कर्णाली प्रदेश अन्तर्गत रहेको रारा राष्ट्रिय निकुञ्ज, नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज भए पनि यसले तराईका घना जंगलहरूभन्दा फरक, उच्च हिमाली भू–भागको अनौठो वन्य अनुभव प्रदान गर्छ। एकान्तता खोज्ने, मनमोहक हिमाली दृश्यावलोकन गर्न तथा प्रकृतिसँग नजिकिन चाहने पर्यटकहरूलाई यसले विशेष रूपमा आकर्षित गर्छ। रारासम्मको यात्रा आफैंमा एउटा साहसिक अनुभव हो, जसको पुरस्कारस्वरूप प्रायः रारालाई “पृथ्वीको स्वर्ग” पनि भन्ने गरिन्छ ।

रारा राष्ट्रिय निकुञ्जमा पर्यटक वृद्धिको कथा
रारा राष्ट्रिय निकुञ्जमा हरेक वर्ष पर्यटक सङ्ख्या बढ्दै गएको छ l सन् २०२१ मा यहाँ पुग्ने पर्यटकहरूको सङ्ख्या ११,४६८ थियो। सन् २०२३ मा त्यो सङ्ख्या १४,६०० पुग्यो। सन् २०२४ को ६ महिनामा यो संख्या १०,५५० पुगिसकेको छ। यसले पर्यटकहरुमा रारा राष्ट्रिय निकुञ्जको बढ्दो लोकप्रियता देखाएको छ। नेपाली पर्यटकहरूका लागि त यो नगई नहुने ठाउँ बनिसकेको छ l विदेशी पर्यटकहरूको लागि पनि यो त जानुपर्ने ठाउँ हो भन्ने भाष्य बनिसकेको छ l
वर्ष | नेपाली | सार्क | विदेशी | जम्मा |
| २०२१ | ११,४०१ | ५ | ६२ | ११,४६८ |
| २०२२ | ९,६२३ | २६ | ११७ | ९,७६६ |
| २०२३ | १४,३०९ | ४२ | २४९ | १४,६०० |
| २०२४* | १०,४२७ | ३१ | ९२ | १०,५५० |
Source: Department of National Parks and Wildlife Conservation (2077/78-2080/81); * - Only 6 months available
मुख्य कुरो: रारा राष्ट्रिय निकुञ्जको पर्यटन विशुद्ध नेपाली पर्यटकहरूले धानेको छ। सङ्ख्यामा भन्नुपर्दा यहाँ आउने पुल पर्यटकको ९८% हिस्सा नेपाली पर्यटकले लिने गरेका छन्। विदेशी पर्यटकहरु यो निकुञ्ज आउने क्रम बढेको भए पनि उनीहरूको संख्या सानो छ l सन् २०२२ मा केहि संख्या घटेता पनि सन् २०२३ र २०२४ मा पर्यटक सङ्ख्या वृद्धि हुदै छ l यसले रारा हरेक खाले पर्यटकहरुका लागि राम्रो गन्तब्य हो भन्ने जानकारी दिएको छ l
नेपाली पर्यटक: राराको आर्थिक आधार
राराको पर्यटन बिशेष गरी नेपालीहरुले थेगेको छ। सन् २०२१ मा ११,४०१ नेपाली पर्यटकहरु रारा पुगेका थिए भने २०२३ मा यो संख्या १४,३०९ पुग्यो, जुन कुल पर्यटकको ९८.०% हो। यसले रारामा व्यवसायका लागि नेपाली पर्यटक नै आयको मुख्य स्रोत हो ।
बैशाख-जेठ: ४,३६३ नेपाली पर्यटकहरु l सफा मौसम र बिद्यालय छुट्टि हुने समयले यो सङ्ख्या देखिएको हुनुपर्छ l
कार्तिक-मंगसिर: ५,०३९ नेपाली पर्यटकहरु l दशैँ, तिहार जस्तो चाडपर्वले गर्दा यो संख्या वृद्धि भएको हुनुपर्छ l
अन्य महिनाहरु भने खाली खाली नै छन् l पौष-माघको महिनामा भने थोरै नेपालीहरु त्यहाँ पुग्ने गरेका छन् l
मासिक नेपाली पर्यटक सङ्ख्या, २०२३
Source: Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)
मुख्य सुझावः यहाँले वर्षभरिको आम्दानी बैशाख-जेठ र आश्विन-कार्तिक गरी दुई छोटो समयमै कमाउनुपर्छ। यसको लागि सो समयमा विशेष प्याकेज र दक्ष सेवा दिने रणनीति बनाउनुहोस्। बाँकी ६ महिना कम पर्यटक आउदा, सीमित खर्चमा चल्न सक्ने मोडेल तयार पार्नुहोस् । "बढी र कम माग" चक्रलाई सामना गर्न सिकेर मात्र यहाँले वार्षिक रूपमा नाफा लिन सक्नुहुन्छ l
सानो तर महत्वपूर्ण बजार - विदेशी र सार्क पर्यटकहरु
रारा राष्ट्रिय निकुञ्जमा आउने विदेशी र सार्क पर्यटकहरुको संख्या कम भए पनि, हरेक वर्ष यसमा सुधार आउदैछ l यसर्थ, यी पर्यटकहरु सानो भए पनि मुल्यवान हुन् l
सन् २०२१ बाट २०२३ र २०२४ सम्म आइपुग्दा सार्क र विदेशी पर्यटकहरुको सङ्ख्या पनि बढ्दै छ l नेपाली पर्यटकहरु जस्तै यी पर्यटकहरु पनि असोज-कार्तिक महिनालाई आधार मानेर यो निकुन्जमा आउने गर्छन l जाडो महिनामा यी खाले पर्यटकहरु पनि रारा राष्ट्रिय निकुञ्जमा कमै आउने गर्छन l
यसले एउटा निश्चित कथा भन्छ l रारा राष्ट्रिय निकुञ्ज पुग्ने विदेशी पर्यटकहरु झुक्किएर त्यहाँ पुगेका होइनन l उनीहरु त अनुभवी ट्रेकर्स हुन्, जसले राम्रो मौसम हेरेर रारा राष्ट्रिय निकुञ्ज घुम्न आएका हुन् l उनीहरुले रारा राष्ट्रिय निकुञ्जको शान्तपन र प्राकृतिक सुन्दरता खोजेका हुन् l यसैले हरेक व्यवसायीहरुले यी पर्यटकहरुलाई प्रिमियम सेवा दिनु पर्छ l
मासिक विदेशी पर्यटक सङ्ख्या, २०२३
Source: Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)
गाठी कुरो: रारा राष्ट्रिय निकुञ्जलाई अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यको रूपमा राखी राख्ने हो भने यसको कठिनाईलाई नै मुख्य आकर्षण बनाएर बेच्नु हो। यसर्थ, विदेशी पर्यटकहरुलाई प्रिमियम सेवा दिने अवसर खोज्नुस l
वास्तविकता: यहाँले गर्ने व्यवसाय ६ महिना जति मात्र हो
रारा राष्ट्रिय निकुञ्जमा 'कम सिजन' भन्ने कुरै हुँदैन । यहाँ त 'सक्रिय' र 'निष्क्रिय' अवस्था मात्र हुन्छ। यहाँ कहिले पुरै भिड हुन्छ, कहिले खाली हुन्छ । सम्भवतः नेपालभर यस्तो अवस्था हुने रारा राष्ट्रिय निकुन्ज एक हो ।
सन् २०२३ मा, बैशाख, जेठ, आश्विन र कार्तिक गरी चार महिनामा ९,४९५ पर्यटकहरू आए - जुन पूरै वर्षको ६५% हो। यो उच्च माग पछि पर्यटक लगभग शून्य हुन्छ। माघ, फाल्गुणमा हिउँले सबै बाटो बन्द हुँदा, पर्यटक लगभग खाली हुन्छ, अंकमा भन्नु पर्दा सन् २०२३ मा ती २ महिनामा जम्मा ६०६ पर्यटक त्यहाँ पुगे (४.२%)।
मासिक कुल पर्यटक सङ्ख्या, २०२३
Source: Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)
६ महिनाको कार्यतालिका बनाउनुहोस्: आफ्नो रणनीति यो ६ महिना हेरेर बनाउनुहोस् l पर्यटक कम आउने ६ महिनामा के गर्ने भन्ने पनि बाटो बनाउनुहोस् l
यहाको आम्दानी ६ महिनाको ब्यस्त मौसममा हुने हो l यसर्थ, प्रिमियम सेवा दिने तिर सोच्नुहोस् l
जाडोमा कम पर्यटक आउदछन् भने बन्द गरेर अन्य विकल्प खोज्दा पनि हुन्छ l अनावस्यक खोलेर खर्च मात्र धेरै हुने हो l .
आफ्नो व्यवसायमा लचिलो टिम निर्माण गर्नुहोस् l ब्यस्त महिनामा काम गराउन सोहि अनुसार कर्मचारीको व्यवस्था गर्नुहोस् l आवस्यक कर्मचारीलाई मात्र वर्ष भरि राख्नुहोस् l
रारा राष्ट्रिय निकुञ्जमा व्यवसाय
विगत ४ वर्षको पर्यटक संख्याले प्रस्ट संदेश दिएको छ l यी तिन कुरो यहाँले पालन गर्नुपर्छ l
नेपाली पर्यटकलाई प्राथमिकता दिनुस l
दुइ ब्यस्त समयमा यहाँले आफ्नो आम्दानी गर्ने हो l
प्राकृतिक अनुभवलाई प्रिमियम सेवासंग जोडेर थप आम्दानी गर्नुस l
तल केहि सम्भावनाका क्षेत्र लगायत अलिक ख्याल गर्नुपर्ने क्षेत्रहरुको बारेमा जानकारी दिईएको छ l
ब्यस्त सिजनमा बिशेष प्याकेज: नेपाली पर्यटकलाई ध्यानमा राखेर बिशेष प्याकेज ल्याउनुस l दशैँ तिहार र बैशाख-जेठलाई बिशेष प्राथमिकतामा राख्नुस l यो समयमा नेपालीहरु धेरै त्यहाँ आउने गर्छन l सो प्याकेजमा नै यातायात, खानेकुरा र गाइडलाई पनि समावेश गर्नुस l
चियाघरको सुविधा विस्तार: सानो तर धेरै फरक पर्ने सुविधाहरु विस्तार गर्नुस l सोलार हिटर वा सफा तन्ना वा स्थानीय परिकारको व्यवस्था गर्नुस l यसले राम्रो प्रतिफल दिन्छ l
ट्रेक शुरु हुने स्थान: ताल्चा वा गमगढी जस्तो ठाउँमा बरु एउटा सानो पसल वा सर्भिस डेस्क खोल्नु उपर्युक्त हुन्छ l ट्रेकरलाई अन्तिम अवस्थामा चाहिने (जस्तो, गियर, स्न्याक्स, वा म्याप) वस्तुहरु बेच्नुस l गाइड वा भरियाको व्यवस्था पनि छ भनेर जानकारी दिनुस l
साहसिक कार्यको प्याकेज: ब्यस्त महिना भन्दा १/२ हप्ता दाया बाया तिर फोटोग्राफर वा पंक्षी अवलोकनकर्ताहरुलाई ल्याउन सकिने गरि साहसिक कार्यको प्याकेज राख्नुस l
विदेशी लक्षित बिशेष ट्रेक: राराको बजार सानो भएकोले दक्ष मार्केटिंग गरियो भने मात्र सहि व्यक्तिकोमा पुग्छ l यसर्थ, विदेशी लक्षित गरेर बिशेष ट्रेक प्याकेजहरु ल्याउदा अलिक सावधानी पुर्याउनु पर्छ l
लक्जरी होटेल: लक्जरी होटेलको सट्टा सहि ठाउँमा एउटा मध्यम खाले होटेल खोल्दा बरु उपर्युक्त हुन्छ l यसका लागि पनि हरेक महिना कति पर्यटक आउदै छन् भन्ने जानकारी लिएर गर्दा अझ बेश हुन्छ l
जाडो महिनामा केहि नौलो प्रयोग: हिउमा बिशेष जुत्ता लगाएर हिड्न सक्ने खेल/तरिका हुन्छ, जसलाई snowshoeing भनिन्छ l यसको कोशिश गर्दा हुन्छ, तर यसले लागत खोज्छ l केहि परिक्षण गर्ने उपाय चाही सोच्दा हुन्छ l
ठुलो लागत सहितको होटेल: ठुलो होटेल खोल्नु अघि ध्यान दिनु पर्छ l यसको सट्टा एउटा सानो चियाघर वा भान्छासहितको होटेलको बारेमा सोच्नुस l
लक्जरी सुविधा: ट्रेकिंगसंग नजोडिएको लक्जरीहरुमा खासै जोड नगर्दा हुन्छ l पर्यटकहरु यहाँ यात्रा गर्न आउने हुन्, भब्य कोठा हेर्न आउने नै होइनन l
एकै खाले पर्यटकमा भर पर्नु: चाहे विदेशी होस् वा नेपाली होस्, एकै खाले पर्यटकमा मात्र भर पर्नु राम्रो होइन l केहि कारणबस ति पर्यटकहरु आउन छोडे, समस्या हुन्छ l
सहर-शैलीको होटेल: यो काम सकभर नगर्दा हुन्छ l यहाँ आउने पर्यटकले प्राकृतिक अनुभवमा जोड दिने हुन् l
रारामा सन् २०२६ मा कति पर्यटक आउदै छन् त
विगत चार वर्षको अंक हेरौ l यसले भन्छ, रारामा २०२६ मा पर्यटक बढ्ने सम्भावना उत्तिकै छ l अंकलाई हेर्ने हो भने, २०२४ को तुलनामा यहाँ थप पर्यटक आउने सम्भावना उत्तिकै छ l
अवस्था | प्रक्षेपित पर्यटक |
| अहिलेको अवस्थामा | ~ २४,५०० |
| धेरै आए भने | ~ २६,३०० |
| कम आए भने | ~ २२,८०० |
Note: 80% Confidence Interval
रारा राष्ट्रिय निकुञ्जमा सफलताको शुत्र
नेपाली पर्यटकलाई पहिलो प्राथमिकता दिनुस: यहाँ आउने ९८% पर्यटकहरु नेपाली हुन् l
ताल मात्र होइन, यात्रालाई पनि अर्थ संग जोड्नुहोस्: विदेशीले प्रकृतिसंगको सामिप्यता खोज्ने हुन्, यसर्थ ताल हेर्न आउदा हुने हरेक यात्रामा अर्थ पनि जोड्नुस l