Follow us
नेपालमा केराको पिठो: केरालाई उच्च-मूल्य कृषि व्यवसायमा रूपान्तरण गर्ने अवसर
Data Insight

नेपालमा केराको पिठो: उच्च-मूल्य व्यवसायमा रूपान्तरण गर्ने अवसर

केराको पिठो साधारण देखिने तर अत्यन्त सम्भावनायुक्त कृषि-आधारित उत्पादन हो। काँचो केरालाई सुकाएर र पिसेर तयार गरिने यो पिठो अहिले विश्वभर स्वास्थ्य, पोषण, तथा ग्लुटेनरहित खाद्य उद्योगमा लोकप्रिय बन्दै गएको छ।

👉 नोट: केराबाट बन्ने पाउडर प्रायः पाकेको केराबाट बनाइन्छ भने पिठो मुख्यतया काँचो केराबाट बनाइन्छ।

आज केराको पिठो प्रयोग गर्ने मुख्य क्षेत्रहरू:

  • ग्लुटेनरहित खाद्य उद्योग l
  • बेकरी उद्योग l
  • शिशु आहार उत्पादन गर्ने कम्पनीहरू l
  • खेलकुद पोषण सामग्री उत्पादन गर्ने कम्पनीहरू l
  • स्वास्थ्यसम्बन्धी खाद्य व्यवसायहरू l

यसबाट रोटी, बिस्कुट, केक, पास्ता, प्यानकेक, स्वस्थ खाजा, तथा ऊर्जा दिने खानेकुराहरु बनाउन थालीसकिएको छ ।

स्रोत: (mdpi.com; bananaprocess.com)​

👉यसको अर्थ, यो केवल पिठो होइन, यो बढ्दो स्वस्थ खानेकुरो खोज्ने बजारसँग जोडिएको उच्च सम्भावनायुक्त उत्पादन हो।

केराको पिठो:  नेपालमा उदाउँदो सम्भावना

नेपालमा किसानहरू केराको कम मूल्य, छिटो बिग्रिने समस्या, बजार अस्थिरता र बिचौलियामा निर्भर हुनुपर्ने समस्याले ग्रसित छन्।

  • किसानहरूले प्रति केरा रु. ५–६ मा बिक्री गरिरहेका छन् (स्रोत: NayaPage 26/4/2026; Ratopati 20/4/2026) l
  • उत्पादन लागत प्रति केरा करिब रु. ४ छ (स्रोत: Ratopati 20/4/2026) l
  • नाफाको मार्जिन अत्यन्तै कम छ l

👉 यसर्थ, केरा पिठोले किसानलाई “कच्चा उत्पादन बेच्ने” अवस्थाबाट “मूल्य अभिवृद्धि गर्ने उद्यमी” बन्ने अवसर दिन्छ।

केराको पिठो: ताजा केरा बेच्नुभन्दा बढी नाफादायक

१.  लामो समय भण्डारण गर्ने क्षमता = बढी बजार नियन्त्रण

ताजा केरा छिट्टै बिग्रिने भएकोले तुरुन्त बेच्नुपर्छ। तर केरा पिठो:

  • लामो समयसम्म भण्डारण गर्न सकिन्छ l
  • बजार मूल्य राम्रो भएको बेला बेच्न सकिन्छ l
  • बिग्रने सम्भावना कम हुन्छ l

👉 केराको पिठोलाई “लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्न सकिने” भनेर अध्ययनले देखाएको छ।

स्रोत: (mdpi.com) l

२.  ग्लुटेन फ्री बजारको तीव्र वृद्धि

विश्वभर ग्लुटेन-फ्री खाद्य बजार तीव्र गतिमा बढिरहेको छ।

  • केराको पिठो अहिले पाउरोटी, बिस्कुट, पास्ता, केक र चिप्सलगायतका वस्तुहरुमा प्रयोग गर्न थालिएको छ l

👉 केराको पिठोलाई गहु र मैदाको पिठोको विकल्पको रूपमा प्रयोग गर्न थालीसकिएको छ।

स्रोत: (mdpi.com)

३.  भण्डारणपश्चात् हुने क्षतिमा कमी

केराको ठूलो हिस्सा निम्न कारणले खेर जान्छ l

  • आकार नमिलेका केरा l
  • निर्यात अयोग्य केरा l
  • बजारमा नबिकेका केरा l

👉 तर अनुसन्धानले केराको पिठोलाई केरा व्यवस्थापनको प्रभावकारी माध्यम मानेका छन्।

स्रोत: (Sciencedirect.com)

४.  सहज यातायात र भण्डारण

ताजा केरा:

  • सावधानीपूर्वक ह्यान्डलिङ चाहिन्छ l
  • चाँडै सड्छन् l
  • उच्च लजिस्टिक जोखिम हुन्छ l

👉 केराको पिठो हलुका, कम सड्ने जोखिम भएको, र लामो दूरीमा ढुवानी गर्न सकिने हुँदा, यसले शहरी तथा निर्यात बजारहरूमा पहुँच खोलिदिन्छ।

केराको पिठो: १ किलो पिठो बनाउन कति केरा चाहिन्छ?

सामान्यतया:

  • ८–१० केजी काँचो केरा ≈ 1 केजी केराको पिठो l

👉 यो किन अर्थ राख्छ: किनभने केरामा धेरै पानी हुने भएकाले केरा सुकाएपछि तौल उल्लेखनीय रूपमा घट्छ।

स्रोत:  (Bananaprocess.com)

केराको पिठो: चरणबद्ध आर्थिक विश्लेषण (प्रति किलो केराको पिठो)

लागत विवरण तालिका:

विवरणथप - विवरणलागत (रु.)
कच्चा पदार्थ
40–60 गोटा केरा × NPR 4
१६०–२४०
प्रशोधन लागत
सुकाउने, पिस्ने, लेबर खर्च र प्याकेजिङ्ग खर्च
२००–३५०
कुल लागत
कच्चा पदार्थ + प्रशोधन
३६०–५९०
बिक्री मूल्य
थोक देखि ब्रान्डेड खुद्रा मूल्य
७००–१५००
नाफा मार्जिन
बिक्री मूल्य – कुल लागत
११०-११४०

👉 प्रिमियम अर्ग्यानिक ब्रान्ड, राम्रो प्याकेजिङ्ग र निर्यात गर्न सकिने गुणस्तर भएमा, केराको पिठोको मूल्य झन् बढ्छ l

केराको पिठो: एक रोपनी केरा खेतीकोआर्थिक विश्लेषण

एक रोपनी जमिनबाट करिब १,५०० देखि २,००० वटा केरा उत्पादन हुन सक्छ।

विवरण
ताजा केरा विक्री
केरा पिठो उत्पादन
कुल उत्पादन
१,५००– २,००० केरा
~ 30–50 केजी पिठो
कच्चा लागत
रु ६,००० - ८,०००
रु ६,००० - ८,०००
प्रशोधन लागत
-
रु. १२,००० – २५,०००
कुल लागत
रु. ६,००० – ८,०००
रु १८,००० - ३३,०००
बिक्री मूल्य
रु. ५–६ प्रति केरा
रु. ७०० – १,५०० प्रति केजी
कुल आम्दानी
रु. ७,५०० – १०,०००
रु. २१,००० – ७५,०००
सम्भावित नाफा
रु. २,००० – ५,०००
रु. ५,००० – ४०,०००

हालको अवस्थामा केरा कोसाको ५ देखि ६ रुपैयामा बेच्नु परेको छ l
दुर्गा प्रसाद भुर्तेल - साभार Nayapage 26/4/2026

प्रति केरा उत्पादन लागत करिब ४ रुपैयाँ पर्छ। साढे ५ रुपैयाँमा बिक्री गर्दा प्रति केरा करिब डेढ देखि दुई रुपैयाँ नाफा हुन्छ। कम्तीमा साढे ४ रुपैयाँ प्रति कोसा मूल्य नपाए किसानको लगानी पनि उठ्न सक्दैन। Ratopati 20/4/2026

गाठी कुरो 
  • प्रशोधनले आम्दानी ५–१० गुणाले बढाउँछ।
  • नेपालको वास्तविक समस्या उत्पादन होइन — यो मूल्य अभिवृद्धिको कमी हो।

केराको पिठो: बनाउने तरिका

केरा पिठो बनाउने तरिका धेरै जटिल छैन, तर गुणस्तर कायम गर्न सक्नुपर्छ l 

स्रोतहरु:  (Bananaprocess.com; ResearchGate - August 2022, ResearchGate - May 2022; ScienceDirect.com) l

१. काँचो केरा छनोट

यसमा काँचो केरा प्रयोग गरिन्छ, किनभने यस्तो खाले केरामा:

  • रेसिस्टेन्ट स्टार्च (resistant starch) धेरै हुन्छ l
  • पिठोको गुणस्तर राम्रो बनाउने काम गर्छ l

२. पखाल्ने र बोक्रा हटाउने

केरालाई राम्रोसँग पखालेपछि यसको बोक्रा हटाउनुपर्छ ।

३. स-सानो टुक्रा बनाउने

टुक्रा बनाउँदा सकभर एकै खाले टुक्रा बनाउने l यसले गर्दा:

  • सुकाउन सजिलो हुन्छ l
  • केरामा भएको पानी/नमिलाई नियन्त्रण गर्न सजिलो हुन्छ l

४. केरा खैरो हुने अवस्थाबाट बचाउने

केरा काटेपछि चाँडै खैरो हुने समस्या हुन्छ। यसलाई रोक्न:

  • सिट्रिक एसिड वा Sodium metabisulfite वा तातो पानीको प्रयोग गर्नुपर्छ

👉 यो चरणले रंग र केराको पिठोको आयुमा ठूलो प्रभाव पार्छ।

५. सुकाउने (सबैभन्दा महत्वपूर्ण चरण)

केराको पिठोको गुणस्तरको मुख्य आधार भनेको नै यो कत्तिको सुक्खा छ भन्ने कुरोले मापन हुन्छ l यसका लागि प्रयोग हुने तरिकाहरु:

  • घाममा सुकाउने l
  • तातो हावा दिएर सुकाउने l
  • सोलार प्रबिधिमार्फत सुकाउने l

अनुसन्धान अनुसार राम्रो संग सुकेको पिठोले:​

  • रेसिस्टेन्ट स्टार्च (resistant starch) कायम राख्छ l
  • रङ्ग पनि राम्रो देखिन्छ l
  • गुणस्तर पनि राम्रो हुन्छ l

👉 नेपालका लागि सोलारबाट सुकाउने पद्धति अत्यन्त उपयोगी हुन सक्छ।

६. पिस्ने

सुकाइसकेपछि केराको टुक्राहरुलाई पिसेर पिठो बनाउनुपर्छ। जति राम्रो संग पिस्यो त्यति गुणस्तरको पिठो बन्छ l

७. प्याकेजिङ्ग

प्याकेजिङ्ग गर्दा चिसो नबस्ने गरी गर्नुपर्छ l

  • पिठो बिग्रिन सक्छ l
  • पिठोको आयु घट्न सक्छ l

केराको पिठो व्यवसायका चुनौतीहरू

केरा पिठो व्यवसायमा ठूलो सम्भावना भए पनि व्यवहारमा केही महत्वपूर्ण चुनौतीहरू देखिन्छन्। यी चुनौतीहरू समाधान नगरेसम्म यो व्यवसायलाई विस्तार गर्न कठिन हुन्छ।

  • सुकाउने लागत उच्च हुनु l विशेषगरी कृत्रिम dryer प्रयोग गर्दा ऊर्जा लागत धेरै हुनु l
  • केरा काटेपछि कालो/खैरो हुने समस्या l
  • गुणस्तरमा अस्थिरता (texture, moisture र colour मा फरक) l
  • ग्रामीण क्षेत्रमा आवस्यक पूर्वाधारको कमी l
  • बजारमा ब्रान्ड नगरिएका वा आयातित उत्पादनसँग प्रतिस्पर्धा l

समाधान के हुन सक्छ?

यी चुनौतीहरूलाई सही रणनीतिका साथ व्यावसायिक अवसरमा बदल्न सकिन्छ:

  • ऊर्जा लागत घटाउन र उत्पादन स्थिर बनाउन सोलार वा हाइब्रिड ड्रायरको प्रयोग गर्ने।​
  • प्रि–ट्रिटमेन्ट विधिहरू सुधार गर्ने, जस्तै सिट्रिक एसिड वा ब्लान्चिङ, जसले मौसमी उतारचढाव घटाउन, गुणस्तर नियन्त्रण सजिलो बनाउन, र लागत अनुमानयोग्य बनाउन मद्दत गर्छ।
  • ब्रान्डिङ र प्रमाणीकरण (खाद्य सुरक्षा, स्वच्छता मापदण्ड) मा लगानी गरेर विश्वसनीयता बढाउने।
  • ब्रान्डिङमा विशेष ध्यान दिने, विशेषगरी “हिमालयन अर्गानिक केराको पिठो” को रूपमा स्थापित गर्ने।

    👉 मुख्य बुझाई: नेपालमा अहिले केराको पिठो उद्योग ठूलो संख्यामा छैन। जसले पहिले राम्रो गुणस्तर र ब्रान्डिङ बनाउँछ, उसैले बजारको नेतृत्व लिन सक्छ।

केराको पिठो व्यवसायमा कसरी सफल हुने?

केरा पिठो व्यवसायको सफलता किसान, उद्यमी र स्थानीय सरकारको भूमिकामा निर्भर गर्छ। यो केवल उत्पादनको व्यवसाय होइन, मूल्य चेन व्यवस्थापनको व्यवसाय हो।

किसानका लागि वास्तविक नाफा उत्पादन बेच्ने तरिकामा परिवर्तन गर्दा आउँछ।​

  • खेर जान लागेका, धेरै पाकेका वा कम गुणस्तरका केरा प्रशोधन उद्योगलाई बेच्ने l
  • निश्चित मागका लागि प्रशोधन उद्योगसँग कन्ट्रयाक्ट खेती गर्ने l
  • वर्षभरि आपूर्ति गर्न सकिने गरी उत्पादनको निरन्तरता कायम गर्ने l

    👉 मुख्य बुझाइ: किसानले केरा “ताजा फल” होइन, “प्रशोधनको कच्चा पदार्थ” रूपमा बुझ्दा आम्दानी बढ्छ।

उद्यमीका लागि सबैभन्दा ठूलो अवसर प्रशोधन र ब्रान्डिङमा हुन्छ।

  • सुकाउने प्रविधि सुधार गरेर लागत घटाउने​ l
  • गुणस्तरीय र निरन्तर उत्पादन प्रणाली विकास गर्ने l
  • स्वास्थ्य, जैविक र प्राकृतिक ब्रान्डिङ निर्माण गर्ने l
  • शिशु आहार, स्वास्थ्य उत्पादन, र निर्यात बजार लक्षित गर्ने l
  • आकर्षक र स्वच्छ प्याकेजिङमा लगानी गर्ने l

    👉 मुख्य बुझाइ: सबैभन्दा ठूलो नाफा पिठो बेचेर होइन, ब्रान्डेड उत्पादन बेचेर आउँछ।
स्थानीय सरकारका लागि: भूमिका के हो?

स्थानीय सरकारको काम उत्पादन मात्र बढाउने होइन, पूरा इको-प्रणाली विकास गर्नु हो।

  • साना प्रशोधन उद्योगहरूलाई अनुदान र तालिम उपलब्ध गराउने l
  • ग्रामीण क्षेत्रमा सौर्य पूर्वाधार विकास गर्ने l
  • किसान र प्रशोधन उद्योगबीच सहकार्य निर्माण गर्ने l
  • सहकारी र समूह आधारित उद्योगलाई प्रोत्साहन गर्ने l
  • गुणस्तर प्रमाणीकरण र निर्यात तयारीमा सहयोग गर्ने l

👉मुख्य बुझाइ: बलियो प्रणाली बनेपछि मात्र दीर्घकालीन कृषि-उद्योग विकास सम्भव हुन्छ, उत्पादन मात्र बढाएर हुँदैन।

अन्तिम निष्कर्ष

केरा पिठो व्यवसायको चुनौती मागको कमी होइन - यसको मुख्य चुनौती प्रशोधन क्षमता, गुणस्तर स्थिरता, र बजारमा सही स्थान बनाउन सक्नु हो।

  • सुकाउने र प्रशोधन प्रविधि सुधार गर्ने l
  • ब्रान्डिङ र गुणस्तर प्रमाणीकरणमा लगानी गर्ने l​
  • किसान, प्रशोधन उद्योग र बजारबीचको आपूर्ति व्यवस्था मजबुत बनाउने l

    👉 केरा पिठो केवल एउटा खाद्य उत्पादन होइन - यो नेपाली कृषिलाई कम मूल्यको उत्पादनबाट उच्च मूल्यको कृषि-उद्योगतर्फ रूपान्तरण गर्ने माध्यम हो।

Banana Flour Value Addition Calculator

Compare the economics of selling fresh bananas versus processing them into banana flour.








Processing Cost Breakdown (Per Kg Flour)






DHN Admin 11 मे, 2026
सेयर गर्नुहोस् 
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
झारबाट सम्पत्ति: सिस्नो पाउडर व्यवसायको सम्पूर्ण जानकारी (ग्रीन गोल्ड)
Data Insight