नेपालमा उत्पादन सम्भावना भएको पर्यावरणमैत्री परम्परागत उत्पादन हो – दुनाटपरी। यो मुख्यतः तराई र भित्री मधेशमा साल (Shorea robusta) तथा सुपारीका पातबाट उत्पादन गरिन्छ र कम लगानीमा सञ्चालन गर्न सकिने ग्रामीण उद्योग हो। परम्परागत रूपमा धार्मिक कार्य, भोज तथा संस्कारमा प्रयोग हुँदै आएको दुनाटपरी अहिले बढ्दो प्लास्टिक प्रदूषण, सरकारी प्रतिबन्ध, र निर्यात सम्भावनाका कारण व्यावसायिक उत्पादनतर्फ अघि बढ्दै छ।
विश्वले प्लास्टिकको विकल्प खोजिरहेको छ। युरोपले बेतको पातबाट बनेका प्लेट आयात गरिरहेको छ। जर्मनी र फिनल्यान्डले पनि यसै गर्दै छ l काठमाडौँका होटल र पार्टी प्यालेसमा प्लास्टिकको विकल्प खोजिन थालेको छ ।
यस ब्लगमा हामी दुनाटपरी उद्योगको अवस्था, उत्पादन क्षमता, आम्दानी, निर्यात सम्भावना, र विश्व बजारका अभ्यासबारे विश्लेषण गर्नेछौं।

दुना-टपरीको नेपालभर बजार सम्भावना
नेपालमा दुना-टपरीको माग उच्च छ। चाडपर्व (दशैं, तिहार, पूजा), मन्दिर, होटल, क्याटरिङ र घरेलु प्रयोगले वर्षभरि खपत हुन्छ। प्लास्टिक प्रतिबन्ध र जैविक उत्पादनको बढ्दो रहरले माग अझ बढ्दै छ।
केही ठूला उद्योगहरूले दैनिक लाखौं टपरी उत्पादन गर्छन्, तर साना तथा मझौला उद्यमहरूले पनि राम्रो कमाइ गरिरहेका छन्।
वार्षिक बजार ठूलो छ, विशेष गरी तराई र मध्य पहाडी क्षेत्रमा। महिला समूहहरूले सामुदायिक वनबाट निःशुल्क पात संकलन गरेर उत्पादन गर्दा लागत कम हुन्छ। निर्यात सम्भावना पनि बढ्दै छ l betel leaf बाट बनेका उत्पादनहरू युरोप र अमेरिकातर्फ निर्यात हुने क्रम बढ्दो छ।
विवरण | परिमाण | विविध |
|---|---|---|
६ प्रमुख उद्योगको वार्षिक उत्पादन |
४.६ करोड टुक्रा
| कैलाली, धनगढी, झापा, नवलपरासी, रौतहट, कृष्णपुरका उद्योगहरू
|
यी ६ उद्योगबाट हुने प्लास्टिक विस्थापन
|
४५४ कन्टेनर/वर्ष
| (३० लाख टुक्रा = ३० कन्टेनर)
|
देशभर सञ्चालित अनुमानित उद्योगहरू
|
कम्तीमा २०-२५ वटा
| सिन्धुली, खोटाङ, सर्लाही, महोत्तरी, बर्दिया, काभ्रे, सुनसरी, मोरङ, आदि
|
ती उद्योगहरूबाट हुने सम्भावित उत्पादन (अनुमानित)
|
थप २-३ करोड टुक्रा
|
प्रति उद्योग औसत १०-१५ लाख टुक्रा वार्षिक (रूढिवादी अनुमान)
|
नेपालको कुल वार्षिक बजार (अनुमानित)
|
६-८ करोड टुक्रा
| अध्ययन गरिएका ६ उद्योग + अन्य उद्योगहरूको योग |
मुख्य संदेशहरु:
ठूलो र बढ्दो बजार: अध्ययन गरिएका ६ उद्योगले मात्र वार्षिक ४.६ करोड टुक्रा उत्पादन गरिरहेका छन्। देशभर यस्ता दर्जनौं उद्योग भएकाले नेपालको कुल वार्षिक बजार ६-८ करोड टुक्रा भन्दा ठूलो हुन सक्छ। चाडपर्वमा माग उच्च हुने, प्लास्टिकको विकल्पको रूपमा जागरण बढ्दै गएकाले यो बजार अझ विस्तार हुने सम्भावना छ।
आयात विस्थापित गर्ने अवसर: प्लास्टिक र थर्मोकोल प्लेटको आयात घटाएर दुना-टपरीले प्रतिस्थापन गर्न सकिन्छ। अध्ययन गरिएका ६ उद्योगले मात्र वार्षिक ४५४ कन्टेनर प्लास्टिक फोहोर हुनबाट जोगाइरहेका छन्। यसले स्थानीय अर्थतन्त्र मजबुत बनाउन ठूलो योगदान पुर्याएको छ।
महिला र लगानीकर्ताका लागि अवसर: अध्ययन गरिएका ६ उद्योगमा मात्र ६०० भन्दा बढी महिलाले रोजगारी पाएका छन्। कम लगानीमा उच्च प्रतिफल (ROI २००%+ सम्म) हुने भएकाले साना लगानीकर्ताका लागि पनि आकर्षक क्षेत्र हो।
दुना-टपरी उत्पादन विश्लेषण – जिल्ला तहमा
दुना टपरीको विभिन्न क्षेत्रमा उत्पादन, लागत र आम्दानी फरक छ। कैलाली र नवलपरासीमा मेसिन प्रयोगले उत्पादन बढेको छ, जबकि सामुदायिक वन क्षेत्रमा महिला समूहहरू सक्रिय छन्।
कैलाली र नवलपरासी जस्ता जिल्लाहरूमा अर्ध-स्वचालित र हाइड्रोलिक प्रेस मेसिनको प्रयोगले उत्पादन मात्रामा उल्लेखनीय वृद्धि र गुणस्तरमा एकरूपता ल्याएको छ। मेसिन-आधारित उत्पादनले दैनिक उत्पादन क्षमता बढाउनुका साथै उत्पादनको फिनिसिङमा सुधार ल्याएको छ, जसले गर्दा होटल, क्याटरर र ठूला खरिदकर्तासम्म बजार पहुँच विस्तार भएको छ।
यसको विपरीत, सामुदायिक वन क्षेत्रहरूमा महिला समूहहरू उत्पादनको मुख्य केन्द्र बनेका छन्। यी समूहहरूले सामुदायिक वनबाट सालका पातहरू निःशुल्क वा न्यूनतम शुल्कमा संकलन गर्छन्, जसले गर्दा कच्चा पदार्थको लागत निकै कम हुन्छ। उत्पादन प्रायः परम्परागत विधिबाट वा सानो क्षमताका प्रेस मेसिन प्रयोग गरेर गरिन्छ, जसले उत्पादन मात्रा सीमित हुन्छ तर स्थानीय स्तरमा रोजगारी र जीविकोपार्जनमा बलियो प्रभाव पारेको छ।
ठाउँ | उत्पादन क्षमताy | मूल्य (रु/टुक्रा) | अनुमानित आम्दानी/प्रतिफल |
|---|---|---|---|
कैलाली | दैनिक ६,००० टुक्रा | दुना: रु. १, टपरी: रु. ५ |
वार्षिक नाफा: रु. ९०,००० बाट बढेर रु. २,००,०००+ (ROI २००%+) |
नवलपरासी | दैनिक १,००,००० टुक्रा | रु. १-६ |
वार्षिक राजस्व: $५०,००० (≈ रु. ६५ लाख); मासिक ३० कन्टेनर प्लास्टिक विस्थापन
|
धनगढी | दैनिक ३,००० दुना + ३,००० टपरी | दुना: रु. १, टपरी: रु. ४ |
मासिक बचत: रु. २५,०००; मासिक कारोबार: रु. १ लाख; वार्षिक ३ लाख बचत (ROI २१६%) |
लालझडी, कैलाली | दैनिक ५०० टुक्रा सम्म | रु. १-६ | स्थानीय खपत + काठमाडौं/पोखरा निर्यात; माग धान्न नसकिने अवस्था |
झापा | दैनिक १२,००० टुक्रा | रु. १-६ | आव २०८०/८१: रु. १.६ करोड बिक्री (६०% निर्यात); मासिक ३.६ कन्टेनर प्लास्टिक विस्थापन |
रौतहट | दैनिक १,६०० टुक्रा (६०० टपरी + १,००० दुना) | टपरी: रु. ४, ठूलो दुना: रु. २, सानो दुना: रु. १ | मासिक समूह बचत: रु. ३०,०००+; वार्षिक ३.६ लाख बचत |
कृष्णपुर (कंचनपुर) | दैनिक ५०० टुक्रा | रु. १-६ (आकार अनुसार) | स्थानीय खपत मात्र; फागुन-चैतमा संकलित २-३ महिनाको पात बजार अभावमा कुहियो |
Source: The Annapurna Express 18/11/2025; Kantipur 08/05/2024; Kantipur 10/03/2025; Aim2Flourish (n.d); ArthaSarokar (4/7/2025); SinghaDarbar (11/2/2025); KhabarHub (16/3/2025)
व्यावसायिक अन्तर्दृष्टि: दुना टपरी व्यवसायका तीन फरक व्यावसायिक मोडेल छन् l यहाँले आफ्नो क्षमता, स्रोत र लक्ष्य अनुसार उपर्युक्त मोडेल रोजेर अघि बढ्ने हो l
पहिलो मोडेल: ठूलो उत्पादन (स्केल) को बाटो: नवलपरासीको उद्योगले दैनिक १ लाख टुक्रा उत्पादन गरेर रु. ६५ लाख वार्षिक राजस्व तिरीरहेको छ। यो मोडेल ठूलो बजार (होटल, क्याटरर, थोक विक्रेता) मा प्रवेश गर्न चाहने र मेसिनरी तथा व्यवस्थापनमा लगानी गर्न सक्ने उद्यमीका लागि उपयुक्त छ। यहाँ प्रतिफल दर १००-१५०% भए पनि कुल आम्दानी धेरै हुन्छ।
दोस्रो मोडेल: महिला उद्यमशीलता (लघु उद्योग) को बाटो: धनगढीकी महिला उद्यमीले रु. ८ लाख लगानीमा वार्षिक रु. ३ लाख बचत गरिरहेकी छिन् र ६०+ महिलालाई तालिम दिइसकेकी छिन्। यो मोडेल सीप सिकेर आत्मनिर्भर हुन चाहने महिला, सहकारी, वा सानो पुँजी भएका उद्यमी का लागि उपयुक्त छ। यहाँ मुख्य फाइदा भनेको रोजगारी सिर्जना र सामुदायिक प्रभाव हो।
तेस्रो मोडेल: सामुदायिक वन-आधारित उत्पादन (कम लागत) को बाटो: कैलाली, रौतहट, लालझाडी र कृष्णपुरका सामुदायिक वन समूहहरूले निःशुल्क पात संकलन गरेर उत्पादन गर्छन्। यो मोडेल सामुदायिक वनको पहुँच भएका समूह, महिला सञ्जाल, वा सहकारी का लागि उपयुक्त छ। यहाँ कच्चा पदार्थको लागत शून्य हुँदा प्रतिस्पर्धात्मक मूल्यमा पनि राम्रो नाफा कमाउन सकिन्छ।
लगानी र नाफाबीचको सम्बन्ध
दुना टपरी उद्योगमा लगानीको आकार अनुसार प्रतिफल दर फरक हुन्छ। तलको तालिकाले विभिन्न प्रकारको उद्यमको लगानी, उत्पादन क्षमता, वार्षिक बिक्री, नाफा, र प्रतिफल दर (ROI) देखाउँछ। यसले लगानीकर्तालाई आफ्नो क्षमता र लक्ष्य अनुसार उपयुक्त मोडेल छनोट गर्न सहयोग पुर्याउँछ।
व्यवसायको प्रकार | लगानी (रु) | दैनिक उत्पादन | वार्षिक उत्पादन/राजस्व | अनुमानित नाफा | लगानीको प्रतिफल (%) |
|---|---|---|---|---|---|
सानो (धनगढी) | ८ लाख | ६,००० टुक्रा | १२ लाख | ३ लाख (बचत) | ३७.५% |
मध्यम (कैलाली) | १ लाख | ६,००० टुक्रा | १० लाख | २.५ लाख | २५०% |
ठुलो (नवलपरासी) | ५० लाख | १००,००० टुक्रा | ६५ लाख | १६.२५ लाख (राजस्व) | ३२.५% |
निर्यातमुखी (झापा) | ४ करोड | १२,००० टुक्रा | १.६ करोड | ४० लाख | १०% |
ROI (%) = कुल नाफा / कुल लगानी × १००
ROI = ३००,००० / ८००,००० × १०० ≈ ३७.५%
यसको माने, रु १०० लगानी गर्दा, यहाँले बार्षिक रु ३७.५० बराबरको नाफा कमाउन सक्नुहुन्छ l यो भनेको बैंकको मुद्दती (५-६%) र सेयरको (१०-१२%) भन्दा पनि धेरै हो l
याद राख्नुपर्ने: माथिको तालिकाले दुना टपरी उद्योगमा लगानीको आकार अनुसार प्रतिफल दर फरक हुने तर सबै मोडेल आकर्षक रहेको देखाउँछ। सानो लगानी (रु. १-८ लाख) मा ३७% देखि २५०% सम्म प्रतिफल प्राप्त गर्न सकिन्छ, तर कुल नाफा सीमित (रु. २-३ लाख) हुन्छ। ठूलो लगानी (रु. ५० लाख - ४ करोड) मा ROI घटेर १०-३२% हुन्छ, तर कुल नाफा धेरै (रु. १६-४० लाख) हुन्छ। लगानीकर्ताले आफ्नो क्षमता र लक्ष्य अनुसार छनोट गर्नुपर्छ l छिटो प्रतिफल चाहिनेले सानो लगानीको घरेलु उद्योग, दीर्घकालीन ठूलो आम्दानी चाहिनेले ठूलो लगानीको व्यावसायिक उद्योग रोज्न सक्छ।
दुना टपरीको बजारको अवस्था: देशभर उच्च माग
देशका विभिन्न भागमा सञ्चालित दुना टपरी उद्योगहरूको बजार अवस्थाले यस क्षेत्रको ठूलो सम्भावना देखाउँछ। रौतहटको एक सामुदायिक वन समूहको अवस्था सबैभन्दा चाखलाग्दो छ – उनीहरू भन्छन्,
ग्राहक आफैं कार्यालय आउँछन्, तर माग धान्न सक्दैनौं।
कैलालीको एउटा सानो उद्योगले स्थानीय बजारमा मात्र वार्षिक रु. २ लाख नाफा कमाइरहेको छ। धनगढीकी एक महिला उद्यमीले पोखरासम्म बजार विस्तार गरेकी छिन् र मासिक रु. १ लाख कारोबार गरिरहेकी छिन्। लालझाडीको एउटा महिला समूहले काठमाडौं र पोखरासम्म निर्यात गरे पनि माग धान्न कठिन भइरहेको छ।
कञ्चनपुरको अर्को समूहले महेन्द्रनगर, धनगढी, डडेल्धुरा र अत्तरियासम्म बजार पुर्याएको छ। उनीहरूलाई पोखरा र काठमाडौंबाट समेत अर्डर आउँछ, तर कच्चा पदार्थ अभावले पूरा गर्न सकिएको छैन। दाङको एउटा समूहको उत्पादन स्थानीय होटल, सरकारी कार्यालय, विवाह, पूजा, विद्यालय र मेलामा प्रयोग हुन्छ। घोराहीको अर्को समूहको दुना टपरी पूजा पसलदेखि चाट पसलसम्म पुग्छ र वर्षभरि अर्डर आउने गरेको छ।
धार्मिक/सांस्कृतिक बजार: मन्दिर, पूजा समिति र घरेलु धार्मिक कार्यमा प्रसाद र पूजा सामग्री राख्न दुना टपरी अनिवार्य जस्तै छ। टीका, अक्षता र अन्य पूजा सामग्री राख्न यसको प्रयोग हुन्छ। चाडपर्वमा यसको माग अत्यधिक हुन्छ।
व्यावसायिक बजार: होटल, रेस्टुरेन्ट, र पार्टी प्यालेसले ठूलो मात्रामा थोक खरिद गर्छन्। उनीहरूलाई गुणस्तर र एकरूपता चाहिन्छ, जुन मेसिन-आधारित उत्पादनले दिन सक्छ। प्लास्टिकमुक्त अभियानसँगै यो बजार बढ्दै गएको छ।
घरेलु बजार: सर्वसाधारण उपभोक्ताले चाडपर्व (दशैं, तिहार, माघे संक्रान्ति), विवाह, ब्रतबन्धलगायत शुभ कार्यमा दुना टपरी प्रयोग गर्छन्। पर्यावरणीय चेतना बढ्दै जाँदा दैनिक प्रयोगमा समेत यसको माग बढिरहेको छ।
निर्यात बजार: अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अस्ट्रेलियालगायत मुलुकमा प्रिमियम गुणस्तरको दुना टपरीको माग बढ्दो छ। विशेषगरी रासायनिक-मुक्त, वातावरणमैत्री उत्पादनको रूपमा नेपाली दुना टपरीको विश्व बजारमा ठूलो सम्भावना छ। प्रवासी नेपालीहरू पनि यसको मुख्य उपभोक्ता हुन्।
सार्वजनिक/संस्थागत बजार: सरकारी कार्यालय, विद्यालय र सहकारीमा हुने बैठक, भोज, कार्यक्रममा पनि दुना टपरीको प्रयोग बढ्दै गएको छ। केही स्थानीय सरकारले प्लास्टिकमुक्त कार्यालय घोषणा गरेपछि यसको माग थप बढेको छ।
बजार विस्तारको सम्भावना: स्थानीय सरकारको प्लास्टिक-मुक्त अभियानले दुना टपरीको माग बढाएको छ। अर्घाखाँचीको एक नगरपालिकाले प्लास्टिक-मुक्त क्षेत्र घोषणा गरेपछि त्यहाँ दुना टपरीको माग बढेको छ। दाङका केही नगरपालिकामा पनि प्लास्टिकमा प्रतिबन्ध लगाइएको छ। युरोप र अमेरिकामा प्रिमियम गुणस्तरको दुना-टपरीको माग बढ्दो छ। अन्तर्राष्ट्रिय अनलाइन प्लेटफर्महरूमा उपलब्धताले विश्व बजारको पहुँच विस्तार भएको छ। यी सबैले दुना टपरीको बजार अझै धेरै ठूलो हुन सक्ने सम्भावना देखाउँछन्।
दुना टपरी व्यवसायमा सम्भावित जोखिम
दुना टपरी उद्योगमा लगानी गर्दा विभिन्न जोखिमहरू हुन्छन्, जसको उचित व्यवस्थापन नगरेको खण्डमा नोक्सानी हुन सक्छ। यी जोखिमहरू बुझेर मात्र यस व्यवसायमा लाग्नु उचित हुन्छ।
कच्चा पदार्थको अभाव र सिजनल उत्पादन: सालको पातहरु सिजनमा मात्र संकलन गर्न सकिन्छ l कंचनपुरमा कच्चा पर्दर्थ नहुँदा माग पुर्याउन सकिएन l लालझडी, कैलालीमा बजार नहुँदा फाल्गुण-चैत्रमा संकलित सालको पातहरु कुहिएर गयो l यसर्थ, भण्डारणको विशेष व्यवस्था नहुँदा सम्म यो जोखिम कायम रहन्छ l
बजार मूल्यको अस्थिरता: चाडपर्वमा मूल्य बढ्छ, अफ-सिजनमा घट्छl मूल्य अस्थिरताले दीर्घकालीन योजना बनाउन कठिनाइ हुन्छl
मेसिन र प्रविधिमा निर्भरता: धेरैजसो उद्योग मेसिनमा निर्भर छन्l मेसिन बिग्रिए उत्पादन ठप्प हुने जोखिम हुन्छl नवलपरासीको एक उद्योगमा आगलागी हुँदा मेसिन नष्ट भएपछि उत्पादन बन्द भयोl मेसिन मर्मत गर्ने विज्ञ नहुँदा लामो समय उत्पादन प्रभावित हुन सक्छl
बिचौलियाको प्रभुत्व: धनगढीकी महिला उद्यमीको गुनासो: "अरूले मेरो उत्पादन किनेर आफ्नो लोगो लगाउँछन् र महँगोमा बेच्छन्"l प्याकेजिङ र ब्रान्डिङको अभावमा साना उद्यमीले उचित मूल्य पाउन सकेका छैनन्l बिचौलियाले कम मूल्यमा किनेर धेरै नाफा खाइरहेका छन्l
निर्यात प्रतिस्पर्धामा पछाडी: भारतले RoDTEP योजना अन्तर्गत निर्यात प्रोत्साहन दिन्छ, जसले भारतीय उत्पादनलाई सस्तो र प्रतिस्पर्धी बनाउँछ l नेपाल सरकारले हालसम्म यस्तो कुनै निर्यात प्रोत्साहन योजना लागू गरेको छैन l
गुणस्तर प्रमाणीकरणको झन्झट: निर्यात गर्न अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र अनिवार्य छl बेतको पातबाट बनेका प्लेट, कचौरा निर्यात गर्न अझै अन्तर्राष्ट्रिय प्रयोगशालाको प्रमाणपत्र आवश्यक छl
अन्तर्राष्ट्रिय सफलताका पाठ: छिमेकीबाट सिकौं
दुना टपरी र इको-मैत्री उत्पादनहौर्को बिश्वोभर माग बढ्दो छ l व्यवसायीहरुले यस्ता खाले उत्पादनहरुको बजार सन् २०२४ मा १२.८६ बिलियन डलर रहेकोमा सन् २०३४ मा यो सङ्ख्या २३ बिलियन डलर पुग्ने आँकलन गरेको छl
बंगलादेशबाट सिकौ: माग र उत्पादनमा तीव्र वृद्धि
बंगलादेशमा, अरेका पामका पातबाट बनेका चाडै कुहिने प्लेटहरू अहिले प्लास्टिक भाँडाको विकल्पको रूपमा लोकप्रिय हुँदैछन्। यो उद्योग २०२१ मा मासिक २०,००० प्लेटबाट बढेर हाल मासिक ५,००,००० प्लेट पुगेको छ – केही वर्षमा तीन गुणा वृद्धि। ब्राइट अरेका नामक उत्पादकले स्थानीय बजार आपूर्ति गर्दै अमेरिकामा समेत निर्यात सुरु गरेको छ, जसले अन्तर्राष्ट्रिय मागको संकेत गर्छ।
https://news.mongabay.com/2025/05/with-areca-leaves-and-rice-bran-bangladesh-replaces-single-use-plastic-tableware
स्थानीय माग र निर्यात बजारसँग जोड्दा पात र प्लेट उत्पादनले छिटो बजार लिन सक्छ – दुना टपरीका लागि पनि यही मोडेल लागू गर्न सकिन्छ।
भारतबाट सिकौ: सांस्कृतिक प्रयोगदेखि व्यावसायिक बजारसम्म
भारतमा, पातका प्लेटहरू (स्थानीय रूपमा पत्तल वा पत्रावली)ले सांस्कृतिक र सामाजिक परम्परामा गहिरो रूपले जरा गाडेका छन् l यी प्लेटहरु चाडपर्व, विवाह, र सामुदायिक भोजमा व्यापक प्रयोग हुन्छ। ऐतिहासिक रूपमा आदिवासी र कारीगर समूहहरूले बनाउने यी पातका प्लेटहरू अहिले सामाजिक-आर्थिक महत्त्वको जीविकोपार्जनको माध्यम बनेका छन्। गुणस्तर र डिजाइनको मापदण्ड पूरा गरेमा सजिलै कुहिने यी पात प्लेटहरूको अन्तर्राष्ट्रिय बजारमा ठूलो सम्भावना छ।
https://www.kiranglobalexports.com/Products/search/biodegradable-disposable-plates-worldwide/1
भारतमा ठूला निर्यातकर्ताहरूले अरेका र पाम पातका प्लेटहरू अमेरिका, बेलायत, युरोप, क्यानडा, अस्ट्रेलियालगायत विश्वभर निर्यात गरिरहेका छन्, र निर्यातका लागि ASTM कम्पोस्टेबिलिटी प्रमाणपत्रजस्ता गुणस्तर मापदण्ड पूरा गरिरहेका छन्।
अन्तिम निष्कर्ष: के दुना टपरी व्यवसायमा भविष्य छ ?
नेपालमा दुना टपरीको बजार मागको समस्या छैन, आपूर्तिको समस्या छ। रौतहटमा ग्राहक आफैं कार्यालय आउँछन् तर उत्पादन क्षमता कम छ। कञ्चनपुरमा पोखरा र काठमाडौंबाट अर्डर आउँदा पनि कच्चा पदार्थ अभावले पूरा गर्न सकिएन। लालझाडीमा पात कुहियो। यसको मतलब – यो उद्योगको पूर्ण क्षमता प्रयोग हुन सकेको छैन।
तर, जसले:
- भण्डारणको समस्या समाधान गर्छ; प्याकेजिङ र ब्रान्डिङमा लगानी गर्छ; नीतिगत सहयोगको लागि आवाज उठाउँछ; नियमित आपूर्ति कायम राख्छ - उसले यो ठूलो बजारमा आफ्नो स्थान बनाउन सक्छ।
दुना टपरीको भविष्य उज्ज्वल छ – किनकि यो परम्परा, वातावरण, र व्यवसायको संगम हो।