कोशी टप्पु वन्यजन्तु आरक्षमा स्वागत छ। यो नेपालको सबैभन्दा सानो वन्यजन्तु आरक्ष हो। यो ५०० भन्दा बढी प्रजातिका चराहरूको लागि प्रसिद्ध छ। यो आरक्ष सप्त कोशी नदीमा अवस्थित छ। यो सिमसार "अर्ना" भैंसीहरूको पनि घर हो । यो आरक्ष पूर्वी नेपालमा छ। प्लेन वा गाडी यातायात दुवैबाट यो ठाउँ पुग्न निकै सजिलो छ ।

नेपाली पर्यटकहरुको बढ्दो संख्या
पछिल्लो तथ्याङ्क अनुसार, जुलाई २०२४ देखि अप्रिल २०२५ सम्म कोशी टप्पु आरक्षमा कुल ८,६९१ पर्यटक पुगेका छन् । जसमध्ये नेपाली पर्यटकको संख्या ८,४१५ रहेको छ, जुन कुल पर्यटकको करिब ९६.८% हो । यसले अझै पनि नेपाली नै यहाँको मुख्य बजार रहेको पुष्टि गर्छ ।
यसै अवधिमा सार्क पर्यटक ६६ र विदेशी पर्यटक २१० जना रहेका छन् । पहिलेको तथ्याङ्क (सन् २०२३ मा कुल १२,०१९) को तुलनामा यो अवधि पूरै वर्षको नभई १० महिनाको मात्र भए पनि, विदेशी तथा सार्क पर्यटकको संख्यामा स्थिरता देखिन्छ । तर समग्र पर्यटक संख्या घटेको देखिँदा, अबको ध्यान मौसमी प्रभाव र प्रवर्द्धनात्मक रणनीतिमा केन्द्रित हुनुपर्छ ।
वर्ष | नेपाली | सार्क | विदेशी | जम्मा |
|---|---|---|---|---|
२०२१ | ७,७४३ | ४ | २० | ७,७६७ |
२०२२ | १०,८६६ | ४० | १९६ | ११,१०२ |
२०२३ | ११,७५७ | ६५ | १९७ | १२,०१९ |
२०२४ (जुन सम्म) | ७,८५८ | ४२ | १८७ | ८,०८७ |
२०२४ जुलाई - अप्रिल २०२५* | ८,४१५ | ६६ | २१० | ८,६९१ |
स्रोत: Department of National Parks and Wildlife Conservation (2077/78-2080/81);
*MyRepublica 5/5/2025
मुख्य बुझाई: नेपाली पर्यटक नै मुख्य आधार भएकाले नेपाली भाषा, संस्कार र स्थानीय साझेदारीमा आधारित प्रचारलाई निरन्तरता दिनुहोस् । साथै, विदेशी पर्यटकको संख्या २१० पुगेको छ – जुन सन् २०२१ को तुलनामा निकै बढी हो । त्यसैले अन्तर्राष्ट्रिय अनलाइन प्लेटफर्म (जस्तै TripAdvisor, Google Ads, YouTube) मार्फत चरा अवलोकन, र्याम्प हाइकिङ र सांस्कृतिक अनुभवलाई लक्षित गर्दै अङ्ग्रेजीमा प्रचार बढाउनुहोस् । यो अवधि १० महिनाको मात्र भएकोले, अप्रिलपछिको उच्च सिजनलाई लक्षित गरी ‘कोशी टप्पु उत्सव’ जस्ता अभियान चलाउनुहोस् ।
नेपाली पर्यटनको व्यस्त र शान्त समय
पर्यटक सङ्ख्या र रणनीतिक अवसरहरु माघ, फागुन, चैत, बैशाख र पुस महिनामा नेपाली पर्यटकहरू यहाँ धेरै आउने गर्छन् । चिसो कम र घुम्न सहज हुने भएकोले पनि यो समय रोजेको हुनसक्छ l दशैँ-तिहारको बेला पनि यहाँ नेपाली पर्यटकहरु आउने गर्छन, तर साउन अनि भाद्र महिनामा भने अरु महिना भन्दा कम हुन्छन l यसले देखाउँछ कि वर्षभरिको आम्दानी केही सीमित महिनामा नै गर्नुपर्ने हुन्छ l पर्यटक कम आउने समयमा आम्दानीको अन्य विकल्प खोज्नुपर्छ l
मासिक नेपाली पर्यटक संख्या, २०२३
स्रोत: Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)
मुख्य कुरो: मनसुन अवधिका लागि छुट्टै “हरियो सिजन” पर्यटन प्याकेज विकास गर्नुहोस् । यस प्याकेजमा हरियालीले ढाकिएको जंगल अवलोकन, नदी–नालाको गडगडाहट, तथा चराचुरुङ्गीको मधुर आवाजसँगै प्राकृतिक सौन्दर्य अनुभूति गराउने कार्यक्रम समेट्नुहोस् । अफ–सिजनमा आकर्षक छुट दरको व्यवस्था गरेर नेपाली पर्यटकहरुलाई सहज रूपमा आकर्षित गर्नुहोस् । यस रणनीतिले वर्षभरि आम्दानी गर्ने बाटो खोल्छ, र ब्यस्त महिनामा मात्र भर पर्नु पर्ने अवस्थाबाट यहाँलाई टाढा राख्छ l
विदेशी पर्यटक: न्यून र अनिश्चित
सार्क तथा अन्य विदेशी पर्यटकहरूको संख्या अत्यन्त न्यून छ l यस्तै, यिनीहरुको आगमन न त भरपर्दो छ, न त नियमित नै । सन् २०२१ को तुलनामा २०२३ मा संख्यामा केही वृद्धि देखिए पनि महिनाअनुसार ठूलो उतार–चढाव कायम नै छ । धेरै महिनामा विदेशी पर्यटकहरुको आगमन शून्य नै रहन्छ, विशेषगरी पानी पर्ने महिनाहरुमा । यसर्थ, यिनीहरुको संख्या हेरेर कुनै निश्चित व्यस्त महिना अनुमान गर्न गाह्रो छ । कहिलेकाहीँ एक–दुई समूहको भ्रमण वा विशेष कार्यक्रमका कारण अस्थायी रूपमा चाप देखिन्छ। यस अवस्थाले विदेशी पर्यटकहरुको आगमन नियमित भन्दा बढी संयोगजन्य वा विशेष समूहमा आधारित छ भन्ने कुरोको जानकारी दिन्छ ।
मासिक विदेशी पर्यटक संख्या, २०२३
स्रोत: Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)
वजार विविधिकरण: विदेशी पर्यटकहरुको संख्या थोरै र अनियमित भएकोले महँगो खाले मार्केटिंग तरिका त्यत्ति प्रभावकारी हुँदैन । बरु, पंक्षी अवलोकन गराउने कम्पनी र वन्यजन्तु फोटोग्राफरसंग मिलेर विशेष प्याकेजहरु निर्माण गर्नुहोस् l यो ठाउँमा आउनै पर्ने कारण के हो त, यी दुर्लभ पंक्षीहरु किन अवलोकन गर्नु पर्छ त भन्ने कुरोको जानकारी दिनुहोस् l यस्ता जानकारीहरुले विदेशीहरु आकर्षित हुन्छन l
कुल पर्यटक आगमन: प्रस्ट मौसमी ढांचा
आरक्षमा घुम्न आउने पर्यटकहरु निश्चित महिनामा धेरै, अरुमा कम यात्रा गर्छन, याने यात्रा मौसमी छ l पौष-फाल्गुण र चैत्र-बैशाख सधै ब्यस्त हुने महिनाहरु हुन् l श्रावण-भाद्रमा पर्यटक संख्या एकाएक घट्छ l यसले यहाँको मौसमी यात्रालाई पुस्टि गर्छ l
मासिक कुल पर्यटक संख्या, २०२३
स्रोत: Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)
व्यवसायका लागि मुख्य निष्कर्ष: वर्षभरि आम्दानी स्थिर बनाउन विशेष “मनसुन म्याजिक” प्याकेज ल्याउनुहोस् । मनसुनको समयमा देखिने हरियाली, भ्यागुता–किरा अवलोकन, वा हरियो जंगलमा फोटोग्राफी टुरजस्ता फरक अनुभवलाई छुटसहित प्रस्तुत गर्नुहोस् । यसले शान्त महिनामा विशेष रुचिका पर्यटक ल्याउन मद्धत गर्छ, आम्दानी १२ महिनामा फैलिन्छ, र व्यस्त महिनामा हुने भीड पनि कम हुन्छ ।
कोशी टप्पुका लागि रणनीतिक वृद्धिका उपायहरु
कोशी टप्पुमा देखिएको पर्यटकहरुको सङ्ख्यालाई आधार मानेर, तल केहि रणनीतिक वृद्धिका अवसरहरु राखिएका छन् l अझ भन्नु पर्दा, मुख्य ध्यान नेपाली पर्यटकहरुलाई वर्षभरि यहाँ ल्याउने र सानो तर भरपर्दो अन्तर्राष्ट्रिय बजारलाई पनि विकास गर्दै लाने तिर सोच्नुपर्छ l
"मनसुन म्याजिक" प्याकेज: यो प्याकेजलाई असार–भदौको शान्त समयमा ल्याउने बारे सोच्नुहोस् l हरियालीले ढाकिएको सिमसार, उर्लँदो नदी दृश्य, चराको सक्रियता, भ्यागुता अवलोकन र पानीमै फोटो टुर गर्न सकिने गरि यो प्याकेज बनाउनुहोस् । यसले वर्षभरि आम्दानीको आधार बनाउँछ ।
"Birding Guarantee" सेवा: पंक्षी प्रेमीहरुका लागि कोशी टप्पुलाई बलियो आधार बनाउनुहोस् । पंक्षी अवलोकनको राम्रो समयमा यो सेवामार्फत विशेषज्ञ गाइड, दूरबिन भाडा, चेकलिस्ट र लजको व्यवस्था सहितको सरल प्याकेज दिनुहोस् ।
"वन्यजन्तु लक्षित" हप्ते कार्यक्रम: श्रावण-भाद्रको शान्त महिनामा वन्यजन्तु लक्षित कार्यक्रम ल्याउनुहोस् l भीड कम हुँदा, घाँसे मैदानमा जनावरहरु देखिने सम्भावना बढी हुन्छ भनेर प्रचारपसार गर्नुहोस् l "अर्ना" को जानकार दक्ष गाइड सहित एउटा जानकारीमुलक सेसन नै राख्नुहोस् ।
भरपर्दो पहुँच र अन्य साझेदारी: यातायातलाई सहज बनाउन विराटनगर वा इटहरीबाट सजिलै बुक गर्न मिल्ने "KTWR Day-Trip" बन्डल बनाउनुहोस् l यो बन्डलमा यातायात, प्रवेश परमिट, स्थानीय गाइड र खानाको व्यवस्था पनि जोड्नुहोस् । यस्ता खाले साझेदारीले नेपाली पर्यटकहरुलाई धेरै सहज बनाउदछ ।
चाडपर्व र शनिवारको प्याकेज: नेपाली पर्यटकहरुलाई लक्षित गरेर दशैं, तिहारजस्ता चाडपर्व र शनिवारका दिन परिवार र समूह लक्षित विशेष प्याकेजको प्रचारप्रसार गर्नुहोस् l पंक्षी अवलोकन, सांस्कृतिक घुमघाम र स्थानीय परिकारहरुलाई यो प्याकेजमा समावेश गर्नुहोस् ।
ठूलो नयाँ रिसोर्ट: कोशी टप्पुको मुख्य आकर्षण नै प्राकृतिक, शान्त र नजिकबाट अनुभव गर्न मिल्ने वातावरण हो । ठूलो र लक्जरी रिसोर्टले आर्थिक जोखिम बढाउँछ र वातावरणमा पनि असर पार्छ । लामो अफ–सिजन र उच्च स्थायी खर्चलाई यसले धान्न गाह्रो हुन्छ ।
ग्ल्याम्पिङ मात्रमा आधारित लक्जरी क्याम्प: यस्तो मोडेलले केही उच्चस्तरीय विदेशी फोटोग्राफर तान्न सक्छ, तर यो अत्यन्तै सानो र अनिश्चित बजार हो । यति सानो समूहमै मात्र भर पर्नु जोखिमपूर्ण हुन्छ ।
अलगै ठूला रेस्टुरेन्ट: दिउसो घुम्न आउने पर्यटकहरुमा निर्भर रेस्टुरेन्टको ग्राहक नियमित नहुन सक्छ l यस्ता पर्यटकहरु कहिले आउने र कहिले नआउने हुँदा स्थिर नाफा निकाल्न यहाँलाई गाह्रो पर्न सक्छ ।
ठूलो उपहार पसल: यहाँ आउने पर्यटकको ध्यान वन्यजन्तु, फोटोग्राफी र गाइडेड टुरमै हुन्छ । भारी र सम्झनाका सामान बेच्ने पसल उनीहरूको प्राथमिकतासँग मेल खाँदैन । व्यवहारिक सामान—जस्तै फील्ड गाइड, राम्रो चरा पोस्टर, वा स्थानीय अर्गानिक उत्पादन भए चाही सोच्दा हुन्छ ।
नेपाली पर्यटकहरुलाई बेवास्ता गर्ने कुनै पनि व्यवसाय: यो सबैभन्दा ठूलो रणनीतिक गल्ती हो । नेपाल र नजिकका भारतीय क्षेत्रबाट आउने पर्यटक ९७% भन्दा बढी छन् । पहुँच, किफायती सेवा र सांस्कृतिक जोडलाई नसमेट्ने व्यवसाय दीर्घकालमा टिक्न सक्दैन ।
सिमसार क्षेत्रमा भद्दा किसिमको पूर्वाधार विस्तार: मुख्य सिमसार र घाँसे मैदान क्षेत्रमा नयाँ र भद्दा स्थायी संरचना बनाउनु अघि पटक पटक सोच्नुहोस् । यसले चराहरूको बासस्थान र संकट उन्मुख अर्ना भैंसीलाई प्रत्यक्ष जोखिममा पार्छ ।
अस्थिर अन्तर्राष्ट्रिय पर्यटकहरुका लागि महँगो मार्केटिङमा भर: महँगो अन्तर्राष्ट्रिय विज्ञापन वा ग्लोबल बुकिङ प्लेटफर्मलाई मुख्य रणनीति अहिले नै बनाउनु अघि १० चोटी सोच्नुहोस् । विदेशी पर्यटकहरुको संख्या थोरै र अनियमित भएकाले खर्च धेरै हुन्छ, फाइदा कम ।
आयातमा निर्भर परिकार वा अन्य सरसामग्रीहरु: आयातित सामानमा भर पर्नु पर्ने परिकार वा अन्य व्यवस्थापन मोडेलबाट टाढा रहनुहोस् । यसले खर्च बढाउँछ, आपूर्ति समस्या ल्याउँछ, र स्थानीय थारु तथा मधेसी समुदायले आम्दानी गर्न सक्दैनन् l यो नहुनु भनेको कोशी टप्पुको दीगो पर्यटनका लागि चुनौती हो l
२०२६ का लागि सम्भावित परिदृश्यहरु
Based on the growth trends from 2021 to 2024, here is a forecasted tourist arrival table for Koshi Tappu Wildlife Reserve for the year 2026.
अवस्था | प्रक्षेपित पर्यटक |
|---|---|
यहि अवस्था रह्यो भने | ~ १५,४०० |
बढी आए भने | ~ १७,५०० |
कम आए भने | ~ १३,२०० |
नोट: ८०% बिश्वास अन्तराल l
महत्वपूर्ण जानकारी: यी संख्यालाई आफ्नो योजना बनाउने आधारको रुपमा प्रयोग गर्नुहोस्, तर यो संख्यामा पूर्ण रुपमा भर नपर्नुहोस l विविधि अर्थ-, भूगोल- नीति र स्थानीय घटनाक्रमले यो संख्या तलमाथि पर्न सक्छ l
कोशी टप्पुमा सफलताको सूत्र
वन्यजन्तुलाई मुख्य आकर्षक बिन्दु बनाउनुहोस्: कोशी टप्पु केवल घुम्ने पार्क होइन, संरक्षण क्षेत्र पनि हो । चरा र जंगली भैंसी “अर्ना” को सुरक्षालाई सबैभन्दा माथि राख्नुहोस् । पर्यटकहरुलाई व्यवस्थित रूपमा घुमाउनुहोस् ।
दुइ सिजनको योजना बनाउनुहोस्: यहाँ दुई सिजन छन् l असोज–चैत्र र असार-भाद्र । व्यस्त समयमा पंक्षी अवलोकन टुरलाई सबै भन्दा प्राथमिकतामा राख्नुहोस् । कम पर्यटक आउने समयमा मर्मत, गाइड तालिम, र विशेष "ग्रिन सिजन" टुर तयार गर्नुहोस् ।
होटल होइन, विशेषज्ञ बन्नुहोस्: यहाँ आउने पर्यटकहरुले पंक्षीअवलोकनलाई पहिलो प्राथमिकतामा राख्ने हुन् । यसर्थ, यो पाटोलाई बुझेर आफ्नो व्यवसायलाई अघि सार्नुहोस् l पंक्षी अवलोकनमा सबैभन्दा जानकार रहनुहोस् । सोहि अनुसार गाइडलाई तालिम दिनुहोस् l चराको बसाईसराई र अर्ना केन्द्रित विशेष टुर दिनुहोस् ।
समुदायलाई पनि आफु संगै अघि बढाउनुहोस्: आफ्नो कमाइको केहि भाग स्थानीय क्षेत्रमा पनि लगानी गर्नुहोस् । वरपरका होमस्टेलाई पनि सहयोग गर्नुहोस् । स्थानीय सामग्री गाउँबाट नै किन्नुहोस् l सबैले प्रयोग गर्न मिल्ने सुविधामा सुधार ल्याउन मद्धत गर्नुहोस् । यहाँको पर्यटनले स्थानीयहरुई बिशेष सहयोग पुर्याउनुपर्छ ।
यात्रालाई सहज र कम झन्झटिलो बनाउनुहोस्: चराप्रेमी पर्यटकहरु प्रकृतिसंग नजिक हुन् चाहन्छन l यसैले, यात्रालाई सहज र कम झन्झटिलो बनाउने उपाय सोच्नुहोस् । नजिकका सहरबाट सजिलै बुक गर्न मिल्ने गरीको प्याकेज ल्याउनुहोस् l सो प्याकेजमा यातायात, प्रवेश परमिट, राम्रो गाइड, र बस्ने खाने सुविधा सबै जोड्नुहोस् ।
नेपाली पर्यटकहरुको सम्मान गर्नुहोस्: यहाँ आउने अधिकांश पर्यटकहरु नेपाली नै हुन् । उनीहरू नै यहाँको सबैभन्दा महत्वपूर्ण बजार हो । शनिवार र दशैंजस्ता बिदामा विशेष अफर बनाउनुहोस् । परिवार र विद्यार्थीलाई आकर्षित गर्नुहोस् । यो राष्ट्रिय सम्पदाप्रति गर्व गराउने सेवा सेवा दिनुहोस् ।
बिचार गर्नुहोस्:जबसम्म धर्ममा आस्था रहन्छ, तबसम्म धुपको माग रहीरहन्छ। गोबरबाट पनि धुप बनाउन सकिन्छ - यो पनि हेरौं !