थापन र एक रातको बसाइ समेट्दा पर्यटकका झन्झट कम हुन्छन् ।
  • ठूलो होटेल निर्माण: यहाँको पर्यटकीय सिजन एकदम छोटो छ । यसर्थ, ठूलो होटेल बनाउँदा ऋण, कर्मचारी खर्च र मर्मतसम्भारजस्ता स्थायी खर्च धेरै हुन् जान्छन, जुन यहाले ६–७ महिनामै उठाउन सक्नुपर्छ l
  • लक्जरी क्याम्प: शुक्ला फन्टामा “ग्ल्याम्पिङ” को माग सानो छ l पूर्ण रुपमा परीक्षण पनि भैसकेको छैन l यहाँ आउने धेरै विदेशी पदयात्रीले प्राकृतिक अनुभव खोज्ने हुन् l अत्यधिक विलासिता होइन । यसर्थ, लक्जरी क्याम्पको खर्च निकै धेरै हुन जान्छ l
  • मध्य पदमार्गमा छुट्टै रेस्टुरेन्ट: धेरैजसो पर्यटकहरु एकै टी–हाउसमा खाने र बस्ने गर्छन् । यसर्थ, छुट्टै रेस्टुरेन्टले केही घण्टा मात्रै हिड्ने पदमार्गीलाई सेवा दिने हो l प्रायः यस्तो खाले व्यवसाय दिगो हुदैन l
  • भब्य हस्तकला पसल: पदयात्रीहरु हलुका रुपमा हिँड्छन् l यसर्थ, ठूलो उपहार र हस्तकला किनेर राख्ने स्थान पनि उनीहरुसंग हुदैन l धेरै स्टक राख्नुपर्ने ठूलो पसललाई कतिपय अवस्थामा आफ्ना सामानहरु बिक्रीवितरण गर्न गाह्रो पर्न सक्छ ।
  • विदेशी पर्यटकमै मात्र निर्भरता: विदेशी पर्यटकहरुको संख्या बढी रहेको भए पनि यो अझै सानो छ l प्रायः विदेशी पर्यटकहरु असोज-मंगसिरमा मात्र आउने हुन् l यसैले, यो समूहमा मात्र निर्भर हुनु जोखिमपूर्ण छ l
  • वर्षभर ठुलो प्रकृतिको होटेल संचालन: शुक्लाफाँटामा पर्यटक संख्या केही निश्चित महिनामै केन्द्रित हुन्छ । यसर्थ, सानो व्यवस्थापन टोली राखी ब्यस्त समयमा मात्र मौसमी गाइड र कर्मचारी प्रयोग गर्नु उपयुक्त हुन्छ ।
  • चाडै नाश हुने वस्तुहरु राख्नु:   यो क्षेत्र तुलनात्मक रुपमा टाढा भएकाले सरसामान आपूर्ति गर्न त्यति सहज छैन l यसैले, महँगो आयातित मासु, चिज वा ताजा सामग्रीमा आधारित मेनु बनाउनु जोखिमपूर्ण हुन्छ ।
  • निकुञ्जका अत्यन्त दुर्गम क्षेत्रमा सफारी विस्तार गर्नु: विशेष अनुभव दिने चाहना भए पनि कम पर्यटक पुग्ने र वातावरणीय रूपमा संवेदनशील क्षेत्रमा स्थायी संरचना बनाउनु खर्चिलो र उच्च जोखिमयुक्त हुन्छ l 
  • घरेलु पर्यटकका लागि अनलाइन एजेन्सीमा अत्यधिक निर्भरता: धेरैजसो नेपाली पर्यटकहरु सिधै वा चिनजानमार्फत बुकिङ गर्छन् । यसर्थ, नेपाली पर्यटकहरुका लागि भनेर अनलाइन एजेन्सीमा १५–२५% कमिसन तिर्नुअघि पटक पटक सोच्दा बेश हुन्छ l
  • ऋण लिएर ठूलो व्यवसाय विस्तार गर्नु: ठूलो ऋण लिएर नयाँ संरचना वा व्यवसाय विस्तार गर्नु जोखिमपूर्ण हुन्छ । बिश्वो पर्यटन, राजनीति वा अन्य घटनाक्रमले पर्यटन घट्न सक्छ । खराब सिजनमा हरेक महिना तिर्नु पर्ने किस्ताले व्यवसाय डुब्न पनि सक्छ । 

तथ्यांकका आधारमा आफ्नो व्यवसायिक योजना बनाउनुहोस्

पछिल्ला चार वर्षका तथ्यांकले शुक्लाफाँटामा पर्यटक बढ्दै गएको देखाएको छ l यसर्थ, सफल व्यवसायीले यी संख्याहरु हेरर योजना बनाउदै सम्भावित जोखिमलाई कम गर्नुपर्छ l चार वर्षको वृद्धिलाई आधार मान्ने हो भने, यो संरक्षण क्षेत्रमा सन् २०२६ का लागि प्रक्षेपित पर्यटक संख्या निम्नानुसार हुनेछ l  

अवस्था 
प्रक्षेपित पर्यटक 
अहिलेको अवस्थामा  ~ ५,३७०
धेरै आए भने ~ ६,४१०
कम आए भने  ~ ४,३३०

Note:  80% Confidence Interval

महत्वपूर्ण सूचना: यी तथ्यांकलाई पक्का नतिजा नभई योजना बनाउनका लागि आधार मात्र मान्नुपर्छ । नीति परिवर्तन, विश्व अर्थतन्त्र वा स्थानीय घटनाक्रमका कारण पर्यटन छिट्टै बदलिन सक्छ ।

शुक्लाफाँटामा सफलताको सूत्र

  • पर्यटक आउने र नआउने समय बुझेर काम गर्नुहोस्: व्यवसायलाई दुई भागमा हेर्नुहोस् । चैत्र–जेठ र असोज–मंसिर का ब्यस्त समयमा पूरापुर् सेवा दिनुहोस् । जाडो र वर्षायाममा मर्मत, सरसफाइ, कर्मचारी तालिम र पछि बेच्न मिल्ने स्थानीय सामग्री तयार गर्नुहोस् ।
  • पहिला नेपाली पर्यटक, त्यसपछि सुधार: सर्वप्रथम यहाँ आउने पर्यटकहरुको बिश्वास जित्नुहोस् l भएको नाफाबाट सानो तर स्पष्ट सुधार गर्दै लानुहोस् l तातोपानीसहितका केही राम्रा कोठाहरुको व्यवस्था गर्नुहोस् l आरामदायी साझा स्थान, वा विशेष गाइड सहितको टुरको व्यवस्था गर्नुहोस् । यसले बढी खर्च गर्ने वन्यजन्तु प्रेमी र फोटोग्राफरलाई आकर्षित गर्छ ।
  • देख्ने र सुन्ने व्यवस्था मिलाउनुहोस्:  यो वन्यजन्तुको व्यवसाय हो । गाइडलाई जनावर देखाउने र आवाज चिन्न सक्ने सीपमा दक्ष बनाउनुहोस् । पंक्षी अवलोकन, बाघ खोजी वा बाह्रसिंघे हेर्ने विशेष सफारी प्याकेज ल्याउनुहोस् । देखेको र सुनेको वन्यजन्तु अनुभव नै पर्यटकका लागि वहुमूल्य वस्तु हुन् ।
  • बैंकबाट ऋण लिएर होइन, नाफाबाट अघि बढ्नुहोस्: ठूलो ऋणको जोखिमबाट टाढा रहनुहोस् । नाफालाई बिस्तारै पुनःलगानी गर्नुहोस् l पहिलो वर्ष खानेकुरोको परिकारमा विविधता, केहि वर्षपछि राम्रो सफारी गाडी । यसले पर्यटक घटबढ हुँदा पनि यहालाई सुरक्षित बनाई राख्छ ।
  • भरोसायोग्य सम्पर्क पात्र बन्नुहोस्: टाढाको निकुञ्जमा विश्वास नै सबैथोक हो । धनगढीबाट सजिलो यातायात मिलाउने, वन्यजन्तु अवलोकनको सहि र तथ्यपरक जानकारी दिने भरोसायोग्य व्यक्ति बन्नुहोस् । पैसा तिरेर गरेको विज्ञापन भन्दा विश्वासले जितेको मन प्रभावकारी हुन्छ ।
  • यहाँको प्राकृतिक सामिप्यता बेच्नुहोस्: यो क्षेत्रको विशेषता जनावर मात्र होइन । यहाँको विशेषता त भीडभाडरहित घाँसे मैदान, खुला आकाश र शान्त वातावरणको अनुभव हो । यही वातावरणलाई आफ्नो आम्दानीको मुख्य आधार बनाउनुहोस् l यहि कुरोले नै यो संरक्षण क्षेत्र अरु ठाउँभन्दा फरक छ ।
DHN Admin 31 जनवरी, 2026
सेयर गर्नुहोस् 
ट्याग्स
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
लाङटाङ राष्ट्रिय निकुञ्ज पर्यटन अवस्था २०८२: तथ्याङ्क, प्रवृत्ति र व्यवसायिक पूर्वानुमान
Data Insights