चुकन्दर पाउडरले नेपाली कृषि व्यवसायमा कसरी सम्भावना सिर्जना गर्न सक्छ?
Data Insight

नेपालको कृषि क्षेत्रमा पछिल्ला वर्षहरूमा चुकन्दर खेतीको विस्तारले नयाँ सम्भावनाहरू खोलेको छ। तर, वास्तविक परिवर्तन केवल उत्पादन बढाएर होइन - प्रशोधन (processing) र मूल्यवर्द्धन (value addition) मार्फत सम्भव हुन्छ।

यही सन्दर्भमा, चुकन्दर पाउडर केवल एउटा उत्पादन होइन, कृषि व्यवसायको नयाँ चरण हो।

आजको विश्व अर्थतन्त्रमा कच्चा उत्पादनभन्दा प्रशोधित उत्पादनको मूल्य धेरै हुन्छ। चुकन्दर बेच्नु एउटा विकल्प हो, तर चुकन्दरलाई पाउडरमा रूपान्तरण गर्नु भनेको ब्रान्ड र उद्योग निर्माण गर्ने प्रक्रिया हो। अर्थात्, यो एउटा यस्तो दृष्टिकोण हो जसले किसानलाई मूल्य स्थिरता, ढुवानीमा सहजता र अन्तर्राष्ट्रिय बजारको ठूलो सम्भावना दिन सक्छ।

चुकन्दर पाउडरको माग र नेपालको अवसर

​चुकन्दर पाउडरको माग विश्व भर छ l सन् २०२५ मा यसको बजार करिब $४५०–५२० मिलियन थियो l सन् २०३०–२०३५ सम्म आइपुग्दा यसको बजार $६४० मिलियनदेखि $८३० मिलियनभन्दा बढी पुग्ने अनुमान गरिएको छ। वार्षिक ५–६% को वृद्धि दर (CAGR) सहित l

अझ रोचक त, विश्वका ५९% भन्दा बढी खाद्य कम्पनीहरूले चुकन्दर पाउडरलाई आफ्ना उत्पादनमा जोडेका छन् l यस्तै, प्राकृतिक खाद्य रंगको ३४% भन्दा बढी प्रयोग चुकन्दरमा आधारित छ।

यी तथ्यांकहरूले एउटै सन्देश दिन्छन्: यो कुनै अस्थायी ट्रेन्ड होइन, बरु विश्वव्यापी रूपमा स्थापित हुँदै गएको उद्योग हो।

नेपाल जस्तो जैविक उत्पादनको सम्भावना भएको मुलुकले यो अवसर प्रयोग गर्न सकेर अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा प्रवेश पाउन सक्छ।

विवरण
सन् २०२५ (अनुमानित)
सन् २०३०–२०३५ (प्रक्षेपण)​
वार्षिक वृद्धि दर
विश्व बजार आकार
$४५०–५२० मिलियन
$६४०–८३० मिलियन+
~५–६%
खाद्य कम्पनीहरूमा चुकन्दरको प्रयोग
५९% भन्दा बढी
-
-
प्राकृतिक रंगमा चुकन्दरको हिस्सा
३४% भन्दा बढी
-
-
स्रोत:  Custom Market Insights; Market Reports World; Zion Market Research 
नेपाली किसान र उद्यमीहरूका लागि यसको अर्थ:
  • चुकन्दर पाउडरलाई कुनै प्रयोगात्मक परियोजनाको रूपमा नभई दीर्घकालीन निर्यात-उन्मुख व्यवसाय मोडेल को रूपमा हेर्नुपर्छ।
  • खाद्य कम्पनी र प्राकृतिक रंगको बढ्दो मागसँगै, नेपालले जैविक प्रमाणीकरण र गुणस्तरीय उत्पादनलाई जोड दिएमा, उच्च मूल्य (प्रिमियम प्राइस) मा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सक्छ।
  • अहिले नै सानो स्तरमा भए पनि प्रशोधन इकाई स्थापना गर्नेले भोलिको विश्व बजारमा आफ्नो स्थान सुनिश्चित गर्न सक्छ।
गाठी कुरो: यो उत्पादन “ट्रेन्ड” होइन—यो “स्थापित हुँदै गएको उद्योग” हो।​

चुकन्दर पाउडर: १६ गुणा बढी मूल्य पाउने अवसर

विश्वव्यापी रूपमा चुकन्दर पाउडरको माग बढ्नुका तीनवटा स्पष्ट कारण छन्: स्वास्थ्यप्रतिको चेतना (नाइट्रेटले रक्तसञ्चार सुधार, खेलकुद प्रदर्शन र हृदय स्वास्थ्यमा फाइदा), “Plant-based” र “Clean Label” ट्रेन्ड (कृत्रिम रंगको विकल्पको रूपमा चुकन्दर आधारित प्राकृतिक रंगको बढ्दो प्रयोग), र बहुउपयोगीता (खाद्य तथा पेय पदार्थमा ६८%, सप्लिमेन्ट, कस्मेटिक्स, स्पोर्ट्स न्यूट्रिसनमा)।

स्रोत: Custom Market InsightsMarket Reports WorldZion Market Research 

नेपालका लागि यो अवसर अझ ठूलो छ किनभने कच्चा चुकन्दर स्थानीय रूपमा प्रशस्त उपलब्ध छ, धेरै उत्पादन प्रकृतिले नै ‘low chemical’ वा ‘organic-like’ भएकाले अन्तर्राष्ट्रिय बजारमा प्रिमियम मूल्य पाउन सक्छ, र सोलार ड्रायर, सानो ग्राइन्डर र प्याकेजिङबाट सुरु गर्न सकिने भएकाले लगानीको थ्रेसहोल्ड निकै कम छ।

मूल्यवर्द्धनको खेल यहीँ हुन्छ: ताजा चुकन्दर प्रति केजी करिब रु. ५० मा बिक्छ (स्रोत:  Setopati 30/03/2025), भने ८–१० केजीबाट बनेको १ केजी पाउडरको मूल्य रु. ८००–१५०० हुन्छ (स्रोत: Daraz),अर्थात् कच्चा उत्पादनभन्दा ३–५ गुणा बढी मूल्य सिर्जना गर्न सकिन्छ।

विवरण
ताजा चुकन्दर
चुकन्दर पाउडर
औसत बिक्री मूल्य (प्रति केजी)
≈ रु. ५०
रु. ८००–१५०० (नेपाल) / रु. २०००–३००० (अन्तर्राष्ट्रिय)
कच्चाको तुलनामा मूल्यवृद्धि
-
३–५ गुणा (नेपाल), १६ गुणासम्म (निर्यात)
उत्पादन लागत (प्रति केजी पाउडर)
 -
रु. ३५० (ताजा चुकन्दर रु. २०० + प्रशोधन रु. १५०)
खुद नाफा (नेपाल बजार)
 -
रु. ४५०–८५० प्रति केजी
मासिक नाफा (१०० किलो पाउडर)
 -
रु. ४५,०००–८५,०००
प्रमुख प्रयोग क्षेत्र (विश्व)
तरकारी, जुस
खाद्य/पेय (६८%), सप्लिमेन्ट, कस्मेटिक्स, स्पोर्ट्स न्यूट्रिसन
माग बढ्ने मुख्य कारण
 -
स्वास्थ्य चेतना, plant-based ट्रेन्ड, प्राकृतिक रंगको माग
गाठी कुरो: कच्चा उत्पादनभन्दा प्रशोधनले ३–१६ गुणा बढी मूल्य सिर्जना गर्छ।
  • सानो लगानी, ठूलो नाफा: सोलार ड्रायर + ग्राइन्डर + प्याकेजिङबाट घरेलु तहमै सुरु गर्न सकिन्छ।
  • स्वास्थ्य ट्रेन्डको फाइदा: विश्वभर नै “clean label” र “plant-based” उत्पादनको माग बढ्दो छ, र नेपाली उत्पादन प्रकृतिले नै “organic-like” भएकाले प्रिमियम मूल्य पाउने ठूलो सम्भावना छ।
  • स्थानीय प्रयोग र निर्यात दुवै सम्भव: नेपालमै स्मूदी बार, बेकरी, होटलहरूमा माग छ भने अन्तर्राष्ट्रिय बजारमा functional food, natural color, र sports nutrition कम्पनीहरूका लागि निर्यातको ढोका खुला छ।

चुकन्दर पाउडर कसरी बनाइन्छ? (सानो उद्योगको सम्भावना)

चुकन्दर पाउडर बनाउने प्रक्रिया सरल, कम लागत र स्थानीय स्तरमै सम्भव छ। हालै चितवनका किसान चन्द्र प्रसाद अधिकारीले ताजा चुकन्दर जर्मनी निर्यात गरेर देखाए कि नेपालमा उत्पादित चुकन्दरको गुणस्तर अन्तर्राष्ट्रिय जगतमा राम्रो छ (स्रोत: Setopati 30/03/2025) l Setopati 30/03/2025)

​उनले ताजा चुकन्दर प्रति किलो रु. ५० मा बेच्दा, सोही चुकन्दरलाई पाउडर बनाएर पठाएको भए प्रति किलो रु. २०००–३००० (लगभग ४० गुणा बढी) आम्दानी हुन सक्थ्यो। यसैले, सानो उद्योग निर्माण गरेर अघि बढ्दा सब भन्दा राम्रो हो l त्यसका लागि:

पहिलो चरण - धुने र टुक्रा पार्ने:  ताजा चुकन्दरलाई राम्रोसँग धोएर सफा गर्ने । बोक्रा सहित वा बोक्रा हटाएर १ मिलिमिटर (mm) जति पातलो टुक्रा (स्लाइस) बनाउने । नेपालको सन्दर्भमा सफा पानीको व्यवस्था र स्टेनलेस स्टिलका भाँडाहरू प्रयोग गर्ने l

दोस्रो चरण - सुकाउने: टुक्रा पारिएको चुकन्दरलाई सुकाउनेl यो सबैभन्दा महत्त्वपूर्ण चरण हो। यसमा यी विधिहरू प्रयोग गर्न सकिन्छ:

  • सोलार ड्रायर: नेपालका लागि सस्तो र प्रभावकारी l बिजुलीको आवश्यकता पर्दैन।
  • ओभन ड्राइङ (Oven Drying): सानो स्केलमा प्रयोग गर्न सकिन्छ, तापक्रम करिब ६० डिग्री सेल्सियसमा राख्दा राम्रो हुन्छ ।
  • फ्रिज ड्राइङ (Freeze Drying): उच्च गुणस्तरको लागि उपयुक्त तर लागत बढी हुन्छ।

अध्ययनहरूले घाममा सुकाउने र ओभन ड्राइङ विधिले पौष्टिक तत्व जोगाउन सक्ने देखाएका छन्। सुकाउने समय करिब ७ घण्टा लाग्न सक्छ ।​

तेस्रो चरण - पिस्ने: ​पूरै सुकेको चुकन्दरलाई मिल वा ग्राइन्डरमा पिसेर राम्रो पाउडर बनाउने । नेपालको सन्दर्भमा सानो क्षमताको विद्युतीय ग्राइन्डर वा हाते मिल प्रयोग गर्न सकिने।

चौथो चरण - चाल्ने र प्याकेजिङ: पिसेको पाउडरलाई चाल्ने काम गर्नुस l एकनासको पाउडर मात्र बाँकी राख्नुस । ६०–१०० मेस (mesh) को चाउनी प्रयोग गर्नुस । एयरटाइट पाउच वा बोरामा भरेर हावा बन्द गरी प्याकेजिङ गर्नुस । यसो गर्दा २४ महिनासम्म टिक्छ ।

​उत्पादन अनुपात: लगभग ५ किलो ताजा चुकन्दरबाट १ किलो पाउडर बन्छ। यसले ढुवानी खर्च ८०% सम्म घटाउँछ।

स्रोत:  Jeshvaghani et al. (2024; BossGoo; Food Research Institute; Mubajje et al. (2024)

बुझ्नुपर्ने कुरो:  The चुकन्दरको पाउडर बनाएर बेच्ने प्रबिधि त्यत्ति साह्रो महँगो पनि छैन l तर, बुद्धि जान्ने हो भने, पाउडर बनाएर बेच्दा किसानले ४० गुणा बढी आम्दानी गर्न सक्छ र यातायात खर्च ८०%ले घटाउन सक्छ l

चुकन्दर व्यवसाय:  जोखिम र न्यूनीकरण उपायहरु

चुकन्दर पाउडर व्यवसायमा पनि अन्य कृषि व्यवसायजस्तै विभिन्न जोखिमहरू रहेका छन्। तर, उचित योजना र व्यवस्थापन गर्न सके यी जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ।

कच्चा पदार्थ (ताजा चुकन्दर) को गुणस्तर जोखिम: कम गुणस्तरको, चोट लागेको, वा बढी पानी भएको चुकन्दरले पाउडरको रंग, स्वाद र पौष्टिकतामा असर पार्छ।

  • उच्च उत्पादन दिने Action, Madhur, वा Ruby Queen जात मात्र प्रयोग गर्ने।
  • सही समयमा फसल काट्ने (पाकेको तर कडा भएको) l
  • किसान समूहबाट मात्र खरिद गरी एकरूपता सुनिश्चित गर्ने।

सुकाउने प्रक्रियामा ढुसी र ब्याक्टेरिया जोखिम: चुकन्दर पूरै नसुकेमा (नमी १०% भन्दा बढी हुँदा) पाउडरमा ढुसी लाग्छ, जसले मानव स्वास्थ्यलाई हानि पुर्याउँछ र उत्पादन फाल्नुपर्छ।

  • नमी मिटर प्रयोग गरी पूरै सुकेको (नमी < १०%) सुनिश्चित गर्ने।
  • सोलार ड्रायर प्रयोग गर्दा हावाको उचित सर्कुलेसन राख्ने।
  • ओभन ड्राइङ गर्दा तापक्रम ६०°C भन्दा माथि राखी ६–८ घण्टासम्म सुकाउने।
  • सुकाएपछि चिसो हुन दिई तुरुन्तै एयरटाइट प्याकेजिङ गर्ने।

संक्रमण (क्रस-कन्टामिनेसन) जोखिम: धुलो, माटो, कीरा, वा अन्य वस्तु मिसिएर पाउडर दूषित हुन सक्छ।

  • ​सुकाउनुअघि चुकन्दरलाई सफा पानीले २–३ पटक धुने।
  • स्टेनलेस स्टिलका भाँडा, प्लास्टिकको कटिङ बोर्ड, र सफा कपडा प्रयोग गर्ने।
  • पिस्ने ग्राइन्डरलाई हरेक प्रयोगपछि सुकाएर सफा राख्ने।
  • प्याकेजिङ क्षेत्र सफा र सुख्खा राख्ने।

गलत प्याकेजिङ र भण्डारणको जोखिम: हावा, प्रकाश, र नमीले पाउडरको रंग उड्ने (फिक्का हुने), गन्ध बिग्रने, र पौष्टिकता घट्ने हुन्छ।

  • एयरटाइट, लाइट-प्रुफ पाउच (एल्युमिनियम फोइल बेस्ड) प्रयोग गर्ने।
  • सुख्खा, चिसो, र अँध्यारो ठाउँमा मात्र भण्डारण गर्ने (१५–२०°C)।
  • सिलिका जेल प्याकेट भित्र राखी नमी नियन्त्रण गर्ने।
  • उत्पादनको म्याद २४ महिना लेबलमा उल्लेख गर्ने।

बजारमा गुणस्तर प्रमाणीकरण नभएको जोखिम: अन्तर्राष्ट्रिय बजारमा जैविक प्रमाणीकरण (Organic Certification) नभएको पाउडरले कम मूल्य पाउँछ वा बिक्दैन।

  • स्थानीय जैविक समूह (जस्तै: चितवनको जिल्ला जैविक संघ) मा आबद्ध हुने।
  • सामूहिक रूपमा सरकारको जैविक मिसन कार्यक्रमअन्तर्गत प्रमाणीकरण गर्ने।
  • प्रारम्भिक चरणमा "Organic-like" वा "Chemical-free" भनेर लोकल ब्रान्डिङ गर्ने र पछि औपचारिक प्रमाणीकरण लिने।

​मूल्य अस्थिरता र बजार पहुँच जोखिम:  एक्कासि धेरै उत्पादन भए मूल्य घट्न सक्छ, वा निर्यातको समयमा ढुवानी महँगो पर्न सक्छ।

  • एउटै बजारमा भर नपर्ने; स्थानीय सुपरमार्केट, बेकरी, स्मूदी बार, र होटलहरूसँग सम्पर्क बनाउने।
  • निर्यात गर्दा किसान समूह वा सहकारीले ठूलो परिमाणमा मिलेर ढुवानी लागत घटाउने।

उपकरणको अभाव वा महँगो मर्मत जोखिम:  सोलार ड्रायर, ग्राइन्डर, प्याकेजिङ मेसिन नपाउँदा वा बिग्रिँदा उत्पादन रोकिन सक्छ।

  • सुरुवातमै २–३ वटा साना उपकरण (एउटा अतिरिक्त ब्लेड, स्पेयर पार्ट्स) राख्ने।
  • किसान समूहले साझा उपकरण कोष बनाउने।
  • स्थानीय मेकानिक वा इलेक्ट्रिशियनसँग मर्मत सम्झौता गर्ने।​
तीन ठोस उपाय:
  • नमी नियन्त्रण गर्नुहोस्:रु. २०००–३००० को पोर्टेबल नमी मिटर किन्नुहोस्। हरेक ब्याच सुकाएपछि नमी < १०% छ कि छैन जाँच गर्नुहोस्।
  • समूहमा प्रमाणीकरण गर्नुहोस्: एक्लै प्रमाणीकरण महँगो र जटिल छ। १०–२० जना किसान मिलेर सामूहिक जैविक प्रमाणीकरण गर्नुहोस्। यसले लागत ७०% सम्म घटाउँछ।
  • सानोबाट शुरु गर्नुहोस्:पहिले १०–२० किलो ताजा चुकन्दरबाट पाउडर बनाउने अभ्यास गर्नुहोस्। जोखिम कम हुने र प्रविधि सिक्न सहज हुनेछ।
याद राख्नुहोस्: ढुसी लागेको पाउडर स्वास्थ्यको लागि खतरनाक हुन्छ। कहिल्यै पनि गुणस्तरमा सम्झौता नगर्नुहोस्। राम्रो नाम बनाउन २–३ वर्ष लाग्छ तर बिग्रन एक पटकको गल्तीले पुग्छ।

अन्तिम निष्कर्ष: के यो व्यवसायमा भविष्य छ?  

नेपालमा चुकन्दर पाउडर व्यवसाय अत्यन्तै सम्भावना भएको क्षेत्र हो। सानो लगानी, ठूलो मूल्यवर्द्धन, विश्वव्यापी माग, र नेपालको भौगोलिक तथा जैविक फाइदाले यसलाई दीर्घकालीन रूपमा नाफामूलक बनाउँदछ। 

  • यदि तपाई किसान हुनुहुन्छ भने:  प्रयोगात्मक रूपमा १–२ रोपनी जमिनमा चुकन्दर खेती सुरु गर्नुहोस्। स्थानीय जैविक संघमा आबद्ध भई जैविक प्रमाणीकरणको प्रक्रिया अघि बढाउनुहोस्। नजिकैको कृषि ज्ञान केन्द्रबाट Action वा Madhur जातको प्रमाणित बीउ प्राप्त गर्नुहोस्। १००% उत्पादन ताजै बेच्नुको सट्टा २०–३०% मात्रै पाउडर बनाउनुहोस् र समूहमा मिलेर साझा सोलार ड्रायर किन्नुहोस्।
  • यदि तपाईं उद्यमी हुनुहुन्छ भने: चुकन्दर पाउडर, जुस, वा प्राकृतिक रंगको सानो प्रशोधन उद्योग स्थापनाको सम्भावना अध्ययन गर्नुहोस्। किसान समूहसँग दीर्घकालीन खरिद सम्झौताको मोडल अपनाउनुहोस्।
  • यदि तपाई लगानीकर्ता हुनुहुन्छ भने:  चिस्यान केन्द्र (Cold Storage), प्रशोधन उपकरण (Dryer, Grinder, Packaging Machine), वा निर्यात पूर्वाधार (Export Infrastructure) मा लगानीको अवसर हेर्नुहोस्। साना किसान समूहलाई सोलार ड्रायर उपलब्ध गराउने (CSR कार्यक्रम अन्तर्गत) पनि दीर्घकालीन लगानीको राम्रो विकल्प हो।

अन्तमा, यो व्यवसाय सफल बनाउन जैविक खेती, समूहगत संस्थागत संरचना (सहकारी/किसान समूह), अन्तर्राष्ट्रिय स्तरको जैविक प्रमाणीकरण, र बजार सुनिश्चितता जस्ता सर्तहरू पूरा गर्नुपर्छ। यी सबै कुरा मिलाउन सके चुकन्दर खेती नेपाली किसानका लागि निकै नाफामूलक व्यवसाय साबित हुन सक्छ।

यो पनि हेर्नुहोस्:  चुकन्दर पाउडर गर्दिन, तर चुकन्दर मात्रको भने गर्छु
Click Here

DHN Admin 4 अप्रिल, 2026
सेयर गर्नुहोस् 
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
जरादेखि सम्पत्तिसम्म: नेपालमा चुकन्दरको व्यावसायिक सम्भावना
Data Insight