हरेक वर्ष नेपालको दक्षिणी सिमानाबाट भारतीय पर्यटकहरू निरन्तर रुपमा नेपाल घुम्न आउने गर्छन । अझ भन्नु पर्दा, नेपालमा सबै भन्दा धेरै सङ्ख्यामा आउने पर्यटकहरु नै भारतीयहरु हुन् l नेपाल र भारतको सांस्कृतिक पहिचान लगभग उस्ता उस्तै भएको र नेपाल आउन उनीहरुलाई भिसा नचाहिने हुँदा, भारतीय पर्यटकहरूको संख्या नेपालमा उल्लेख्य भएको हो। भारतीय पर्यटकहरूको यिनै पाटाहरुलाई यो ब्लगमा प्रस्तुत गरिएको छ l

भारतीय पर्यटकहरुको नेपाल आगमन: बलियो सम्भावनाको आधार
विगत चार वर्षको सङ्ख्यालाई हेर्ने हो भने भारतीय पर्यटकहरूको नेपाल आगमन स्थिर प्रकृतिको छ। यसले पछिका दिनमा भारतीय पर्यटकहरू नेपाल आउने सम्भावनालाई प्रष्ट रुपमा देखाएको छ। सन् २०२२ को तुलनामा सन् २०२३ मा ५२% थप भारतीय पर्यटकहरु नेपाल आए l अझ हेर्ने हो भने, अहिलेका वर्षहरूमा नेपाल आउने भारतीय पर्यटकहरूको सङ्ख्या ३ लाखको नजिक पुग्न थालेको छ। अंग्रेजी महिनाको मे र अगष्ट (जेठ-भाद्र) मा हरेक वर्ष १२३,००० जति भारतीय पर्यटकहरु नेपाल आउने गरेका छन् l सन् २०२६ को शुरुवाती महिनामा आएका भारतीय पर्यटकहरुले सम्भावनाका नया ढोका खोल्ने अपेक्षा गरिएको छ l
वर्ष | जनवरी-अप्रिल | मे-अगष्ट | सेप्टेम्बर-डिसेम्बर | जम्मा |
|---|---|---|---|---|
२०२२ | ४७,४४० | ८३,५४८ | ७८,३४६ | २०९,३४४ |
२०२३ | ९२,१८५ | १२३,४४२ | १०४,३०९ | ३१९,९३६ |
२०२४ | ११०,५७३ | १२३,४४६ | ८३,७५३ | ३१७,७७२ |
२०२५ | ८७,०१७ | १२३,४७९ | ८१,९४२ | २९२,४३८ |
२०२६* | २६,६२४ |
Source: Nepal Tourism Board (2022-2026)
मुख्य कुरो: गर्मी समयमा भारतीय पर्यटकहरूको नेपाल आगमन स्थिर र उत्साहजनक छ। यो सँगसँगै मनसुनपछि र जाडोका महिनाहरूमा भारतीय पर्यटकहरुलाई नेपाल ल्याउन सके यसले थप सम्भावनाहरु खोल्नेछन् l यसर्थ, चाडपर्व नजिक विशेष ट्राभलका प्याकेजहरु ल्याउनुहोस्। सन् २०२६ को जनवरी महिनाले जाडो महिनामा पनि भारतीय पर्यटकहरु नेपाल आउन सक्छन् भन्ने जानकारी दिईसकेको छ l यही जानकारीलाई आधार मानेर वृद्धिका नया सम्भावनाहरु खोज्नुहोस् l
सन् २०२६ को शुरुवाती महिनाले देखाएको संकेत
सन् २०२३ को सुरुवाती महिनाहरूमा भारतीय पर्यटकहरूको उल्लेख्य सङ्ख्या देखिए तापनि सन् २०२५ को मार्चदेखि मे (चैत्र-जेठ) सम्म नेपाल आएका भारतीय पर्यटकहरुको संख्यामा भने केहि नरमपन देखिएको छ l तर सन् २०२६ को जनवरी महिनामा देखिएको उल्लेख्य सङ्ख्याले फेरि भारतीय पर्यटकहरू नेपाल आउन थालेका हुन् भन्ने संकेत दिएको छ।
महिना | २०२२ | २०२३ | २०२४ | २०२५ | २०२६* |
|---|---|---|---|---|---|
जनवरी | ३,९१५ | १६,४३६ | २४,१३९ | २०,४८५ | २६,६२४ |
फेब्रुअरी | ६,०१५ | १८,४०१ | २५,५७८ | १९,१८७ | |
मार्च | १५,०३४ | २५,९११ | ३०,६९८ | २१,४१२ | |
अप्रिल | २२,४७६ | ३१,४३७ | ३०,१५८ | २५,९३३ | |
मे | २६,७५४ | ३६,५७५ | ३८,२८८ | २८,१६० | |
जुन | २३,२४८ | ३८,८४५ | ३७,८३५ | ३२,६६२ |
Source: Nepal Tourism Board (2022-2026)
बुझ्नु पर्ने: सन् २०२६ को जनवरी महिनामा देखिएको उल्लेख्य सङ्ख्याले भारतीय पर्यटकहरु गर्मी समयभन्दा बाहेक अन्य समयमा पनि यात्रा गर्न रुचाउँछन् भन्ने संकेत दिएको छ। यो कुरोलाई बुझेर व्यवसायहरुले जाडो र मनसुनको समयमा पनि भारतीय पर्यटकहरुलाई ल्याउने रणनीति बनाउनुपर्छ l संगसंगै, अङ्ग्रेजी महिनाको मे र जुन (जेठ-असार) मा देखिएको भारतीय पर्यटकहरुको सङ्ख्यालाई थप लगानी मार्फत आम्दानी गर्ने बाटो खोज्नुपर्छ l
गर्मी समयमा अलिक बढी, नेपाली चाडपर्वको समयमा घट्दो सङ्ख्या
जुलाईदेखि डिसेम्बरसम्मको अङ्क हेर्ने हो भने अगस्ट (भाद्र) महिनामा सबैभन्दा बढी ३५,५०५ भारतीय पर्यटकहरू नेपाल आए l सन् २०२५ को जुलाई र अगस्ट (श्रावण र भदौ) महिनामा ६२,००० भन्दा बढी भारतीय पर्यटकहरु नेपाल आएका छन्। तर, सेप्टेम्बर देखि डिसेम्बर (असोज-पौष) ले भने फरक कहानी भन्छ l सन् २०२३ मा ती महिनाहरूमा उल्लेख्य भारतीय पर्यटकहरु नेपाल आएका थिए तर पछिका वर्षहरुमा यो सङ्ख्या घट्दै छ l सन् २०२५ को सेप्टेम्बर महिना (असोज) मा जम्माजम्मी १५,५५६ भारतीय पर्यटकहरु नेपाल आए l यस्तै अवस्था अन्य महिनाहरूमा पनि देखिएको छ l
महिना | २०२२ | २०२३ | २०२४ | २०२५ | २०२६* |
|---|---|---|---|---|---|
जुलाई | १७,३९९ | २१,३५७ | २१,४९१ | २७,१५२ | |
अगष्ट | १६,१४७ | २६,६६५ | २५,८३२ | ३५,५०५ | |
सेप्टेम्बर | १४,४७१ | २८,६९४ | २२,९८४ | १५,५५६ | |
अक्टोबर | १६,९१० | १८,४८० | १६,३१३ | १७,२९८ | |
नोभेम्बर | २०,५३२ | २४,४४३ | १९,९१५ | १८,९९५ | |
डिसेम्बर | २६,४३३ | ३२,६९२ | २४,५४१ | ३०,०९३ |
Source: Nepal Tourism Board (2022-2026)
गाठी कुरो: भारतीय पर्यटकहरू गर्मीयाममा नेपालमा आउने त छँदैछन् l यसो भनिरहँदा, सन् २०२५ मा सबै भन्दा धेरै भारतीय पर्यटकहरु अगस्ट (भाद्र) महिनामा नेपाल आए l यसैले यो महिनालाई लक्षित गरेर व्यवसायहरुले प्रिमियम सुविधाहरु दिने बारे सोच्नुहोस् l सेप्टेम्बर (असोज) महिनामा पर्यटक संख्या घट्ने हुँदा विशेष मार्केटिङका कार्यक्रमहरू अगाडि सार्नुहोस्। पहिले आउनेलाई छुटको व्यवस्था दिने बारे सोच्नुहोस् l
भक्तपुरमा घटेको भारतीय पर्यटकहरु: कतै अन्त पो जान थाले कि ?
भक्तपुर घुम्न आउने भारतीय पर्यटकहरूको सङ्ख्या सन् २०२१/२२ मा ६१,८५१ थियो। तर सन् २०२४/२५ मा आइपुग्दा यो सङ्ख्या ३६,१३५ मा झर्यो । नेपाल आउने भारतीय पर्यटकहरूको सङ्ख्या बढेको भए तापनि भक्तपुर घुम्न आउने भारतीय पर्यटकहरूको संख्या घट्नु रणनीतिक हिसाबमा फाइदा भने पक्कै होइन l सन् २०२४/२५ मा घटेको भारतीय पर्यटक संख्याले कतै भक्तपुरले आफ्नो अस्तित्व पो गुमाउदै छ कि भन्ने जानकारी पनि दिएको छ। अझ विशेष गरी भारतीय पर्यटकहरू भक्तपुर नआई साहसिक पर्यटन तिर वा अन्य पौराणिक स्थल तिर वा उनीहरुले नेपाल बसाईको समयावधि घटाएको पो हो कि भन्ने आँकलन गर्न सकिन्छ l
भक्तपुरमा भारतीय पर्यटकहरु
Source: Nepal Tourism Board (2022-2026)
व्यवहारिक कुरो: भक्तपुरमा कार्यरत व्यवसाय र टुर अपरेटरहरूले भारतीय पर्यटकहरूको यो घट्दो सङ्ख्यालाई बुझेर भक्तपुरलाई फेरि नयाँ ब्रान्ड अनुसार अघि सार्नुपर्छ l भक्तपुरको आफ्नो परिचय त छँदैछ तर सँगसँगै मार्केटिङका लक्षित उपायहरु पनि अपनाउनुहोस् l विशेष गरि नेवारी संस्कृति, यहाँका कला-संस्कृतिहरु र स्थानीय परिकारहरूको अनुभवसहितको प्याकेज ल्याउनुहोस् l यति गर्न सके, एकै छिन भक्तपुर घुमेर आउ न भनेर भन्ने भन्दा पनि आज भक्तपुरमा आधा दिन वा पुरै दिन बसौ भन्ने भाष्य सिर्जना हुन्छ l
लुम्बिनीमा स्थिर वृद्धि: नेपाली पर्यटनको लागि सुनौलो संदेश
लुम्बिनी पुगेका भारतीय पर्यटकहरूको सङ्ख्याले उल्लेख्य वृद्धि देखाएको छ। सन् २०२२ मा लुम्बिनी पुग्ने भारतीय पर्यटकहरूको सङ्ख्या २३०,८६३ थियो। सन् २०२३ मा यो सङ्ख्या २६०,०१० पुग्यो। सन् २०२४ मा २८६,५६१ पुग्यो। यो भनेको तीन वर्षमा २४%ले वृद्धि हो। यो वृद्धिसँगै भारतीय पर्यटकहरूमाझ लुम्बिनी एक सफल धार्मिक पर्यटक स्थल को रुपमा चिनिएको छ। लुम्बिनीको आध्यात्मिक महत्त्व, पूर्वाधारमा हुदै गरेको सुधार, र भारतीय सिमानाबाट लुम्बिनी नजिक भएको कारण पनि यो पर्यटकीय स्थल भारतीय पर्यटकहरूका लागि चहलपहल बनेको छ ।
लुम्बिनीमा भारतीय पर्यटकहरु
Source: Nepal Tourism Board (2022-2026)
ख्याल गर्नुपर्ने: लुम्बिनीमा निरन्तर बढेको भारतीय पर्यटकहरूको सङ्ख्याले एउटा प्रष्ट पाठ देखाएको छ। यो पाठले भन्छ कि नेपालमा आध्यात्मिक र तीर्थयात्रासँग सम्बन्धित पर्यटनले बिस्तारै गति लिदै छ l व्यवसायहरुले यो कुरो बुझेर तीर्थयात्रीहरुका लागि विशेष प्याकेज ल्याउनुपर्छ l सो प्याकेजमा लुम्बिनीसँग अन्य ठाउँहरूलाई पनि जोड्नुपर्छ। लुम्बिनीमा किन बस्ने त भन्ने जानकारी दिनुपर्छ। ध्यान गर्ने ठाउँहरूको व्यवस्था गर्नुपर्छ। बुद्ध जयन्तीलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन सके अझ प्रभावकारी बन्ने र पर्यटकहरू लुम्बिनीमा थप एक दुई दिन बस्न सक्ने सम्भावना रहन्छ l
हिमाल आरोहण गर्नेको सङ्ख्या घट्दै, तर सफलता दर भने स्थिर
हिमाल आरोहण गर्न खोज्ने भारतीय पर्यटकहरूको सङ्ख्या सन् २०२३ मा १३० थियो। तर एक वर्षपछि यो सङ्ख्या झरेर ९२ पुगेको छ। अझ महत्वपूर्ण कुरो त महिला र पुरुष दुवैको संख्या घटेको छ। पुरुषको संख्या १०३ बाट घटेर ७० पुगेको छ भने महिलाको संख्या २७ बाट घटेर २२ मा झरेको छ। तर रमाइलो पक्ष भने हिमाल आरोहणको सफलता दर हरेक वर्ष उस्तै छ। सन् २०२३ मा करिब ३८% पुरुष र ५९% महिलाहरूले सफलतापूर्वक हिमाल आरोहण गरे । सन् २०२४ मा यो प्रतिशत पुरुषको हकमा ४४ र महिलाको हकमा ५० रहेको छ। रमाइलो पाटो त, महिला आरोहीहरु पुरुषको तुलनामा बढी सफल छन् l यसले भन्छ कि महिलाहरू संख्यामा कम आउँछन्, तर जति आउँछन् धेरैले सफल आरोहण गर्छन्।
हिमाल आरोहणमा भारतीय पर्यटकहरु
Source: Nepal Tourism Board (2022-2026)
जानी राखौ: हिमाल आरोहण गर्न आउने भारतीय पर्यटकहरूको घट्दो सङ्ख्याले कि त यो अस्थायी प्रकृतिको घटाई हो कि त हिमाल आरोहणमा ऊनीहरुको रोजाई फरक पर्दै छ भन्ने जानकारी दिएको छ l तर हिमाल आरोहणमा देखिएको सफलता दरले भने उनीहरु सही रूपमा तयार भएर आउँछन् भन्ने सन्देश दिएको छ। व्यवसायको लागि यो राम्रो कुरो हो किनभने यसले महिला आरोहीहरुलाई लक्षित र सहयोग गर्न बाटो खुलेको छ। यसर्थ, महिला लक्षित आरोहण समूह बनाउनुहोस् l विशेष सहयोग वा तालिमका कार्यक्रमहरु राख्नुहोस् l पुरुषहरुलाई लक्षित गरेर प्रशिक्षणसहितको क्याम्पहरु संचालन गर्नुहोस् l
सन् २०२६ को प्रक्षेपण: हरेक अवस्थामा भारतीय पर्यटकहरु वृद्धि हुने सङ्केत
हरेक प्रक्षेपण विधिले सन् २०२६ मा भारतीय पर्यटकहरूको सङ्ख्या उल्लेख्य बन्ने देखाएको छ। कम आएको अवस्थामा ३१५,०००, अहिलेको अवस्थामा हो भने ३४०,००० र बढी आए भने ३७०,००० सम्म आउन सक्ने आकलन छ। सन् २०२६ को जनवरी महिनामा आएका २६,६२४ भारतीय पर्यटकहरुको संख्याले यो आकलनलाई सही बाटो देखाएको छ।
अवस्थाहरु | प्रक्षेपित पर्यटकहरु |
|---|---|
अहिलेको अवस्थामा | ~३४०,००० |
बढी आए भने | ~३७०,००० |
कम आए भने | ~३१५,००० |
नोट: ८०% बिश्वास अन्तराल
नेपालको पर्यटन: सिक्नुपर्ने तिन विश्वव्यापी पाठहरु
सन् २०२६ को जनवरी महिनामा आएका भारतीय पर्यटकहरूको सङ्ख्याले उल्लेख्य वृद्धिको संकेत गरेको छ। प्रक्षेपणका हरेक विधिहरूले ३,१५,००० देखि ३,७०,००० सम्म भारतीय पर्यटकहरु नेपाल आउने संकेत दिएको छ। यसले पर्यटनसँग सम्बन्धित जो कोहीलाई नयाँ हौसला प्रदान गरेको छ। यसो भनिरहदा सही रणनीति भएमा मात्र नेपालमा आएका यी भारतीय पर्यटकहरुबाट व्यवसायले आम्दानी गर्न सक्छ l
श्रीलंकाबाट सिक्नुहोस्: हरेक संस्कृतिलाई पहुँचसंग जोड्नुहोस् l
श्रीलङ्काले युरोपियन बजारको सट्टा भारतलाई प्राथमिकतामा राखेर आफ्नो पर्यटक बलियो बनाउदै छ l यसको कारण, दुइ देश बीचको साझा संस्कृति र छोटो यात्रा समय पनि हो। यो रणनीतिपश्चात सन् २०२४ मा श्रीलंका आउने भारतीय पर्यटकहरूको सङ्ख्या ५०% भन्दा बढी रह्यो। दुई देशका अन्तर्राष्ट्रिय उडानहरु थपिदै गए l भारतीय फिल्म सुटिंगका लागि श्रीलंकाले सजिलैसँग अनुमति दिने रणनीति अपनायो l धार्मिक पर्यटन अन्तर्गत रामायणलाई जोडेर तिर्थयात्रीहरु ल्याउने बाटो खोल्यो l (https://www.theweek.in/news/tourism/2026/02/05/india-takes-centre-stage-at-otm-2026-as-sri-lanka-malaysia-push-tourism-ties.html)
भारतीय पर्यटकहरूलाई आवागमनमा सजिलो हुने व्यवस्था मिलाउनुहोस् ।
दक्ष गाइडहरू सहित रामायण ट्रेलको अवधारणा ल्याउनुहोस्।
भारतीय चलचित्रहरूको सुटिङका लागि एकद्वार प्रणाली लागू गर्नुहोस्।
समझौला खालका भारतीय शहरहरुबाट नेपाल आउने उडान वा गाडीको यात्रामा सुधार ल्याउनुहोस् l
मलेसियाबाट सिक्नुहोस्: एक्लाएक्लै हिड्ने पर्यटकहरुका लागि सहज बन्नुहोस् l
मलेसिया आउने जो कोही भारतीय पर्यटकहरूले आफ्नो देशमा जारी भएको लाइसेन्सबाट नै यो देशमा जताततै यात्रा गर्न सक्छ। गाडीहरू भाडामा लिन सजिलो बनाइएको छ l मलेसियाको सरावाकले त आफ्नो अन्तर्राष्ट्रिय म्याराथन कार्यक्रम र रेनफरेस्ट विश्व संगीत महोत्सवमा भारतीय पर्यटकहरुलाई विशेष लक्षित गर्छ। स्मरण रहोस् यो विश्व संगीत कार्यक्रम लगातार २८ वर्षदेखि चल्दै आएको छ। (https://www.theweek.in/news/tourism/2026/02/05/india-takes-centre-stage-at-otm-2026-as-sri-lanka-malaysia-push-tourism-ties.html)
पर्यटकहरू स्वयमले नै गाडीहरू चलाउन मिल्ने गरी भारतीय लाइसेन्स लाई अनुमति दिने बारे सोच्नुहोस्। यो सँगै बाटोमा प्रष्टसँग सिग्नलहरू राखिदिनुहोस्। यसले पर्यटकहरूको बसाई लम्ब्याउन मद्दत गर्छ।
Develop festival-based tourism packages around Indra Jatra, Dashain, and Tihar, specifically marketed to Indians.
भारतीय साइक्लिंग र दौड प्रतियोगिता गर्ने क्लबहरूसँग सहकार्य गरेर हिमालय म्याराथन वा अन्य कार्यक्रमहरू आयोजना गर्नुहोस् l
अन्य देशहरुबाट सिक्नुहोस्: भारतीयहरुले गर्ने व्यवसायमा आफु पनि देखा पर्नुस l
इन्डिया ट्राभल मार्केट २०२६ मा ६० देशका पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूले भाग लिएका थिए। विश्व बजारमा भारतीय पर्यटकहरुको ठूलो हिस्सा छ भन्ने निष्कर्ष सो कार्यक्रमले गरेको छ l यसै अनुसार, जर्मनीले भारतीय पर्यटकहरुलाई लक्षित गरेर निश्चित बजेट नै छुट्यायो। यस्तै कार्य मोरक्कोले पनि गर्यो l स्विजरल्यान्डले आफ्ना कलाकारहरुलाई प्रयोग गरेर भारतीय पर्यटकहरुलाई आफ्नो देशमा ल्याउने कसरत गर्दै छ l जिम्बाब्वेले भारतीय व्यापार मेलामा सहभागी भई आफू भारतीय पर्यटकहरुलाई स्वागत गर्न तम्तयार छौँ भन्ने संदेश दियो। यी सबै देशहरूको एउटै भाषा छ: हामी भारतीय पर्यटकहरुलाई आफ्नो देशमा स्वागत गर्न तयार छौं l https://www.travelandtourworld.tw/)
हरेक वर्ष OTM र SATTE मा बलियो रुपमा प्रस्तुत हुनुहोस् l
नेपालका कलाकारहरुलाई अघि सारेर भारत-लक्षित मार्केटिंगका उपायहरुबारे सोच्नुहोस् l
परिवार लक्षित भ्रमणका लागि भारतीय ट्राभल एजेन्सीसंग सहकार्य गर्नुहोस् l
विवाह, कर्पोरेट रिट्रीट र सहस्राब्दीका लागि अनुकूल हुने प्याकेजहरू विकास गर्नुहोस् l यस्ता कार्यहरुमा भारतीयहरुले धेरै खर्च गर्ने गर्छन ।