केराबाट अर्थतन्त्रसम्म : केराको विविध उत्पादनभित्र लुकेको ठूलो सम्भावना
नेपालमा केरा प्रायः फलको रूपमा मात्र चिनिन्छ। तर विश्वव्यापी रुपमा भने, व्यवसायीहरुले केराबाट विविध उत्पादनहरु निकाल्ने गर्छन्, जस्तै:
नेपालमा पनि केरा खेती तीव्र रूपमा विस्तार भइरहेको छ। अहिले करिब २३,४०४ हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। तर अझै पनि अधिकांश किसानले केवल काँचो वा पाकेको फल मात्र बेच्ने चरणमै सीमित आम्दानी गरिरहेका छन्।
स्रोत: MoALD, 2079/80
तर एउटै केराको बोटको फल र बोक्राबाट चिप्स, जाम, पाउडर, चिया र वाइन बनाउन सकिन्छ।
👉 अझ भन्नुपर्दा, केरा फल मात्र होइन - यो खाद्य प्रशोधन, स्वास्थ्य सामग्री र गाउँघरका उद्योगहरूमा मूल्य थप्ने एक बहु-तहको आर्थिक सम्पत्ति हो।
केराको बोक्रा: फोहोर जस्तो देखिने ठूलो आर्थिक स्रोत
नेपालमा धेरैजसो केराको बोक्रा सीधै फालिन्छ वा मल बनाउन प्रयोग गरिन्छ। तर वास्तवमा केराको बोक्रा नै केरा अर्थतन्त्रको सबैभन्दा अपहेलित स्रोत हो।
अध्ययनहरूका अनुसार एउटा केराको कुल तौलको करिब ३०% देखि ४०% भाग बोक्रा हुन्छ।यसको अर्थ, यदि कुनै केरा चिप्स कारखानाले दैनिक २ टन काँचो केरा प्रयोग गर्यो भने उसले ६००–८०० किलोग्राम बोक्रा निकाल्छ।
स्रोत: Palacios-Ponce et. al. 2017
👉 केराको बोक्रालाई प्रशोधन गरियो भने पाउडर र केराको बोक्राको चिया बनाउन र थप आम्दानी बढाउन सकिन्छ।
केराको बोक्राबाट पाउडर कसरी बन्छ?
केराको बोक्राबाट पाउडर बनाउन धेरै ठूलो उद्योग आवश्यक पर्दैन।
- केरालाई पानीले राम्रोसँग सफा गर्ने
- फल र बोक्रा छुट्याउने
- बोक्रालाई सानो टुक्रामा काट्ने
- ०.५% सिट्रिक एसिड घोलमा १० मिनेट राख्ने
- ४०°C तापक्रममा करिब ४८ घण्टा सुकाउने
- ग्राइन्डर प्रयोग गरेर राम्रो पाउडर बनाउने
- समान बनावटको लागि सानो जाली/फिल्टरबाट छानेर ठूला कण हटाउने र
- हावा नछिर्ने गरी बन्द गरेर राख्ने
स्रोत: Palacios-Ponce et. al. 2017
👉 सिट्रिक एसिड प्रशोधनले इन्जाइम्याटिक ब्राउनिङ (enzymatic browning) कम गर्न मद्दत गर्छ, जसले पाउडरको रङ र गुणस्तर राम्रो राख्न सहयोग गर्छ। त्यसैगरी सुकाउने प्रक्रियापछि ढुसी कम हुने भएकाले भण्डारण अवधि पनि बढ्छ।
केराको बोक्राको चिया ब्याग: बोक्राबाट बन्ने उपयोगी पेय पदार्थ
केराको बोक्रा सुकाएपछि हर्बल टि ब्यागको कच्चा पदार्थ बनाउन सकिन्छ। टि ब्याग बनाउने प्रारम्भिक प्रक्रिया केराको बोक्रा पाउडर जस्तै हुन्छ।
४०°C मा करिब ४८ घण्टा सुकाइसकेपछि, बोक्रालाई हल्का रूपमा मसिनो पारी टुक्रा (flakes) बनाइन्छ र चियाको फिल्टर पेपरभित्र प्याक गरिन्छ।
👉टि ब्यागको लागि धेरै राम्रो पाउडर होइन, कमसल टुक्रा (coarse flakes) प्रयोग गरिन्छ
केरा चिप्स: काँचो केराबाट उच्च-मूल्य स्न्याक्स
केरा चिप्स बनाउन काँचो केरालाई पातलो पारी काटेर फ्राइ गरिन्छ वा सुकाइन्छ, जसले गर्दा त्यो कुरमुरे र क्रिस्पी बन्छ।
- काँचो केरा छान्ने र बोक्रा निकाल्ने
- समान रूपमा पातलो स्लाइस बनाएर काट्ने
- हल्का नुन वा सिट्रिक घोलमा डुबाउने (ब्राउनिङ नियन्त्रणको लागि)
- डीप फ्राइ वा भ्याकुम फ्राइ गर्ने
- बढी भएको तेल निकालेर चिसो बनाउने
- प्याकेजिङ गर्ने
👉 २.५–३.५ किलोग्राम काँचो केरा → १ किलोग्राम केरा चिप्स
स्रोत: Banana Process
केराको जाम: पाकेको फलबाट मूल्य-अभिवृद्धि खाद्य उत्पादन
केरा जाम पाकेको केरा प्रयोग गरेर बनाइन्छ, जहाँ केरालाई चिनी, एसिड र पेक्टिनसँग पकाएर पेस्ट बनाइन्छ।
- पाकेको केरालाई थिचेर म्यास बनाउने
- चिनी र पेक्टिन मिसाउने
- नियन्त्रित तापमा उमालेर बाक्लो पेस्ट बनाउने
- अम्लपन सन्तुलनको लागि सिट्रिक एसिड प्रयोग गर्ने
- तातो हुँदै नै भरेर बिर्को बन्द गर्ने
👉 १.८–२.२ किलोग्राम पाकेको केरा → १ किलोग्राम केरा जाम
स्रोत: Asano et. al. (2021)
केरा वाइन: मादक पेय पदार्थ
केरा वाइन उत्पादन गर्दा चिनी मदिरामा रूपान्तरित हुन्छ र ठोस पदार्थ हटाइन्छ।
- पाकेको केराको गुदीलाई पिस्ने
- रस निकाल्ने
- चिनीको मात्रा मिलाउने (मस्ट तयारीका लागि)
- यिस्टसँग मिसाउने (Ferment with yeast) कम्तीमा ७-२१ दिन
- फिल्टर गर्ने र फोहोर हटाउने
- बोतलमा भर्ने
👉 दस किलो पाकेको केराबाट करिब सात देखि दस लिटरसम्म केरा वाइन उत्पादन हुन्छ।
स्रोत: Kitchen Archives
केराबाट मूल्य परिवर्तन: बजार मूल्यको वास्तविकता
अनलाइन बजार (Daraz) को तथ्यांकले देखाउँछ कि साधारण खाद्य प्रशोधन गर्दा पनि केरा उल्लेखनीय रूपमा मूल्यवान बन्छ:
- केराको चिप्स (१०० ग्राम) = रु २४५ | रेटिङ ४.६/५
- केराको जाम (५०० ग्राम) = रु २५० | रेटिङ ३.८/५
अनलाइन बजार (Ubuy) को तथ्यांकले यो स्पष्ट देखाउँछ:
- केराको बोक्रा पाउडर (११३.४ ग्राम) = रु १,८७१ | रेटिङ ४.२/५
- केराको बोक्रा चिया (४५० ग्राम) = रु ३,५४० | रेटिङ ३.८/५
केरा प्रशोधन व्यवसायका चुनौतीहरू
केराबाट चिप्स, जाम, पाउडर, चिया र वाइनजस्ता उत्पादन बनाउने ठूलो सम्भावना भए तापनि नेपालमा यो व्यवसायले धेरै व्यावहारिक चुनौतीहरू भोगिरहेको छ:
- मौसमी उत्पादनका कारण काँचो पदार्थको मूल्यमा ठूलो उतारचढाव
- सुकाउने, फ्राइ गर्ने र प्रशोधन गर्ने क्रममा ऊर्जाको उच्च लागत
- नमी, रङ, स्वाद र भण्डारण क्षमतामा गुणस्तरको कमी
- गाउँघरका क्षेत्रहरूमा खाद्य प्रशोधनका पूर्वाधारको अभाव
- विदेशी तथा ब्रान्ड नभएका स्थानीय उत्पादनहरूसँगको प्रतिस्पर्धा
- प्याकेजिङ, ब्रान्डिङ र प्रमाणीकरणमा कमजोर लगानी
- वाइन र स्वास्थ्यपूर्ण उत्पादनहरूप्रति बजारको सीमित जानकारी
यी चुनौतीहरूलाई कसरी पार गर्ने?
सही रणनीति अपनाइयो भने, यी चुनौतीहरू आफैँ नयाँ व्यावसायिक अवसरहरू बन्न सक्छन्:
- सौर्य ऊर्जा वा मिश्रित सुकाउने प्रणाली प्रयोग गरेर ऊर्जा लागत घटाउने
- सिट्रिक एसिड प्रशोधन र सही सुकाउने विधिहरू अपनाएर गुणस्तर स्थिर बनाउने
- किसान र प्रशोधकबीच साझेदारी वा सम्झौता खेती मार्फत कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्ने
- सरसफाइयुक्त प्याकेजिङ र खाद्य सुरक्षाका मापदण्डहरूमा लगानी गर्ने
- केराको बोक्राका उत्पादनहरूलाई "स्वास्थ्य वस्तु" को रूपमा ब्रान्डिङ गर्ने
- पर्यटन, क्याफे, स्वास्थ्य केन्द्र, जैविक खेती र निर्यात बजारलाई लक्षित गर्ने
अन्तिम निष्कर्ष
यदि केरा प्रशोधन नगरी बेचियो भने किसानको आम्दानी सबैभन्दा न्यून स्तरमै सीमित हुन्छ।
तर यही केरा जब प्रशोधन र ब्रान्डिङ मार्फत बजारमा प्रवेश गर्छ, यसको मूल्य धेरै गुणा बढ्छ।
👉 नेपालमा केरा कति उत्पादन गरियो भन्ने संख्याले होइन, बरु केराको मूल्य रूपान्तरणको अभाव मुख्य चुनौती हो।