Follow us
११२,००० अमेरिकी पर्यटक : नेपालको पर्यटन उद्योगको लागि नयाँ अवसर र रणनीति
Data Insight

अमेरिकी पर्यटकहरूको नेपालमा बदलिँदो यात्रा ढाँचा र नयाँ आर्थिक संकेत

लामो समयसम्म नेपालमा अमेरिकी पर्यटकहरूको कथा एकदमै स्पष्ट थियो:

  • अक्टोबर-नोभेम्बर मुख्य सिजन,
  • ट्रेकिङ नै मुख्य आकर्षण, र
  • बाकि समय तुलनात्मक रूपमा कमजोर

तर पछिल्लो केही वर्षको तथ्याङ्कले त्यो पुरानो संरचना बिस्तारै भत्किँदै गएको देखाउँछ। अब अमेरिकी पर्यटन नेपालमा “सिजनल स्पाइक” होइन, बरु बाह्रै महिना फैलिँदो स्थिर प्रवाह (year-round flow) जस्तो बन्दै गएको छ।

👉 यो केवल पर्यटक संख्या बढेको कथा होइन। यो त उनीहरूको यात्रा व्यवहार परिवर्तन भएको संकेत हो।

अमेरिकी पर्यटन: स्थिर हुदै गएको बजार

सन् २०२२ देखि २०२५ सम्म अमेरिकी पर्यटक संख्या ७७,०८३ बाट बढेर १,१२,३१६ पुगेको छ। तर यहाँ मुख्य कुरा वृद्धि दर होइन - स्थिरता हो।

वर्ष
जनवरी-अप्रिल
मे–अगष्ट
सेप्टेम्बर–डिसेम्बर
जम्मा
२०२२
१८,७१९
२४,९६६
३३,३९८
७७,०८३
२०२३
३२,४१८
२७,२०६
४०,७३१
१००,३५५
२०२४
३६,८४६
३०,२८६
४४,०८४
१११,२१६
२०२५
३९,५५६
३१,४६४
४१,२९६
११२,३१६
२०२६*
३४,८१४



स्रोत:  नेपाल पर्यटन बोर्ड (२०२२-२०२६)

👉 अब अमेरिकी बजार “तेजीले बढ्ने” चरणमा छैन। 

👉 यो अब एकै खाले सङ्ख्या देखिने बजार हो।

यसको अर्थ:  नेपालले अब नयाँ बजार खोज्ने भन्दा भएको बजारलाई राम्रोसँग व्यवस्थापन गर्नु जरुरी छ l

अमेरिकी पर्यटन: बदलिदो तालिका, बदलिदो आवश्यकता

पहिले अमेरिकी पर्यटकहरुले नेपाल भन्नासाथ एक मात्र यात्रा सिजन बुझ्ने गर्थ्यो । तर अहिले त्यो सोच परिवर्तन हुँदैछ।

  • वर्षको पहिलो चार महिनाको आगमन करिब १८ हजार बाट ३४ हजार नाघिसकेको छ।
महिना
२०२२
२०२३
२०२४
२०२५
२०२६
जनवरी
३,२५९
६,५६१
७,०४७
८,०६३
८,४०६
फेब्रुअरी
३,२०६
७,८८७
९,०८९
१०,३४८
९,७१०
मार्च
४,९०९
९,५५७
१०,७६३
११,०९२
७,९७४
अप्रिल
७,३४५
८,४१३
९,९४७
१०,०५३
८,७२४
मे
७,३१८
८,५४६
८,५२७
९,०७४

जुन
८,३५०
८,४७०
८,८२१
९,६९६

स्रोत:  नेपाल पर्यटन बोर्ड (२०२२-२०२६)

👉 यो एकाएक बढेको सङ्ख्या होइन।

👉 यो त निरन्तर बढ्दै गरेको ढाँचा हो।

यसको अर्थ अमेरिकी पर्यटकहरू:
  • भीड कम हुने समय रोजिरहेका छन्।
  • सफा दृश्य र आरामदायी यात्रा खोजिरहेका छन्।
  • "प्रमुख सिजनको अत्यधिक निर्भरता" घटाइरहेका छन्।​
  • नेपालका लागि यो ठूलो अवसर हो, किनभने अब पर्यटकहरू एउटै महिनामा थुप्रिनु पर्ने बाध्यता घट्दै गएको छ।

अमेरिकी पर्यटन: दशैँ–तिहार ताका बलियो तर अब बदलिँदो भूमिका

दशैँ–तिहार अझै पनि अमेरिकी पर्यटकका लागि सबैभन्दा बलियो सिजन हो। तर अब यसको अवस्था परिवर्तन हुँदै गएको छ।

  • पहिले दशैँ–तिहार अमेरिकी पर्यटनका लागि “वृद्धि इन्जिन (growth engine)” थियो
  • अहिले यो “स्थिर सिजन (stability season)” बनेको छ
महिना
२०२२
२०२३
२०२४
२०२५
२०२६
जुलाई
५,२२८
५,५६१
७,८६४
६,६२६

अगष्ट
४,०७०
४,६२९
५,६१४
६,०६८

सेप्टेम्बर
७,९३८
७,३६४
१०,०८४
९,६७९

अक्टोबर
११,८५९
१४,८७८
१६,०२३
१३,२८६

नोभेम्बर
७,८३२
११,४६१
१०,९८१
११,२५४

डिसेम्बर
५,७६९
७,०२८
६,९९६
७,०७७

स्रोत:  नेपाल पर्यटन बोर्ड (२०२२-२०२६) 

👉 दशैँ–तिहारमा अमेरिकी पर्यटन अझै पनि बलियो छ, तर अब त्यसलाई एउटै समयमै केन्द्रित गर्ने होइन, फैलाएर व्यवस्थापन गर्ने अवस्था आएको छ।

गन्तव्य परिवर्तन: अमेरिकी पर्यटकहरु फरक फरक रोजाई

अमेरिकी पर्यटकहरू अब केवल “हिमाल + काठमाडौं” मा सीमित छैनन्। उनीहरूको रुचि विस्तार हुँदै गएको छ।

भक्तपुर: स्थिर तर कम उपयोग भएको अवसर

भक्तपुरमा अमेरिकी पर्यटक संख्या तिन वर्षमा १३,२३० बाट बढेर १६,५५८ पुगेको छ। यसले देखाउदै छ कि

  • वृद्धि छ, तर तीव्र छैन।
  • यसको अर्थ माग छ, तर राम्रोसँग सदुपयोग गरिएको छैन।

भक्तपुरमा अमेरिकी पर्यटकहरु

स्रोत:  नेपाल पर्यटन बोर्ड (२०२२-२०२६)

​भक्तपुर अहिले: 
  • “एक छिन रोकेर हेरौ न” जस्तो खाले ठाउँ बनेको छ।
  • तर सम्भावना भने “हेरिटेज अनुभव लिन सकिने” ठाउँ बन्ने हो l नेवारी खाना, साँझको हेरिटेज पदयात्रा, हस्तकला अनुभव - यी सबै अझै पूर्ण रूपमा व्यवसायिक भएका छैनन्।​

लुम्बिनी: भावनात्मक पर्यटनको सुरुवात

लुम्बिनी घुम्न आउने अमेरिकी पर्यटकहरुको संख्या हरेक वर्ष बढ्दै छ: सन् २०२२ मा ९२४ जना, सन् २०२३ मा १,६७८ जना र सन् २०२४ मा १,८४७ जना l यसले भन्दै छ:

  • संख्या सानो छ, तर वृद्धि सहि दिशा तिर गएको छ।​

लुम्बिनीमा अमेरिकी पर्यटकहरु

स्रोत:  नेपाल पर्यटन बोर्ड (२०२४२०२३; २०२२)

👉 लुम्बिनीमा मुख्य कुरा संख्या होइन - भावनात्मक अनुभव (emotional value) हो।

पर्वतारोहण: सङ्ख्या कम तर राम्रो तयारीका साथ जाने संख्या बढी

अमेरिकी पर्वतारोहणमा सहभागिता घटेको जस्तो देखिए पनि, वास्तविकता फरक छ।

सहभागी संख्या घटेको छ। तर तयारी र सफलता दर बढेको छ। महिला सहभागिता स्थिर र प्रभावकारी छ।यसले भन्दै छ:

  • अब यो हुल बढेर जाने ठाउँ रहेन।​
  • अब यो हिमाल आरोहण गर्ने रहर भएका पर्यटकहरुका लागि मात्र गन्तब्य बन्यो।

पर्वतारोहणमा अमेरिकी पर्यटकहरु

स्रोत:  नेपाल पर्यटन बोर्ड (२०२४; २०२३)

👉 यसले संकेत गर्छ - नेपालको हिमाल आरोहण संगसंगै अन्य विकल्पहरु पनि खुल्दै छ।

सन् २०२६: वृद्धि होइन, व्यवस्थापनको वर्ष

अनुमान अनुसार सन् २०२६ मा अमेरिकी आगमन करिब १,०७,५०० देखि १,२१,९०० बीच रहने देखिन्छ।

  • अहिले नै धेरै सङ्ख्यामा पर्यटक आउने सम्भावना कम छ।
  • स्थिर व्यवस्थापन (stable optimization) मुख्य कुरा हो।
अवस्था
प्रक्षेपित पर्यटकहरु
यथार्थपरक अवस्था
~ ११५,२००
आशावादी अवस्था
~ १२१,९००
सावधानीपूर्ण अवस्था
१०७,५००
नोट:  ८०% बिश्वास अन्तराल

अमेरिकी पर्यटनले दिएका मुख्य संकेतहरू


अमेरिकी पर्यटन अहिले नेपालमा स्थिर रूपमा बलियो बनेको छ, र सन् २०२६ मा पनि उच्च नै रहने सम्भावना देखिन्छ।

  • इरान युद्ध र अमेरिकामा संचालन हुने बिश्वो कप फुटबलले केहि प्रभाव पार्ने नै छ ।
  • सेप्टेम्बर–नोभेम्बर अझै मुख्य सिजन बनेको छ, जनवरी–अप्रिल अवधिमा पनि अमेरिकी पर्यटक आगमन तीव्र रूपमा बढिरहेको छ।
  • ट्रेकिङ, हिमाली दृश्य, प्रकृतिमा आधारित यात्रा, र अनुभवमुखी पर्यटन अमेरिकी बजारका मुख्य आकर्षण बनेका छन्। 
  • भक्तपुरजस्ता सांस्कृतिक गन्तव्यप्रति पनि रुचि विस्तार हुँदै गएको देखिन्छ।​

    👉 अर्को महत्वपूर्ण कुरा के हो भने अमेरिकी पर्यटन अब एकै सिजन र सीमित गन्तव्यमा मात्र केन्द्रित रहिरहेको छैन। त्यसैले पर्यटनबाट हुने आर्थिक लाभलाई नयाँ क्षेत्र, स्थानीय उत्पादन, र साना व्यवसायसँग जोड्ने आवश्यकता झन् बढ्दै गएको छ।

अमेरिकी पर्यटन र नयाँ व्यावसायिक अवसरहरू

तथ्याङ्कले एउटा स्पष्ट संकेत दिएको छ - अमेरिकी पर्यटकहरुको बढ्दो संख्या संगै उनीहरूको यात्रा शैलीले नेपालमा नयाँ आर्थिक अवसरहरू पनि सिर्जना गरिरहेको छ।

केराको पिठोः स्वास्थ्य–केन्द्रित अमेरिकी बजारको लागि प्राथमिकता

अमेरिकी पर्यटकहरूमा ग्लुटेन–रहित, वनस्पतिमा आधारित र स्वस्थ खानाको माग तीव्र रूपमा बढिरहेको छ। विशेषगरी लामो ट्रेक, योग र कल्याणकारी (wellness) यात्रा गर्ने समूहले हल्का, पोषणयुक्त र प्राकृतिक खाद्य पदार्थ खोज्दछन्। 

फूलबाट धूपः आध्यात्मिक पर्यटनसँग जोडिएको व्यवसाय

बौद्धनाथ, स्वयम्भू, लुम्बिनी र विभिन्न मठ–मन्दिर पुग्ने अमेरिकी पर्यटकहरू आध्यात्मिक वस्तुहरूप्रति आकर्षित हुन्छन्। विशेषगरी हातले बनाएको धूप, प्राकृतिक सुगन्धित वस्तुहरू र मन्दिरबाट प्रेरित स्मारिकाहरूको माग बढ्दै गएको छ।

मोहीः गर्मीको मौसममा बढ्दो अवसर

जाडो बाहेकको समयमा अमेरिकी पर्यटकको आगमन बढ्दै जाँदा हल्का, स्थानीय र फुर्ति दिने पेय पदार्थको माग पनि बढिरहेको छ। विशेषगरी ट्रेकिङ र सांस्कृतिक पैदल यात्रा पछि, स्थानीय खानाको अनुभवसँगै मोहीलाई स्थानीय अनुभवको रूपमा प्रस्तुत गर्नुहोस्।

हात्तीको गोबरको कागजः अनुभव बेच्ने पर्यटन बजार

अमेरिकी पर्यटकहरू साधारण स्मारिका भन्दा "कथामा आधारित वस्तुहरू" रुचाउँछन्। हात्तीको गोबरको कागज जस्ता वस्तुहरू वातावरणमैत्री हुन्छन्।

​सिस्नु पाउडरः हिमालीय सुपरफूडको अवसर

अमेरिकी बजारमा हाल जडीबुटीयुक्त उत्पादनहरू, जङ्गली खानाहरू, पहाडी पोषण र प्राकृतिक कल्याण (वेल्ल्नेस )प्रति आकर्षण बढिरहेको छ।


अन्त्यमा, अमेरिकी पर्यटन अब केवल "कति पर्यटक आए?" भन्ने प्रश्नमा सीमित छैन। वास्तविक प्रश्नहरू अब यी हुन्:

👉 उनीहरूले नेपालमा के खोजिरहेका छन्?
👉 त्यो खोजाइलाई स्थानीय अर्थतन्त्रसँग कसरी जोड्ने?

यदि सही रणनीति अपनाइयो भने, अमेरिकी पर्यटनले ग्रामीण उत्पादन, कृषि प्रशोधन, सांस्कृतिक उद्योग र स्थानीय उद्यमहरूका लागि नयाँ आयस्रोत प्रदान गर्न सक्छ।

DHN Admin 1 अप्रिल, 2026
सेयर गर्नुहोस् 
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
माथिल्लो मुस्ताङ: $५०० अघि र पछिको पर्यटक सङ्ख्या र सम्भावित व्यवसायको अवस्था
Data Insight