बाँके राष्ट्रिय निकुञ्ज नेपालको एउटा विशेषखाले वन हो। यहाँ बाघ, हात्ती र दुर्लभ चराहरू र अन्य जंगली जनावरहरू हेर्न सकिन्छ l यस अलावा, बाँके राष्ट्रिय निकुञ्जमा नदी, बाक्ला रूखहरू र खुला घाँसे मैदानहरू पनि छन् । यो प्रकृति प्रेमीहरूको लागि एक सुन्दर र शान्त ठाउँ हो । यहि शान्तपन नै पर्यटकहरुले रोज्ने हुन् l

को आउदछन् त यो राष्ट्रिय निकुञ्ज भ्रमण गर्न ?
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या तुलनात्मक रूपमा कम भए पनि बढ्दो क्रममा छ, बिशेष गरी आन्तरिक नेपाली पर्यटकहरुबाट । हरेक वर्ष पर्यटकहरूको कुल संख्यामा तलमाथि आएको भए पनि, सन् २०२३ मा बलियो सुधार हुदै यो निकुञ्ज आउने पर्यटक संख्या ३१७ पुगेको छ। यो संख्या लगभग पूर्ण रूपमा नेपाली पर्यटकहरुको वृद्धिद्वारा भएको हो, जुन २०२१ मा २३४ बाट बढेर २०२३ मा ३०३ पुगेको छ । विदेशी पर्यटक संख्या न्यून रहेको छ तर २०२३ मा आशाजनक वृद्धि देखाएको छ l सार्क बाहेकका विदेशी पर्यटकहरु २-३ जनाबाट बढेर सन् २०२३ मा १३ पुगेको छ। सार्क पर्यटकहरुको सङ्ख्या नगण्य छ l सो क्षेत्रबाट यहाँ वर्षेनी १ देखि ३ जना मात्र पर्यटकहरु आउने गरेका छन् l
वर्ष | नेपाली | सार्क | विदेशी | जम्मा |
| २०२१ | २३४ | ३ | ० | २३७ |
| २०२२ | २९७ | ३ | ४ | ३०४ |
| २०२३ | ३०३ | १ | १३ | ३१७ |
| २०२४* | २५५ | ३ | ३ | २६१ |
स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१); * छ महिनाको मात्र उपलब्ध भएको l
चुरो कुरो: बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकहरु अत्यधिक नेपाली नै हुन् l सन् २०२३ मा यहाँ आएका कुल पर्यटकहरुमद्धे ९५% भन्दा बढी नेपाली पर्यटकहरु थिए l विदेशी पर्यटकहरुको संख्या कम छ तर यी पर्यटकहरुको संख्या निरन्तर बढ्दै छ l विदेशी लक्षित मार्केटिंग र पूर्वाधार विकास भएमा यी पर्यटकहरु पनि यहाँ निरन्तर आउने सम्भावना प्रबल छ l
बाँके राष्ट्रिय निकुञ्जको मुख्य आगन्तुकहरु- नेपाली पर्यटक
नेपाली पर्यटकहरूको संख्या अझै पनि न्युन छ, तर पनि बाँके राष्ट्रिय निकुञ्जमा व्यवसाय गर्नेहरुका लागि सबैभन्दा भरपर्दो ग्राहक भनेको नेपाली पर्यटक नै हो l विदेशी पर्यटकहरु जस्तो केहि महिनामा सीमित नहुने नेपाली पर्यटकहरु हरेक महिना पुगेका नै हुन्छन l तर यसो भनिरहदा, नेपाली पर्यटकहरुको यात्रा पनि मौसमी छ l असोज-कार्तिकमा बढी हुन्छ, र जाडो महिनामा अलिक कम हुन्छ l
मासिक नेपाली पर्यटक संख्या, २०२३
स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)
बुझ्नु पर्ने कुरो: बाँके राष्ट्रिय निकुञ्जको भरपर्दो जग आन्तरिक पर्यटन हो, तर यो अत्यधिक मौसमी छ। यसले देखाऊदछ कि राष्ट्रिय बिदाका दिन वा विद्यालय छुट्टि हुँदा वा मौसम अनुकुल हुँदा पर्यटकहरु यहाँ आउने गर्दछन् l
विदेशी पर्यटकहरुको न्यून सङ्ख्या
बाँके राष्ट्रिय निकुञ्जमा आउने विदेशी र सार्क पर्यटकहरुको संख्या न्यून छ l संगसंगै, केहि महिनामा मात्र निश्चित छ l सार्क पर्यटकहरु असार महिनामा बढी देखिएका छन् भने अन्य पर्यटकहरु फाल्गुण र कार्तिकमा बढी देखिएका छन् l कतिपय महिनामा त यी खाले पर्यटकहरु हुदा पनि हुदैनन् l नेपाल-भारत सिमा जोडिएको बाँके, जहाँ बाँके राष्ट्रिय निकुञ्ज छ, यहि नै सार्क पर्यटकहरु नहुनु दुखको कुरो हो l
मासिक विदेशी पर्यटक संख्या, २०२३
स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)
Market Differentiation:International tourism to Banke National Park is not a steady stream but occurs as occasional, brief spikes. This suggests visits are likely opportunistic or tied to specific short-term events, rather than being driven by sustained promotional campaigns or established travel circuits.
समग्र पर्यटक अवस्था: घरेलु पर्यटनकै झ-झल्को
बाँके राष्ट्रिय निकुञ्जमा देखिने कुल मासिक पर्यटक संख्याको ढांचा नेपाली पर्यटककै जस्तो छ l यसको मुख्य कारण भनेको अधिकांश पर्यटक नेपाली भएर हो l बाँके राष्ट्रिय निकुञ्जमा स्पष्ट रूपमा ब्यस्त र कम ब्यस्त समय देखिन्छ । असोज-मंगसिर र बैशाख-जेठमा मा चहलपहल बढी हुन्छ । तर असार-भाद्रमा पर्यटक संख्या निकै घट्छ, कहिलेकाहीँ त झन्डै शून्यमा नै पुग्छ । विदेशी पर्यटकहरुको संख्या निकै कम भएकाले कुल सङ्ख्यामा खासै असर पार्दैन, केवल सानो उतारचढाव मात्र देखिन्छ ।
मासिक कुल पर्यटक संख्या, २०२३
स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)
The Bottom Line for Your Business: Banke National Park's visitation is defined by strong seasonality driven almost entirely by domestic tourist patterns. The park is busy during specific holiday or pleasant-weather periods and very quiet at other times, with international visitors having no significant impact on its annual cycle.
सफल व्यवसायका लागि केहि अवसरहरू
बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रायः नेपाली पर्यटकले धानेको छ । वृद्धि गर्ने उपाय भनेको ब्यस्त समयमा नेपाली बजारसँग बलियो सम्बन्ध बनाउनु र शान्त समयमा नयाँ तरिका अपनाएर पर्यटक ल्याउनु हो । तल मुख्य अवसरहरू प्रस्तुत गरिएका छन् ।
नदी किनारमा प्रिमियम क्याम्पको अनुभव: Upgrade accommodations near the Rapti or Babai rivers into a comfortable "premium wildlife camp." Focus on safe, clean tents or cottages with private spaces for relaxing and observing the riverine ecosystem.
“बाघ र डल्फिन” सफारी: बाँके राष्ट्रिय निकुञ्ज बाघको लागि प्रख्यात ठाउँ हो l यहाँ बाघ बाहेक डल्फिन पनि देख्न सकिन्छ l यसैले बिहानको पहरमा “डल्फिन वाच” वा अनुभवी गाइड र प्रकृतिविद् सहितको “बाघ अवलोकन” को प्याकेज राख्नुहोस् l
साइकल यात्रा र पंक्षी अवलोकनसहितको प्याकेज: स्थानीय लजहरुसँग मिलेर साइकल यात्रा र पंक्षी अवलोकन समेटिएको प्याकेज बनाउनुहोस् । बलियो साइकल, घाँसे मैदान र जंगलका बाटो सहितको यात्रा लगायत नक्सा, खाजाको प्याकेट, र दूरबिन/गाइडबुक सहितको प्याकेजको व्यवस्था गर्नुहोस् l
कम पर्यटक आउने समयमा बिशेष रणनीति: जाडोयाममा नेपाली परिवार, विद्यार्थी, र समूहका लागि किफायती र आकर्षक प्याकेज तयार गर्नुहोस् । भीड कम हुँदा वातावरण शान्त हुन्छ, आकाश खुला रहन्छ, र यो बेला वन्यजन्तुहरुको अवलोकन पनि राम्रो संग गर्न सकिन्छ भन्ने जानकारीलाई तथ्य सहित प्रचार गर्नुहोस् ।
भरपर्दो यातायात सुविधा: बाँके राष्ट्रिय निकुञ्ज पुग्न यातायात चुनौतीपूर्ण नभए पनि, नेपालगञ्ज वा कोहलपुरका भरपर्दो चालकसँग साझेदारी गरेर सजिलै यातायातहरु बुक गर्न सकिने व्यवस्था मिलाउनुहोस् l यो व्यवस्था संगै पार्क अवलोकनको परमिट, र लजको बसाईको व्यवस्था मिलाउनुहोस् । यसले हरेक खाले पर्यटकहरुका लागि यात्रा झन्झटरहित बनाउँछ ।
ठूलो नयाँ रिसोर्ट: यहाँको पर्यटन सिजन छोटो र एकैचोटि भीड हुने खालको छ । यसर्थ, ठुला होटेल जहाँ कर्मचारी र मर्मतसम्भारले अत्यधिक खर्च लाग्छ, त्यस्तो खाले होटेल वा रिसोर्ट बनाउनुपूर्व सोच्नु पर्छ l यो ठाउँमा केहि समय व्यस्त हुन्छ भने अरु समय खाली हुन्छ l
ग्ल्याम्पिङ मात्रमा आधारित लक्जरी क्याम्प: यस्तो महँगो क्याम्प प्रायः विदेशी पर्यटकहरुलाई लक्षित गरिने हो l तर यहाँ विदेशी पर्यटकको संख्या अझै कम र मौसमी छ । यसैले, अहिले नै यसमा धेरै लगानी गर्नु जोखिमपूर्ण हुनसक्छ ।
अलग्गै ठूला रेस्टुरेन्ट: अधिकांश पर्यटकहरु आफ्नै लज वा क्याम्पमा खान्छन् । अलग्गै ठुलो रेस्टुरेन्ट खोल्नु भनेको बाटो हिँड्ने ग्राहकमा भर पर्नु भनेको हो l यस्तो अवस्थामा आएका पर्यटकहरुलाई सेवा दिन्छु भनेर रेस्टुरेन्ट खोल्नु पूर्व सोच्नु पर्छ l
ठूलो हस्तकला वा उपहार पसल: टाढाको पार्क घुम्न आउनेले हल्का सामान बोकेर हिँड्छन् । ठूलो, सजिलै टुट्नेफुट्ने वा महँगो सामान बेच्ने पसलले अलिक ख्याल गर्नुपर्ने हुन्छ l पर्यटकको आवस्यकता र यहाँको सेवाको बीचमा तालमेल नमिलेमा पछि समस्यामा फस्ने डर हुन्छ l
विदेशी पर्यटकमै मात्र निर्भर व्यापार: विदेशी पर्यटक बढ्दै छन् तर यिनीहरुको सङ्ख्या अझै सानो छ । यसर्थ, विदेशी पर्यटकहरुमै मात्र भर परियो भने धेरै समय व्यवसाय खाली रहने जोखिम हुन्छ ।
वर्षभरि ठूलो कर्मचारी टोली राख्नु: वर्षभरि आउने पर्यटकहरुमध्ये ८५% पर्यटकहरु सात महिना भित्र आउँछन्। व्यवसायमा ठुलो कर्मचारी टोली बनाउँदा बाँकी पाँच महिनामा त्यो टोलीलाई पाल्नु पर्दा नाफा घट्छ ।
झन्झटिला, आयातित सामानमा निर्भर हुनु: आयात गर्नैपर्ने खाना वा सामग्रीमा आधारित व्यवसाय नबनाउनुहोस् । यस्तो आपूर्ति अस्थिर र महँगो हुन्छ, र स्थानीय अर्थतन्त्रलाई सहयोग पनि गर्दैन ।
संवेदनशील क्षेत्रमा टुर विस्तार: अत्यन्त दुर्गम, उच्च हिमाली वा वातावरणीय रूपमा संवेदनशील क्षेत्रमा नयाँ लज वा नियमित ट्रेल खोल्ने लोभ नगर्नुहोस्। खर्च धेरै हुन्छ, माग सानो हुन्छ र संरक्षण जोखिम उच्च हुन्छ। बरु अहिलेका सहज र सुरक्षित ट्रेलमै राम्रो अनुभव कसरी दिने त्यो बारेमा सोच्नुहोस् ।
होटेल बुकिंगको महँगो व्यवस्थापन: (जस्तै: Booking.com) विदेशी पर्यटकहरुको संख्या उल्लेख्य नभएको हुँदा अहिले नै होटेल बुकिंगको महँगो व्यवस्थापन पक्षमा जोड नगर्दा उपर्युक्त देखिन्छ l अहिले नै यसो गर्नु भनेको नाफालाई कटाएर निश्चित रकम होटेल बुकिंगको महँगो व्यवस्थापनमा खर्च गर्नु हो l
विस्तारका लागि ऋण: थुप्रै कोठा थप्ने वा धेरै जिप किन्नका लागि ठूलो बैंक ऋण लिनु अघि पटक पटक सोच्नुहोस् । मौसमी आम्दानीले नियमित किस्ता तिर्न गाह्रो हुन सक्छ । नाफा पुनःलगानी गरेर वा सानो सानो लगानीबाट अघि बढ्दा उपर्युक्त हुन्छ l
तथ्यांकका आधारमा आफ्नो व्यवसायिक योजना बनाउनुहोस्
पछिल्ला चार वर्षको तथ्याङ्कले बाँके राष्ट्रिय निकुञ्जमा स्पष्ट मौसमी ढाँचा देखाउँछ । यो ढाँचा मुख्यत: नेपाली पर्यटकहरुको हो । २०२१ यता कुल पर्यटकमा सानो तर स्थिर प्रकृतिमा पर्यटन वृद्धि भएको छ l बुझ्ने व्यवसायीले अवसरसँगै जोखिम पनि हेरेर योजना बनाउनुपर्छ l यसर्थ, २०२१–२०२४ को मध्यम वृद्धिलाई आधार मानेर, २०२६ का लागि कुल पर्यटक आवागमनका तीन व्यवहारिक अवस्थाहरु यहाँ प्रस्तुत गरिएका छन् ।
अवस्था | प्रक्षेपित पर्यटक |
| अहिलेको अवस्थामा | ~ ५०० |
| धेरै आए भने | ~ ५५० |
| कम आए भने |
~ ४५० |
नोट: ८०% को बिश्वास अन्तराल
महत्वपुर्ण जानकारी: यी संख्यालाई आफ्नो योजना बनाउने आधारको रुपमा प्रयोग गर्नुहोस्, तर यो संख्यामा पूर्ण रुपमा भर नपर्नुहोस l विविधि अर्थ-, भूगोल- नीति र स्थानीय घटनाक्रमले यो संख्या तलमाथि पर्न सक्छ l
बाँकेमा सफलताको शुत्र
पार्कको लय बुझेर काम गर्नुहोस्: वर्षको योजना बनाउदा हरेक महिना कति पर्यटक आएका छन्, कस्ता खाले आएका छन् भन्ने जानकारीलाई अहम बनाउनुहोस् l ब्यस्त समयमा पर्यटकहरुलाई सेवा दिनुहोस् भने कम ब्यस्त समयमा मर्मत–सम्भार, सरसफाइ, स्टाफ तालिम, र स्थानीय संघसंस्थासंग साझेदारी वा उत्पादन विकासमा ध्यान दिनुहोस् ।
नेपाली पर्यटकहरुलाई प्राथमिकतामा राख्नुहोस् र अघि बढ्दै जानुहोस्: यहाँको मुख्य आधार भनेको नेपाली पर्यटकहरु हुन् । इमानदार आतिथ्यता, उचित मूल्य, र भरपर्दो सेवा दिएर उनीहरूलाई फेरि–फेरि आउने बनाउनुहोस् । नाफा भएको केहि आम्दानीबाट साना तर काम लाग्ने सुधारहरू गर्नुहोस् — जस्तै नदीतर्फ हेर्ने आरामदायी कोठा, क्यामेरा चार्जिङ स्टेशन, वा विशेषज्ञसहितका “बाघ र डल्फिन” सफारी प्याकेज ।
जंगल र नदीको ज्ञानलाई अगाडि राख्नुहोस्: यहाँको काम भनेको जंगली अनुभवहरुलाई पर्यटकमाझ राख्ने हो l यसैले सालको वन र नदीको इको-सिस्टम बुझ्ने दक्ष गाइड तयार पार्नुहोस् । साना समूहमा पंक्षी अवलोकन, जिप सफारीमार्फत बाघ ट्र्याकिङ, वा शान्त डल्फिन अवलोकन जस्ता अनुभवहरु दिनुहोस् । यस्ता अनुभवहरु गाइडको ज्ञानले मात्र सम्भव हुन्छ l
ऋण होइन, आम्दानीसँगै बढ्नुहोस्: पर्यटकहरु धेरै आउन थाले भनेर ठुला ठुला संरचनाहरुको सपना कम देख्नुहोस् l यहाँ आउने पर्यटकहरु निश्चित मौका मिलाएर मात्र आउने हुन् l यसर्थ, आफ्नो कमाइलाई बिस्तारै पुनःलगानीमा जोड्नुहोस् l एक सिजन राम्रो तालिम, अर्को सिजन खानेकुरामा विविध स्थानीय परिकार l यसरी अघि बढ्द सुरक्षित बन्नुहुनेछ ।
आवागमन र व्यवस्थापनलाई भरपर्दो बनाउनुहोस्: नेपालगञ्ज वा कोहलपुरबाट आउने पर्यटकहरुका लागि यातायात र अन्य व्यवस्थापन झन्झटिलो लाग्न सक्छ । यसर्थ, भरपर्दो यातायात, पार्क प्रवेशको समन्वय, र राम्रो सल्लाह दिने विश्वासिलो साझेदार बन्नुहोस् । यस्तो सेवा मुखैमुख प्रचार हुन्छ ।
शान्त, गोप्य प्रकृतिको कथा बेच्नुहोस्: यहाँको बलियो पक्ष केवल बाघ वा डल्फिन होइन; भीडरहित पार्कको अनुभव गर्न पाइने शान्त वातावरण पनि हो । यसैले, सुनसान बाटो, नछोइएका नदीकिनार, र शान्त अन्वेषणको अनुभूतिलाई प्रचारप्रसार गर्नुहोस् ।