अष्ट्रेलियाली पर्यटकहरू नेपालका लागि धेरै खर्च गर्ने, साहसिक गतिविधिमा रुचि राख्ने र लामो बसाइ गर्ने महत्वपूर्ण बजारका रूपमा स्थापित भइरहेका छन्। पछिल्ला वर्षहरूमा उनीहरूको यात्रा तालिका, भ्रमणको बदलिदो आयाम, र साहसिक तथा प्रकृतिमुखी गन्तव्यप्रति आकर्षणले नेपालका पर्यटनसंग सम्बन्धित जो कोहीलाई नयाँ अवसर र चुनौतीको संकेत दिएको छ। यस ब्लगमा अष्ट्रेलियाली पर्यटकहरूको नेपाल भ्रमण तालिका, आगामी वर्षहरूमा अपेक्षित आगमनको परिदृश्य, तथा अष्ट्रेलियाली बजार लक्षित गर्न विश्वका अन्य देशहरूले अपनाएका सफल अभ्यासहरूको जानकारी राखिएको छ।

आगमनमा निरन्तर वृद्धि: सन् २०२६ को सुरुआती संकेत झन् सकारात्मक
सन् २०२२ देखि २०२५ सम्म नेपालमा अष्ट्रेलियाली पर्यटक आगमनमा निरन्तर र उल्लेखनीय वृद्धि देखिएको छ। सन् २०२२ मा कुल २६,८९४ रहेको सङ्ख्या सन् २०२३ मा ३८,७९९ पुगेको छ l सन् २०२४ मा ४३,९८० र सन् २०२५ मा ४९,३५७ पुगेको छ।
विशेषगरी सेप्टेम्बर–डिसेम्बर अवधिमा सबैभन्दा बढी अष्ट्रेलियाली पर्यटकहरु नेपाल आउने गर्छन। तर, जनवरी–अप्रिल अवधिमा पनि अष्ट्रेलियाली पर्यटकहरुको सङ्ख्या वर्षेनी वृद्धि भइरहेको छ। सन् २०२६ को लागि जनवरी महिनामा मात्र ४,९५७ अष्ट्रेलियाली पर्यटकहरु नेपाल आए, जुन सङ्ख्या अघिल्ला वर्षहरूको जनवरी महिनाको तुलनामा उल्लेख्य वृद्धि हो। यदि यही प्रवृत्ति कायम रह्यो भने सन् २०२६ मा पनि अष्ट्रेलियाली पर्यटकहरुले नयाँ रेकर्ड कायम गर्न सक्ने सम्भावना देखाएको छ।
वर्ष | जनवरी-अप्रिल | मे-अगष्ट | सेप्टेम्बर-डिसेम्बर | जम्मा |
|---|---|---|---|---|
२०२२ | ६,४६३ | ५,४५८ | १४,९७३ | २६,८९४ |
२०२३ | १३,८७३ | ६,२७२ | १८,६५४ | ३८,७९९ |
२०२४ | १४,८५२ | ७,४४७ | २१,६८१ | ४३,९८० |
२०२५ | १७,५८५ | ८,३९८ | २३,३७४ | ४९,३५७ |
२०२६* | ४,९५७ |
Source: Nepal Tourism Board (2022-2026)
मुख्य कुरो: अष्ट्रेलियाली बजार उच्च सम्भावना भएको ‘हाई–भ्यालु’ सेग्मेन्टका रूपमा स्थापित भइरहेको छ। विशेषगरी सेप्टेम्बर–डिसेम्बर सिजनलाई लक्षित गरी ट्रेकिङ, साहसिक खेल, वेलनेस, र लामो बसाइसंग सम्बन्धित प्याकेजहरू बनाउनु बुद्धिमानी काम होl साथै, जनवरी–अप्रिल अवधिमा पनि माग बढ्दो देखिएकाले “शोल्डर सिजन” लाई प्रोत्साहन गर्दै होटल, तथा ट्राभल एजेन्सीले स्थिर आम्दानी सुनिश्चित गर्नु पर्छ। डिजिटल मार्केटिङ, अष्ट्रेलियाली ट्राभल एक्सपोमा सहभागिता, र अष्ट्रेलियाली ट्राभल एजेन्टहरूसँग सहकार्य विस्तार गर्नु आगामी वृद्धिलाई दिगो बनाउन महत्त्वपूर्ण हुनेछ।
वर्षको पहिलो ६ महिना: अष्ट्रेलियाली पर्यटकको उत्साहजनक वृद्धि
सन् २०२२ देखि २०२५ सम्मको जनवरी–जुन अवधिको तथ्यांकले अष्ट्रेलियाली पर्यटक आगमनमा स्पष्ट वृद्धि देखाउँछ। जनवरी महिनामा सन् २०२२ मा १,२३१ रहेको संख्या सन् २०२६ मा ४,९५७ पुगेको छ। फेब्रुअरी, मार्च र अप्रिल महिनामा पनि वर्षेनी वृद्धि देखिन्छ, विशेषगरी अप्रिल सन् २०२५ मा ५,३१९ पुग्नु उल्लेखनीय हो। मे र जुन महिनामा तुलनात्मक रूपमा कम आगमन भए पनि सन् २०२२ को तुलनामा सन् २०२५ सम्म स्थिर वृद्धि देखिन्छ। समग्रमा, पहिलो छ महिनाको ट्रेन्डले अष्ट्रेलियाली बजार विस्तारको चरणमा रहेको पुष्टि गर्छ, र सन् २०२६ को प्रारम्भिक संकेतले आगामी वर्ष अझ सकारात्मक हुन सक्ने देखाउँछ।
महिना | २०२२ | २०२३ | २०२४ | २०२५ | २०२६* |
|---|---|---|---|---|---|
जनवरी | १,२१३ | ३,४४१ | ३,४२१ | ४,३०१ | ४,९५७ |
फेब्रुअरी | १,०५३ | २,९६९ | २,९७६ | ३,७३७ | |
मार्च | १,४५० | ३,६३५ | ४,३४५ | ४,२२८ | |
अप्रिल | २,७४७ | ३,८२८ | ४,११० | ५,३१९ | |
मे | १,६१८ | २,१८४ | २,१९४ | २,६७९ | |
जुन | १,४८२ | १,६३९ | १,५८९ | १,८३१ |
Source: Nepal Tourism Board (2022-2026)
यसरी पो सोच्ने कि: पहिलो छ महिनाको तथ्यांकले “प्रि–पीक सिजन” मा पनि अष्ट्रेलियाली माग बलियो बन्दै गएको संकेत गर्छ। यसले पर्यटन व्यवसायीहरूलाई वर्षभरि सेवा विस्तार गर्ने अवसर दिन्छ।
विशेषगरी मार्च–अप्रिल अवधिमा साहसिक पर्यटन, हिमाल ट्रेकिङ र सांस्कृतिक भ्रमण प्याकेजलाई लक्षित प्रचार–प्रसार गर्नुहोस्। साथै, जनवरी महिनाको तीव्र वृद्धिलाई ध्यानमा राख्दै नयाँ वर्ष तथा समर हॉलिडे अवधिलाई लक्षित विशेष अफरहरू ल्याउनुहोस्।
सन् २०२६ को जनवरीको बलियो सुरुआतले समयमै बजार रणनीति, र डिजिटल प्रमोशन सुदृढ गरिएमा अष्ट्रेलियाली बजार नेपालका लागि दीर्घकालीन उच्च आम्दानी स्रोत बन्न सक्छ भन्ने संकेत दिएको छ।
जुलाई–डिसेम्बर: अष्ट्रेलियाली पर्यटकको स्पष्ट सिजनल यात्रा तालिका
जुलाईदेखि डिसेम्बरसम्मको तथ्यांकले अष्ट्रेलियाली पर्यटक आगमनमा स्पष्ट सिजनल तालिका देखाउँछ। जुलाई र अगस्टमा तुलनात्मक रूपमा कम अष्ट्रेलियालीहरु नेपाल आउने गर्छन तर सेप्टेम्बरदेखि भने अष्ट्रेलियालीहरुको सङ्ख्या बढ्न थाल्छ।
सन् २०२२ को सेप्टेम्बर महिनामा ४,३७० अष्ट्रेलियालीहरु नेपाल आए भने सन् २०२५ मा यो सङ्ख्या ६,८२४ पुगेको छ। अक्टोबर महिनामा पनि सन् २०२३ र सन् २०२४ मा धेरै अष्ट्रेलियालीहरु नेपाल आए (६,०७५ र ६,९२९)l यो अवस्था सन् २०२५ मा ६,१७७७ मा पुगेको छ।
नोभेम्बर र डिसेम्बरमा पनि सन् २०२२ को तुलनामा सन् २०२५ सम्म निरन्तर वृद्धि देखिन्छ। यसले अष्ट्रेलियाली पर्यटकहरूको मुख्य यात्रा समय नेपाली चाडपर्व नजिक र विशेषगरी ट्रेकिङ र हिमाल दृश्यावलोकन सिजनसँग गहिरो रूपमा जोडिएको छ भन्ने संकेत दिन्छ।
महिना | २०२२ | २०२३ | २०२४ | २०२५ | २०२६* |
|---|---|---|---|---|---|
जुलाई | १,१४८ | १,१०२ | १,९०१ | १,६६५ | |
अगष्ट | १,२१० | १,३४७ | १,७६३ | २,२२३ | |
सेप्टेम्बर | ४,३७० | ३,६८५ | ५,०३८ | ६,८२४ | |
अक्टोबर | ३,९४६ | ६,०७५ | ६,९२९ | ६,१७७ | |
नोभेम्बर | ३,३७५ | ५,०६० | ४,८२९ | ५,३९३ | |
डिसेम्बर | ३,२८२ | ३,८३४ | ४,८८५ | ४,९८० |
Source: Nepal Tourism Board (2022-2026)
गाठी कुरो: सेप्टेम्बर–नोभेम्बर अवधिलाई “कोर अष्ट्रेलियन मार्केट सिजन” का रूपमा ब्रान्डिङ गर्नुहोस्। यस अवधिमा उच्च गुणस्तरीय ट्रेकिङ प्याकेज, लक्जरी एड्भेन्चर टुर, हेलिकप्टर टुर, र वेलनेस–रिट्रिट कार्यक्रमहरू विकास गर्दा उच्च आम्दानी सम्भावना हुन्छ। जुलाई–अगस्टलाई ‘अर्ली प्रमोशन फेज’ का रूपमा प्रयोग गरी अग्रिम बुकिङ अभियान सञ्चालन गर्नुहोस्। साथै, अष्ट्रेलियामा स्कूल हॉलिडे र सार्वजनिक बिदासँग मेल खाने समयलाई लक्षित डिजिटल विज्ञापन, र ट्राभल फेयर सहभागिता विस्तार गर्दा माग अझ सुदृढ बनाउन सकिन्छ।
भक्तपुरमा अष्ट्रेलियाली आकर्षण बढ्दो: तीन वर्षमा देखिएको वृद्धि
सन् २०२१/२२ मा भक्तपुर भ्रमण गर्ने अष्ट्रेलियाली पर्यटक संख्या ३,९३० रहेकोमा सन् २०२४/२५ सम्म आइपुग्दा यो संख्या ४,९६८ पुगेको छ। तीन वर्षको अवधिमा करिब १,००० भन्दा बढीको शुद्ध वृद्धि हुनु भनेको करिब २६% को विस्तार हो l यसले भक्तपुरप्रति अष्ट्रेलियाली पर्यटकहरूको रुचि बढ्दो रहेको स्पष्ट संकेत गर्छ।
यो वृद्धि केवल संख्यात्मक मात्र नभई सांस्कृतिक पर्यटन, सम्पदा अवलोकन, र छोटो बसाइ भ्रमण (day-trip market) मा अष्ट्रेलियाली बजार सुदृढ बन्दै गएको प्रमाणका रूपमा पनि लिन सकिन्छ। काठमाडौं उपत्यकाको सांस्कृतिक सर्किटमा भक्तपुरको स्थान अझ मजबुत हुँदै गएको देखिन्छ।
भक्तपुर घुम्न आउने अष्ट्रेलियाली पर्यटक सङ्ख्या
Source: Nepal Tourism Board (2022-2026)
चुरो कुरो: अष्ट्रेलियाली पर्यटकहरू सांस्कृतिक सम्पदा, प्रामाणिक अनुभव र स्थानीय खानपानमा विशेष रुचि राख्ने भएकाले भक्तपुरलाई “हेरिटेज–इमर्सिभ डेस्टिनेसन” का रूपमा ब्रान्डिङ गर्नुहोस्। गाइडेड हेरिटेज वाक, परम्परागत नेवारी खाना अनुभव, हस्तकला कार्यशाला, र फोटो–टुर प्याकेज विकास गर्दा उच्च मूल्य–वर्धन सम्भव छ। साथै, काठमाडौंमा बस्ने अष्ट्रेलियाली पर्यटकलाई लक्षित ‘प्रीमियम डे–टुर’ प्याकेज र डिजिटल बुकिङ प्लेटफर्ममार्फत अग्रिम आरक्षण सुविधा विस्तार गर्दा भक्तपुरको औसत खर्च र बसाइ अवधि दुवै बढाउन सकिन्छ।
पर्वतारोहणमा महिला सहभागिता बढ्दो, सफलता दर पनि सुधारोन्मुख
सन् २०२३ र २०२४ को पर्वतारोहणसम्बन्धी तथ्यांकले अष्ट्रेलियाली सहभागीहरूको संरचनामा सकारात्मक परिवर्तन देखाउँछ। सन् २०२३ मा ६१ पुरुष र १७ महिला सहभागी भएकोमा सन् २०२४ मा पुरुषको संख्या ५५ मा झरे पनि महिला संख्या २४ पुगेको छ l
सफलता संख्यामा पनि समान प्रवृत्ति देखिन्छ — सन् २०२३ मा २१ पुरुष र ४ महिला सफल भएकोमा सन् २०२४ मा १९ पुरुष र ८ महिला सफल भएका छन्। विशेषगरी महिलातर्फ सफलता संख्या दोब्बर हुनु पर्वतारोहण क्षेत्रमा लैङ्गिक सन्तुलन र क्षमता वृद्धिको संकेत हो। समग्रमा, सहभागिताको संरचना अधिक समावेशी बन्दै गएको देखिन्छ।
अस्ट्रेलियाली पर्वतारोहीहरूको लैङ्गिक वितरण
Source: Nepal Tourism Board (2022-2026)
साची कुरो: महिला सहभागिता र सफलतामा आएको वृद्धिलाई आधार मानी “Women in Adventure” वा “Women-led Expedition” जस्ता लक्षित प्याकेज विकास गर्नुहोस्। अष्ट्रेलियाली बजारमा साहसिक पर्यटनप्रति उच्च रुचि रहेकाले सुरक्षित, पेशागत गाइड, प्रि–एक्लेमेटाइजेशन तालिम, र समावेशी मार्केटिङ रणनीति अपनाउँदा नयाँ सेग्मेन्ट आकर्षित गर्न सकिन्छ। साथै, सफल महिला आरोहीहरूको कथा र अनुभवलाई डिजिटल प्रचारमा प्रयोग गर्दा ब्रान्ड विश्वसनीयता र प्रेरणात्मक प्रभाव दुवै बढाउन सकिन्छ।.
सन् २०२६ मा अष्ट्रेलियाली पर्यटक आगमन: तीन परिदृश्यहरु
सन् २०२६ को लागि अष्ट्रेलियाली पर्यटकहरूको आगमन अनुमान गर्दा विभिन्न परिदृश्यहरू देखिएका छन्। “अहिलेको अवस्था” अनुसार लगभग ५७,८४२ पर्यटक आउने अपेक्षा गरिएको छ। यदि वृद्धि भयो भने संख्या ~६४,८५१ पुग्न सक्छ भने कम भएमा ~५०,८३३ पर्यटकमा सीमित रहन सक्छ।
यस प्रक्षेपणले नेपालका पर्यटन व्यवसायी र नीति निर्माता दुवैका लागि तयारीको आवश्यकता संकेत गर्दछ। वर्षभरि आगमन असमान रहन सक्ने भएकाले उच्च, मध्यम र न्यूनतम सम्भावित परिदृश्यका आधारमा रणनीति बनाउनु उपयुक्त हुनेछ।
अवस्थाहरु | प्रक्षेपित पर्यटक |
|---|---|
अहिलेको अवस्थामा | ~५७,८४२ |
बढी आए भने | ~६४,८५१ |
कम आए भने | ~५०,८३३ |
नोट: ८०% बिश्वास अन्तराल
नेपालको पर्यटन: सिक्नुपर्ने तिन विश्वव्यापी पाठहरु
सन् २०२२ देखि २०२५ सम्म अष्ट्रेलियाली पर्यटकहरूको आगमन निरन्तर वृद्धि भएको छ। सन् २०२२ मा नेपाल आएका अष्ट्रेलियाली पर्यटकहरूको सङ्ख्या करिब २६,८९४ थियो। सन् २०२५ मा यो संख्या ४९,३५७ पुग्यो। सन् २०२६ को जनवरी महिनामा मात्र ४,९५७ अष्ट्रेलियाली पर्यटक नेपाल आए। यही अवस्था रह्यो भने २०२६ मा अष्ट्रेलियाबाट करिब ५७,८४२ देखि ६४,८५१ पर्यटक नेपाल आउने अपेक्षा गर्न सकिन्छ।
यो वृद्धिले संकेत गर्छ कि अष्ट्रेलियालीहरु नेपालका लागि उच्च सम्भावना बोकेका पर्यटकहरु हुन् l सहि रणनीति अवलम्बन गरेमा यसबाट हरेक पर्यटन व्यवसायले फाइदा लिन सक्छ।
जापानबाट सिक्नुहोस्: अनुभव र सांस्कृतिक आकर्षणलाई व्यवसायिक रूपमा प्रयोग गर्ने तरिका
जापानले आफ्नो Cherry Blossom (सकुरा) सिजनलाई विशेष रूपमा अष्ट्रेलियाली पर्यटकका लागि भनेर प्रचार–प्रसार गर्छ l जापानको आधिकारिक पर्यटन पोर्टलले यसलाई “अनुभव” को रूपमा प्रमोट गर्छ l पर्यटकहरुले सकुरा हेर्न, स्थानीय स्थलहरू भ्रमण गर्न, सांस्कृतिक परिकार र गतिविधि अनुभव लिन सक्छन भनेर जानकारी दिन्छ l
https://www.japan.travel/en/au/experience/cherry-blossoms/
सिजनल अनुभव प्याकेजहरू बनाउनुहोस् — Himalayan Flower Season Tours (अप्रिल–मे फूल र हिमाल दृश्य) र Autumn Heritage Trails (सेप्टेम्बर–नोभेम्बर सांस्कृतिक भ्रमण) जस्ता प्याकेजहरु बनाएर बेच्नुहोस्l
अनुभवलाई मात्र होइन, विशेष सिजनको सौन्दर्यलाई पनि सहि रुपमा देखाएर पर्यटक तान्नुहोस्।
डिजिटल भिडियो/फोटो क्याम्पेनमार्फत देशको सौन्दर्य प्रस्तुत गर्दै अष्ट्रेलियाली पर्यटकहरुलाई नेपाल ल्याउने बाटो खोज्नुहोस्।
इन्डोनेशियाबाट सिक्नुहोस्: अनुभव–आधारित प्याकेज र क्रस सेलिङको तरिका
इन्डोनेशिया (बाली) ले अष्ट्रेलियाली पर्यटकलाई स्थानीय संस्कृति, प्रकृति र साहसिक गतिविधिहरूलाई जोडेर रणनीतिक प्याकेज तयार गर्छ l यस्ता प्याकेजमा लामो समुद्री यात्राको गतिविधि, सांस्कृतिक परिकार पकाउन सिकाउने कक्षा र स्थानीय परम्परा समावेश नाचगानहरु राखेको हुन्छ l यसले पर्यटकहरुलाई एकै पटक विभिन्न अनुभवहरू दिन्छ।
क्रस सेलिङ प्याकेजहरू बनाउनुहोस् — यो प्याकेजमा Heritage Walk + Rafting Combo र Village Homestay साथसाथै Cultural Workshop र Nature Walk समावेश गर्नुहोस्l
एकै प्याकेजमा बहु अनुभवहरू जोड्दा पर्यटकको खर्च र बसाइ अवधि दुवै बढ्छ।
अनलाइन प्लेटफर्म (website/OTA listings) मा bundle tour descriptions स्पष्ट रूपमा राख्नुहोस्l यसो गर्दा value for money देखाउछ।
न्यूजिल्याण्डबाट सिक्नुहोस्: डिजिटल समीक्षा र विश्वसनीयता मार्फत बुकिङ वृद्धि
न्यूजिल्याण्डले Tourism New Zealand मार्फत समीक्षामा आधारित मार्केटिङ र डिजिटल उपस्थितिलाई सशक्त बनाएको छ। TripAdvisor, Google Reviews, ATDW जस्ता प्लेटफर्ममा उच्च rating प्राप्त व्यवसायहरूलाई प्राथमिकता दिइन्छ। व्यवसायहरूले सकारात्मक समीक्षा (review) लाई डिजिटल एड्स/पेजहरूमा प्रमोट गर्छन्, जसले अष्ट्रेलियाली ट्राभलरहरूलाई निर्णय लिन सहयोग गर्दछ।
https://www.newzealand.com/int/plan/business-reviews
आफ्नो OTA/Google/TripAdvisor प्रोफाइललाई अपडेट राख्नुहोस्।
सकारात्मक समीक्षा (after service feedback) मार्फत उच्च rating बनाउनुहोस्।
Best reviews/Top experiences लाई website banners, social ads, booking page highlights मा प्रयोग गर्नुहोस् — यसले भरोसा र बुकिङ वृद्धि दुवै गर्छ।