Follow us
मनास्लु ट्रेकिंगको व्यवसाय: यात्रु र सञ्चालकहरूको लागि डाटा मार्गदर्शन
Data Insight

मनास्लु संरक्षण क्षेत्र: द्रुत वृद्धि, पर्यटन प्रवृत्ति र व्यवसायिक अवसरहरू

मनास्लु संरक्षण क्षेत्र नेपालको सबैभन्दा महत्त्वपूर्ण ट्रेकिङ गन्तव्यहरूमध्ये एक हो। यो क्षेत्रमा उग्र (rugged) हिमाली भू-दृश्यहरू, बलियो तिब्बती सांस्कृतिक प्रभाव, बौद्ध मठ, गुम्बा र चोर्तेनहरू, र परम्परागत पहाडी जीवनशैलीहरु हेर्न र अनुभूति गर्न पाइन्छ।

मनास्लु संरक्षण क्षेत्र गोर्खा जिल्लाको चुमनुब्रि गाउँपालिका अन्तर्गत पर्दछ।

पर्यटकहरुले अनिवार्य रूपमा अनुमति लिनुपर्छ, र इजाजतपत्र प्राप्त गाइडबिना एक्लै ट्रेकिङ गर्न मिल्दैन। गोरखाको MCAP कार्यालयका अनुसार, सबै पर्यटकहरुले प्रवेश शुल्क तिर्नुपर्छ:

  • विदेशी पर्यटक: रु. ३,०००
  • सार्क पर्यटक: १,०००
  • नेपाली नागरिक: रु. १००
  • १० वर्ष मुनिका वालवालिका: निशुल्क

स्रोत: Nepal Tourism Board 

जसले काठमाडौंको भृकुटीमण्डप वा पोखराको ड्यामसाइटमा प्रवेश शुल्क तिर्दैनन्, उनीहरूले यो संरक्षण क्षेत्र अन्तर्गतको जगत र समागाउन चेकपोस्टमा दोब्बर तिर्नुपर्नेछ। 

सन्तोष शेरचन, MCAP कर्मचारी - साभार TourismMail 3/1/2026

मनास्लु संरक्षण क्षेत्रमा पर्यटकको वृद्धि

यहाँ आउने पर्यटकको सङ्ख्याले मनास्लु विश्वव्यापी रूपमा मान्यता प्राप्त गन्तव्यमा रूपान्तरण भएको छ भन्ने शंकेत दिएको छ। सन् २०२४ को भने आधी बर्षको मात्र सङ्ख्या सार्वजनिक भएको छ, यसर्थ सङ्ख्या सानो जस्तो देखिएको हो l

  • यहाँ आउने पर्यटकहरुमा विदेशी ट्रेकरहरु धेरै छन् l
  • सार्क पर्यटकहरूको सङ्ख्या सन् २०२१ यता निरन्तर बढ्दै गएको छ।
  • नेपाली पर्यटकहरुको सहभागिता अझै सीमित छ तर हालैका वर्षहरूमा बढ्न थालेको छ।
वर्ष
नेपाली
सार्क
विदेशी
जम्मा
२०२१
२३
८७९
९०२
२०२२
९३
४,८७१
४,९६४
२०२३
१७२
८,२४५
८,४१७
२०२४
७७
१०,००५
१०,०८२
२०२५
२४०
३४४
१४,३९४
१४,९७८

स्रोत:  Department of National Parks and Wildlife Conservation (2077/782078/792079/802080/81); Nepal Tourism Board 2024 Rising Nepal 6/1/2026

मुख्य निष्कर्ष:  सन् २०२१ मा ९०२ पर्यटक यहाँ आएका थिए, जुन सन् २०२५ मा १४,९७८ मा पुगेको थियो । यो भनको चार वर्षमा १,५०० प्रतिशतभन्दा बढीको वृद्धि हो। यसले पुष्टि गर्दछ कि मनास्लु अब गुप्त पदमार्ग होइन — यो अहिले एउटा प्रमुख अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्य बनिसकेको छ।

मनास्लु संरक्षण क्षेत्रमा विदेशी पर्यटकहरूको मासिक वितरण

सन् २०२३ को मासिक तथ्याङ्कले वर्षभरि विदेशी पर्यटकहरूको आगमन कस्तो छ भन्ने कुरा स्पष्ट पार्दछ।

  • पर्यटकहरुको आगमन केहि निश्चित महिनाहरूमा अत्यधिक छ।
  • ट्रेकिङका महिना (सेप्टेम्बर-अक्टोबर) मा विदेशी ट्रेकरहरूको यहाँ धेरै आउने गर्दछन् l
  • अफ-सिजन महिनाहरूमा विदेशी पर्यटक एकदमै कम आउने गर्छन् l

विदेशी पर्यटकको मासिक आगमन, २०२३

स्रोत:  Department of National Parks and Wildlife Conservation (2080/81) 

मनास्लु संरक्षण क्षेत्रमा कुल पर्यटकहरूको मासिक वितरण

मनास्लु संरक्षण क्षेत्रमा कुल पर्यटकहरुको मासिक आवागमन एकदमै मौसमी छ l यसले गर्दा व्यस्त महिनाहरूमा दबाब सिर्जना हुने र अन्य समयमा गतिविधि न्यून हुने अवस्था सिर्जना गरेको छ।

  • व्यस्त महिनाहरूमा अत्यधिक मागको अवस्था l
  • बर्खा र जाडोको समयमा पर्यटकको आवतजावत अत्यन्तै कम।
  • उच्च सिजनमा खाने-बस्नेसंग सम्बन्धित पूर्वाधारमा समस्या l

कुल पर्यटकको मासिक आगमन, २०२३


स्रोत:  Department of National Parks and Wildlife Conservation (2080/81)

मनास्लुको धर्मशाला (४,४७० मिटर): ५००–६०० मानिसका लागि ३ वटा साना छाप्रो। खाना र सुत्नको व्यवस्था त्यति गतिलो नभएको l
 

जन कलिन्स (परिवर्तित नाम) - अप्रिल ९, २०२६

पर्वतारोहण : मनास्लुमा सफलताभन्दा ठूलो अर्थतन्त्र

मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने मनास्लु हिमाल विश्वकै लोकप्रिय आठ-हजार मिटर हिमालमध्ये एक हो। यहाँ आउने आरोहीहरूको संख्या ठूलो भए पनि यहाँका ८ शिखरको संख्याले देखाउँछ कि धेरै आरोहीहरूले सफल आरोहण गर्न सक्दैनन्।

वर्ष
महिला – असफल
महिला – सफल
पुरुष– असफल
पुरुष – सफल
२०२४
३०
५९
२६४
३६७
२०२३
१७
५५
२८८
४०६

स्रोत:  Nepal Tourism Board (20242023)

मनास्लुमा सफल आरोहणको संख्या कम हुनुले यहाँ तयारी (preparation) र सहायक अर्थतन्त्र (support economy) को ठूलो सम्भावना देखाउँछ। यस क्षेत्रमा देखिने सम्भावित व्यवसायहरू:

  • हिउँ तथा हिउँ पहिरो अनुगमन सेवा – बाटोको अवस्थाको दैनिक जानकारी दिने सेवा।
  • उच्च हिमाली खाना पकाउने केन्द्र – लामो अभियानको लागि पोषण-केन्द्रित खाना सेवा।
  • पोर्टेबल हिटिंग र पुनःस्थापना तथा पाल भाडा – धेरै जाडोमा पुनःस्थापनाका लागि चाहिने सुविधा।
  • आरोही बीमा समन्वय डेस्क – उद्धार र बीमाको कागजी प्रबन्ध गर्ने सेवा।
  • सामान ढुवानी तथा याक लजिस्टिक्स व्यवस्थापन – सामान ढुवानी र आधार शिविर (base camp) आपूर्ति शृङ्खला सेवा।
  • उचाइ अनुकूलन कल्याण (wellness) कार्यक्रम – शरीरलाई उचाइसँग अनुकूल बनाउन अभियान-पूर्व प्याकेज सेवा।

👉 जहाँ अभियान गतिविधि बढ्छ, त्यहाँ सहायक सेवाको माग पनि तीव्र रूपमा बढ्छ।

अनुसन्धान र फिल्म निर्माण : मनास्लुमा अझै खाली रहेको बजार

हिमाल, हिमनदी, तिब्बती प्रभाव भएको संस्कृति, र दुर्गम हिमाली भूगोलका कारण मनास्लु संरक्षण क्षेत्र अनुसन्धान तथा वृत्तचित्र छायाङ्कनका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ।

नेपाल पर्यटक बोर्डको (2024) को तथ्याङ्कले देखाउँछ कि यो सम्भावना अझै व्यावसायिक रूपमा उपयोग हुन सकेको छैन।


अनुसन्धान क्रियाकलाप

फिल्म छायांकन

यी न्यून सङ्ख्याले मनास्लुको कठिन पहुँच, सीमित सेवा, र उत्पादन सहायक पूर्वाधारको अभावले धेरै अनुसन्धानकर्ता र फिल्म टोलीलाई रोकिरहेको सङ्केत दिएको हो। यसले यहाँ निम्न प्रकारका नयाँ व्यावसायिक अवसरहरू सिर्जना गरेका छन्:

  • फिल्म टोली समन्वय सेवा – छायाङ्कन अनुमति, भरिया, योजना, र ढुवानी व्यवस्थापन।
  • स्याटेलाइट सञ्चार र व्यकअप पावर सेवा – दुर्गम भेगमा इन्टरनेट तथा विद्युत् सहायता।
  • उपकरण भाडा केन्द्र – वृत्तचित्र टोली र अनुसन्धानकर्ताका लागि विशिष्ट उपकरण सेवा।
  • स्थानीय हिमाली फिक्सर तथा अनुवाद सेवा – स्थानीय भाषा, संस्कृति, र प्रशासनिक समन्वय सुविधा।
  • मौसमी तथ्याङ्क तथा जलवायु अवलोकन केन्द्र – हिमाल, हिमनदी, र मौसमसम्बन्धी तथ्याङ्क सङ्कलन सेवा।

👉 यिनै कमजोरीभित्र उच्च मूल्यको विशिष्ट पर्यटन र ज्ञानमा आधारित अर्थतन्त्रको ठूलो अवसर लुकेको छ।

२०२६ को लागि प्रक्षेपित पर्यटक

हालको पर्यटक सङ्ख्याको आधारमा, यहाँ तीन यथार्थपरक परिदृश्यहरू राखिएका छन् l

अवस्था
प्रक्षेपित पर्यटक
यथार्थपरक अवस्था
१७,९७४
आशावादी अवस्था
२०,२२०
सावधानीपूर्ण अवस्था
१५,७२७

नोट:  यी प्रक्षेपणहरु गर्दा ८०% बिश्वास अन्तरालमा गरिएको छ l

  • यी संख्यालाई आफ्नो योजना बनाउने आधारको रुपमा प्रयोग गर्नुहोस् l तर पूर्ण रुपमा भने भर नपर्नुहोस l विविधि अर्थ-, भूगोल- नीति र स्थानीय घटनाक्रमले पर्यटक सङ्ख्या संख्या तल माथि पर्न सक्छ l

घट्दो जनसङ्ख्या, बढ्दो पर्यटक

पर्यटकको आगमन तीव्र गतिमा बढिरहेको छ, तर मनास्लु क्षेत्रको स्थानीय जनसंख्या भने घट्दै छ।
सन् २०२६ र २०३० को बीचमा, यस क्षेत्रले आफ्नो करिब ८% जनसंख्या गुमाउने अनुमान गरिएको छ।

वर्ष
जम्मा
पुरुष
महिला
२०२६
५,३९३
२,५७४
२,८१९
२०२७
५,२८९
२,५२८
२,७६१
२०२८
५,१७४
२,४८०
२,६९४
२०२९
५,०८३
२,४४३
२,६४०
२०३०
४,९५९
२,३९४
२,५६५

स्रोत:  NSO, 2021

यसले यहाँलाई के अवसर दिन्छ: स्थानीय प्रतिद्वन्द्वी कम, धेरै व्यवसाय बन्द हुँदै वा आफ्नो लगानी घटाउदै जाने अवस्था, र प्रतिस्पर्धी विकल्पहरू हराउँदै गर्दा माग बढ्दो l

यसले के जोखिम दिन्छ: गाइड, पोर्टर र होटल कर्मचारी खोज्न गाह्रो, स्थानीय खेतबारीमा उत्पादन घट्दो, र आपूर्ति शृङ्खला अनिश्चित बन्दैl

👉 यहाँ भीडभाड भएको बजारमा प्रवेश गर्दै हुनुहुन्न । यहाँ त्यो बजारमा प्रवेश गर्दै हुनुहुन्छ, जहाँ रहेका विक्रेताहरू हराउँदै छन्।


मनास्लुको विजयी सूत्र: पर्यटक प्रवाहलाई उत्पादन-आधारित आम्दानीमा रूपान्तरण गर्ने

मनास्लुमा पर्यटक सङ्ख्याको वृद्धिले खाना, प्याकेजिङ्ग र हल्का उपभोग्य वस्तुहरूको लागि निरन्तर र मौसमी माग सिर्जना गर्दछ। यो माग सरल, स्थानीय रूपमा प्राप्त हुने उत्पादनहरू मार्फत पूरा गर्न सकिन्छ जुन तयार गर्न, बोक्न र मापन गर्न सजिलो हुन्छ।

सिस्नो: स्थानीय सुपबाट मूल्यवान उत्पादनमा

पदमार्गमा ट्रेकर अहिले पनि सिस्नो उपभोग गर्ने गरेका छन् l 

चुकन्दर पाउडर (Beetroot Powder): ट्रेकरको लागि चाहिने पोषण

ट्रेकरहरूलाई ऊर्जाले भरिपूर्ण, बोक्न सजिलो खाना चाहिन्छ - चुकन्दर पाउडर यसका लागि उपयुक्त छ।

केरा पाउडर: तत्काल ऊर्जा समाधान

हल्का र तयार गर्न सजिलो, उच्च उचाइमा उपभोगको लागि राम्रो l

लप्सी उत्पादनहरू: स्थानीय स्वाद, प्रिमियम आकर्षण

लप्सीले अद्वितीय नेपाली स्वाद प्रदान गर्दछ जुन विदेशी पर्यटकहरूलाई विशेष आकर्षित गर्दछ।

दुना टपरी: वातावरणमैत्री सेवा समाधान

​बढ्दो पर्यटक सङ्ख्याले प्लास्टिकको दिगो विकल्प खोज्दैछ l


अन्तिम निष्कर्ष

मनास्लुको अवसर केवल पर्यटनमा मात्र छैन l पर्यटकहरुलाई हामीले के कसो गरेर सत्कार गर्छौ त्यसमा नै सबै अवसर लुकेको छ l

  • ट्रेकिङ आवश्यकताहरूसँग मेल खाने उत्पादनहरूबाट सुरु गर्नुहोस् (हल्का, स्थानीय, उपभोग्य) l
  • पदमार्गमा नै प्रत्यक्ष बिक्री गर्नुहोस् l
  • प्रमाणित माग प्रयोग गरी ठूला बजारहरूमा विस्तार गर्नुहोस् l

👉 मनास्लु केवल एक गन्तव्य मात्र होइन - यो नेपालको उत्पादन-आधारित ग्रामीण अर्थतन्त्रको लागि जीवित परीक्षण स्थल हो।

DHN Admin 22 जनवरी, 2026
सेयर गर्नुहोस् 
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
कञ्चनजङ्घामा बढ्दो पर्यटक: तथ्याङ्क, रुझान र २०२६ को लागि व्यवसायिक रणनीति
Data Insight